परीक्षा र परीक्षण

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०६९

पृष्ठभूमिः

लाग्छ, परीक्षा र परीक्षणको मौसम नै लागेको छ भन्दा अत्युक्ति नहोला। चाहे त्यो विद्यार्थी होस् चाहे अभिभावक सबैको मानसिकता परीक्षामय भएको छ। एक शैक्षिक सत्रमा प्रत्येक तीन महिनामा त्रैमासिक परीक्षा सञ्चालन हुने भए पनि चैतमा सञ्चालनमा हुने अन्तिम परीक्षातर्फ विशेष रूप ध्यान आकषिर्त हुने गरेको पाइन्छ। त्यसमा पनि नेपाल एसएलसी बोर्डद्वारा सञ्चालन हुने परीक्षालाई नियमित रूपमा थप अर्को एक परीक्षाको रूपमा बुझ्नुपर्ने ठाउँमा ठूलो हाउगुजी तुल्याउने गरिएकोले अनपेक्षित घटनाक्रमको शृङ्खला जोडिन गएको पनि सुन्न पाइन्छ।

नेपालमा विद्यार्थीको मूल्याड्ढनको मुख्य आधारका रूपमा परीक्षालाई लिने, बुझ्ने गरिएको पाइन्छ। परीक्षासँग जोडिन आउनेत्यत्तिकै महत्त्वपूर्ण सवाल हुन् प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण पद्धति। तर यहाँ ‘ज्येष्ठ श्रेष्ठको नाममा भ्रष्ट काम गर्ने’ कुसंस्कारबाट अन्य क्षेत्रझैं शिक्षा क्षेत्र पनि ग्रसित देखिन्छ। यसपटक (२०६९) का एसएलसी परीक्षाको विशेषतः सामाजिक विषयको प्रश्नपत्रले पनि यस्तैखाले अबजस पाउँदैन भन्न सकिन्न। जिल्लास्तरीय टेष्ट परीक्षा होस् वा एसएलसी परीक्षाका प्रश्नपत्रमा भेटिने त्रुटि र ग्रीडनिर्दिष्ट प्रश्नको नमुनाअनुरूप नभेटिँदा उक्त अनुभूति विशेषतः सम्बन्धित तहमा अध्यापनरत शिक्षक र परीक्षामा संलग्न विद्यार्थीहरूलाई अन्योल, अप्ठ्यारो मात्र सिर्जना गर्दैन कि परीक्षाको गरिमामा पनि प्रश्न चिन्ह खडा गर्दछ। अतः प्रस्तुत लेख केवल परीक्षा र परीक्षण केन्द्रित समस्याले सिर्जित तर·को अभिव्यक्ति हो। सवाल प्रत्येक विषयमा देखिन्छन् तापनि प्रस्तुत पंक्तिकार आफ्नो विषय नेपाली सापेक्षतामा प्रस्तुत हुन चाहेको जानकारी गराउन चाहन्छ।

दृष्टान्त क.

प्याब्सन कास्कीद्वारा २०६९ मा सञ्चालित जिल्लास्तरीय एसएलसी टेष्ट परीक्षाअन्तर्गत नेपाली विषयको एउटै प्रश्न पत्रमा निम्न लिखित त्रुटिहरू थिएः

१. प्रश्न नं. ४ ‘ख’ अन्तर्गत चार वटा प्रश्न शुद्ध शब्द छनौटका लागि हुनुपर्नेमा २ वटा मात्र हुनु,

२.     प्रश्न नं. ८ ‘क’ (पढ्नेले सधैँ उन्नति गर्न सक्छ) अकरण हुनुपर्नेमा करण हुनु,

३.     प्रश्न नं. ९ को अनुच्छेदमा वर्षेनी, वर्सेनी देखिन्छ, के हो त शुद्ध ?

४.     प्रश्न नं. ९ ‘ङ’ मा गाढा अक्षरमा पदको अर्थ के हो – भनिएको छ तर अनुच्छेदमा गाढा अक्षर तुल्याइएको छैन।

५. प्रश्न नं. १५ ‘क’ र प्रश्न नं. १६ ‘क’ तात्त्विक रूपमा फरक भएन किनकि दुवैमा प्राकृतिक सुन्दरताको कुरा आउँछ। अतः १६ ‘क’ अर्को पाठबाट वा वैशाख कवितामा नेपाली समाजको के कस्तो चित्रण गरिएको छ – भन्दा बरु सुहाउँदो हुन्थ्यो।

६.     प्रश्न नं. १६ ‘ख’ मा जयपृथ्वीबहादुर सिंहले हुनुपर्नेमा ‘जयपृथ्वीबहादुरले सिंहले’ भएको छ।

७.     प्रश्न नं. १८ ‘ख’ मा प्रश्नवाचक चिन्हको सट्टा पूर्णविराम छ।

८.     सबैभन्दा विचारणीय कुरा एउटै पाठ (जयपृथ्वीबहादुर सिंह) बाट ३ वटा प्रश्न -१८ ‘क’ (१० अड्ढ), १६ ‘ख’ (५ अड्ढ) तथा प्रश्न १० (५ अड्ढ) राख्नु अनि प्रश्न नं. १०, १६ ‘ख’ (अड्ढ) तथा प्रश्न १० को साराँशका लागि दिइएको अनुच्छेद अन्य प्रश्नको उत्तर मिल्ने गरी प्रश्न निर्धारण गर्नुपर्ने बाध्यता के पर्‍यो कुन्नि ?

९.     प्रश्न नं. ७ ‘ख’ -तिमी हामी सँगसँगै ‘। (पढ : सम्भावनार्थ) को उत्तरकुञ्जिकामा पढौंला।’ दिइएको छ तर भ्रम निवारणका लागि यहाँ केही विश्लेषण गरिन्छ। अङ्ग्रेजीमा ध्भ धष्िि चभबम तयनभतजभच को आशयमा उत्तर ‘पढौंला’ (प्रथमपुरुष बहुवचन) हुन्छ किनकि तिमी पनि हामी पनि सँगसँगै पढौंला तर ‘थयग चभबम धष्तज गक’ को आशयमा तिमी, हामीसित सँग/सँगसँगै पढौंला र द्वितीय पुरुष, सामान्य आदर हुने कि नहुने ? चिन्तन गर्नुहोस् त !

दृष्टान्त ख

१. तपाइँले सामानहरू किन्नुभएको छ ?

२. तपाइँले सामानहरू किनेको हुनुहन्छ ?

उक्त वाक्यहरू गत सालको एसएलसी परीक्षामा नेपाली विषयअन्तगर्त प्रश्न नं. ७ मा काल र पक्षसँग सम्बन्धित एउटै प्रश्नको उत्तर लेखनका क्रममा आएका भिन्न नमुना हुन्। तपाइँले सामानहरू ‘। (किन् : पूर्ण वर्तमान) उक्त प्रश्नको उत्तर उत्तर कुञ्जिकामा माथिको पहिलो विकल्प मात्र दिइएकोले कतिपय शिक्षकले दोस्रो विकल्पप्रति चासो नै राख्नुभएन भने कतिपयले दोस्रो विकल्प गल्ती हुने सतही तर्क पेश गर्नुभयो। यसबारे जिज्ञासा राख्दा ताल बाराही उच्च माविका राजेश घिमिरेले

कर्ता ‘तपाइँ’ उच्च आदरार्थी भएकोले क्रियापद किन् (धातु) ± एको (पूर्ण पक्ष) ± हु (सहायक धातु) ± नुहुन्छ र उच्च आदरार्थी, वर्तमानकालीन प्रत्यय) का आधारमा ‘किनेको हुनुहुन्छ’ पूर्ण वर्तमानकालीन क्रियापद हुने बताउँदै अड्ढ प्रदान गर्नुभयो। अतः उत्तरपुस्तिका परीक्षणमा एकरूपता आउन सकेन।

दृष्टान्त ग.

१. विद्यार्थीहरू पढ्दै छन्। (अपूर्ण वर्तमान)

२. विद्यार्थीहरू पढिरहेका छन्। (अपूर्ण वर्तमान)

उक्त वाक्यहरू पनि एसएलसी परीक्षाका उत्तरपुस्तिकामा भेटिएका नमुना हुन्। पुरानै रटानमा धातु±तै/दै≠अपूर्ण पक्ष अनि धातु±एको/एका/एकी≠ पूर्ण पक्षमा सीमित भएमा विद्यार्थीहरूले उपयुक्त -२) उत्तर लेखिंदिँदा थोत्रो मगज तसाादिन सक्छ। नेपाली भाषामा विदेशी भाषाको प्रभाव दिनप्रतिदिन बढ्दो छ। हिन्दी भाषामा -चल रहा हे अनि अङ्ग्रेजीमा ‘ष्क चभबमष्लन’ को प्रभावस्वरूप नेपालीमा पनि ‘चल्दै छ’, चलिरहेको छ, पढ्दै छन्, पढिरहेका छन्’ एउटै आशयमा प्रयोग हुन थालेकोले भाषालाई आफ्नो मौलिकता सुरक्षित राख्दै गतिशीलतामा बग्न दिनुपर्छ भन्ने मान्यतामा ‘धात±इरह±एको/एका/एकी≠अपूर्ण पक्ष हुनेरहेछ’ भन्ने कुरा हेक्का राख्नु बुद्धिमानी होला।

वस्तुगत यथार्थ/कटु सत्य :

उत्तरपुस्तिका परीक्षणसँग सम्बन्धित द्विविधा निवारण नगरी परीक्षण गर्दा विद्यार्थी मर्काका पर्न जाने कुरा निर्विवाद छ। शिक्षक वर्गले अल्पज्ञान भयड्ढर हुन्छ कि भन्नेतर्फ चासो नदिनु विडम्बना हुन जान्छ। विदेशमा डाक्टर, इन्जिनियर पनि नयाँ-नयाँ प्रविधिबारे समयसापेक्ष समन्यात्मक ज्ञान लिने गर्छन् रे तर हामीकहाँ शिक्षक हुनुपूर्व विद्यार्थी कालको अध्ययनलाई नै पर्याप्त ठानेर शिक्षक भनेको अध्यापक हो, उसले पढेर पढाउने हो भन्ने मान्यता नै कायम नभएको पाइन्छ।

फेरि शिक्षक आफ्नो दायित्वभन्दा बढी अन्य सामाजिक, राजनीतिक विषयमा केन्द्रित हुन पुग्दा विषयवस्तु बोधमा पछाडि पर्नु स्वभाविक हुन जान्छ अनि शिक्षकको कमजोरीको असर विद्यार्थीमा पर्न जान्छ। शिक्षक उत्तरपुस्तिका परीक्षण गर्दै हुन्छ तर उसलाई अन्य के के समितिको बैठक, राजनीतिक पार्टीको र्‍यालीमा जाने चटारोले सताएको पाइन्छ। अझ भनौं भने कहिलेकाहीँ त विवाहमा मध्यस्तकर्ता नभएर अप्ठ्यारो परेको भन्दै मोबाइल घन्टी बजिरहन्छ अनि उत्तरपुस्तिका परीक्षणको पारिश्रमिकको प्रलोभनमा फँसेर बेफुसदमा एउटा विद्यार्थीको भविष्यको फैसला गर्दै छु भन्ने नठानी धैर्यको बाँध फुटेपछि स्वतः गल्ती हुँदैन त !

निचोड :

अतः ‘मागेको मोही, फाटेको धोती’ भन्छन्। गल्ती भएपछि भयो, सकभर गल्ती नहोस् भन्ने कुरामा सचेत हुनु राम्रो हो चाहे त्यो प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन वा परीक्षणक्रममा नै किन नहोस्। अन्यथा समय भइञ्जेल जनअपेक्षाअनुरूप काम नगर्ने अनि समय र्घकेपछि जनविश्वास गुमेको, आफ्नो धोती फुस्केको महसुस गर्दै क्रान्तिको दुहाई दिने वर्तमान सबैखाले नेतागणको चाला नहोला भन्न सकिन्न। अन्त्यमा वि.सं. २०६१ सालदेखि हालसम्म प्याब्सन कास्कीद्वारा सञ्चालित टेष्ट परीक्षाअन्तर्गत नेपाली विषयका सबै प्रश्न र उत्तरकुञ्जिकाको संगालो नै आफूसँग उपलब्ध भएकोले तुलनात्मक रूपमा यसपटक यो बबुरोलाई पटक्कै चित्त बुझेन साथै एसएलसी परीक्षाका उत्तरपुस्तिका परीक्षणक्रममा पनि केवल धेरै कमाउने रोगले ग्रसित हुन्छन् शिक्षकहरू। यो यथार्थ हो, सत्य हो चाहे तीतो नै किन नलागोस्।

अतः विद्यालयको भौतिक संरचना, शिक्षकको सजधज अनि बढाइचढाइले भन्दा कामले महान् बन्नतर्फ लाग्नुपर्ने हो कि ! विगतका गल्ती र कमीकमजोरी सुधार गर्न सके विद्यार्थीप्रति वास्तविक न्याय हुने र परीक्षाको गरिमा पनि उच्च हुन्थ्यो कि – त्यसैले ‘प्यारी उठौं कि अब त कुखुरा कराए’ लाई ‘शिक्षक सचेत होऔं’ कि अब त विद्यार्थी कराए’ भन्दै रिमिक्स गरे कसो होला –

(लेखक लिटिल डेफोडिल्स बोर्र्डिङ स्कुल पामे कास्कीका शिक्षक हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width