पोखराको तायमचा नाच-नेपाली लोक संस्कृतिको ज्वलन्त नमुना

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७१

नेपालमा बसोबास गर्ने विभिन्न जातिहरुमध्ये नेवार जाति  एक विशेष जाति हो भन्दा अत्युक्ति नहोला। यस जातिको आफ्नै मौलिक संस्कृति छ। जस्तै नेपाल सम्बतको नयाँ वर्षमा म्हंपूजा गरेर शुभकामना आदानप्रदान गर्नु, योमरी पुन्हि -धान्यपुणिर्माको दिनमा विशेष प्रकारको रोटी योमरी बनाएर पुजा गरेर खानु, घिउचाकु सहित विभिन्न परिकार खाएर माघे संक्रान्ति मनाउनु, भक्तपुर क्षेत्रका नेवारहरु र भक्तपुर बाट बसाइँ सरेर विभिन्न स्थानमा पुगेका नेवारहरुले विस्केट जात्रा मनाउनु यस्ता नेवार सँस्कृतिका केहि उदाहरण मात्र हुन्। नेवारहरुको यिनै सांस्कृतिक धरोहरहरु केलाउँदा पोखरामा बसोबास गर्ने नेवार समुदायको तायमचा नाच (परिनाच) एक प्रकारको लोकनृत्य हो जुन विशेष गरी गाईजात्राको दिन पोखराको टोल-टोलमा नचाइन्छ।

यस नाचमा चार जना केटाहरु परिको पहिरन लाएर एउटा जोकर सहित घुमी घुमी नाच्ने गरिन्छ। यस नाचमा नेवारहरुको विशेष बाजा -यसो हेर्दा ठूलो मादल जस्तो देखिने बाजा) र भुस्याहा -थाल जस्तो देखिने बाजा) बजाउँदै त्यसैको संगीतमा उप|mी उफ्री घुमी घुमी नाच देखाइन्छ। यसको साथै दमाईबाजा पनि यस नाचमा नभइ नहुने देखिन्छ। त्यसैले यो नाच सांस्कृतिक सहअस्तित्वको एक पर्याय बाची जस्तो पनि देखिएको छ। यो नाच खास गरी कुनै टोलमा गएको एक वर्ष भित्र देहान्त भएकाहरुको सम्झनामा डोकोमाथि बां“स ठड्याएर टुप्पामा मृत्यु भएका व्यक्तित्वहरुको फोटो भुण्ड्याइएको हुन्छ जसलाई नेवारी भाषामा ताहासा भनिन्छ भने यसमा गाइको चित्र पनि लगाएको हुन्छ। ताहासा  अघि अघि त्यस टोलको तायमचा नृत्य नाच्दै कलाकारहरु हिंड्छन् र त्यस टोलको मुख्य मुख्य मन्दिर, चोक नजिकैको बजार परिक्रमा गर्दै र्फकन्छ। यस नाच टोलटोलमा छुट्टै निकालिन्छ भने सम्पूर्ण पोखरा नगर नै जात्रामय हुन्छ र गाउँ गाउँबाट मानिसहरु हेर्न आउँछन्। यसले गर्दा बजार क्षेत्रको व्यापार पनि बढने हुन्छ। यसरी तायमचा नाच र गाइ निकाल्दा वितेका पितृहरुले मोक्ष पाउँछन् भन्ने विश्वास खास गरी हिन्दु नेवारहरुमा पाइन्छ। यस नाच पोखरा र पोखरा आसपासका क्षेत्रहरुमा नचाइने गरिन्छ। यसलाई पोखराको सांस्कृतिक सम्पदाको रुपमा लिन सकिन्छ।

यसै सर्न्दर्भमा भैरबटोल निवासी संस्कृतिकर्मी अष्टमान प्रधाना· यस तायमचा परम्परादेखि चलिआएको नृत्य भएको बताउँदै यसमा धेरै परिवर्तन पनि आइसकेको जानकारी दिनु हुन्छ। यस नाचमा परिवर्तन आएको सकारात्मक नै भए पनि केहि परिवर्तनहरुले विकृति पनि निम्त्याएको उहाँ बताउनु हुन्छ। उहाँका अनुसार तायमचा नाच भगवान कृष्णको रासलीलासँग सम्बन्ध छ र परिहरु कृष्णकै गोपिनीको रुप हो। पहिले पहिले यस नाच पूर्णर्तया धार्मिक क्रियाकलापको रुपमा संचालन गरिन्थ्यो भने आजभोलि मनोरञ्जनको रुपमा अगाडि आइरहेको छ। यस्तै मनोरञ्जनको क्रियाकलाप कै कारणले पनि अलि अलि विकृति देखिएको स्वीकार्नु हुन्छ। यसमा  अनुसन्धान गरि कहाँ के कस्तो विकृति आएको छ त्यसलाई सुधार्नु पर्ने आवश्यकता पनि देख्नु हुन्छ। उहाँले पोखरामा तायमचा कसरी विकास भएको भन्ने बारेमा जानकारी राख्नु भएको छ। ताय्मचा नाचको प्रतियोगिता गर्ने चलन वि.सं २०२६ सालमा शुरु भएको हो। पहिलो तायमचा नृत्य प्रतियोगितामा रानीपौवा प्रथम भएको थियो भने दोश्रो पटकको प्रतियोगितामा तेसापट्टी प्रथम भएको थियो। उहाँका अनुसार तायमचा नृत्य प्रतियोगिता युनेस्को क्लब (२०३८साल), सिर्द्धार्थ क्लब -२०३९साल) र महेन्द्रपुलका युवाहरुले (केहि पटक) प्रतियोगिता गराएका थिए भने बीचबीचमा प्रतियोगिता रोकिएको पनि थियो। खासगरी नेवाः खलः कास्कीको स्थापना भए पछि २०५६ सालदेखि पोखरामा विभिन्न टोलहरुमा पालैपालो तायमचा नाच प्रतियोगिता हु“दै आएको छ। यस्तो प्रतियोगिताले तायमचा नाचको विकासमा धेरै योगदान गरेको उल्लेख गर्दै यसले गर्दा केहि विकृति र विवाद पनि जन्मेको स्वीकार्नु हुन्छ अष्टमान प्रधाना·।

पोखराको तायमचा नृत्यमा केहि वर्ष यता केहि परिवर्तन निश्चित रुपले भएको छ। यस्तो परिवर्तन बारे उल्लेख गर्दा एउटा महत्वपूर्ण परिवर्तन भनेको यसमा धेरै गैर नेवार समूदायको सहभागिता बढेको छ। यसमध्ये कोहि वाद्यवादन क्षेत्रमा प्रवेश गरेका छन् कोहि नृत्य नाच्नेमा प्रवेश गरेका छन्। हाल हरेक टोलटोलमा १/२ जना देखि १०/१२ जना गैर नेवार कलाकारहरु रहेको पाइन्छ। यसले नेवार बस्ती बाक्लो नभएका ठाउँ र क्षेत्रहरुबाट पनि ताय्मचा नृत्य निस्कन सम्भव भएको छ र सहज भएको छ। यसमा पोखराको रामबजार क्षेत्र र प्रस्या· मालेपाटन क्षेत्र अगाडी आएका छन्। यसले जातीय सद्भाव वा सम्बन्ध सुदृढ पारेको छ। यसले नेवार संस्कृतिको महत्व समेत बढाएको छ। कतिपय नेवार संस्कृतिमा गैह्र नेवारको सहभागिता बढ्नुले नेवार संस्कृतिको महत्व बढेको देखिन्छ।

अकोर्र्े महत्वपूर्ण परिवर्तन यस नाचको संचालनमा देखिएको के छ भने पहिला पहिला केवल पुरुषहरु मात्र संलग्न हुने यस नाचमा महिलाहरुको सहभागिता व्यापक हु“दै गएको छ। परिको रुपमा महिलाहरु नै नाच्दा नृत्यमा व्यवहारिक र थप आकर्षण निश्चित रुपमा बढेको छ। त्यतिमात्र होइन वाद्यवादनमा पनि धेरै नेवार महिलाहरु अग्रसर हु“दै आएका छन् भने कति नानीहरुले राम्रो संग मृद· बजाउन समेत सक्ने भएका छन्। यसमा सवभन्दा रामबजार ताय्मचा नाच समिति अग्रसर छ। त्यस क्षेत्रमा समाजसेवी सम्मरबहादुर श्रेष्ठको महत्वपूर्ण योगदान रहेको देखिन्छ।

यस नाचको सम्बन्धमा अको एक महत्वपूर्ण विकास के देखिएको छ भने पोखरा क्षेत्रमा तायमचा समिति स्थापना हु“दै गएको छ। र तायमचा नाच निस्कने प्रक्रिया व्यापक हु“दै गएको छ। तायमचा नाच निकाल्न संभव नदेखिएका क्षेत्रहरु जस्तै लामाचौर,  बाटुलेचौर, मालेपाटन प्रस्या·क्षेत्र, लेखनाथ क्षेत्रमा धमाधम तायमचा नाच निस्कन थालेको छ भने पहिले पहिले ८/१० वटा क्षेत्रमा मात्र तायमचा नाच निस्कनेमा आजभोलि २० देखि ३० वटा क्षेत्रबाट तायमचा निस्कन थालेको छ। यसको मुख्य श्रेय २०५६ साल देखि  पालैपालो वर्षेनी तायमचा नाच प्रतियोगिता संचालन गरेको हुनाले नेवाः खलः कास्कीलाई जान्छ। यसमा नेवाः खलः कास्कीलाई साधुवाद दिनै पर्दछ। तर यसरी प्रतियोगिता गर्नु उपयुक्त छकि छैन भन्ने प्रश्न पनि कोहि कोहि महानुभावले उठाउने गरेको छ। कहिलेकाहीँ मुल्याड्ढन गर्दा विवाद पनि आएको देखिन्छ। यस्ता प्रतियोगिता आयोजना गर्दा सकेसम्म प्रथम, द्वितीय वा तृतिय भनेर छुट्ट्याउनु भन्दा सहभागिता र नृत्यमा सुधार गराउने तर्फ बढी ध्यान दिनु पर्दछ। यसरी प्रतियोगिता आयोजना गर्दा पनि यस नाच मा केहि सांस्कृतिक विचलन आएको हो भन्ने कुरा पनि उठाउनेहरु छन्। यसमा आयोजक समितिले ध्यान दिनु पर्ने देखिन्छ।

यस नाचलाई सञ्चालन गर्दा सँस्कृति पनि जगेर्ना होस्, विकृति पनि नआओस्, सहभागिता देखाउनेहरु पनि निरास हुन नपरोस भनी विचार गर्नु पर्दछ भने यस नाचलाई विकास गर्न उपयुक्त जनशक्तिको व्यवस्थित विकास गर्नु पर्दछ। वहाँहरुलाइ रोजगारी लगायत अन्य सहुलियत प्रदान गर्ने  व्यवस्था गर्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width