पोखराको मनोरम हावापानी

कल्याण पन्त
मंसिर ११, २०७६

पोखरा एशियाका सुन्दर शहरमध्ये एक हो। यहाँको हावापानी विश्वमा रहेका अन्य शहरहरुकोभन्दा कम छैन। सुन्दरताको बखानमा यहाँको भूस्वरुप र हरियाली नै पर्याप्त छ। शहरको नामबाटै पोखराले आफ्नो अलग पहिचानसमेत बनाएको छ र सुन्दरताको साख बचाएर राखेको छ। हालका दिनमा पोखरा क्षेत्रले महानगरको रुपमा आफूलाई प्रस्तुत गरिसकेको छ। यसैको नामबाट पोखरा महानगरपालिका नामाकरण भइसकेको छ। यो नेपालका ४ ओटा महानगरहरुमध्ये क्षेत्रफल र सौन्दर्यका हिसाबले पहिलो महानगर पनि हो। नेपालका घुम्नलायक शहरहरुमध्ये यो छुटाउनै नहुने स्थल हो। बसेर्नी लाखौँ आन्तरिक तथा बाह्य पर्यटक यहाँको सुन्दरताको रसास्वादन गरेर फर्कन्छन्। हाम्रो यो मनमोहक पोखरा हो। यसलाई मनोरम बनाउन यहाँको हावापानी पनि हात रहेको छ।

समथर स्थान, वरपरका हरियाली डाँडाकाँडा, तालतलैया, श्वेत हिमशृंखला आदिको उपस्थितिले पोखराको गरिमा बढेको हो। पोखरा रमणीय हुनुमा प्राकृतिक देन त छँदै छ तर यसबाहेक सरकारी पक्षबाट विकास निर्माणका खाका वातावरणीय ढंगले अघि सार्नु पनि महत्त्वपूर्ण हुन्छ। चिल्ला सडक, झलमल्ल बिजुली, स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा सदा योजना विद्हरुले ध्यान दिन जरुरी छ। शहरी क्षेत्रका बासिन्दाका आयु र शहरी क्षेत्रको वायुप्रति हरेक नागरिक सजग हुनैपर्छ। विशुद्ध स्वच्छ वायुले आयु बढाउँछ भने योजनाकारका सोचाइले शहरलाई व्यवस्थित बनाउँछ। ढल नाली तथा फोहोर मैला निकासलाई दीर्घकालीन सोचबाट व्यवस्थापन गर्ने हो भने पनि अन्तराष्ट्रिय पर्यटन प्रर्वद्धनमा सहयोग पुग्न जान्छ। कुनै पनि स्थान राम्रो हुनको लागि हावा पानीको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। हावापानी भन्नाले वायु र जलमात्र नभई यस अन्तर्गत प्रकाश, तापक्रम, वर्षा, आर्द्रता, आदि पर्दछन्। वातावरणीय यी तत्त्व रमणीय स्थान बनाउन सधैँ जिम्मेवार हुन्छन्।

पोखरा महानगर ४ सय ६४ दशमलब २४ वर्ग किलोमिटरमा फैलिएको छ। यसभित्र ३३ ओटा वडा रहेका छन् भने समशीतोष्ण र शीतोष्णप्रकारको हावापानी पाइन्छ। यहाँको भौगोलिक विविधता अन्य स्थानभन्दा फरक छ। पोखराको अधिकतम तापक्रम ३७.४ डिग्री सेल्सियस (८ अप्रिल १९७५) देखिएको थियो।

इकोसिस्टमको महत्त्वपूर्ण एउटा पाटो हावापानी भएकोले यो स्वच्छता र हराभरासित गाँसिएको छ। प्रकाश अर्थात् उज्यालो पनले वातावरणीय क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दछ। पृथ्वीको सबै स्थानमा प्रकाशको पारगम्यता एकैनासको छैन। कहिँचर्को घाम लाग्छ भने कहीँ मधुरखालको। तराईमा पर्ने केही शहरहरु बुटबल, नारायघाट, वीरगञ्ज, विराटनगर आदिमा लाग्ने घाम र पोखरामा लाग्ने प्रकाशको अवधि केही न केही हदमा फरक छ। सूर्यको प्रकाश, चन्द्रमाको रोशनी, ताराहरु दिने उज्यालोले पनि धेरै बोटहरुलाई प्रभाव पार्दछ। प्रकाश नहुँदो हो त बोटबिरुवाले खाना बनाउने नै थिएनन्। यसलाई प्रकाशको उपयोग हुने हुँदा यसलाई प्रकाश संश्लेषणक्रिया भन्ने गरिन्छ।

वनस्पतिलाई हरियो बनाउने हरितकण निर्माणमा पनि प्रकाशको भूमिका उत्तिकै छ। अझ फलफूल, बीउ आदिको वृद्धि तथा विकासका लागि यो अपरिहार्य नै हुन्छ। त्यसरी नै इन्जाइम, हर्मोन उत्पादन गर्न यसले सघाउ पुर्याउँछ। हाइड्राजस्ता केही जीवहरु त प्रकाश बिना बाँच्दैनन् पनि। रातमा सक्रिय हुने केही कीराहरु जस्तै प्लानेरियन गँड्यौला, चिप्लेकुरा, साङ्ला आदि अँध्यारोमा बस्न रुचाउँछन्। अमिवा, युग्लिना जस्ता एक कोषीय जीव प्रकाश पाउँदा मात्र आफ्नो चाल देखाउँछन्। केही बसाइँ सर्ने चराचुरुङ्गीहरु प्रकाशमा प्रभावित हुन्छन्। सन्तानोत्पत्ति, छालाको रंग, केही पाचन क्रियामा प्रकाशको भूमिका हुन्छ। दही रातको समयमा खाँदा पित्तकुपित हुन्छ। यो प्रकाशकै असर हो। बिहान वा दिउँसको दही शरीरका लागि फाइदाजनक नै हुन्छ।

तापक्रम हावापानीको अर्को प्रभावकारी तत्त्व हो। तातोपन वा चिसोपनको मात्रालाई तापक्रम भनिन्छ। यो स्थानपिच्छे परिवर्तनीय हुन्छ। छायाँ पर्ने स्थान र खुला स्थानको तापक्रम निकै नै फरक हुन्छ। समय, मौसम, अक्षांश, देशान्तर, भिरालोपन, डाँडाकाँडाको दिशा, माटोको किसिम, बोटबिरुवाले आच्छादित भूमि र मानवीय गतिविधिजस्तै शहरीकरण र औद्योगिकीकरणले वास्तविक त्यस स्थानको तापक्रमलाई फरक पार्दछ। यसले प्रकाश संश्लेषण क्रिया, हर्मोन, इन्जाइम उत्पादन गर्ने कार्य तथा बोटबिरुवाका वृद्धि र विकासलाई प्रभाव पारेको हुन्छ। धेरैजसो जीव तथा वनस्पति ५ देखि ३५ डिग्री सेन्टिग्रेडको तापक्रममा बाँच्दछन्। यो भन्दा बढी तापक्रममा बोटबिरुवाहरु शारीरिक कार्यमा असर पर्न जान्छ। तर कतिपय नेपालका ४२ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने नेपालगञ्ज, भैरहवा, आदि स्थानमा केही वनस्पति तथा लामखुट्टे जस्ता जीवहरु बाँच्दैनन्। धेरै तापक्रम भएमा पनि जिउन गारो हुन्छ भने कम तापक्रममा पनि कतिपय जीवहरु बाँच्दैनन्।

वर्षाले कुनै स्थानको वनस्पतिको स्थितिलाई बोध गराउँछ। धेरै वर्षा हुने स्थानमा राम्रो हरियाली हुन्छ भने कम वर्षा हुने स्थानमा केही कम हरियाली हुन्छ। प्रकृतिमा पानी तरल पदार्थ वा हिउँ वा शीत वा वाफ आदिको अवस्थामा पाउन सकिन्छ। यसमध्ये पानीको स्रोत वर्षा हो। यसैको आधारमा वनस्पति तथा जीवको जनसंख्या निर्धारण पनि हुन्छ। उदाहरणको लागि पानी परिराख्ने स्थानमा वनस्पति बाक्लो मात्रामा देखा पर्दछ भने जीवहरु पनि वनस्पति भएका स्थानमा धेरै हुन्छन्। यो प्रकाश, तापक्रम जस्तै वनस्पतिमा खाना बनाउने प्रक्रियाका लागि नभई नहुने महत्त्वपूर्ण तत्त्व हो। पानीको आधारमा तीन प्रकारका वनस्पति पनि छुट्याइएका छन्। पानीमा पाइने वनस्पतिलाई जलीय वनस्पति, जमीनमा पाइने वनस्पति र पानी विहीन स्थानमा पाइने वनस्पतिलाई मरुभूमीय वनस्पति भनिन्छ। तसर्थ पानी समस्त जीव तथा वनस्पतिका लागि अपरिहार्य हुन्छ।

गतिशील वायुलाई हावाको रुपमा चिनिन्छ। बोटबिरुवा र जीवमा यसले धेरै महत्त्व राखेको हुन्छ। हुरीको रुपमा आएको हावाले भूक्षय गराउने, माटोको क्षयीकरण गर्ने र मरुभूमि बनाउन सहयोग पुर्याउँछ। यति मात्र नभई यसले सुख्खा गराउने, बोटबिरुवामा उत्सेदनक्रिया बढाउँछ। बोटबिरुवाको सतहबाट पानीको वाफ बनेर जाने प्रक्रियालाई उत्सेदनक्रिया भनिन्छ। यो क्रिया बढीमात्रामा भएमा बोटबिरुवा नै सुक्ने, ओइलाउने गर्दछ। वैशाख जेठ मासमा पानी नपर्दा वाहा वा बढी चल्दा हामीले मकैका बोट सुकेका देख्दै आएका छौँ। हुरी बतासको काम यत्तिमै मात्र सीमित छैन, फलफूल झार्ने, बीऊ एक ठाउँबाट अर्को ठाउँमा उडाएर लैजाने, हाँगाबिगाँ भाच्ने, रुख नै पल्टाइदिने आदि कार्य समेत हुन्छ। निरन्तर चलिरहने बतासले त अझ हाँगाविगा नै एकापट्टि फकाइदिन्छन्। वास्तविक रुखको स्वरुप नै बदलिदिन्छन्।

वायुमण्डलीय आद्र्रताले पनि जीव तथा वनस्पतिमा निकै नै प्रभाव पार्दछन्। हावामा रहेको चिसोपनलाई आर्द्रता भनिन्छ। यसले बोटबिरुवामा पानी तान्ने क्षमता र उत्सेदन क्रियामा प्रभाव पार्दछ। बढीमात्रामा आद्र्रता भएको वनस्पतिले कम उत्सेदन गर्दछ भने कम आर्द्रता भएको वायुमण्डलमा बढी उत्सेदन क्रिया हुन्छ। तर केही वनस्पति जस्तैः रुखमा पलाउने झ्याऊ, सुनाखरी र अन्य वनस्पति जुनमा वास्तविक जरा हुँदैन, तिनीहरुले वातावरणबाट नै पानीको आपूर्ति गर्दछन्। ओसिलो वातावरणले ढुसीजन्य वनस्पतिका स्पोर र सूक्ष्मजीवको वृद्धिगर्दछन्।

हावापानीको अर्को प्राकृतिक तथा कृत्रिम दुवै तरीका लिन सकिने अर्को तत्त्व हो, अग्नि। यो मानवीय गतिविधिका कारण पनि हुन सक्छ वा प्राकृतिक तवरले पनि। जस्तो कि डढेलो लगाउनु मानवीय कारण हो भने ज्वालामुखी जानु वा चट्याङ जानु प्राकृतिक कृयाकलाप हो। आगोले घाँसेमैदान लगायत वनजंगल सखाप पार्दछ। अझ यसले जमीनमा रहने जीव किरा फट्याङ्ग्रादेखि अन्य जीवजन्तु लगायत सम्पूर्ण वनस्पतिहरु डढाइदिन्छ। डडेलो कहिले त फाइदाजनक पनि छ किनकि यसले कार्वनिक तत्त्वको मात्रा बढाउने हुँदा अझ राम्ररी वनस्पति पलाउँन सहयोग पनि गर्दछ।

पोखरा महानगर ४ सय ६४ दशमलब २४ वर्ग किलोमिटरमा फैलिएको छ। यसभित्र ३३ ओटा वडा रहेका छन् भने समशीतोष्ण र शीतोष्णप्रकारको हावापानी पाइन्छ। यहाँको भौगोलिक विविधता अन्य स्थानभन्दा फरक छ। पोखराको अधिकतम तापक्रम ३७.४ डिग्री सेल्सियस (८ अप्रिल १९७५) देखिएको थियो। त्यस्तै न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस (१३ जनवरी १९७०) रेकर्ड भएको थियो। त्यस्तै अधिकतम वर्षा ३५७ मिलिलिटर परेको १८ अगष्ट २००१ को रेकर्डबाट देखिन्छ। स्मरणीय कुरो के छ भने पोखरा नेपालभर सबैभन्दा बढी वर्षा हुने क्षेत्र हो। समग्रमा भन्दा हावापानीको दृष्टिले पोखरा अत्यन्तै सुन्दर र मनोरम पनि छ। प्रकृतिको देनलाई नखल्बल्याइ अझ यसलाई वातानुकूलित शहर बनाउन यहाँका जनप्रतिनिधि लगायत जिम्मेवार व्यक्ति लाग्नुपर्ने देखिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width