Worldlink ads

पर्यटनको उच्च सम्भावना बोकेको झुपाङकोट

वासुदेव तिमिल्सिना
असाेज ११, २०७८

विश्वका अग्ला १० हिमाल मध्ये ८ वटा हिमाल सर्वाेच्च शिखर सगरमाथादेखि विश्वको गहिरो खोंच रहेको देश नेपाल, विश्व पर्यटन जगतमा पर्यटकका उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ । दन्तेलहरझैं हिमशृंखला, हरिया डाँडाकाँडा र तराईको समथर भूभागले नेपाल पर्यटन क्षेत्रको सम्भावित देश रहँदै आएको छ । वार्षिक १८–१९ लाख पर्यटक भित्र्याउने देश नेपालको आफ्नै छुट्टै मौलिक संस्कृति, कला र आफ्नै छुट्टै भेषभूषा छन् ।
नेपालका पयर्टकीय क्षेत्रमध्ये गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा महानगरपालिका सुन्दर पर्यटकीय नगरको रुपमा चिनिएको छ । यस महानगरपालिकाभित्र विभिन्न पयर्टकीय सम्पदाहरु छन् । जसमा फेवाताल, बेगनासताल, मैदी, खास्टेलगायत ताल रहेका छन् भने पोखराको बीचमै कतै लुक्दै कतै देखिँदै बहने सेती नदी, हरियाली पहाड, हिमालको दृश्यावलोकन, गुफा, अनि धार्मिक स्थल मठ भन्दिर र विभिन्न भाषा सम्प्रदायका मानिसको बस्ती र प्राचीन संस्कृतिक गतिविधि अतिथिको आत्मीय स्वागत र प्रेम भावले चिनाएको पयर्टकीय सहरका रुपमा चिनिएको छ ।
पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकामा विभिन्न पर्यटकीय स्थलहरु रहेका छन् । यहाँ भएका विभिन्न पयर्टकीय स्थलहरुमा साविक अर्मला ४ हाल पोखरा महानगरपालिका वडा नंं १६ को उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक र्धािर्मक एवं पयर्टकीय स्थल भुप्राङकोट एक उत्कृष्ट पयर्टकीय स्थल हो ।
‘ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल भुप्राङकोटको वर्णन’
भुप्राङकोट पोखरा १६ (साविक अर्मला–४) को उत्तरी क्षेत्रमा माछापुच्छ्रे अनि अन्नपूर्ण हिमालको काखमा र पोखरा महानगरको शिरमा करिब २३०० मिटरको उचाइमा केही समतल भागको धरातलीय स्वरुपमा रहेको छ । यहाँ हामीले केही सूक्ष्मरुपमा वर्णन गर्न खोजिए तापनि यहाँ पुगिसकेपछि लिन सकिने सबै पक्षको आनन्दिदत अनुभूतिलाई शब्दद्वारा गरिने वर्णनले समेट्न सकिँदैन । त्यसकारण हामी यहाँ पुगेपछि मात्रे पर्यटकीय महिमा बुझ्न र आनन्द लिन सकिन्छ । यस भूमिमा जीवनमा सके धेरै पटक नसके एकपटक मात्रै पुग्न सके पनि भूस्वगको आनन्द लिन सकिनेछ ।
यहाँ विगत समयमा विभिन्न क्षेत्र तथा पोखरालगायत मानिसहरु बस्ने खाने खर्चको व्यवस्थापन गरी तत्कालीन समयको स्रोत साधनअनुसार चित्रा/भकारीको गोठ बनाएर बस्थ्ये । आनन्द र शान्त तरिकाले प्राकृतिकको सौन्र्दयसँग घुलमिल हुँदै आनन्द लिँदै स्वच्छ हावाले विचारमा ऊर्जा र शरीरमा शक्ति वृद्धि गर्दै स्वर्गबाट फर्किएको अनुभूति गर्दै पनुः आफ्ना घर फर्किएका हुन्थे ।

अन्नपूर्ण हिमालमा धानको रास र पाथीले मानिस निहुरिएर धान भर्दै गरेको दृश्य प्रष्ट रुपमा देखिन्छ

यहाँबाट उत्तरतर्फ हेर्दा माछापुच्छ्रे, अन्नपूर्णलगायत हिम चुचुराहरु र अन्नपूर्ण हिमालमा धानको रास र पाथीले मानिस निहुरिएर धान भर्दै गरेको दृश्य प्रष्ट रुपमा देखिन्छ । माथि हिमाशिखर तल बुकी क्षेत्र अनि हरियाली वन जंगलले ढाकिएको भाग रहको छ भने कलकल गरी सुसेली खेल्दै दूधजस्तै बग्ने सेती नदीको उद्गम स्थल जसलाई शिर भनेर चिन्दछौं । सूर्योदयमा चाँदीझैं टल्कने र सूर्यास्तमा सुनझैं टल्कने हिमालको दृश्यले हामीलाई झन् आकर्षित बनाउँछ । यस क्षेत्रको केही पर मह भिरमा वन मौरीले महका घारहरु बनाएका छन् भने मौरीको गुनगुन ध्वनिले सांकृतिक बाजा बजेको धुनको महसुस हुन्छ । हिउँदको समयमा यस क्षेत्रमा २÷३ पटक हिउँ पर्ने हुँदा हामी पोखराबाट छोटो दूरीमै हिउँका पारखीहरुले हिउँसँग खेल्दै हिउँसँग रमाउने अवसर पाउनेछन् ।
झुपाङकोटबाट पश्चिमतर्फ हेर्दा माछापुच्छ्रे गाउँपालिकाका भुर्जुङखोला, धिप्राङ, घाचोक, लाहाचोक, ल्वाङ, रिवान, धिताल अस्ताम, एबिसी बेस क्याम्प, अस्ट्रेलियन बेस क्याम्प पनि देख्न सकिन्छ भने अन्नपूर्ण गाउँपालिकाका ढिकुरपोखरी, लुम्ले, पञ्चासे, कास्कीकोट आदि क्षेत्रहरु देख्न सकिन्छ । दक्षिणतर्फ पोखरा महानगरको मौजा, काहुँ धरहरा, फेवाताल, शान्ति स्तूप, पुम्दीकोट शिव मूर्ति, कान्छीकोट, सराङकोट, पोखराको निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत क्षेत्रका साथै स्याङ्जाका विभिन्न भागसमेत देख्न सकिन्छ । पूर्वमा हेर्दा चोकोडाँडा, अर्मलाकोट, तनहुँका भागहरु, लमजुङका हरियाली डाँडाहरु देखिन्छ । यसरी सबै क्षेत्रका हेर्न लायक दृश्य हेर्न पाइने यस क्षेत्रमा त्यतिमात्र नभएर यहाँ हिउँदको समयमा ढकमक्क फुल्ने लालीगुराँस, सेतो फुल्ने चिमलो र अन्य रंगीबिरंगी वासनादार सुगन्धित फुलका बास्ना र हिमालयबाट बहने चिसो अनि स्वच्छ शीतल हावाले चैत वैशाखको गर्मी याममा पनि शरीर अति फूर्तिलो र मन उमंगित हुन्छ । हिउँदको समयमा वन सप्सी, कुभिण्डो, मिठीफल, वैशाख/जेठमा गुहेली, ऐंसेलु, चुत्रो लगायत अति नै स्वादिला फलफूलहरु यही ठाउँमा पाइने हुँदा मानिसहरुलाई फरक अनुभव र स्वाद दिलाउँछ । त्यसैगरी हिउँदमा कुरिलो, वैशाख जेठमा टुसा, निउरो, हलहलेको साग लगायत स्वादिष्ट र स्वास्थ्यवद्र्धक तरकारी हुने यस क्षेत्रमा विभिन्न जडीबुटी पनि पाइन्छ । निरमसी, गुँदरगानो, तोते, सतुवा पखनबेद, बाटुलपाते, दैचाम्लेलगायत जडीबुटी पाइनुका साथै अन्य जडीबुटीको अनुसान्धन गर्न सकेमा थप आर्कषक हुने देखिन्छ ।
यहाँ विभिन्न प्रकारका चराचुरुंगी, कालिज, जुरेली, कोकले, भ्याकुर, डाँफे, मुनाल मालुवाका बथान, चिल, काग, काल्चेलगायत चराहरु पाइन्छ भने वन्यजन्तुमा बाघ, स्याल, चितुवा, घोरल, मृग, झारल, ब्वाँसो, मलसाप्रो आदि पाइन्छन् ।
ऐतिहासिक एवं धार्मिक पृष्ठमूमि यस क्षेत्रमा प्राचीनकाल तथा बाइसे चौबिसे राजाका पालामा हिउँद र गर्मीको समयमा तत्कालीन राजाहरुले बासस्थान तथा दरबार बनाएर बसेको भन्ने पूर्वजहरुको भनाइ रही आएको छ । यहाँको केही भाग जमिनमा ढुंगा माटाका पर्खाल लगाएको देखिन्थ्यो भने यस क्षेत्रमा तत्कालीन समयमा वन्यजन्तु र पंक्षीको सिकार खेल्ने हुँदा माटाका मट्यांग्राहरु पाइन्छन् भने कहीँकतै फलामका धारिला टुक्राहरु पनि भेटिन्छ । यसलाई उत्खनन् गर्ने हो भने यहाँको वास्तविकता पत्ता लगाउन थप सहयोग हुने देखिन्छ । बाइसे चौबिसे राजाको अन्त्य र नेपाल एकीकरणपश्चात् यस क्षेत्रमा हालका गर्लाङबासी गुरुङ समुदायका पूर्वज झुप्रांगे भन्ने व्यक्ति टाठाबाठा भएका र उनले यस क्षेत्रको रेखदेख र संरक्षण गरेको हुँदा यसको नाम झुप्रांङकोट रहन गएको किंवदन्ती रहँदै आएको छ । यहाँ पहिला मानव बस्ती रहेको विभिन्न प्रमाणहरुले पुष्टि गर्दछ । माटाका भाँडाका खपुटा, फलामका टुक्रा, मट्यां्ग्रा आदि प्रमाणको रुपमा लिन सकिन्छ भने जहाँ मानव बस्ती हुन्छ त्यहाँ देवी देवताको मठ मन्दिर र थान रही आएको कुरा अझ पनि छर्लङ छ । यहाँ भूमे देवताको मन्दिर धेरै पहिलादेखि नै भएको पाइन्छ जुन मन्दिरमा आज पनि चैते दसैं र ठूला दसैंमा पूजा गर्ने चलन छ । मानिसहरुले कठिन परिस्थिति र आफूले आँटेको काम पूरा हुन भनि सम्झने र सोहीअनुसार पूजा गर्दा आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चैते दसैं र ठूलादसैंमा पूजा गर्नेहरु भक्तजनको बाक्लो उपस्थिति हुने गर्दछ । यहाँ अन्य झाँक्री देउराली बराहलगायत देवताका थानहरु छन् । यहाँको पश्चिम पातालमा पानी ढाक्ने पानीको कुवासमेत रहेको अवस्था छ । यस क्षेत्रमा धेरै पहिलादेखि गर्लाङ थूम कुबेर, हरिपाउ, करेचौर, लाम्पटका बासिन्दाले गाईभैंसी गोठ राख्ने गर्दथे । त्यस समयमा यहाँ करिब १ सय हाराहारीमा गोठ हुन्थे भने हिउँदको समयमा भेडीगोठहरु पनि राख्ने चलन थियो । गोठमा बस्ने मानिसहरुले यहाँ आलु, पिँडालु, कोदो, काँक्रो, साग लगाई अग्र्यानिक तरकारी खाने र पछि लाई सुरक्षित गरी राख्ने गरेको बुझिन्छ ।
यहाँ विगत समयमा पोखराबाट हरिपाउ हुँदै झुप्रङ्गकोट गएर बस्ने र भोलिपल्ट सिक्लेस जाने गर्दथे भने सिक्लेस, पार्चे, रिवलाङ, आख्ले, चिप्लीका मानिसहरु यही बाटो भएर पोखरा आउने जाने गर्दथे । सिक्लेसमा चाहिने खाद्य सामग्री लगायत सामानहरु मानिसहरुले यसै भुप्राङकोट हुँदै भारी बोकेर पुर्‍याउने गर्थे । हिजोका दिनहरुमा एउटा बाह्य र आन्तरिक पर्यटक स्थलको रुपमा अगाडि बढेको थियो । तर पछि आएर मानिसहरु बिस्तारै वैदेशिक रोजगार र व्यापार व्यवसायमा लाग्दा पशुपालन व्यावसाय विस्थापन हुन पुग्यो भने सिक्लेस विजयपुर कच्ची सडक खुलेपछि सिक्लेसका मानिसहरु यताबाट कम आवतजावत गर्न थाले । यस क्षेत्र पर्यटन मार्गको रुपमा समावेश नभएको हुँदा बिस्तारै बाह्य पर्यटकहरुको आगमन कम हुन थाल्यो । पर्यटकका लागि यति धेरै सम्भावना बोकेको यस क्षेत्र बिस्तारै पछि पर्न गयो ।
यस क्षेत्रको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार कार्यहरु :
विगत केही समयमा यहाँ आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा कमी आए तापनि हाल आएर यस झुप्राङकोट क्षेत्रमा हिउँदका समयमा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । बाह्य पर्यटक छिटपुट रुपमा जाने गरेको पाइन्छ । यसको विकासका लागि र त्यहाँ पुग्ने पर्यटकको लागि निम्न अनुसारको गुरुयोजना बनाई अघि बढ्नुपर्ने देखिन्छ :

१. यस ठाउँमा जानको लागि गर्लङ आलेबारीदेखि झुप्राङकोट सिँढी बाटो निर्माण गर्ने र बीचबीचमा चौतारी तथा विश्रामस्थल निर्माण । ( हाल प्राविधिक लइ रु १२५००००।–) लाग्ने अनुमान छ ।
२. मूला छर्ने आलेबारीबाट झुप्रांङकोट विद्युतलाई बिस्तार गर्ने । (हाल प्राविधिक लइ रु ३५०००००।–)
३ मूलकोट तथा झुप्राङकोटमा रहेको मन्दिर जीर्णाेद्धार गरी व्यवस्थित बनाउने ।
४ भुप्राङकोटमा एउटा बासस्थानका लागि सार्वजनिक ट्रस निर्माण गर्ने ।
५ यहाँ होटल लज निर्माण गर्न निजी व्यक्तिलाई प्रोत्साहन गर्ने ।
६ उत्तरतर्फ फर्केको भूभागमा यहाँ हिउँ पर्ने भएको हुँदा स्याउ खेतीको परीक्षण गरी निश्चित क्षेत्रमा स्याउ खेती गर्ने ।
७ सुन्दर र शान्त क्षेत्र भएको हुँदा ध्यान केन्द्र, योग केन्द्र बनाउने ।
८ यस क्षेत्रमा लालगुराँस हुने हुँदा लालीगुराँसका विभिन्न प्रजातीहरु संकलन गरी निश्चित क्षेत्रलाई गुराँस क्षेत्र बनाउने ।
९ उच्च भागमा खेल मैदान निर्माण गर्ने ।
१० यस क्षेत्रमा थप खानेपानीको व्यवस्था गर्ने ।
११ उच्च भागबाट गरिने प्याराग्लाईडिङको लागि उपयुक्त ठाउँ छनोट गर्ने ।
१२ सामान ओसारपसार गर्न ग्रेवेटी ओयको निर्माण गर्ने ।
१३ अमला बिसाउनी, घार्मी, ढिकी डाँडा, झुप्राङकोट सिक्लेस पदमार्गको नक्सामा रेखांकन गराउने । (लामो दूरी )
१४ जोगीमणि, छहरेपानी, गर्लाङ, झुप्राङकोट, नागी, चोबो डाँडा, अर्मलाकोट, कुमारीगुफा छोटो पदमार्ग पर्यटन नक्सामा नक्सांकन गराउने (छोटो दूरी )
१५ गण्डकी प्रदेशको पर्यटन क्षेत्रको सूचीमा समावेश गराउने ।
यसरी बाह्य र आन्तरिक पर्यटकका लागि अत्यन्त मनमोहक दृश्य भएको र त्यति प्रचारप्रसार हुन नसकेको यस झुप्राङकोट ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको वास्तविक प्रचारप्रसार र आवस्यक पूर्वाधार विकास गर्न सकेमा पोखरा महानगरपालिकाको एउटा पर्यटकीय स्थलको थप पहिचान हुनुका साथै वडा नं. १६ लाई पर्यटकीय वडाको रुपमा प्रमाणित गर्न सकिने र पर्यटकको चहलपहल बढ्ने हुँदा सरोकारवाला सबैको ध्यान दृष्टि पुग्न सकेमा यसको विकासमा सहयोग पुग्ने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

    • पुस्तक समीक्षा : रमा पराशरको ‘अन्तिम अभिलाषा’

      भीमलाल लामिछाने असाेज २३, २०७८
      लेखिका रमापराशर सूदद्वारा लिखित २०७५ सालमा मकालु प्रकाशनगृह काठमाडौबाट प्रकाशित ४६० भन्दा बढीको उनकै आत्मकथालाई अन्तिम अभिलाषा नाम राखेर छापिएको…
    • गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको मार्गचित्र

      ऋषिराम पाण्डे असाेज ६, २०७८
      १. पृष्ठभूमि देश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी एवं कार्यरत कर्मचारीको क्षमता विकास, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा…
    • संस्कार नै खराब भएपछि राजनीतिमा वृद्ध आऊन् कि युवा ?

      दीपेन्द्रकुमार बिसी ‘दिपु’ भाद्र २७, २०७८
      नेपालको राजनीतिमा युवाको नेतृत्व र हस्तक्षेपको सवाल आज भर्खरको आलोकाँचो सवाल होइन । यो त केही वर्ष अगाडिदेखि उठदै आएको…
    • भर्जिन कर्णाली

      के.वी. मसाल भाद्र २६, २०७८
      मौसम परिवर्तन भएको छ । नेपालीहरुले घुमफिर गर्न रुचाउने मुख्य समय असोजबाट सुरु हुन्छ किनकि यो बेला मौसम पनि अनुकूल…
    • बाढी पहिरोको क्षति बढ्दो, पूर्व तयारी कम

      दुर्गा अधिकारी भाद्र २६, २०७८
      नेपालमा हरेक वर्ष मनसुनको समयमा सयौंको संख्यामा पहाडी भूभागमा पहिरो र तराई क्षेत्रमा बाढीले कैयौंको मृत्यु तथा करोडौं धनको क्षति…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads