आजको युगमा पनि लाज तथा सर्ंर्कीणताका कारणले कतिपय विरामीहरूले पायल्स, फिस्टुला जस्ता रोगहरूलाई लुकाएर बसिरहेका छन्। करिब ६०-७०% नेपालीहरूलाई मलद्वार वरिपरि कुनै न कुनै समस्या हुने गरेको छ। कतिपय बिरामीहरूले आफ्नो रोगको बारेमा आफ्नो साथी तथा परिवारलाई समेत भन्दैनन्। आजको यो सूचना र सञ्चारको युगमा पनि सही सूचना तथा जानकारीको अभावमा धेरै बिरामीहरू बेलैमा आफ्नो रोगको उपचार गर्नबाट बञ्चित रहेका छन्।
मलद्वार वरिपरि विभिन्न रोगहरू उत्पन्न हुन सक्छन्। तिनमा पाइल्स, फिस्टुला, फिसर, साइनस, पिलोनिडल साइनस आदि प्रमुख हुन्। यिनीहरूमध्ये पनि पाइल्स, फिस्टुला र फिसरका रोगहरू बढी पाइन्छन्। यी रोगहरूको बेलैमा र सही उपचार नगरेमा विरामीले कष्टपूर्ण जीवनयापन गर्नुपर्ने हुन्छ भने बेलैमा र सही उपचार गर्दा पूर्ण रूपमा निको हुन्छ। यी रोगबारे चर्चा र बहस पनि बढाउन जरुरी छ। तसर्थ यहाँ यी रोगबारे बेग्लाबेग्लै चर्चा गरिएको छ।
पाइल्स
मलद्वार वरिपरिका रोगहरूमध्ये सबैभन्दा बढी मात्रमा पाइने रोग पाइल्स हो। यो मलद्वार भित्रबाट वा मलद्वार बाहिरबाट पनि उत्पत्ति भएको हुन सक्छ। यसलाई चलनचल्तीको भाषमा अर्श, हषा, बबाशिर पनि भनिन्छ।
यो रोग मूलतः खानपान र पाचन क्रियामा भर पर्दछ। रेशादार खानाको कम सेवन तथा प्रशोधित र मैदाबाट बनेका खानाको बढी सेवन तथा फास्ट फुड, जंक फुडको बढी सेवन, माछा, मासु, अण्डाको बढी सेवन, मसलेदार तथा गरम मसला युक्त खानेकुराको बढी सेवन गर्नेलाई यो रोग लाग्ने सम्भावना हुन्छ। यस्ता खानेकुराले कब्जियत गराउँछ र पाइल्स रोगको मुख्य कारण निरन्तर कब्जियत भइरहनु हो। जब कुनै व्यक्तिलाई कब्जियतका कारण दिसा गर्दा बल लगाउनुपर्ने अवस्था आउँछ, तब पाइल्स रोग देखा पर्ने सम्भावना बढी हुन्छ। धुम्रपान र मद्यपानका कारण पनि यो रोग लाग्न सक्छ। कुनै निश्चित समयमा नै दिसा गर्ने बानी नबसालेमा पनि मलद्वारमा घाउ भई यो रोग देखा पर्न सक्छ। कुनै पाइल्स वंशाणुगत पनि हुन सक्छ।
लक्षण : लक्षणका हिसाबले पाइल्सलाई निम्न ४ अवस्थमा विभाजन गर्न सकिन्छ।
१) पहिलो अवस्था : दिसा भइसकेपछि मलद्वारबाट रगत बग्नु। रगत ताजा हुनु, रगतको धारा नै बहनु वा तप तप गरी बहनु तर दुखाइ नहुनु यो अवस्थाको लक्षण हो।
२) दोस्रो अवस्था : यस अवस्थामा दिसा गर्दा रगत बग्ने समस्या हुँदैन। बरु दिसा गर्दा मलद्वार भित्रबाट मासुको पिण्ड मलद्वार बाहिर निस्कने र दिसा गरी सकेपछि पुनः आफै भित्र छिर्ने गर्दछ।
३) तेस्रो अवस्था: यस अवस्थामा दिसा गर्दा मास पिण्ड मलद्वारबाट बाहिर निस्कन्छ तर आफै भित्र छिर्दैन। उक्त मांस पिण्डलाई बिरामीले आफ्नो हातले भित्र पसाउनु पर्ने हुन्छ ।
४) चौथो अवस्था : यो पाइल्सको अन्तिम तथा जटिल अवस्था हो। यस अवस्थामा दिसा गर्दा बाहिर निस्किएको मांसल पिण्ड बाहिर नै रहिरहन्छ। बिरामीले आफ्नो मलद्वार हातले मलद्वार भित्र पसाउँदा पनि केही बेर पछि पुनः बाहिर निस्किएर रहन्छ।
यी माथि उल्लिखित अवस्थाहरूमा वणिर्त लक्षणहरूका अलावा दिसा कब्जियत हुनु, मलद्वार वरिपरि चिलाउनु, ओसिलो स्राव बग्नु आदि लक्षणहरू पनि देखिन्छन्।
पाइल्स एउटा सामान्य रोग भए तापनि यो अत्यन्त कष्टप्रद हुन्छ। यो चौथो अवस्थामा पुगिसकेपछि मलद्वारबाट निस्कएको मांस पिण्ड बन्द मलद्वारबाट च्यापिएर अन्यन्त पीडा हुने तथा उक्त मांस पिण्डलाई रक्तसंचार गर्ने रक्तनलीहरूमा अवरोध आई मांसपिण्ड विस्तारै सड्न थाल्दछ। यसरी सडिरहेको मांसपिण्डमा किटाणुहरूको संक्रमण हुन्छ। ती किटाणुहरू सम्पूर्ण शरीरमा फैलिन सक्छ र शरीरका विभिन्न अंगहरू संक्रमण फैलिन सक्छ।
उपचार : पाइल्स एउटा सामान्य रोग हो। यसको समयमा ने उपचार गर्दा सजिलै निको हुन्छ। पाइल्सको पहिलोदेखि तेस्रो अवस्थासम्म औषधीको सेवनबाट नै सन्चो हुन्छ भने चौथो अवस्था र कदाचित तेस्रो अवस्थामा औषधी सेवनबाट पनि सन्चो नभएमा सामान्य शल्यक्रियाबाट समूल उपचार गर्न सकिन्छ। यस रोगको उपचार गर्न विभिन्न चिकित्सा विधाहरू मध्ये आयुर्वेद र शल्य क्रिया गर्ने विभिन्न तरीकाहरू मध्ये क्षारसूत्र नै सबैभन्दा सफल छ।
फिस्टुला
मलद्वार वरिपरिको सरसफाइको कमीका कारणले उत्पन्न हुने मलद्वार वरिपरिका रोगहरू मध्येको प्रमुख रोग फिस्टुला हो। यो फिस्टुला एक नली आकारको घाउ हो जसको बाहिरी मुख मलद्वार वरिपरिको छालामा र भित्री मुख मलाशय -मलद्वार भित्र मल संचय हुने ठूलो आन्द्रा) मा खुलेको हुन्छ। यो घाउ नली आकारको लामो र कसै कसैमा बा·ो हुने हुनाले यसभित्र पटक पटक संक्रमण भइरहन्छ।
मलद्वार वरिपरि दिसा गरिसकेपछि राम्रोसंग सरसफाई नगर्नाले यो रोग निस्कन्छ। सरसफाइको कमीले गर्दा मलद्वार वरिपरिका ग्रन्थीहरूमा संक्रमण हुने, मलद्वार वरिपरि पिलोहरू उत्पन्न भइरहने र फुटिरहने सिलसिला चलिरहँदा यस्तो नली आकारको फिस्टुलाको उत्पत्ति हुन्छ। अन्य केही रोगहरू जस्तै टि.बि., सिफिलिज जस्ता रोगहरूका कारण पनि फिस्टुलाको उत्पत्ति हुन्छ।
लक्षण : मलद्वार वरिपरि फिस्टुलाको बाहिरी मुखबाट समय समयमा पिप निस्करहने, दुख्ने, चिलाउने आदि फिस्टुलाका लक्षण हुन्। यो रोग, बढी पिडादायी नभए पनि रोगीको दैनिकीलाई असजिलो बनाउने खालको हुन्छ।
उपचार : फिस्टुलाको उचित उपचार शल्यक्रिया नै हो। फिस्टुलाको आधुनिक चिकित्सा विज्ञान अनुसारको शल्यक्रिया गर्दा धेरै पार्श्वप्रभावहरू र जटिलताहरू थपिने गरेका छन् भने आयुर्वेदिक विधिद्वारा गरिने क्षार सूत्र शल्य क्रिया अत्यन्त सफल तथा पार्श्वप्रभाव रहित छ।
फिसर
मलद्वार वरिपरि हुने रोगहरूमा सबै भन्दा पिडादायक रोग फिसर हो। निरन्तर कब्जियत हुँदा दिसा गर्न बल लगाउने क्रममा मलद्वार तथा मलाशयको भित्री छाला -भित्रि भित्ताको पत्र) च्यातिएर बनेको घाउलाई फिसर भनिन्छ। फिसर पुरुषमा भन्दा महिलाहरूमा बढी हुने गर्दछ र यो प्रायः मलद्वारको पछिल्लो पट्टि भागमा हुने गर्दछ।
फिसर रोगको मुख्य कारण कब्जियत नै हो। कब्जियतका कारण दिसा गर्न बल लगाउँदा मलद्वार तथा मलाशयको भित्रि भित्ता च्यातिन गई यो रोग उत्पन्न हुन्छ। कब्जियत गराउने खानपान जस्तै : माछा, मासु, अण्डाको बढी सेवन गर्दा, मैदाबाट बनेको खानेकुरा फास्ट फुड तथा जंक फुडको बढी सेवन गर्दा यो रोग लाग्छ। त्यसै गरी रेसादार खानेकुरा, हरियो सागपात, तरकारी फलफूल आदिको कम सेवन तर मसलेदार र गरम मसला बढी हालेको खानेकुराको बढी सेवन गर्नेलाई यो रोग लाग्ने सम्भावना अधिक हुन्छ।
लक्षण : दिसा गर्ने समयमा अन्यन्त पीडा हुनु, दिसा गरिसकेपछि पनि मलद्वार दुखिरहनु पोलिरहनु र दिसाको अन्तमा थोरै मात्रामा ताजा रगत देखा पर्नु यस रोगका लक्षण हुन्। त्यसै गरी अन्य समयमा पनि मलद्वार दुख्नु चिलाउनु, ओसिलो हुनु आदि अन्य लक्षण हुन्। फिसर पूरानो भएपछि फिसर भएको स्थानको माथी मलद्वार बाहिर मांस पिण्ड देखिन्छ। यी लक्षणका अलावा निरन्तर कब्जियत हुनु र दिसा गर्दा पिडा हुने हुनाले दिसा गर्न डराउनु आदि लक्षण देखा पर्छन्।
उपचार : फिसर रोग औषधी सेवनबाट नै सन्चो हुने रोग हो। यसलाई शल्यक्रियाबाट पनि उपचार गर्न सकिन्छ। तर शल्यक्रियाबाट भन्दा औषधी सेवनबाट नै उपचार गर्नु राम्रो हुन्छ। यो रोगको पनि आयुर्वेद पद्धतिबाट उपचार एकदम सफल तथा प्रभावकारी छ।
अन्तमा, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी भएकोले लाज, संकीर्णताले रोग पालेर बस्नुभन्दा रोगको उपचार गराउनु बुद्धिमानी हुन्छ। यस्तो रोगको उपचार गछौर्ं भनी ठगी गर्ने पनि छन्। त्यसैले आफ्नो रोगको परीक्षण तथा उपचार आधिकारिक अस्पताल तथा विज्ञ चिकित्सकद्वारा गराउनु बुद्धिमानी हुन्छ। आफूलाई उपचार गर्ने चिकित्सकको परिचय र उसको दक्षताको बारेमा प्रत्येक बिरामीले थाहा पाउनुपर्छ। यसले विरामी स्वंयको चेतनाको स्तर बढ्नुको साथै प्रचार प्रसारको आडमा बिरामीको उपचारको नाममा ठगी गर्ने प्रवृत्तिको पनि अन्त्य हुन्छ।
(लेखक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जामा कार्यरत छन्।)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०