इतिहास र पैंयु राज्य
शास्त्रले भन्छ-‘मानिसको जीवन जन्मले होइन, कर्मले पूर्ण र महान् बन्छ।’
पुराना राजा रजौटाहरूको जीवनशैलीमा कति-कति परिवर्तन आएको छ-वर्तमानमा। कुनैबेला आफूले हुकुम दिएपछि जे गर्न पनि तयार हुने रैतीहरू अहिले आफैलाई हुकुम दिने भएका छन्। समयको यो अनन्त प्रवाहमा इतिहासभित्र अनेक विचित्रका घटनाहरू घटे, कतिपय घटनाहरू अझैपनि हाम्रा मन, मष्तिष्कभित्र ताजै जस्ता लाग्छन्।
त्यतिबेला चौबीसे राज्य अन्तर्गत ‘पैंयु राज्यको पनि आफ्नो छुट्टै अस्तित्व थियो। त्यहाँ ‘सेन’ वंशका राजाहरू राज्य गर्दथे। खासगरी विरर्मर्दन सेनदेखि वीरप्रताप सेनको राज्य कालमा ‘पैंयु राज्यको यश फैलिएको थियो। पछि पृथ्वीनारायण शाहद्वारा आरम्भ भएको नेपाल एकीकरणका क्रममा ‘पैंयु राज्य पनि नेपालभित्र गाभियो। त्यसपछि ती सेनवंशी राजाका सन्तानहरूको अस्तित्व पनि विस्तारै ओझेलमा पर्दै गयो।
पैंयु राज्यका सन्तान कर्णप्रताप
कुनैबेला गर्विलो छाती बोकेर हिँड्ने ‘पैंयुका सेन वंशीहरूसँग वर्तमानमा आफ्ना पूर्खाको इतिहास मात्र बाँकी छ। आफ्नो प्यारो राजसी थातथलोप्रति सबैमा गर्व हुन्छ। आफ्ना पूर्खाका अधुरा सपनाहरू, भग्नजीर्ण भग्नावशेषहरू पूरा गर्नु, पूनर्निर्माण र जिणोर्द्धार गर्नु, भावी सन्ततीको कर्तव्य पनि हो। साथमा सामाजिक, धार्मिक कार्यद्वारा आफ्नो इतिहासलाई जोगाउनु सबैको दायित्व पनि हो।
वि.सं. २००० सालको मंसिर २६ गते स्व. पिता धनप्रताप सेन तथा स्व. माता ललितकुमारी सेनका कनिष्ठ पुत्रका रूपमा जन्मिएका कर्णप्रताप सेन आफ्नो पूखौर्ली इतिहास प्रति गर्व गर्ने परोपकारी तथा समाजसेवी व्यक्तित्व हुन्। आफ्नो इतिहास बलियो भएपनि वर्तमानमा हारेका र कमजोर बनेका कर्णप्रतापको बाल्यकाल अभावै अभावमा बित्यो। एकछाक पेटभरि खान पाउनु र राम्रो कपडा लगाएर साथीहरूसँग हाँस परिहास गर्न पाउनु उनका लागि आकाशको फल जस्तै हुन्थ्यो। दिनभरी ज्याला मजदुरी गर्नु, साँझ खोले खानु दैनिकी नै थियो। यस्तै अभावमा जीवन गुजारी रहेका कर्णप्रतापको १६ वर्षको उमेरमा बुबाको निधन भयो भने जब उनी १८ वर्षका थिए, त्यसपछि उनकी माताले पनि उनलाई सदाका लागि टुहुरो बनाएर गइन्। कर्णप्रताप एकातिर आर्थिक अभावको पीडाले छटपटाए भने अर्कातिर मातापिताको मायाँबाट बञ्चित भए। अभाव र बाध्यताकै कारण उनी भारतीय सेनामा हानिए।
कर्णप्रताप भारतीय सेनामा प्रवेश गरेको १५ वर्षपछि सेवा निवृत्त भए। थोरै भएपनि आर्थिक हैसियत बनाएका उनी त्यतिबेला चार पाँचसय रूपैंयामा पाइने पोखरा, बुटवलजस्ता शहरहरूको घडेरी छाडेर आफ्नै गाउँको पाखापखेरा किने। ‘गाउँमै बसेर केही गर्नुपर्छ’ भन्दै उनी हुवास-२, स्थित गल्छीमा सानो घर बनाए। त्यसपछि उनी सामाजिक, धार्मिक कार्यमा निरन्तर क्रियाशील रहँदै आएको देखिन्छ।
कर्णप्रतापको सामाजिक, धार्मिक योगदान
पन्ध्र वर्ष पल्टन खाएर फर्केका कर्णप्रताप अन्ततः आफ्नै पूखौर्ली थातथलोलाई मलजल गर्ने कार्यमा समर्पित भए। ‘मुलको पानी, कुलको सन्तान’ भन्ने उखानलाई चरितार्थ गर्दै उनी गाउँका सामाजिक, धार्मिक कार्यमा दिलोज्यान लगाएर अगाडी बढे। उनले पर्वतको हुवास गा.वि.स.अन्तर्गत गल्छीनादेखि जनै मन्तर्ने चौतारोसम्म करिव ५०० मिटरको गोरेटो बाटो निर्माण गरे। उक्त बाटामा ढुंगा बिछ्याए। यस काममा उनी आफै श्रमदान गरे। उनले बाइसे चौबीसे राज्यका राजाका संझनामा हुवास-१, फूलबारीस्थित प्यागोडा शैलीमा पक्की नायकसाहेबको मन्दिर निर्माण गराए। आफ्ना पूर्खाहरूको नासो ‘पैंयु दरबार’ अति जीर्ण अवस्थामा रहेको थियो, त्यहाँको मन्दिर र प्राङ्गण पनि उस्तै अवस्थामा थिए। ‘पैंयुकोट मन्दिर’ भनिने उक्त मन्दिरको जिणोर्द्वारका लागि उनले देवीभागवत् महायज्ञ चार पटकसम्म आयोजना गरे। आफै मन्दिरको कार्यसमितिको अध्यक्ष भएर तन, मन, धन लगाएर उक्त मन्दिरको जिणोर्द्धार गरे। यसमा भक्तजनहरूको सहयोग पनि जुट्यो। मन्दिरलाई पहिलेभन्दा भव्य रूपमा सजाय र पूर्खाहरूलाई समर्पित गरे। सेन वंशी इतिहासको झलक दिने उक्त मन्दिर र त्यहाँको प्राङ्गणले त्यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध पार्न सक्छ।
कर्णप्रताप अत्यन्त धार्मिक प्रकृतिका मानिस हुन्। उनले पर्वतको हुवास र त्रिवेणी गा.वि.स. स्थित सेती खोला दोभानमा अकस्मात भेटिएको विराट शिव लिङ्गरूपी शिलालाई बाँके जिल्लाको कोहलपुर लगे। सो शिलालाई गाउँका कतिपय मानिसहरूले वास्ता पनि गरेनन् र उनलाई बेचेर खाएको अभियोग लगाए। तथापी भगवानका सच्चा भक्त उनीबाट यस्तो हुनु संभवै थिएन, उनले सच्चा मन र आदर्श बोकेर उक्त शिलालाई कोहलपुर लगेका थिए। त्यहाँका स्थानीय धर्मानुरागी व्यक्तित्वहरूसँगको छलफलपछि १८ कठ्ठा जग्गामा सो शिलालाई प्रतिस्थापित गरी कोहलपुर शिवालय धार्मिक क्षेत्र विकास समिति गठन गरे। कर्णप्रतापले उक्त क्षेत्रमा वेद विद्याश्रम, वृद्धाश्रम, धर्मशाला, यज्ञशाला, अन्नक्षेत्र निर्माण गरी भविष्यमा यसलाई बृहत् धार्मिक क्षेत्रकारूपमा विस्तार गर्ने गुरूयोजना तयार गरी निर्माणमा जुटिरहेका छन्।
यसैगरी कर्णप्रतापले स्थानीय स्तरमा गाउँमा विभिन्न विद्यालय, धर्मशाला र मठमन्दिर आदिमा आर्थिक, भौतिक र शारीरिक श्रम गरी विकास निर्माणमा सहभागी हुँदै आएका छन्। जीवनको पूर्वार्द्धमा महाभारतीय कर्णको जस्तै नियती भोग्नु परेका कर्णप्रताप उत्तरार्धमा भने नयाँ जीवनमा प्रवेश गरेका छन्। आफ्नो सारा समय समाजको धार्मिक, आर्थिक र सामाजिक सेवामा अपण गरेका कर्णप्रतापलाई ‘पैंयुकोट’ कालिका माता र उनका पूर्खाहरूले लामो आयु दिउन्, उनीबाट अझै यस्ता कार्यहरू हुँदै जाउन्। पर्वतको ‘पैंयुकोट’ धार्मिक क्षेत्र विकास समिति र कोहलपुर शिवालय धार्मिक क्षेत्र विकास समितिका बाँकी रहेका सबै कार्यहरू गर्न उनी सक्षम रहुन्- हामी कामना गर्दछौं ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
असाेज २०, २०८१प्रधानन्यायाधीशमा राउत नियुक्त
असाेज २०, २०८१दशैँको बेला च्याङ्ग्राको व्यापार
असाेज २०, २०८१गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
असाेज १९, २०८१प्रतिभामा खेलकुद कार्यक्रम सुरु
असाेज १९, २०८१