‘पोखराको सांस्कृतिक इतिहासमा लुकेको व्यक्तित्व स्व. बैठकलाल श्रेष्ठ’

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७२

पोखरा बजारको इतिहासमा नेवा समाज र संस्कृतिको ठूलो देन छ। वास्तवमा पोखरा बजारको प्रादुर्भाव वा प्रारम्भ नै नेवाहरूको बसोवास भएपछि भएको देखिन्छ। पोखरामा यिनीहरूको बसोवास आजभन्दा २०० वर्ष अगाडि भएको बुझिन्छ। विशेष गरेर नेवाहरू व्यापारी भएको कारणले उनीहरू आफ्नो मूल थलो छोडेर यहाँ स्थानान्तरण भएको देखिन्छ। विभिन्न सांस्कृतिका धनी, भक्तपुर, ललितपुर, कान्तिपुर तीन सहरका नेवाहरूका शाखा सन्तानले व्यापारको माध्यमद्वारा पोखरामा गुल्जार गरेको मात्र होइन, काठमाडौं उपत्यकाको भाषा र सांस्कृतिक सम्पदाको विकास गर्नमा पनि ठूलो योगदान पुर्‍याएको छ। त्यसरी योगदान पुर्‍याउनेमा अगुवाइ गर्ने पहिलो व्यक्ति दिव·त बैठकलाल श्रेष्ठ नै हुन् भन्ने मलाई लाग्छ।

पोखराको सांस्कृतिक सम्पदाको कुरा गर्दा नेवा संस्कृति, जस्तै तायामचा जात्रा, बाघ जात्रा, कृष्ण जात्रा, गाई जात्रा, माघे जात्रा जसलाई सहस्रधारा जात्रा पनि भनिन्छ, त्यस्तै भैरव नाँच, लाखे नाँच, दही लीला आदि मात्रै होइन, यहाँका आदिवासी तमुजाति, मगर जाति, जुम्लाबाट आएका खस जातिहरूका विभिन्न संस्कृति जस्तै सोरठी, घाटु, मारुनी, बालुन नाँच र ढुंगे साँघु मेला, सीतापाइला मेला, ठूलो एकादशी मेला, तीज मेला आदि धेरै सांस्कृतिक धरोहर पोखराको पहिचान भएको छ। यसलाई हेर्न, बुझ्न र पुरानो भए पनि आगन्तुक विदेशी पर्यटकको लागि पोखराको प्राकृतिक सौर्न्दर्यको सँगसँगै यी सांस्कृतिक सम्पदा नवीनतम ज्ञान र रमणीयताको द्योतक भएको छ भने आन्तरिक पर्यटकको लागि पनि आकर्षणको सर्न्दर्भ भएको छ। यी सबैले पर्यटकीय नगरी पोखराको गरिमा र गौरव बढाएको छ। तर यहाँ स्व. बैठकलालको सम्झनाको स्मारिकाको कुरा गर्नुपरेकोले त्यही सीमाभित्र रहेर समीक्षा गर्ने जमको गरेको छु।

दिव·त बैठकलाल श्रेष्ठले पोखरा बजारको भौतिक विकास, नेवा संस्कृतिको प्रारम्भ तथा भजनमार्फत लोक गीतको विस्तार गरेको तथ्य यस स्मारिकामा सड्ढलित विभिन्न व्यक्तिको लेखबाट स्पष्ट झल्किन्छ। पोखराको पहिलो भौतिक विकासमा १२ वटा बाल धाराको स्थापना गर्ने काम सम्पन्न गर्ने उनी पहिलो व्यक्ति देखिन्छन्। दिव·त बैठकलाललाई प्रत्यक्ष चिन्ने र उनको बारे जान्नेसुन्नेको भनाइमा पिउने पानीको ठूलो कठिनाइमा परेका बजारवासीमा, राणा प्रधानमन्त्री चन्द्र शमशेरका माहिला छोरा बवर शमशेरले बाल्यावस्थामै दिव·त भएका आफ्ना छोरा बाल समशेरको सम्झनामा बालाधारा राख्ने योजना बनाए अनुसार बैठकलाल कीर्तिपुर-काठमाडौंबाट १९७२ सालमा जनतालाई पानी खुवाउन हाकिमका रूपमा जिम्मेवारी लिएर पोखरा आए। इच्छा र योजना बबर समशेरको भए पनि, त्यस बेला इन्जिनियरको नामै नसुनेको आजभन्दा १०० वर्ष अघिको पोखरा बजारमा करिब ३ माइल परको फिर्के खोलापारिको अँधेरी खोला/धारा पानीको वनबाट उकालो ओरालो र खाल्डाखुल्डी परेको जमिनमा सायद ४ वर्षभन्दा पनि कम अवधिमा हिँड्ने बाटाबाहेक अरु यातायातको विल्कुल विकास नभएको अवस्थामा हिन्दुस्तानबाट फलामको पाइप समेत बोकएर ८-९ जना कर्मचारीको साथमा १९७६ सालमा ठूलो चुनौतीको सामना गरेर, पाइप लाइन ओच्छाएर, २४ घण्टै पानी आउने गरी १२ वटा सार्वजनिक धारा जडान गर्न सक्नु आजका कर्मचारीहरूको लागि बैकुण्ठलालको ठूलो हिम्मत, काम कर्तव्यप्रति निष्ठावान, सर्मपण र सामर्थको अनुकरणीय उदाहरण हो।यही १२ वटा धाराको निर्माणले पोखरा बजारको थप विकास र गुल्जारमा महत्त्वपूर्ण भूमिका खेल्यो।स्मरणीय छ राणा सरकारले विकास निर्माणका सामग्री त्यस समयसम्म बेलायतबाटै झिकाउँथे। सामान सिमानामा आइपुगेपछि पैदल बाटोबाट ढुवानी गरिन्थ्यो। सुविधायुक्त युगमा जन्मेका आजका पिंढीले देश विकासको काममा यसबाट पाठ सिक्नुपर्दछ। यी कुरा हाल बढीमा ८८ वर्षसम्म पुगेका ज्येष्ठ नागरिक र अरुका लेखाइबाट स्पष्ट हुन्छ। उनी आफै पनि इन्जिनियर पढेका व्यक्ति थिएनन्। तर प्लम्बिङसम्बन्धी व्यवहारिक ज्ञान भने पक्कै थियो। त्यसैले पोखरा बजारमा पानी वितरण गर्ने काममा राणा सरकारले उनलाई नै पठायो। यो बाल धाराको योजना र सम्पन्न कार्य पोखरा बजारको भौतिक विकासको पहिलो घामको झुल्काइ अर्थात् प्रारम्भिक शिलान्यास मानेमा केही बाधा पर्दैन। किनभने योजनाबद्ध भौतिक विकासको थालनी योभन्दा पहिले पोखरा बजारमा भएको देखिँदैन। त्यसैले पोखरा बजारको इतिहासमा दिव·त बैठकलाल र बालधाराको उपलब्धि विर्सनै नहुने इतिहास भएको छ।

बैठकलालको अको देन पोखरा बजारमा नेवा संस्कृतिको विकास गरेको कुरा देखिन आउँछ। त्यसमध्ये सबभन्दा उल्लेखनीय माघे जात्रा वा सहश्रधारा जात्राको आरम्भकर्ताको रूपमा बैठकलाललाई चिनिन्छ। जसको कारणले उनलाई ‘गुरु’ भनेर सम्वोधन गरिन्छ। यो माघे जात्राको यथार्थ विवरण स्मारिकामा संग्रहित लेखहरूमा राम्ररी व्याख्या, विश्लेषण र विवेचना गरिएको छ। यसको साथै स्मारिकाको अको महत्त्वपूर्ण पक्ष हो बैठकलालकै सक्रियतामा गाईजात्रा, दहिलिला, बाघजात्रा, रामायण निकाल्ने आदि नेवा संस्कृतिको विकासका कुरा, जसलाई देखाएर, सुनाएर पर्यटकलाई प्रभाव पार्न सकिन्छ।

बैठकलालको तेस्रो पक्षको कुरा हो, उनको लोकगीत प्रतिको देन। त्यो बेला आजको जस्तो दोहोरी गीत झ्याउरेको विकास त के समाजमा प्रचलन नै थिएन। लोकको मनको भाव प्रकट गर्ने केवल भजन लोकगीत नै थियो। यद्यपि भजनलाई आजकाल धर्मसँग जोडेर लोकगीतबाट अलग्याउने गरेको पाइन्छ। तर त्यसबेला जनजनको मनलाई हलुका पार्ने, सान्त्वना, शान्ति दिने र मानसिक व्यथालाई विरेचन गर्ने माध्यम भजन नै हुन्थ्यो। यस्तो लोक भजन संस्कृतिलाई उनले सहयोगी-सहपाठी र युवाहरूमा लोकप्रिय बनाएर निरन्तरता दिए जसले भजनको सँगसँगै मुजुरा, झ्यालिङचा, तवला, मृदङ्गा जस्ता बाजाहरू लोप हुन पाएनन्। साथै उनले गाउने भजनमा कस्ता भाषा, शब्द र वाक्यको प्रयोग हुन्थ्यो, त्यो कुरामा भाषाका अन्वेषकहरूको लागि अनुसन्धान गर्ने आधारहरू स्मारिकामा प्राप्त हुन सक्छ। ती भजनको यथायोग्य सड्ढलन पनि स्मारिकामा समावेश भएको छ।

इतिहास भनेको विषय प्रख्यात व्यक्ति होस् वा कसैले पनि नचिनेको व्यक्ति होस्, त्यसको महत्त्व मूल्य मान्यता हुनुपर्छ। किनभने इतिहासले वर्तमान र भविष्यलाई बाटो देखाउँछ। सूर्यको प्रकाश जताततै, संसारभरिमै प्रकाशमान हुन्छ भने जूनकिरीको प्रकाश कन्दरामा, त्यो पनि राति मात्र झिलिकझिलिक हुन्छ। तर दुवैमा भएको प्रकाश त एउटै हो, जसको उपस्थितिमा अँध्यारो हट्छ। त्यसैले दिव·त बैठकलालको देनले पोखरालाई मात्र होइन उनको परिवारको शिरलाई पनि उचाईंमा पुर्‍याउँछ। तर सबैले बुझ्नुपर्ने र स्वीकार गर्नुपर्ने कुरा के हो भने इतिहासले विगतका विसंगतिलाई छोड्न र सुसंगतिलाई अग्रगामी गर्न, विकास गर्न शिक्षा दिन्छ। त्यो शिक्षा सूर्यले प्रकाशजस्तै संसारभरि फैलिएको होस वा रातमा जूनकिरीको टिम्टिमाई भई प्रकाशित भएको होस्, बुझ्न चाहनेको लागि त्यसको मूल्य मान्यता हुन्छ। यो सन्देश स्मारिकाले दिएको छ।

स्मारिकामा छापिएका फोटोहरूको सड्ढलन लगनशील छ, स्तूत्य छ। धेरै ऐतिहासिक फोटोहरूमा चिनारी दिने शब्द पनि लेखिएका छन्। यसले पाठकको कौतुहल-जिज्ञासालाई सन्तुष्ट पार्छ। तर सबै फोटोमा त्यस्तो चिनारी दिएको छैन। सबै फोटोमा त्यसरी नै चिनारी दिएको भए सुनमा सुगन्ध भनेजस्तै हुन्थ्यो।

अन्त्यमा, सम्पादकीय उत्तरदायित्व समेत लिएर, एक्लै भए पनि हतास नभएर झण्डै एक वर्षको समय लगाएर, अनेक कठिनाइ र चुनौतीको सामना गरी अनुसन्धानको स्तरमा मेहनत गरेर वहिनी वीणा श्रेष्ठले आफ्ना हजुरबाको र उनका सन्तान सन्ततीको गौरव बढाउने स्मारिका निकालेर प्रशंसनीय काम गरेकी छन्।पोखरा बजारको इतिहास र चिनारी खोज्ने अनुसन्धानकर्ता र जिज्ञासुको लागि यो स्मारिका एक महत्त्वपूर्ण स्रोतको रूपमा आएको छ। नारीमा पनि भावना, उर्जा र संकल्प हुन्छ र त्यसलाई कार्यमा परिणत गर्न सक्छ भन्ने उदाहरण र प्रेरणा अन्य नारीहरू, खास गरेर आइमाइले केही गर्न सक्दैन भन्ने सोचाइ भएका नेपाली नारीहरूलाई वीणा वहिनीले दिएकी छन्। आफ्नो जागिरको उत्तरदायित्व धानेर आजको व्यस्तताको समयमा पनि मेरी आदरणीय निनी लक्ष्मी श्रेष्ठकी छोरी वीणा श्रेष्ठज्यूले यो मूल्यवान स्मारिका प्रकाशित गरेकोमा उनलाई हार्दिक धन्यवाद र बधाई दिन्छु तथा जीवनको हरेक मार्गमा उनको सफलताको कामना गर्दछु।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width