पहिले बुहारी र अहिले सासू

युवराज खनाल
जेठ २३, २०७८

महिलाको प्रगतिका बाधक महिला नै हुन् भन्ने भनाइ उहिलेदेखि प्रचलित छ । विशेषत महिला–महिलाबीचको सम्बन्ध र त्यसभित्रका बोली–व्यवहारलाई लिएर यो भनाइ सिर्जना भएको हुन सक्छ ।

६०/७० वर्ष पहिले बुहारीहरुको अवस्था र अहिले बुहारीको अवस्थामा धेरै फरक पाइन्छ । त्यति बेला महिलाको संख्या कम र पुरुषको संख्या बढी थियो । ७/८ वर्ष उमेरमात्रै भएका गट्टा र एकखुट्टे खेल्ने बेला नै कयौंको बिहे हुन्थ्यो । घर कहाँ, लोग्ने कस्तो छ, घर परिवारमा को को हुन्छन् , ती बिचरीलाई के थाहा र ? साँच्चिकै ढुंगा र पातका भाँडाकुँडा, सिन्काका डाडु पनियो अनि माटोको भात पकाएर साथीहरूबीच बिहे गरेको भोलिपल्ट नै वास्तविक दुलही बनेर विधिवत जन्म घर छोडेर जानुपथ्र्यो । मेरी आमाका कुरा सुन्दा आमालाई मामाघरबाट बिदाइ गर्ने बेलामा हजुरआमाले आमालाई तीन मन्त्र दिनु भएको थियो रे । ‘कसैसँग नरिसाउनू, जसले जे भने पनि मुख नफर्काउनू, सहन सकेसम्म कुरालाई सहेर बस्नू’ । सायद तत्कालीन अवस्थामा सबैले दिने यही मन्त्र थियोे होला । जो सासूको निर्देशन अनुसार चल्नेमात्रै होइन, सासूसँग शिर उठाएर कुरा गर्ने अनुमतिसमेत थिएन ।

यो पीडा केवल मेरी आमाको मात्रै होइन । गाउँमा हुने सबै आमा पुस्ताहरुको पीडा थियो । गर्भ बोकेको ९ महिनासम्म नियमित भारी बोक्नुपथ्र्यो । आमाहरूको कति गर्भ यत्तिकै खेर जान्थ्यो रे । बिचरा मुखले र मनले कति खाने कुरा माग्दो हो, त्यसैले कमेरो ढुंगा र चुलोको माटो खान्थे । कहाँ जानू र जाँच्न्न कहाँ पाउनु आइरन चक्की । बिहान घरमा कोही नउठ्दै अँध्यारोमा दैलो र मझेरी पोतेर पँधेरीमा पानी लिएर फर्कंदा बल्ल उज्यालो हुन्थ्यो । गाईवस्तुको भकारो सोरेर कँुडोपानी र घाँसपात गरेपछि घरका अरु जहान उठ्थे । बुहारीसँग खासै कोही बोल्दैनथे । लोग्ने एउटा पिंढीको छेउमा बस्दा श्रीमती अर्को छेउमा बस्थे । काम गराउनु पर्दामात्रै बोल्थे । रुखो बोलीमा सासू, ससुरा र बाहुन ( श्रीमान् ) । बिहान घाँस काटेर दिनैभरलाई पुग्ने गरी काटिसकेपछि मेलापात जानुपथ्र्यो । आँखाले देखिन्जेल मेलापातको काम गरी आउँदा घरमा झमक्क रात पथ्र्यो । सबैले खाना खाएपछि बल्ल बुहारीको पालो आउँथ्यो । खाना नपुगे भोकै ती सबै जुठाभाँडा गरेर सासू र बाहुनलाई तेल लगाइदिनु पथ्र्याे । त्यतिबेला उहाँहरूमाथि काममा मात्रै विभेद होइन । खानामा पनि त्यस्तै विभेद हुने गरेको थियो । त्यतिबेला पनि चामलको भात नपाक्ने होइन । पाक्न त पाक्थ्यो । तर, त्यो घरका ठूलाबडाका लागि मात्रै थियो । आमा र बुबाको पुस्ताले चामलको खाना खानको लागि पूजा, पर्व या श्राद्ध नै कुर्नुपर्ने हुन्थ्यो ।

छोरीलाई काममा सघाउँदा ज्वाइँको तारिफ गर्ने आमाहरुले बुहारीलाई सहयोग गर्दा छोरालाई जोइटिँग्रे देख्ने दृष्टिकोण बद्लिनुपर्छ

माइती लिन नआई पठाउने चलन थिएन । माइती जानू भनेको तीज, दसैं र बिहेबारीमात्रै थियो । त्यो पनि सासूको भाका काटन पाइँदनथ्यो । घरमा फर्कंदा कोसेली अनिवार्य ल्याउनुपथ्र्याे । हो त्यसैले मेरा आमाका पुस्ताहरू अहिलेका मानिसको लागि रोल मोडल हुन् । उहाँहरूले उमेरमा भोगेको पीडाले बुढेसकालमा पीडालाई कम गरिदिएको छ । हुन त त्यति बेला मानिसहरू अशिक्षित थिए । मानिसको कमाइ भनेकै अन्नको बेच बिखनबाट उग्रेको पैसा थिए, त्यसैले पनि बढी दुख थियो ।

पहिलेका सासूहरुले आफूहरुले गरेका दुखहरु यदाकदा अहिलेका बुहारीमाथि ओकल्ने गरेको पनि देखिन्छ । वर्तमान अवस्थामा सासू–बुहारीको सम्बन्ध नराम्रो त भन्दै भन्दिन । यद्यपि कतिपय स–साना कुरामा असमझदारी भने हुनसक्छ । सासूले त्यही कुरा छोरीलाई भन्दा सामान्य रूपमा लिइन्छ तर बुहारीलाई उही कुरा भन्यो भने अर्कै अर्थ लाग्न सक्छ जुन बुझाइमा निर्भर रहन्छ । बुहारीले पनि आमाजस्तै सोचेर अलि ठूलो स्वर ग¥यो भने नराम्रो रूपमा लिइन्छ । अर्को मुख्य कुरा भनेको सासू–बुहारी दुबैको छोरासँगको अट्याचमेन्ट हो जस्तो लाग्छ जसका कारण भावनात्मक इस्युहरू पैदा हुन्छन् । यद्यपि अहिलेको पुस्तामा धेरै परिवर्तन आइसकेको छ । अहिलेका बुहारीहरू प्रोफेसनल हुन्छन् भने सासूले घरको काममा सघाउँछन्, बुहारीले नै गर्नुपर्छ भन्ने बाध्यता हुँदैन । तर नेपालजस्तो गरिब देश जहाँ आधाभन्दा धेरै जनता गरिबीको रेखामुनि छन्, यस्तो देशका ग्रामीण भूभागमा एउटी महिलाले आफ्नो सन्तानलाई हुर्काउन केसम्म दुखकष्ट सहनु प¥यो र पहिरहेको होला ?

परिवारको खुसीको लागि कतिसम्म आफ्नो खुसी त्याग्नु पर्‍यो र त्यागिरहेकी होलिन् ? हरेक साल हामी सुन्छौं हिमाल तथा पहाडमा समयमै अस्पताल नपु¥याउँदा सुत्केरीको निधन, तराईमा दाइजो कम भएको कारण बुहारीको हत्याका घटना । सायद सहरका अस्पतालमा डाक्टर र नर्सको निगरानीमा जन्मनेले सोच्न पनि सक्दैनन् गाउँ घरमा जन्मिनेको पीडा ।

हो, आफ्नो छोराछोरी घरायसी कामकाजदेखि हरेक कार्यमा सहयोग गर्ने ज्वाइँँको तारिफ गर्दै मेरा ज्वाइँँ कति जाती हुनुहुन्छ भन्ने तर आफ्नो छोराले बुहारीलाई सहयोग गर्दा जोइटिँग्रे देख्ने दृष्टिकोण आमाहरूले त्याग्नुपर्छ ।

Related News

सम्बन्धित समाचार

    • कुँवर, राणा र राष्ट्रिय राजनीति

      प्रा.डा. यमबहादुर पौडेल जेठ २९, २०७८
      हालको पोखरा १४, मझेरीपाटनमा सूर्यवंशी वत्स गोत्रीय कुँवर खलकमा जन्मिएका व्यक्ति हुन्–क्षेत्रबहादुर कुँवर । यिनको वंशज–वृक्ष हेर्न खोज्ने हो भने…
    • राष्ट्रसेवकहरुको अतृप्त अभिप्रेरणा

      भोला शर्मा जेठ २५, २०७८
      विश्वको जुनसुकै देशको सार्वजनिक सेवा प्रवाहमा त्यस देशका राष्ट्रसेवक कर्मचारीहरुको बृहत्तर भूमिका रहेको हुन्छ । फरक फरक सोच, क्षमता, कार्यशैली,…
    • महामारीमा कुर्ची बचाउने राजनीतिक खेल

      जमुना ढकाल जेठ २४, २०७८
      २०७६ को अन्त्यतिर सुरु भएको कोभिड १९ अहिलेसम्म उग्र रुपमा फैलिरहेको छ । यसलाई भयानक महामारीको संज्ञा दिइएको छ ।…
    • स्कुलको पढाइ जीविकोपार्जनको लडाइँ

      शेषराज भट्टराई जेठ २४, २०७८
      मान्छेहरू बाँच्न सहज होस् भन्ने हेतुले कलम कापीसँग रगडिने गर्छन् । पढ्नु मानव चोलाका लागि राम्रै होला भन्ने लागेको छ…
    • हरेक दिनलाई वातावरण दिवस बनाऔं

      श्रीकृष्ण पौडेल जेठ २२, २०७८
      मानिसको आधारभूत आवश्यकताहरूमध्ये स्वच्छ वातावरण पनि हो भन्ने विषयमा हामी अनविज्ञ रहेका छौँ । हाम्रो आसपासका प्राकृतिक र मानव निर्मित…

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग