पोखराको पर्यटन प्रवर्द्धनकालागि सबै जुट्न आवश्यक

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७२

२०७२ सालको आगमन सँगै देशले विनाशकारी भूकम्पबाट विपत्तिको सामना गर्नु पर्‍यो। र आजसम्म आइपुग्दा पनि यसको त्रासबाट मुक्त हुन सक्ने अवस्था अझै बनेको छैन। पटक पटक गइरहेका पराकम्पनले अझै झस्काइरहन्छ। घरमा बसिरहँदा पनि मन झस· झस· भइरहन्छ। कहि कतै केहि ठोकिएर आएको आवाजले भूकम्पको स्मरण गराइरहन्छ। मन मस्ितष्क भूकम्पमय बनिरहेको छ यतिबेला।

भूकम्पको बारेमा भूगर्भविद्हरूले अझसम्म कहिले र कुन बेला आउँछ भनेरसमेत भन्न नसकिरहेको अवस्थामा पोखरालार्ई केन्द्रविन्दु बनाएर भूकम्प आउने हल्लाले धेरैको होश हवाश उडाएको छ। ज्योतिषीले भनेको रे, विविसिले भनेको रे, सिएनएनले भनेको रे भन्दै भूकम्पको बारेमा आएका अतिरञ्जित हल्लाले पोखरेलीको निद हराम गरेको छ । अझै पनि धेरै आफ्नो घरभित्र ढुक्कले सुत्न सकेका छैनन्। साँच्चै यतिबेला ‘बनको बाघलेभन्दा मनको बाघले’ धेरैलार्ई खाएको छ।

वैशाख १२ गते आएको विनाशकारी भूकम्पले गोरखाको बारपाकलार्ई केन्द्र विन्दु बनायो। २८ गते मंगलबार दोलखाको सुनाखरी केन्द्र विन्दु बनाएर पुनः अर्को ठूलो भूकम्पले धक्का दियो। यसले क्षणभरमै धेरैको ज्यान लियो, धेरैलार्ई अ·भ· बनायो, थुप्रै भौतिक संरचना ध्वस्त बनायो। गोरखा नजिक रहेको पोखरा भने ठूलो क्षति हुनबाट बच्यो। पोखराको कमजोर धरातलीय भूवनोटको बारेमा कुरा गर्नेहरूलार्ई यसले अचम्मित बनायो। धेरैले भाग्यमानी शहरको रूपमा पोखरालाई व्याख्या गरे।

तर यो विनाशकारी विपत्तिबाट जोगिएको पोखरालार्ई भने आधारहीन हल्ला गर्नेहरूले देख्न सकेनन्। अनेक हल्लाको झयाली पिटाए र पिटाइरहेका छन्। विपत्ति कति बेला र कहाँ आउँछ थाहा छैन। पोखरामा केहि हुँदै हुँदैन भनेर भन्ने आधार हामीसँग छैन, तर यस्तो हुन्छ भन्ने प्रमाण पनि हामीसँग छैन। त्यसैले जे हुन्छ त्यो स्विकार्नु पर्छ, प्रकृतिको अगाडि हाम्रो केहि लाग्दैन। मृत्यु नचाहेर पनि स्विकार्नु पर्ने एउटा पक्ष हो तर कहिले, कुन दिन, कसरी भन्ने मात्र हो। विपत्ति कसैले चाहेर हुने र नचाहेर नहुने होइन। बस् आशावादी भएर पर्यटन क्षेत्रलार्ई उकास्नु पर्छ। दैनिकीलार्ई सामान्य बनाउँदै जानुपर्छ।

पोखरा सुन्दर पर्यटकीय शहर हो। यहाँका मानिस पनि उत्तिकै सुन्दर र मिजासिला छन्। राष्ट्रिय विपत्तिको यस घडिमा पोखरेलीहरू जसरी राहत, उद्धार पुननिर्माण जस्ता कार्यमा जुटे यसले पोखरेली परोपकारी मन भएका उदार भावनाका छन् भन्ने कुरालार्ई पुष्टि गर्छ।

पोखरा विश्वको पर्यटकीय सूचीमा पर्न सफल शहर हो। यहाँको प्रमुख अर्थतन्त्रको पाटो भनेको पर्यटन व्यवसाय हो तर विनाशकारी महाभूकम्प र त्यसपछि पोखरामा भूकम्प जाँदै छ भन्ने हल्लाले यहाँको पर्यटन व्यवसायलार्ई नराम्ररी असर पारेको छ। पर्यटन व्यवसायलार्ई अतुलनीय क्षति पुर्‍याएको छ।

विदेशी पर्यटकले भरिभराऊ हुने पोखराको लेकसाइड यतिबेला भने शुन्य बनेको छन् भने नाम चलेका होटलहरूले बेतलबी विदामा कर्मचारीलार्ई घर पठाएर होटल बन्द गर्न बाध्य भएका छन्। पर्यटनलार्ई लक्षित गरेर बन्दै गरेका ठूला ठूला होटलहरू समेत यतिबेला अन्योलमा परेका छन्। अबको पर्यटन व्यवसाय के हुने हो भन्ने चिन्ताले लगानिकर्तालाई पिरोलीरहेको छ।

एक त राजनैतिक अस्थिरताले गर्दा गति लिन नसकेको देशको अर्थतन्त्र त्यसमाथि पछिल्लो घटनाक्रमले यतिबेला उद्योग व्यापारी लगायत समग्रलार्ई चिन्तित तुल्याएको छ। २०५२ सालको १० वर्ष लामो सशस्त्र द्धन्द्धले देशको पर्यटन उद्योगलार्ई नराम्ररी प्रभाव पारेको थियो। तत्कालीन समयमा धेरै व्यवसायीहरू यस क्षेत्रबाट पलाईन हुन बाध्य भएका थिए। शान्ति सम्झौता र लोकतन्त्रको बहाली पछि उद्योग व्यवसाय यसो तंग्रिन लागेका थियो। देश भित्र संभावनाको खोजी हुदै थियो तरएक्कासी आएको महाभूकम्पले उद्योग व्यवसायहरू फेरि पलाईन हुने अवस्थामा देखिन थालेका छन्। यसले पर्यटन क्षेत्रलार्ई मात्रै होइन ,देशकै अर्थतन्त्रलार्ई नराम्ररी असर पारेको छ। विश्वका २५ गन्तब्व्य मध्येको एक हो नेपाल। नेपालका विश्व सम्पदा सूचीमा परेका धार्मिक, ऐतिहासिक मठ मन्दिर र धरोहरहरूलार्ई भूकम्पले क्षत विक्षत बनाए पछि विदेशी पर्यटकको आगमन अब पातलिने विश्लेषण हुन थालेको छ।

विनाशकारी महाभूकम्पले हरेक क्षेत्र तहस नहस बनाएको अवस्थामा यसको पुनःनिर्माण र विक्षिप्त मनहरूलार्ई सम्हाल्न भने जस्तो सजिलो पक्कै छैन। चुनौतीहरू धेरै देखिएका छन् तर अवसरहरूको खोजी पनि गर्न जरुरी छ। यसको बारेमा सम्पूर्ण पोखरेली व्यवसायीहरूले सोच्नु पर्छ। विपत्ति विकासोन्मुख देशमा मात्रै होइन विकसित देशहरूमा पनि आउँछ। तर त्यहाँविनाश पछिको विकासले छिट्टै प्रगति गरेको अवस्था छ। त्यहाँका जनताले त्यस अवस्थालार्ई कसरी सामना गरे र पर्यटकको प्रवर्द्धनमा कसरी जुटेर अगाडि बढे भन्ने कुराको अध्ययन पनि हाम्रा लागि उत्तिकै जरुरी देखिन्छ। र अर्को कुरा अहिले देशमा धेरै भौतिक संरचना ध्वस्त भएका छन् यसको पुनः निर्माणका लागि दक्ष जनशक्तिको पनि उत्तिकै खाँचो रहेको छ। यतिबेला विदेशमा गएका युवाहरूलार्ई स्वदेश फर्काएर विभिन्न तालिम प्रदान गरी रोजगार दिलाउने कार्यक्रम सरकारले तत्काल थाल्नु पर्दछ ।

यद्यपि अबको समय भनेको शोकलार्ई शक्तिमा बदलेर विनाशलार्ई विकाशमा परिणत गर्नुको विकल्प छैन। त्यसकोलागि प्राकृतिक सुन्दरताको वरदान पाएको पोखरालार्ई भूकम्पपछिको पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न अब सबैले आआफ्नो ठाउँबाट जुट्नु पर्ने बेला आएको छ। साँच्चै भन्नुपर्दा पोखरेली र पोखराप्रति प्रकृतिले केही दया गरेको छ यतिबेला। यो एउटा अवसरलार्ई सदुपयोग गर्नु पर्छ।

यस सँगसँगै यतिबेला पोखरेलीले बुझ्नु पर्ने कुरा के पनि हो भने। पोखराको लेकसाइडमा पर्यटक नहुनु भनेको पयर्टन व्यवसायलार्ई मात्रै असर गर्नु होइन। त्यसको असर सम्पूर्ण पोखराको अन्य व्यापार व्यवसायलार्ई पनि पर्नु हो। कतिपय व्यापारीहरूले यस बेला मेरो व्यापारमा खासै असर परेको छैन भनेर गैह्रजिम्मेवारी कुरा गर्ने गरेका पनि छन्। यो उनीहरूको अल्पकालीन सोच मात्र हो। यतिबेला यस्ता कुरा गरेर रमाउने समय होइन। तत्काल यसको असर नदेखिए पनि पछि भने अवश्य  देखिन्छ। कुनै क्षेत्रमा प्रत्यक्ष असर देखिएको छ भने कुनैमा अप्रत्यक्ष असर देखिदै जान्छ। त्यसैले समयमै पोखराका हरेक क्षेत्रका उद्योगी, व्यापारी, नागरिक समाज, संघ संस्था एवं सञ्चार जगत सबै मिलेर ‘पोखरा बाँचे हामी बाच्छौ’ भन्ने धारणा सहित तत्काल अगाडि बढनु पर्छ। पोखराका बारेमा फैलिएका आधारहिन हल्लालार्ई वेवास्ता गर्दै देश विदेशमा पोखरा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु सम्पूर्ण पोखरेलीको कर्तव्य हो।

(लेखक सञ्चारकर्मी एवं महिला उद्यमी हुन्। – सं.)

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width