अध्ययन, अनुसन्धान, अन्वेषण, आविष्कार मानव जीवनका बहुमूल्य राष्ट्रिय सम्पति र प्राथमिक आधारभूत आवश्यकता हुन्। कास्की जिल्ला भरतपोखरी गाविस-१ मा अवस्थित चारैतिर वन ज·लले घेरिएको समथर भूभागमा रहेको पुडिटार कोत्रे बजारबाट पैदल २५ मिनेटमा पुग्न सकिने र अहिले हाल केही वर्ष अगाडि विद्यार्थी इन्जिनियर केही सक्रियतामा तयार पारिएको सानो केबल कारको रूपमा उक्त केबल कारबाट तीन मिनेटमै आवतजावत गर्न सजिलो र सहज भएको छ। अन्यथा वर्षायाममा सेती गण्डकीलाई परिक्रमा गरेर झोलु·ेपुल पार गरेर पुग्न सकिन्छ।
हिउँदको समयमा उक्त ठाउँमा सेती गण्डकी तरेर आवत जावत पनि गर्न सकिन्छ। हामी यी गन्तव्यपार गरेर गइसके पछि -हामी त्यहाँ पाइला टेके पछि) स्वच्छ प्राकृतिक मनोरम दृश्यको अनभूति हुन्छ। उक्त स्थान पुडिटार कुनै दुर्गम होइन सुगम हो। आजभन्दा ०२५/०२६ सालतिर यातायातका सुविधा थिएन। आम नागरिकहरू काठमाडौ, चितवन बसाईसराई आवत-जावत गर्दा उक्त ठाउँ पुडिटार हुँदै प्यूरी दोभान, ढोरफिर्दी यता अर्घको बाटो हँदै आवत-जावत गर्ने गन्तव्य स्थलको मुख्य पैदल मार्ग भएको हुँदा चारै दिशाका मानिसहरू आवत-जावत गर्ने गन्तव्य स्थल पुडिटारमा चालीस वर्ष पहिला मानव बस्ती प्राय सुन्य भएको ठाउँ पुडिटारमा आवत-जावत गर्दा त्यहाँ पुडिटारको आसपासमा राति, बास बसी सकेपछि जग्गा आफ्नै तजबिजले कतिसम्म ओगट्न सक्ने हो उति नै निःशुल्क पाइने।
यसरी बटुवा मानिसहरू उक्त पुडिटारमा जग्गा लिएर बसोबास गरे घरबास बढ्दै गए। घरबास गरी बसोबास गरेकाहरूले राति बास बस्न आउने मानिसहरूलाई जग्गाको मूल्य -रकम) नलिई जग्गा रोजेर लिन आग्रह गरे अनुसार मञ्जुरी भई यसरी नै बटुवा मानिसहरू बास बस्नेहरूले उक्त ठाउँ उपभोग गरे। फाइदा नै गरे। समय र्घकंदै गयो। उक्त जग्गाहरू पैसा नतिरी लिने ठाउँ पाइएन। रुपैय“ा पैसा तिरेर मात्र लिनपर्ने अवस्था आयो। यही क्रम अनुसार नाप नक्सा भयो।
आ-आफ्नो नाममा पुर्जा वितरण भयो। उक्त ठाउँमा चारै दिशाका नागरिक भेटिन्छन्। प्रायः जसो उक्त ठाउँमा जनजाति गुरुङ, मगर सामुदाय वर्गको बाहुल्य रहेको छ। यहिले त्यहाँको जमिन पोखरा र लेखनाथको सौर्न्दर्यताले र निकटतम भएकोले जग्गा मूल्यवान भएको छ। यस पुडिटार-१ बाट कोत्रे बजार पृथ्वी राजमार्गमा यातायात गुडिरहेको र्छल· देख्न सकिने दृश्य पनि देख्न सकिन्छ। उक्त पुडिटारमा यस लेखका पंक्तिकार लक्ष्मी आदर्श उच्च मावि सिसुवाबाट सरुवा भई ०५६/९/२१ देखि ०५८/१/६ सम्म भुलभुला निमावि पुडिटारमा शिक्षण पेशामा कार्यरत भई सेवा पुर्याइरहेकोमा संजोगवश यस लेखका पंक्तिकारको पोखरा सरुवा भयो। छोटो समय भए पनि मेरो कर्मभूमि भएको हुँदा स्मरणस्वरूप आज १३ वर्षअघिको क्षणलाई सझेर, फर्केर पुडिटारमा भुलभुला पानीको उत्पत्ति र दर्शन अवलोकनको ऐतिहासिक रूप रेखा उजागर र पहिचान गराएको छु।
यस भुलभुला निमाविमा अभिभावक व्यवस्थापन समिकिो सक्रियता र विद्यालयप्रतिको योगदान सराहनीय छ। अभिभावक-व्यवस्थापन समितिको योगदानस्वरूप विद्यालयमा शिक्षण सिकाइ अतिरिक्त क्रियाकलापमा यस विद्यालयका शिक्षकहरू दत्तचित्त भई विद्यालय र विद्यार्थीर्प्रति उत्तरदायी भई आफ्नो शिक्षण पेशामा अनुशासित कटिवद्ध छन्। यसै पुडिटार-१ भुलभुला निमाविदेखि सात मिनेटको दूरीमा -फरक) आसपास गाउँ जाने गोरेटो बाटो खेतनेर जमिनबाट पानी भुलभुल निक्लिरहने भुलभुल भइरहने यो एउटा प्राकृतिक र दैविक शक्ति हो। प्राकृतिक र दैविक शक्तिको संरक्षण सर्ंवर्धन गर्न गाविस, आमनागरिक, बुद्धिजीवी हामी सबैको आम चासोको विषय हो।
बाह्रै माहिना भुलभुल पानी आइरहने यस्तो प्रकृतिक ठाउँमा दैविक शक्तिको बास हुन्छ। यसकारण हामीले मठमन्दिर दर्शनीय स्थल स्थापना गरेर यसलाई संरक्षण र सर्म्वर्द्धन गर्नुपर्छ। यस लेखका पंक्तिकार १३ वर्ष पहिला अवलोकन गरेको भुलभुलाको आजसम्म कुनै खोज कार्य भएको देखिंदैन। मानिस ठूलो कर्मले हुन्छ जन्मले हुँदैन। जन्मेपछि राष्ट्रलाई केही छाडेर जाऔं देशमा आफ्नो पहिचान गराऔं।
अध्ययन अनुसन्धान अन्वेषण आविष्कार मानव जीवनका बहुमूल्य राष्ट्रिय सम्पत्ति हुन्। यस्ता युक्तिहरूलाई स्मरण गर्दै यस्ता प्राकृतिक सम्पदा दैविक शक्ति को संरक्षण गर्न र आम नागरिकलाई भुलभुल पानीको अवलोकन गर्न अनिवार्य आवश्यकता को महसुस गरी यस लेखका पंक्तिकारले लुकेर बसेका सम्पदालाई बाहिर समाजमा उजागार गर्न हतारका साथ यस लेखमार्फत जानकारी गराई उक्त सम्पदालाई हामीले व्यवस्थित गर्न सक्यौं भने यो प्राकृतिक दैविक शक्तिबाट धर्मावलम्बी भक्तजन, देशी विदेशी पर्यटकको आवगमन ले उक्त पुडिटार एउटा महत्त्वपूर्ण ऐतिहासिक स्थान बन्न पुग्ने छ। हामीले आयस्रोत पनि गर्न सक्ने छौ“।
वि.सं. २०१९ सालमा स्थापना भएको भुलभुला निमावि यसै भुलभुल पानी निक्लिरहने बगिरहने यसै भुलभुल पानीको नामबाट भुलभुला निमावि स्थापना गरि नामाकरण गरियो। आजसम्म कुनै खोज कार्य भएन। गर्भमै रह्यो। यस पुडिटारमा अवस्थित भूलभूला निमावि यस ठाउँको गहना हो। यसकारण पुडिटारमा भुलभुल पानीको उत्पत्ति र दर्शनको ऐतिहासिक अवलोकन गरौं“। यही हाम्रो शुभकामना।
(लेखक पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीका अध्यक्ष हुन्।सं.)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०