नेपाल एक अद्वितीय बहुधार्मिक, बहुआयामिक सांस्कृतिक विरासतको संवाहक देश हो। प्रत्येक पर्व, धार्मिक परम्परा, रीति-रिवाज एवं जयन्तीले मानवलाई कुनै न कुनै रुपबाट आध्यात्मिक सत्तासँग जोडेको हुन्छ। शायद यही कारणले गर्दा होला यस अति भौतिकतावादी संस्कृति र भाग्यविधाता विज्ञानको युगमा पनि इश्वरको सत्ता विभिन्न रुपबाट स्वीकार्य छ। पौराणिक कालदेखि लामो समयसम्म इश्वरीय सत्तालाई र मान्ने प्रक्रिया अत्यन्त निष्ठावान र भावनामय हुन्थ्यो तर कालान्तरमा जब व्यक्तिहरुमा श्रद्धा एवं स्नेह क्षीण हुँदै जानाले उनीहरुमा निहीत आध्यात्मिक सत्यको स्थान कर्मकाण्ड एवं औपचारिकताले लिन थाल्यो। त्यसैले अब यो भन्न अतिशयोक्ति हुँदैन कि आज पर्व औपचारिकता निर्वाह गर्नको लागि मनाइन्छ। तर आजको यस वैज्ञानिक युगमा यी पर्वहरुको पछाडि लुकेर रहेको आध्यात्मिक सत्यलाई उद्घाटन गर्न नितान्त आवश्यक छ जसले यस संसारमा व्याप्त अज्ञानता र तमोप्रधानतालाई टाढा गरी मानव सभ्यताको यथार्थ मार्ग देखाउँदछ।
रक्षाबन्धनको यथार्थ अर्थ
रक्षाबन्धनपर्वको बारेमा शास्त्राड्ढति तथ्यबाट कतिपयको यही धारणा बन्दै आइरहेको छ कि यो पर्व भाइहरुद्वारा बहिनीहरुको रक्षा गर्ने संकल्प लिएको प्रतीक हो। साथ-साथमा यो पनि भनाई छ कि हाम्रो देशमा यो पर्व चिरकालदेखि मनाउँदै आइएको छ। यदि यी दुवै कुरा सत्य छन् भने यसले कैयौं प्रश्नहरुलाई जन्म दिन्छ। किनकि चिरकालको गाथा आज पनि प्रचलित नै छ। त्यस समयमा जो राजा हुने गर्दथे उनीहरु हर सम्भव आफ्ना प्रजा र जनताहरुको ख्याल राख्दथे। यतिसम्म कि प्रजाहरुको रेखदेख गर्नको लागि राज्यमा गुप्तचरहरु पनि गुप्त वेशमा शोषण, भ्रष्टाचारर्र् इत्यादिको जानकारीको लागि परिचालित हुन्थेे। राजा स्वयं पनि आफ्नो भेष बदलेर भ्रष्टाचार गर्नेवाला व्यक्तिहरुमाथि नजर राख्दथे। के त्यतिखेरका दिदी बहिनीहरु यति असुरक्षित थिए जो रक्षाबन्धन (राखी) को सानो धागो आफ्ना दाजुभाइको हातमा बाँधी सुरक्षाका लागि गुहार माग्दथे ∕ तुलनात्मक रुपमा त त्यस समयमा यति धेरै भ्रष्टाचार पनि थिएन, जति आज छ। त्यस्तै प्रकारले जहाँसम्म रक्षाको सवाल छ यो धेरै गहिरिएर सोच्नु पर्ने विषय छ कि हरेक दिदी बहिनीहरुले किन भाइसँग नै रक्षाको अपेक्षा गरेका हुन्छन् – उनीहरुको घरमा त उनीहरुभन्दा पनि ठूला बडा नातेदारहरु हुन्छन् जसले रक्षा गर्न सक्छन्।
भाइसँग बहिनीको सुरक्षाको अपेक्षाको सवालमा विचारणीय तथ्य छ कि दुर्इ वर्षको भाइले पाँच वर्षको दिदीको कसरी सुरक्षा गर्न सक्छ – त्यस्तैगरी जब दिदीबहिनी विवाहोपरान्त आ-आफ्नो घरमा जान्छन् त्यसवखत दुवैजना एकै स्थानमा त हुँदैनन् जो एक अर्काको तत्कालीन रक्षा गर्न सकुन्। अन्यथा दाजुभाइको त कर्तव्य नै हो रक्षा गर्ने र गरेका पनि हुन्छन्।
रोचकको कुरा त अझ यो छ कि दिदीबहिनीहरुले मात्रै नभईकन ब्राह्मणले आफ्ना यजमानहरुलाई राखी बाँध्छन् र भन्ने गर्दछन् इन्द्राणीले इन्द्रलाई राखी बाँधी दिएकी थिइन् जसले गर्दा इन्द्रलाई विजय प्राप्त भएको थियो। यद्यपि कोही व्यक्तिहरु यस पर्वलाई विषतोडक पर्व पनि भन्दछन्। अतः यो पर्व भाइहरुद्वारा बहिनीको रक्षा संकल्पको प्रतीक हुन्थ्यो भने बाह्मणद्वारा राखी बाँध्ने रिवाज किन चलिरहन्थ्यो र ? यसबाट यो विदित हुन्छ कि बहिनीहरुलाई ब्राह्मणको दर्जा दिएर भाइलाई यजमानको समान राखी बाँध्नुको प्रतीक हो। रक्षाबन्धनको अर्थ केवल शारीरिक रक्षासँग मात्र नभइकन पाँच विकारबाट आत्माको रक्षा गर्नुको प्रतीक हो। हरेकलाई यी पाँच विकारबाट रक्षा गर्नु नै छ।
रक्षा बन्धनको वास्तविक महत्व
उपरोक्त लिखित तथ्यबाट यो कुरा स्पष्ट भइसकेको छ कि रक्षाबन्धन पर्व एक धार्मिक पर्व हो। यसको तार्त्पर्य केवल दिदीबहिनीको रक्षासँग मात्र नभइकन विश्वकै रक्षासँग सम्बन्धित छ। रक्षाबन्धनको पर्वर्र् इन्द्रियहरुमाथि विजय प्राप्त गरेको सूचक हो अर्थात् दाजुभाइ र दिदीबहिनीको नातामा जो मन, वचन र कर्ममा पवित्रता समाहित भएको हुन्छ भन्ने कुरालाई बोध गराउँदछ। आज हरेक दिदीबहिनीले आफ्नो दाजुभाइलाई नाडीमा राखी बाँध्छन् र त्यो राखीबाट यो कुरा प्रतीत होस्- कि ‘दाजुभाइ तिमीले जसरी आफ्ना दिदीबहिनीलाई एक निर्मल स्नेहको दृष्टिले हेछौ र दिदीबहिनीलाई रक्षाको संकल्प लिन्छौ, त्यस्तै यो राखी बाँधेर यो प्रतिज्ञा गर कि तिमीले कुनै एक नेपाल देशका नारीहरुलाई मात्र नभइकन पूरै विश्वभरिका हरेक नारीहरुलाई दिदीबहिनीको दृष्टिले हेरी श्रद्धा, सहयोग सम्मान र रक्षा गर्नेछौ। तिमीले हर माता- दिदीबहिनीहरुको इज्जत राख्नेछौ। अको रुपबाट यस पर्वले यस्तो समयको याद दिलाउँछ जब परमपिता परमात्माले प्रजापिता ब्रह्माद्वारा कन्या र माताहरुलाई ब्राह्मण पदमा आसीन गर्नुभयो, उनीहरुलाई ज्ञानको कलश दिई उनीहरुद्वारा भाइ र बहिनीको पवित्र सम्बन्ध स्थापना गर्ने कार्य गर्नुभयो। जसको फलस्वरुप सतयुगी पवित्र सृष्टिको स्थापना भयो। त्यही पुनीत कार्यको आज पुनरावृत्ति भइरहेको छ। ब्रह्माकुमारी दिदीबहिनीहर्रु इश्वरीय ज्ञान तथा राजयोगद्वारा ब्राह्मण पदमा आसीन भएर दाजुभाइ र दिदीबहिनीको शुद्ध स्नेह र पवित्रताको शुद्ध संकल्पको राखी बाँध्दछन्।
ओम्शान्ति।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०