पर्यटन क्षेत्रका चुनौती

गुप्तप्रसाद शर्मा
जेठ २१, २०७६

नेपालको पर्यटकीय राजधानीको रुपमा चिरपरिचित पोखरामा पर्यटकको आगमनलाई तीव्र बनाउने उद्देश्यका साथ सन् २०२० लाई पर्यटन भ्रमण वर्षको रुपमा घोषणा गरिसकिएको छ। तर पर्यटन वर्ष मनाइरहँदा यसमा देखिएका चुनौतीलाई सामना गर्न सक्ने खालको गुरुयोजना बनाउन प्रदेश सरकार तथा पर्यटन व्यवसायीहरु कम्मर कसेर लाग्नुपर्ने बेला आएको छ।

वास्तवमा भन्ने हो भने पोखराको लेकसाइड पर्यटकीय क्षेत्रको रुपमा परिचित छ। तर त्यसभित्र रहेका विकृति र विसंगतिहरुलाई कसरी सामना गर्ने भन्नेतर्फ सबै एकजुट भएर लाग्नुपर्ने देखिन्छ। पोखरा घुम्न छोटो समय लिएर आएका पर्यटकलाई समय अवधि लम्बाएर उनीहरुलाई बिदाइ गर्ने भन्नेतर्फ पर्यटक व्यवसायी उन्मुख भएको पाइँदैन। खाली पोखरा घुम्न आएका पर्यटकको खल्ती खाली गराएर पठाउने भन्ने जुक्तिमात्र रच्न थालियो भने उनीहरु आफ्नो देशमा गएर कस्तो सन्देश दिन्छन् र अन्य आउने पर्यटकलाई उनीहरुले कम गराउन पनि सक्छन् भन्ने कुरामा हामी सजग रहनुपर्ने देखिन्छ।

पर्यटकीय क्षेत्र लेकसाइड विभिन्न देशका नागरिकहरु घुम्न आई बस्ने होटल व्यवसायी, घुमाउने या त सवारीसाधन होस् या त ट्रेकिङ गाइडहरु होस् उनीहरुले सर्वसुलभ दर रेटमा घुम्न र घुमाउन लगाउनु त्यस क्षेत्रका हक हितमा काम गर्ने विभिन्न संगठनको दायित्व हो। तर यहाँ अलि फरक पाटोबाट पर्यटन व्यवसायीहरु लागेको पाइएको छ। किनकि पर्यटकसँग बीचमा व्यवसायीभन्दा गैरव्यवसायी बिचौलिया प्रथा हावी भएको पाइएको छ। त्यसलाई सीमित कमिशन भन्दा बढी रकम लिएर वास्तविक व्यवसाय गनेर्सँग पुगेको खण्डमा आफू पनि बाँच र अरुलाई पनि बाच्न देऊ भन्ने सिद्धान्त लागू हुने थियो तर त्यसो नगरिकन यहाँ त व्यवसाय गनेर्ले करोडौ लगानी गर्ने भन्दा बीचमा फोनको भरमा बुकिङ गनेर्ले बढी कमाउने प्रवृत्ति हावी भएको छ। त्यसलाई कसरी निराकरण गर्ने भन्ने तर्फ सबै व्यवसायी एकजुट भएर अस्वस्थ प्रतिष्पर्धामा नलागी अगाडि बढ्नुपर्ने देखिएको छ।

उदाहरणको लागि होटल संचालन गर्ने संचालन होस् या गाडी संचालन गर्ने व्यवसायी होस्, उनीहरुको लगानीको कुनै परवाह नगरी बीचमा ठोक्किएका पर्यटकलाई बढी पैसा लिएर होटलका गाडीवालालाई कम पैसा जहाँ कि फोनको भरमा ५ देखि १० हजारसम्म कमाउने र वास्तविक संचालकले भन्दा बढी असुल गर्ने प्रवृत्ति बढ्दै गएको अवस्था छ।

यदि यस्तो अवस्था रही रहेमा होटल संचालक र गाडी संचालक नै धराशायी हुने अवस्था आएमा अनि त्यो बिचौलिया कसरी कमाउन सक्छ। बीचैमा बुकिङ गरेको होटल र गाडी नै नभएमा अनि कसरी र कहाँ राख्ने र कहाँ घुमाउन पठाउने त्यो पनि सोच विचार गरेर काम गर्न यस्ता व्यवसायीहरुले बेलैमा सोच्नुपर्ने भएको छ।

यस्ता विकृति र विसंगतिहरुलाई कम गर्दै लैजानको लागि व्यवसायीका हक हितमा खोलिएका संगठनहरु अलि बढी सक्रिय भएर लाग्नुपर्ने देखिएको छ। कसैको व्यवसाय नै सखाप हुने गरी गरिने कार्यले भोलिका दिनमा पर्यटन क्षेत्रको दिगो विकास कसरी हुन सक्छ भन्ने जिज्ञासा आम पोखरेली बताउँछन।

वास्तवमा भन्ने हो भने पोखराको लेकसाइडमा व्यवसाय गर्ने व्यवसायी साथीहरु र व्यवसाय नै नगरी झोलामा पर्यटकलाई घुमाउने ठेक्का लिनेहरुले यसरी कमिशन बढी खाने चक्करमा लाग्दै जाने हो भने आगामी दिनमा लगानी गर्नेहरु घराशायी हुँदै जाने अवस्था नआउला भन्न सकिँदैन। यदि लगानीकर्ता नै धराशायी भए भने भेालि त्यो कमिशन कहाँबाट आउला भन्ने पनि सोच्न जरुरी भएको छ। पक्कै पनि यस्तो व्यवसायले कसैको पनि हित गदैर्न। सीमित कमिशन लिएर सबै बाँच्नुपर्छ भन्ने सिद्धान्त लिएर अगाडि बढ्नुपर्छ भने लगानीकर्ता पनि हतोत्साही नभई आफ्नो व्यवसायमा अडानका साथ अस्वस्थ प्रतिष्पर्धामा नलागी लगानीको केही अंश भए पनि फाइदा हुने कामतिर लाग्नुपर्ने बेला आएको छ।

त्यसैले लगानीकर्ताहरु अरुले भनेको भरमा नभइ आफ्नो अडान लिई व्यवसाय गरेको खण्डमा व्यावसायिक उन्नति तथा पर्यटकलाई समेत ढुक्कको वातावरण हुनेछ भने क्षणिक स्वार्थमा नलागी दिगो विकास र दीर्घकालीन सोचका साथ व्यवसायिक हितको निम्ति सबैसँग सहकार्य गर्दै सांगठानिक रुपमा अगाडि बढेमा अवश्य पनि पर्यटक क्षेत्रमा भएको यो अवस्था सुधार गर्न सकिन्छ। लगानीकर्ता र पर्यटकको सीधा सम्पर्क नभए पनि बीचमा मिडिएटर गर्नेहरुले पनि कमिशनको दायरा मनन गर्दै सीमित गर्दै लैजानुपर्ने र लगानीकर्ता पनि आफ्नो अडानमा बसी सबैसँग सहकार्य गर्नुपर्ने देखिन्छ।

अन्त्यमा, पोखराको पर्यटन विकासको लागि सबै व्यवसायीहरुले हातेमालो गर्दै पर्यटकको समेत हकहितमा लाग्न सक्नुपर्ने भएको छ। नकारात्मक सोचबाट अगाडि बढेको खण्डमा कोही पनि अगाडि बढ्न सक्दैन भन्दै पर्यटकको बसाइँ लम्बाउने सोचमा परिष्कृत र परिमार्जित शैली अपनाएको खण्डमा सबैलाई फाइदा हुने कुरामा दुईमत नहोला। त्यसैले सोच परिवर्तन गरौँ र सबैलाई आदरपूर्वक सम्मान गरौँ अवश्य सफल भइन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width