मङ्सिर महिनाको समय, अनुकूल समय। न चिसो, न गर्मी। पोखरादेखि पर्वतको चित्रेसम्मको यात्रा थियो हाम्रो। कास्की, स्याङ्जा र पर्वत जिल्लाको नौ वटा गाविसअन्तर्गत पर्ने पञ्चासे क्षेत्र आन्तरिक र बाह्य पर्यटकको आगमन पनि बढ्दो छ। पञ्चासेको पेरिफेरीमा भने १७ वटा गाविस पर्दछन्।
पारिस्थितिक प्रणालीमा आधारित अनुकूलन कार्यक्रम (इबीए) का प्रतिनिधिसँगको यात्रा कुराकानी गर्दै जाँदा बाटो कटेको पत्तै भएन। नेपालमै पहिलो पटक पञ्चासे क्षेत्रमा जलवायु परिवर्तनबाट हुने असरलाई अनुकूलन गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ।
पोखराको हरिचोकबाट कास्कीको हेम्जा, नाउडाँडा, नयाँपुल हुँदै करिब एक घण्टामा हामी पर्वतको डिमुवा पुग्यौं। बाली भित्र्याउने समय भएकाले कृषक खेतमा व्यस्त देखिन्थे। वरपरको वातावरण र मनोरम हिमश्रृङ्खला नियाल्दै डिमुवाबाट पोखरा-बाग्लुङ अर्थात् भूपि शेरचनमार्गलाई छाडेर हामी चित्रेतर्फ प्रस्थान गर्यौं।
करिब सात किलोमिटरको दुरी झण्डै ४० मिनेटको गाडीको यात्रापछि हामी चित्रे आइपुग्यौं। पैदलबाट हिड्ने हो भने झण्डै दुर्इ घण्टामा यात्रा पूरा गर्न सकिन्छ। चित्रे ग्रामीण पर्यटकीय सामुदायिक अध्ययन केन्द्र २०६८ सालमा स्थापना भएको रहेछ। यसैगरी चित्रे ग्रामीण पर्यटन होम स्टे मार्फत् यहाँ पुग्ने पर्यटकलाई खानपान र बस्नको व्यवस्था मिलाइएको रहेछ। नेपालमै पहिलो पटक होमस्टे सुरु भएको स्याङजाको सिरुवारी त्यसपछि लमजुङको घलेगाउँ। यहाँ हाल १० वटा घरमा होमस्टे सञ्चालित छ।
गाउँमा आएका पाहुनालाई होम स्टेमा आतित्थ्यता कसरी गर्ने भन्नेबारे सिको गर्दै यहाँका समुदायहरु सक्रिय हुन थालेका रहेछन्। आएका पाहुनालाई स्वागत गरी सत्कार गर्ने। हामी पनि यही स्वागत सत्कारको बीचमा परियो। रात परिसकेको थियो। चित्रे गाविसकै वडा नं १, ओडारेमा रहेको पश्चकोशी प्राथमिक विद्यालयका प्रअ सुशीला गुरुङ र शिक्षक मधुसुदन अधिकारीको सक्रियता देख्दा जोसुकै प्रभावित हुन्थे। सुशीला त्यस ठाउँकै स्थानीय तर मधुसुदन चाहि बाहिरका। तर आफ्नै ठाउँजस्तै गरेर लागिपरेको दुर्इ दशक बितिसके छ मधुसुदन सरको। दुबैको रातदिनको प्रयासबाट सो प्रावि अहिले नमुना बन्न सफल भएको छ। रातको समयमा बासस्थानसम्म पुर्याएर आफ्नो कोठातर्फ लाग्नुभयो ।
भोलिपल्ट बिहान मनोरम हिमश्रृङ्खलाले स्वागत गरिराखेको थियो। कोहिरो देखिदैनथ्यो हिमालमा। त्यसैले स्पष्ट देख्न सकिन्थ्यो अन्नपूर्ण, माछापुच्छ्रे, हिमचुलीलगायतका हिमाल। पर्वतको दुर्र्लुङ, बाभुङ, भूक, देउपुर, देउराली, लेस्पार, राम्जा, तिलाहार, कुश्मा, कास्कीको सल्यानसमेत नियाल्न सकिने यहाँबाट। अर्को महत्वपूर्ण कुरा त पाँच हजार पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासे क्षेत्रमध्ये सबैभन्दा बढि क्षेत्रफल ओगट्ने गाविस चित्रे। चित्रेबाट दुर्इ हजार पाँच सय १७ मिटरको उचाइ रहेको पञ्चासे पुग्न करिब तीन घण्टा हिड्नुपर्ने हुन्छ।
पर्यटकीय नगरी पोखराबाट छोटो दुरीमा रहेको पदयात्राको गन्तब्यस्थलको रुपमा यस क्षेत्रलाई चिनाउन सकियो भने पर्यटकको आगमन बढ्न सक्ने थियो। सामुदायिक ब्यवस्थापनका आधारमा पर्यटकको बसाई आरामदायी, फलदायी र अविस्मरणीय बनाउन सकेमा यसको प्रतिफल सबैले पाउनेमा शंकै छैन। र, ग्रामीण पर्यटन पनि प्रवर्द्धन हुँदै जानेछ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०