आदर्श समाज राष्ट्रिय दैनिकको गत शुक्रबार (साउन ११ गते) प्रकाशित खाम भाषा एक टिप्पणीमा मलाइ पनि केही खाम भाषाबारेमा टिप्पणी गर्न मन लायो। लेखक हर्षबहादुर पुनजीले म्याग्दी र पर्वत जिल्लामा बोसाबास गर्ने पुन मगरहरूको भाषाबारेमा एउटा लामो लेख लेख्नु भएको रहेछ। म वहाँलाई धन्यवाद दिनु चाहन्छुकि वहाँले आफ्नो समुदायले बोल्ने भाषाको बारेमा चिन्तन मनन गर्न र मनमा लाएको विषयहरू टिप्पणी गर्न सबै नागरिकलाई अहिलेको लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र छ।
तर वहाँले पुन समुदायको भाषा खाम होइन भन्नुभएको छ। यसबारेमा प्रमाण दिनु सक्नुपर्यो, होइन भने सारा पुनहरूले हाम्रो भाषा खाम हो भनेको अवस्थामा आफ्नै समुदायलाई भ्रममा पार्नु राम्रो होइन। पुनहरू बोल्ने भाषा बूढापाकाको भनाइअनुसार हाम्रो भाषा अहिले बोलिरहेको ठेट यही नै हो भन्छन् भनेर उहाँले त्यसैलाई आधार बनाउनुभएको छ। म यसप्रति पनि सहमत छैन। किनभने अहिले गाउँघरमा बूढापाकाहरू कुनै-कुनै गाउँमा धेरै उमेर भएकाहरू एकादुर्इ ८० देखि ९० वर्षभित्र छन् होला। उनीहरूले हाम्रो भाषा यही हो भन्ते भन्ने आधार बनाएर भ्रममा पार्नु अहिलेको २१ यौं शताब्दीमा सान्दर्भिक हुन सक्दैन। कारण किनभने जनताको चेतनास्तर निकैमाथि उठेको छ। नेपाल मगर संघको भाषा विज्ञहरूले नेपालमा तीन प्रकारका मगरहरू छन्, एकमा १२ मगरात, जसको भाषा ढुट हो, यसअन्तर्गत थाया, राना, आलेमगरहरू आदि। दोस्रोमा काइके मगर जसको संख्या न्यून छ, उनीहरू काइके भाषा बोल्छन्। तेस्रोमा १८ मगरातअन्तर्गत, पुन, रोका, र्घर्ती, बुढाथोकी मगरहरू आदि।
म पनि भाषा विज्ञ त होइन, तर मेरो जीवनको कार्यकालमा मैले देखेको र अनुभुति गरेको भाषासम्बन्धी छोटो टिप्पणी गर्न चाहन्छु। पुन समुदायहरूको भाषा लोप भएको बाइसे चौबीसे राज्यकालमा भएको हो। मल्लाज भन्ने गाउँका मल्ल राजाहरूले पुनहरूले खामभाषा बोल्दा उनीहरूले नबुझेको कारणले अबदेखि जसले खाम भाषा बोल्छ, उसले चार पैंसा जरिमाना तिर्नु पर्ने उर्दी नै लगाए र हाम्रो समुदायको भाषा लोप भएको बुझिन्छ। नेपाल एकीकरण भएको दिन आज दुर्इ सय ५० वर्ष बढी भैसक्यो। उतिबेला लोप भएको भाषालाई आज बूढापाकाले भन्थे भन्ने एउटा हचुवा टिप्पणीमात्र होजस्तो लाग्छ। मलाई विश्वाश के छ भने ती हाम्रा भाषाहरू हामी नबोले तापनि हाम्रो जनज्रि्रोमा हामीले नै प्रयोग गरिरहेका छौ। तर म मेरो मातृभाषा बोलेको छु भन्ने हामीमा हेक्का हुँदैन। जस्तो कुनै चिज तल हातले भेट्टाउन नसक्ने ठाउँमा खस्यो भने हामी काठले कोन्चि गरेर तान्नु या ल्याउनु भनिन्छ। कोन्चिको अर्थ हुन्छ कोट्टाएर ल्याउनु भन्ने। त्यस्तै, जोल्चि यसको अर्थ हुन्छ (डिर्स्र्टभ) गां’जेमाजे नगर्नु बुझिन्छ। अर्को प्लेत्चि जस्को अर्थ हुन्छ, कुनै चिज जोडिएकोलाई दुर्इ भाग बनाउनु यस्तै अनुन्धान गर्दै जाने हो भने धेरै शब्दहरू पाउन सकिन्छ।
माथि उल्लेखित शब्दहरू कोन्चि, प्लेत्चि, र जोल्चि खाम भाषामा हुन सक्छ। अरू हाम्रो पहाड पखेडामा प्राकृतिक आफै बोलिरहेका स-प्रमाणहरू छन्। जस्तै शिख गाविसअन्तर्गत खिबाङ गाउँको लेकमा लुङतुङ भन्ने डाँडा छ। लुङको अर्थ ढुँगा तुङको अर्थ गाड्नु यसको पुराअर्थ ढुँगागाडे हुन्छ। त्यस्तै धेरै ठाउँमा -ङ) भन्ने नाके स्वरको उच्चारण हुने शब्दहरूमा कुनै चिजको नामाकरण भएका छन्। जस्तै, खिवाङ, कोलालिवाङ, रोकोवाङ, दरवाङ आदि। यी सबै खाम भाषा हुन्। वाङको अर्थ खासभाषामा चौर हुन्छ। खिवाङ भनेको जुका खर्क भन्ने बुझिन्छ। कोलाली वाङ कुरिलावाङबाट अपभ्रंस भएर कोलालिवाङ भएको हो। खाम भाषामा करिलालाई कुरिला भनिन्छ। पाखापानीमा पाइजा राजा दरबार भएकोले, दरबार चौरबाट अपभ्रंस भएर दरवाङ भयो। त्यस्तै माको अर्थ आमा, रीको अर्थ पानी मा±री मारीबाट अपभ्रंस भएर म्याग्दी भएको हो। म केही खाम भाषामा प्रयोग गरिने चिजहरूको वर्णन गर्न चाहन्छु। चिम्टालाई खाम भाषामा थनौरो भनिन्छ। ढोकालाई धैला भनिन्छ र कटौरालाई बुटुकी भनिन्छ। डां’डालाई खाम भाषामा सोता भनिन्छ। जति पनि माथि उल्लेखित शब्दहरू छन् खाम भाषाको शब्दकोषमा पनि पाइन्छ। हाम्रा पुन समुदायभित्रका उपथरहरूमा आ-आफ्नै थरको कथाहरू छन्। को कहाँबाट आएको भन्ने एउटा मौखिक कथाहरूबाट हामी पुन समुदायहरू पश्चिम रोल्पा रूकुमतिरबाटै आएको भन्ने धेरैजनाको अनुमान र कथाहरूबाट पाउँछौ। रूकुम रोल्पा जिल्लामा त्यहाँ बसोबास गर्ने धेरै जातजाति सबैजना खाम भाषा बोल्दछन्। हामी पनि त्यही हुगाम र मैकोट भन्ने गाउँबाट आएपछि यसले पनि पुनहरू खाम भाषी हुन् भन्ने प्रमाण गर्छ। कूलदेउता पूजा गर्दा झाँक्रीको औखातमा पनि के आउँछ भने हुगाम मैकोट भन्नेबाट नै ओखा सुरू हुन्छ। हुगाम र मैकोट भन्ने गाउँ अझै पनि यथावत नै छन्। करपाके बाबाको सोही गाउँबाट आफ्नो श्रीमती र नौ भाइ छोराहरूलाई लिएर पूर्व उत्तर हँदै रामचे गाविसअन्तर्गत काफलडाँडा भन्ने गाउँमा आएर बसेको हो भन्ने झाँक्रीको ओखामा आउँछ। करपाके बाबाले काफलडाँडाको महभीरमा मह काढेको काठको बोलो र अरू सामग्रीहरू पनि आजको दिनसम्म प्रमाणको रूपमा देख्न सकिन्छ। यसरी हाम्रो पूख्यौर्ली गाउँ हुगाम मैकोट रहेछ भनी हामी गौरवको साथमा विश्वाश गछौ। वहाँले खाम भाषाको लिपि छैन, बिनालिपिको भाषा सिक्यो भने भावी सन्ततिलाई हानी पार्छ भन्ने खालको आर्श्चर्य प्रकट गर्नुभएको छ। लिपि आफै सुरक्षित रहने विषय होइन, लिपिलाई हामी आफैले लिपिबद्धरूपले सुरक्षित राख्न सकेनौ, यो हाम्रो दुर्भाग्य हो। यो पूर्खाको पनि भुल होभन्दा अत्युक्ति नहोला। हुन त पूर्खाले लिपिबद्ध ढ·ले राखून् पनि कसरी ? तत्कालीन राज्य व्यवस्थाले भाषामा प्रतिबन्ध लगाउनेले के लिपि लेख्न पढ्नु दियो होला र ? लिपिको सप्रमाण हिस्तान मण्डली गाउँ विकास समितिअन्तर्गत टिकाट गाउँको सोबन्दे भन्ने ठाउँको ओडारमा र चिमखोला गाउँको लेकमा भएको ओढारमा अझै पनि रातो अक्षरले लेखिएका अक्षरहरू छन्। त्यो अक्षर हेर्दा जापानीज अक्षरजस्तो, कतै चाइनीज अक्षरजस्तो, कतै एमएस थामामगरले लेखेको ढुट लिपि जस्तो आकारको देखिन्छ। सम्भोव यो चित्रलेखा पिपिजस्तो देखिने हाम्रो लिपि त्यो नै हुन सक्छ। अथवा त्यो पनि होइन भने लिपि त मानिसले नै बनाएका हुन्। कुनैर्र् इश्वर भगवानले आन्तरिक्षबाट खसालिदिएको निश्चय पनि होइन होला। हाम्रा नाति-पनातिले अनुसन्धान गरेर प्रमाण गर्ने विषय हो त्यो भनेको। थकालीहरूको आफ्नै बोल्ने भाषा छ, तर लिपि छैन। गुरूङहरूको पनि भाषा छ, लिपिकोबारे अनुसन्धान भैराखेको छ भन्ने सुन्नमा आएको छ। जर्मनीहरूको पनि भाषा छ तर लिपि छैन, रोमन लिपि चलाउँछन्। जहाँसम्म नेपालको (कन्टेस्टमा) भन्नु पर्दा सयौं जनजातिहरू छन्। जस्तै राउटे, च्यामे, मुसहर, थारू, दनुवार, र्घर्ती, चेपाङ, तापुरिया, राई, लिम्बु, सुनुवार आदि मलाइ लाग्छ जनजातिहरूको भाषा भए पनि धेरैको लिपि छैन होला, यो मेरो आफ्नै अनुमान हो। यस्ता गहन विषयहरू, समय र परिस्थितिले ल्याउने हो। आज हामीले त वकालत गर्ने र नयाँ पिढीलाई सचेत गराउनेमात्र हो। एकदिन आउला आफ्नै भाषा आफ्नै लिपिमा बोल्ने र लेख्ने दिन। वहाँले भन्नुभएको छ, खाम भाषाको पाठयपुस्तक नेपाल सरकाबाट प्रकाशित गरेर पढाएमा अझ प्रभावकारी हुने थियो। वहाँलाई यसबारेमा जानकारी रहेनछ। सरकारले खाम भाषाको पाठयपुस्तक कक्षा २ सम्म प्रकाशन गरेर पनि हाल म्याग्दी जिल्लाको हिस्तान मण्डली गाउँ समिति र पर्वत जिल्लाको लेसपार, सालिजा, क्याङ गाबिसहरूमा कक्षा २ को खाम भाषा पढाइ भैसकेका छन्। हो हामीलाई आफ्नो भाषा, भेषभुषा, संस्कार, संकृति प्राणभन्दा प्यारो लाग्छ। पुन समुदायभन्दा गौरव लाग्छ। पुनकै नाउँबाट स्व.तुलबहादुर पुनले विश्वप्रसिद्ध भिक्टोरिया क्रस प्राप्त गरे र पुन समुदायको नाम र इज्ज्जत सगरमाथाजस्तो उच्चकोटीमा राख्न सफल भए। त्यस्तै म्यागासेसे पुरस्कार प्राप्त डा. महावीर पुन, स्व. मेजर टि.बी पुनद्वारा घोडेपानीको डाँडालाई पुनहिलको नामाकरण गरेर विश्वसामु र्छल·ै पारेका छन्। वहाँहरूको बहादुरी र सह्राहनीय योगदानप्रति हामी गौरवान्वित छौ। पुनहिलको नामाकरण भएको पनि तीन दशक भैसक्यो। पुन समुदायभन्दा हामीलाई गौरव महसूस हुन्छ। झनै पुनहिलको नामाकरणले मन खुशीले पुलकित हुन्छ। हामी समाजको अगुवाहरू सचेत, शिक्षित, विद्वान, विज्ञ वर्गहरूले पुन समाजको गौरवको गाथालाई अझै योभन्दा उच्चकोटीमा पुर्याउने सोंच र विचारको साथमा लाग्यौ। र, मात्र पुन समुदाय र नेपालको सर्वा·ीण विकास हुनेछ। सबै जातजातिसँग एउटा समधुर सम्बन्धको आधारमा बसौ काम गरौं र मात्र आफ्नो समुदाय र राष्ट्रको विकासमा टेवा पुग्ने छ। पुन समुदायको भलोको लागि सम्पूर्ण पुन समुदाय एक हौं। यही एकताको लागि उनै भगवान करपाके बाबाले सम्वृद्धि प्रदान गरून् जय करपाके बाबा। धन्यबाद।
(लेखक गेसो पश्चिमाञ्चल क्षेत्रीय समिति पोखराका अध्यक्ष हुन्।-सं.)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०