मानिसलाई कहाँ कति बेला के हुन्छ केही थाहा हुँदैन। मानिसमूलक परिस्थिति कहिले पनि बन्दैन र यो सम्भव पनि छैन। हरेक मानिस फरक-फरक परिस्थितिको सामना गरिरहेका हुन्छन्, जसरी यो संसारमा फरक-फरक रुप र प्रकृति र विचारका मानिस छन् ठीक त्यसैगरी भिन्न भिन्न परिस्थितिको सामना गरिरेहका मानिसको संरचना नै आजको यो दुनियाँ हो। त्यसैले परिस्थितिमूलक मानिस नै बन्नुपर्ने हुन्छ। मानिस अनुसार समय चल्दैन समयको माग र गतिशिलता अनुसार मानिस नै चल्नुपर्ने हुन्छ अन्यथा मानिस यथास्थिति वादी कहलाउँछ यो नै दुनियाको रित हो।
वि.सं. २०५२ सालमा नेपालमा गृहयुद्ध शुरु भयो। उक्त युद्ध १० वर्षसम्म चल्यो झन्डै-झन्डै १८-२० हजार नेपाली जनताले ज्यान गुमाए। व्रि्रोही या सरकारी जुन पक्षबाट भए पनि नेपाल आमाका छोरा-छोरी नै मारिए। अनि नेपाल आमाकै आँखा रसाए। नेपालले नै आफ्नो सम्पत्ती गुमायो। समाजको सेवा गुमायो त आफन्तले साथ र सहारा दुबै। कति आमा बाबुको काख रित्तीयो भने कति लाउँ-लाउँ, खाउँ-खाउँ भन्ने उमेरका श्रीमतीको सिंदुर पुछियो, चुरा फुटे सुहागन समाप्त भयो। कति बाल बच्चा टुहुरा भए। बाबुको काखमा बसेर भात खाने उमेरका बच्चा टाउको मुडेर कृया पुत्री बन्न बाध्य भए। हरेक मानिस डर, त्रास तथा भयभीत भएर बाँचे। हाम्रा मित्र राष्ट्रहरू मनभित्र जे सुकै भएता पनि सहानुभूति प्रकट गर्न चुकेनन्। भोकले छट्पटाएका चल्लालाई जस्तै गरी नेपाल र नेपालीलाई चाहारा छर्दै गरे उनीहरूले। उक्त १० वर्षीय गृहयुद्धले वि.सं. २०६२ साल चैत्र २४ गतेदेखि एक बृहत जनआन्दोलनको रुप लियो। गाउँ-गाउँ, बस्ति-बस्तिका जनता जागे जग्मगाए असारमा आउने खोलाको भेल झैं गरी जनता सडकमा उत्रिए। सबै क्षेत्र, समुदाय, तहतप्का पेसा, जात-जातिका जनता आफूलाई रोक्न सकेनन्। सबैले आफूलाई त्यही आन्दोलनमा समर्पण गरे। उक्त आन्दोलन १९ दिन चल्यो। २६ जनाले देश र जनताका लागि प्राण आहुती दिए। फलस्वरुप राजकीय शासनको अन्त्य भयो। वि.सं. २०६४ चैत्र २८ गते संविधान सभाको निर्वाचन सम्पन्न भयो। डर, कर र विचारकै मतले भएपनि सबै भन्दा ठूलो पार्टीहुन पुग्यो एकीकृत नेकपा माओवादी। जसले प्रत्यक्ष तर्फ १२१ र समानुपातिक तर्फ १०० सिट प्राप्त गर्न सफल भयो। त्यसैगरी दोस्रो ठूलो दल बन्यो नेपाली कांग्रेस जसले प्रत्यक्ष तर्फ ३६ र समानुपातिक तर्फ ७३ सिट हासिल गर्यो। २०४६ सालको आम निर्वाचनमा अग्रपंक्तिमा रहेको नेकपा एमाले तेस्रो ठूलो पार्टीहुन पुग्यो। जसले प्रत्यक्ष तर्फ ३४ र समानुपातिक तर्फ ७० सिट प्राप्त गर्यो। त्यसैगरी चौथो स्थानमा मधेसी जनधिकार फोरम रह्यो। प्रत्यक्ष तर्फबाट १० दल र समानुपातिक तर्फबाट २५ दलले संविधान निर्माण कार्यमा सहभागी हुने अवसर पाए। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठक बसि गणतन्त्र घोषणा भयो। नेपाल एक प्रजातान्त्रिक लोकतान्त्रिक हुँदै गणतान्त्रिक राष्ट्र बन्यो। गृहयुद्ध हुँदै जनआन्दोलन त्यसपछि संविधान सभाको निर्वाचन अशान्ति नै अशान्तिको रापमा जलेका हामी नेपाली जनताको मनमा एक किसिमको शान्ति छायो। गरिबी र बेरोजगारीले पिल्सिएका सबै जनतामा नयाँ आशा तथा उम· पलायो बोट बिरुवाले पालुवा फेरे झैं नेपाली जनताको जीवनशैली फेरिने सोचको कल्पना गरियो। सबै जात-जाति, धर्म, क्षेत्र, वर्ग, लि·, समुदायका मानिस आफ्नो अधिकार सुनिश्चित हुने कुरामा ढुक्क भए। आफ्नो समस्या साथै पहिचानलाई सडकमै ल्याएर छरपस्ट पार्ने कोसिस गरे तर विडम्बना संविधान निर्माणको लागि भन्दै सत्तामा पुगेका हाम्रा आदरणीय नेताज्यूहरू सबै कुरा विर्सिएर सत्ताकै लागि कुकुर-विराले झैं लड्न थाले। सत्ता र कुर्चीको खेलै खेलमा जनतालाई मात्र धोका दिएनन्। उनीहरूले आफ्नै पार्टीसमेत फुटाए। एउटै पार्टी२/३ भागमा विभाजन गरे। एकै पल्ट २/३ जनासम्म उपप्रधानमन्त्री बने कहिले के कहिले के बहाना पार्दै ५०/५५ जनाको जम्बो टोली बनाएर विदेश जान पछि परेनन्। मौकाको फाइदा उठाउँदै देशको ढुकुटी बाटै निजी गाडी खरिद गर्दै गरे। देशमा विकास निर्माणको कार्य ठप्प भयो। युवा शक्ति आज भन्दा भोली गर्दै विदेश जान थाले। राजनीतिक दलहरू अपराधी संरक्षक केन्द्र बन्न पछि परेनन्। फलस्वरुप २ वर्षमा बन्नु पर्ने संविधान देशको मूल कानुन चार वर्षसम्म बन्न सकेन।
वि.सं. २०६३ सालको अन्तरिम संविधान वि.सं. २०६९ सालसम्म १२ चोटी भन्दा बढी संशोधन भयो। यो चार वर्षमा गिरिजा प्रसाद कोइराला, पुष्पकमल दाहाल(प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई गरी पाँच जना प्रधानमन्त्री भए कसैले पनि उल्लेखनीय काम गर्न सकेनन्। सबै जना आफूले केही गर्न नसक्नुको कारण प्रतिपक्षलाई भन्दै पानीमाथिको ओभानो बन्न खोजे। गरिब र दुखी जनताका आँखामा छारो हाल्दै गए। महङ्गीले शिखर चुम्यो, वर्गीय खाडल झन् झन् ठूलो हुँदै गयो। गरिब र दुखीका नेता धनी हुँदै गए। केही व्यक्ति तथा दलले आफ्नो निजी स्वार्थ पूरा गर्ने क्रममा देशमा जातीय, वर्गीय तथा धार्मिक नारा उठाउन थाले। धार्मिक सहिष्णुतापूर्ण हाम्रो देशमा धार्मिक विखण्डन हुने डर सृजना भयो। जातीय मेल मिलापको उदाहरण नै बनेको नेपाल जातीय युद्धमा धकेलिने भय उत्पन्न भयो। फलस्वरुप वि.सं. २०६९ जेठ १४ गते राति १२ बजे संविधान सभा संविधान जारी नगरी अवसान भयो र अको संविधान सभा निर्वाचनको घोषणा पनि।
एक दिन दुर्इ दिन गरी जनताका सबै आशा मरे। विभिन्न जात-जातिले आफ्नो पहिचान संविधानमा लेख्ने प्रयास सार्थक बन्न सकेन। नयाँ मापदण्ड प्रतिज्ञा पत्र महत्वकांक्षी आशाहरू देखाउँदै एक चोटी फेरी नेताहरू संविधान सभाको निर्वाचनमा होमिएका छन् र जनता पनि मरेको आशा भरोसा जगाउँदै नेतालाई अको मौका दिने कोशिस गर्दै छन्। हामी नेपाली जनतालाई परिस्थितिले फेरि एक चोटी संविधान सभा निर्वाचनमा भाग लिएर देश र जनताप्रति इमान्दार उम्मेदवार छान्ने मौका दिएको छ। आजको परिस्थितिले संविधान सभा निर्माणको चाबी नेपाली जनताको हातमा थमाएको छ। हामी जनताले आफ्ना मात्र हैन हाम्रा र राम्रा नेता छान्ने यो अवसरको सही सदुपयोग गर्नु आजको अपरिहार्यता हो। विगतको चार वर्षलाई मध्यनजर गर्दै आज जनताले साहसी, बुद्धिमानी र विचार पूर्वक आफ्नो निर्णय गर्ने मौकालाई सही सदुपयोग गर्न सकेमा निश्चय नै संविधान बन्ला। यदि यो निर्वाचनबाट पनि संविधान जारी नभएमा हाम्रा नेताले सायद जनताको अगाडी आफूलाई उभ्याउने परिस्थिति सृजना गर्न सक्दैनन् र आफ्नो पतनको मार्ग आफै तय गर्नुको विकल्प पनि हुँदैन। त्यसैले यो निर्वाचन नेताको लागि जीत र हारको खेल मात्र नभई एक चुनौती पनि हो। जसले सही किसिमले मुकाबिला गर्छ उही सफल हुन्छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०