पोखराको विकासमा नागरिक र नगरपालिकाको सम्बन्ध

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७१

कास्की जिल्लाको  सदरमुकामको रुपमा रहेको पोखरा उपमहानगर पालिका नगरपालिका घोषणा सँगसँगैदेखिबाट यहाँको विकास निर्माणको कामलाई प्रारम्भ गरेको देखिन्छ, विकासका चरणहरु समय सापेक्ष बनाउनको लागि नागरिक र नगर पालिकाको सम्बन्ध प्रभावकारी एवं समन्वयकारी हुन जरुरी छ। पोखरा उपमहानगर पालिकाले नगरको विकासको लागि बृहत्तर गुरु योजना निर्माण गर्नु पर्छ। विज्ञहरुद्वारा समय समयमा गरिएको सिटीप्लानका योजनाहरुलाई नगरपालिकाले सम्पतिको रुपमा संरक्षण गरी आफ्नो क्षमता र हैसियत अनुसार पूर्वाधार निर्माण र विकासका सम्बन्धमा तदारुकता देखाउन जरुरी देखिएको छ। प्राकृतिक विविधताले सुन्दर पर्यटकीय सुन्दर नगरी पोखरा अस्तव्यस्त र गुचुमुच्च भएको देख्दा नागरिकहरुमा खिन्नता छाएको छ। पछिल्लो समयमा शिक्षा, स्वास्थ्य र रोजगारको खोजीमा छिमेकी जिल्लाका गाउँहरुबाट बसाई सराई गरी पोखरा आउने क्रम तीब्र रुपमा बढेको छ। घनाबस्ती बढ्दो शहरीकरणले पोखराको सुन्दरतामा आँच आउन नदिन सजक हुनुपर्ने सवालमा पोखरावासीहरु नै चनाखो हुनुपर्ने देखिन्छ। पोखरा उपमहानगर पालिकाको मुटु र केन्द्र भागमा रहेको कच्चाकुचुक्क र अव्यवस्थित बसपार्कले पोख्रेली जनताहरुको मन रोएको छ। यहाँको स्थानीय सरकार पोखरा उपमहानगरपालिका, जिल्ला विकास समितिलगायत सम्बद्ध निकायहरु जति पनि छन्।

यदी सबै पक्षहरुले अत्यन्तै सुझबुझका साथ एउटै भावना एउटै मन बनाएर पोखराको बसपार्कलाई चिटिक्कको सुन्दर र व्यवस्थित बनाउनको लागि लागिपर्ने हो भने मात्र यो काम पुरा हुनेछ।तत्काल अभियान चलाउनु जरुरी छ। पोखरा स्वदेशी र विदेशी पर्यटकहरुको घुम्नको लागि रोजाईको ठाउँ पनि हो। यहाँको बढ्दो शहरीकरणले यातायातको व्यवस्थापनमा गम्भिर असर देखीएको छ। अव्यवस्थित ढल, सा“गुरा र जोखिमपूर्ण बाटाहरु भविष्यमा ठूलो चुनौती बन्न सक्छ। तसर्थ सरोकारवाला संस्था उपमहानगरपालिकाले ठोस नीति र राम्रा योजनाहरु निर्माण गरि अभियानमा जान जरुरी छ। पछिल्लो समयमा स्थानीय स्तरमा जनताहरु संगठीत भई आफ्नो टोलको आफ्नो ठाउँको विकासका लागि उत्साही र तदारुकता देखाई रहेको अवस्था छ, त्यसलाई नगर पालिकाले अवसरको रुपमा लिई अघिकतम उपयोग गर्नु सक्नु पर्दछ। पोखरा उपमहानगर पालिकाले जनसहभागिता मूलक विकासको नीतिले विकास निर्माणको काममा वृद्धी भएको देखिएतापनि पोखरामा अझ धेरै नै ढल नाला र वाटाहरु व्यवस्थित ढंगले निर्माण गर्न बाँकी नै देखिएका छन्। जनसहभागितामूलक विकास कार्यक्रममा जनताहरु स्वयं नै उत्साही भएका बेलामा नगर पालिकाले यसलाई अभियानको रुपमा ल्याई धेरै भन्दा धेरै रकम ढल, बाटो निर्माणमा लगाउन सक्नु पर्दछ। किनकी जनताको उत्साह र सक्रियता संधै नरहन पनि सक्छ, जनसहभागितामूलक काममा जनताका गुनासाहरु धेरै सुनिएका छन्, जनताको आक्रोश पनि छ, हामी नगर पालिकालाई हरेक किसिमका करहरु तिरी रहेका छौं भने हाम्रो वरपरको विकास निमार्णयो काम पनि नगरपालिकाले नै गर्नु पर्छ भन्ने मान्यताहरु राखी रहेका छन्। हुन पनि पोखराका बहुसंख्यक परिवारका सदस्यहरु वैदेशिक रोजगारको शिलशिलामा विकसितमूलकमा बसेका छन्। विकसित मुलुकहरुमा राज्यले तोकेको निश्चित करहरु तिरी सकेपछि विकास निमार्णया कामहरु र नागरिकहरुले पाउनु पर्ने सेवा सुविधाहरुको लागि जनताले आवाज उठाउनु पर्दैन राज्यले अर्थात त्यहाँको स्थानीय सरकार स्वयम्ले आफै गर्दछन्। तसर्थ जनताबाट लिएका करहरु जनतालाई नै सेवा सुविधा दिनका लागि विकास निमार्णया कामका माध्यमबाट पारदर्शी ढंगले फर्काउन सकियो भने नागरिक र नगर पालिकाको सम्बन्ध थप गाढा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ।

पोखरालाई सुन्दर नगरपालिका बनाउनका लागि पोखरामा केही सुन्दर व्यवस्थित र चिटिक्कका पार्कहरु पनि अति आवश्यक देखिएको छ। नगरपालिकाको वातावरण शाखाले सम्भाव्यता अध्ययन गरि अभियानमा लाग्न आवश्यक देखिएको छ। सार्वजनिक शौचालयहरुको आवश्यकतालाई हेरी यथाश्रि्र निमार्णयगर्न आवश्यक छ।

नगरपालिकाको हरेक वर्ष नगरपरिषद बस्ने गर्दछ, नगरपरिषदमा टोलटोलबाट बस्ती बस्तीबाट नगरको विकासका लागि आएका योजनाहरु सुझावहरु ग्रहण गर्दै नगर परिषदले निर्माण गरेको नीति कार्यक्रमहरु र नगर परिषदबाट जनताका सामु गर्छौ भनेका कामहरु जनताका लागि गछौ भनेका प्रतिवद्धताका कामहरु नगरपालिकाले पुरा गर्नुपर्छ, त्यस्तो हुन सकेमा मात्र नागरिक र नगर पालिकाको संबन्ध राम्रो हुनेछ। पोखरामा नगरबासी र नगरपालिकाको संबन्धको सर्न्दर्भमा चर्चा गर्दा अझै पनि आमजनताको नगरपालिकाप्रति हेर्ने दृष्टिकोण, गर्ने व्यवहार एक आपसमा सकरात्मक सोंचको वातावरण बन्न सकिरहेको देखिदैन। नागरिकहरुको नगरपालिकाप्रति सकरात्मक सोंच हुनुपर्छ। त्यसका लागि एउटा पक्ष स्वंय नगरपालिका हो र त्यहां कार्यरत कर्मचारीहरु हुन्। प्रत्येक कर्मचारीहरुबाट आफ्नो काम कर्तव्य पुरा गरि सेवाग्राही अर्थात नागरिकहरुप्रति गरिने व्यवहारले आम जनताको मन जित्न सक्नु पर्दछ। नागरिकहरुका काममा, विकास निर्माणका काममा सहयोगी बनी दिनु पर्छ अनि मात्र त्यो भूमिका जनता प्रतिको त्यो दायित्वमा नगरपालिका सार्थक रहन सक्ने छ। नागरिकहरु पनि आफ्नो चेतनाको स्तरलाई माथि उर्ठाई हरेक विषयहरुलाई नकारात्मक कोणबाट हैन सकारात्मक सोंचका साथ व्यक्ति व्यक्तिले, टोल टोलबाट बस्ती-बस्तीबाट सकेको सहयोग गर्ने चिन्तनले इमान्दारिताका साथ आफ्ना दैनिक दिन चर्यामा लाग्न सक्यौं भने पनि यस पर्यटकीय नगरी पोखरालाई दिगो रुपमा साच्चै सुन्दर र नमूना पोखरा बनाउन सकिन्छ।

पोखरा उपमहानगरपालिकाले २०७१ आषाढ २७ गते सार्वजनिक सुनुवाई कार्यक्रममार्फत आम जनता सामु जनताका काममा ढिला सुस्ती नगर्ने, नगरपालिकाको आर्थिक अनुशासन कायम  गर्ने, फोहोर मैला व्यवस्थापन कार्यलाई विशेष रणनीतिका साथ तत्काल प्रभावकारी बनाउने, पोखराको पार्किङ अझ व्यवस्थित गरी शुल्क पनि घटाउने, अव्यवस्थित मासु व्यवसायहरुलाई व्यवस्थित गरि व्यवस्थित बधशालाको खोजी गरिने र पोखरालाई होडिङ बोर्ड व्यवस्थित नगरपालिका बनाउँछौ भनी प्रतिवद्धता गरिएको छ, बाचा गरिएको छ। तसर्थ जनताले देखिने र अनुभव गर्ने गरि नगरपालिकाले आफ्ना गतिविधिहरु अगाडि बढाउन नागरिकहरुका तर्फबाट आग्रह गर्दछौं। यसका अलवा पोखरामा रहेका महत्पूर्ण प्राकृतिक सम्पदाहरुको संरक्षण गरी पोखरामा रिङरोडको अवधारणा अगाडि बर्ढाई नजिकका गाउँहरुलाई जोड्ने गाउँ गाउँका उत्पादनहरुलाई छिटो-छिटो पोखरामा आउन सक्ने स्तरमा पोखरालाई विकास गर्नुपर्छ। त्यसका लागि पनि विज्ञहरुबाट दीर्घकालीन योजना निमार्णयगर्न अति आवश्यक छ। निकट भविष्यमा पोखरामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्यो भने त्यसलाई सुहाउने र मेलखाने विकास निर्माणका काममा नगरपालिकाले आफुलाई उभ्याउन सक्नु पर्दछ  र यो अभियानमा पोखरा बासीहरुको सधैं सधै सहयोग र सदभाव रहिरहने छ।

लेखकः नागरिक निगरानी समुह

पोखराका संयोजक हुन्।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width