गोर्खा जिल्ला सिम्जुङ गाविसको बालुवाबाट पैदल हिडेको करिव ५ घण्टामा बारपाक पुगिन्छ। त्यही बारपाक पुग्नै लाग्दा देखिने उकालो सिडी सहितको बाटोमा शोकमा लगाइने मैलो सेतो परिरनमा भारी सहित भेटिन्छन् धनबहादुर घले -४५)। इण्डियन आर्मीमा कार्यरत उनी आफुलाई जन्मदिने आमा गुमाएको खवर पाउने विक्तिकै फर्केका हुन्। उनले खवर सोही दिन पाएका थिए तर गाउँ पुग्दा ४ दिन भैसकेको थियो। गाउँमा केही पनि राहत र सहयोग नपाएपछि उनी शोकमा छेउ तिर वस्न पाएनन्। केही सामान बजारबाट खोजेर उनी गाउँतिर फर्केका हुन्।
त्यस्तै गोर्खा जिल्लाको बारपाक पुलिसचौकी नजिकै भेटिन्छन् वारपाक गाविस वडा नम्वर ९ का सुमबहादुर घले -३३)। उनी अहिले होसमा छैनन्। बारपाकलाई केन्द्रविन्दु बनाएर गएको महाभुकम्पमा परिवारमा बहिनी बाहेक अन्य तिन जनालाई गुमाउनु परेपछि उनको होस उडेको हो। ५६ वषिर्या आमा कान्छी गुरुङ, २६ वषिर्या श्रीमती आश कुमारी गुरुङ अनि ३ महिनाका छोरा मनोज गुरुङलाई उनले एउटै च्यानमा पुनपर्यो। भुकम्पका कारण घर भत्किएर पुरिदा ३ जनालाई उनले गुमाए भने बहिनी पोखराको पश्चिमाञ्चल अस्पतालमा छिन्, तर उनी फोनमा सर्म्पर्क हुन नसकेकेा कारण बहिनीको अवस्था बारे अनविज्ञ छन्।
भुकम्प आउने बेलामा उनी घर भित्र थिए तर आमा, बहिनी, श्रीमती र छोरा बाहिर काम गर्दै थिए। छोरा बहिनीको काममा थियो। उनी भन्छन् -“हुटुटुटुटु गरेर भुर्इचालो आयो म बाहिर निस्केर भागे उनीहरूलाई झन् माथिल्लो दाईको घर डलेर पुर्यो। भईचालो जान रोकिने वित्तिकै उनले आमा भनेर बोलाए, आमा बोल्नु भएन। सवैभन्दा पहिला आमाको सास होला भनेर बल्ल तल्ल एक्लै आमालाई निकाले। आमाको सास गईसकेको रहेछ। संसारको सवै चीज गुमाए जस्तो लाग्यो। हातखुट्टा काम्न थाले आफुलाई समाल्दै त्यसपछि मैले श्रीमतीलाई निकाले उसको पनि सास रहेनछ। मेरो आश मरिसकेको थियो सवैलाई गुमाएछु एकछिनमा बहिनी एैया…एैया भनेको आवाज सुनियो। त्यसपछि बहिनीलाई निकाले बहिनीलाई शरीरै भरि चोट लागेको रहेछ। मेरो छोरा उसको भतिजलाई काखैमा च्यापेकी थिई तर पनि छोराको सास थिएन। अव विकल्पमै आश रहृयो। मर्ने त मरिहाले बहिनीलाई जसरी पनि बचाउछु भन्ने लाग्यो तर हिड्नलाई बाटै थिएन। गाउँ सवै ध्वस्त भएको बल्ल देखे। घटना भएको पर्सीीपल्ट बल्ल बहिनीलाई उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाए”। अहिले घरमा एक्लै छन् उनी। के गर्ने कसो गर्ने केही मेसो नपाएर आत्तिएका छन्। आईतबार विहान सम्म उनले राहतको नाममा केही पनि नपाएको गुनासो गरे। बाड्न त रेडक्रसले केही राहत बाँडेको थियो तर मैले पाइन सुमबहादुरले दुखेसो गरे।
त्यस्तै शोकको अवस्था भए पनि खानाका लागि जोहो गर्न मै व्यस्त छिन् वारपाक वडा नम्वर ७ की पुणिर्मा गुरुङ-२५)। यही घटनामा उनले श्रीमान् विरबहादुर गुरुङ (२५) लाई गुमाएकी हुन्। शोकको अवस्थामा पनि उनलाई गाँस, बास कपासको चिन्ता छ। जीवन साथी गुमाएकी पुणिर्मा ४ वषिर्य छोरालाई पालनपोषण सहित राम्रो शिक्षा दिने जिम्मेवारी बढेको छ।
त्यस्तै शोकमा छन् वारपाक वडा नम्वर ८ का सरोज गुरुङ (१७) पनि। आमा मनमाया गुरुङ (४५) को शव उनले ३ दिनको दिनमा निकाले। वृद्ध भएका बुवा र बहिनीलाई जिवितै निकाल्न सफल भए उनी। बुबाको खुट्टामा र बहिनीको हातमा गम्भीर चोट लागेको छ। भर्खरै एसएलसी परीक्षा दिएर बसेका सरोजलाई ठुलो जिम्मेवारी आफुमा परेको महसुस भएको छ। खाली खुट्टा रहेका सरोजले १० दिनदेखि आफु एउटै लुगामा रहेको र घरबाट केही पनि निकाल्न नपाएको दुखेसो पोखे। आमाको माया र महत्त्व बल्ल बुझे उनको अनुहार मलिनभयो। उनले सम्झे आमाले खाना बनाएर ख्वाएको, कपडा सफा गरिदिएको अनि गल्ती गर्दा सम्झाएको।
त्यस्तै वारपाक वडा नम्वर ९ का लालबहादुर गुरुङले आफ्नो छोरी गममाया गुरुङ (२१) र ज्वाई पुरबहादुर गुरुङ (२५) लाई गुमाए। उनी शोक मै छन् तर पनि उद्धारकार्यमा दिनभरी व्यस्त हुन्छन्। उनले भने – “सवैको उस्तै हो, म मात्र रोएर के गुन”।
त्यस्तै शोकमा रहेका बारपाक वडा नम्वर ५ का धनराज घलेलाई आज १० दिन भैसक्दा पनि घटना भएको सपना जस्तै लाग्छ। आमा छलमति घले ( ७४) भुकम्पका कारण घरभित्र पुरिएरको खवर उनले भारतको दिल्लीमा पाए। दिल्लीको होटलमा काम गर्ने घलेले साथीको माध्यमबाट खवर पाएपछि भोलीपल्टै त्यहाँबाट गाउँ तिर फर्के। आत्तिएर हवाईउडान नभएपछि उनी रेलमा आएका हुन्। नेपाल छिरे पछि टेक्सी रिर्जर्व गरेर गाउँ हानिएका उनलाई आमाको अनुहारसम्म देख्न मात्र पाए हुन्थ्यो भन्ने लागेको थियो तर उनको यो आशा, आशा मै सिमित भयो। उनले भने – “आमाको सास त देख्न सकिन, लास भए पनि देख्छु भनेर आए। म बेलुका आई पुगे आमालाई विहानै अन्तेष्टि गरिएछ, संसारै नभएको जस्तो महसुस भैरहेको छ “। राहतको विषयमा उनी पनि अनविज्ञ छन् । आफुले खोजी नगरेर पनि होला, यस्तो बेलामा के खोज्न जानु घरमा आमा गुमाएको छु, केही जागरै नभएको उनले बताए।
त्यस्तै नातिनी गुमाएकी वारपाक वडा नम्वर ७ की सितामाया घले-६०) लाई अझै घरमा जान मन छैन। भत्केको त्यो घर देख्ने वित्तिकै ९ नातिनी वषिर्य एलामाया घलेको याद आउँछ। घरभित्रै खेलिरहेको अवस्थामा पुरिएकी एलामायालाई उसको ७ वषिर्य भाई युलोस घलेले खोजिरहन्छ। आमा दिदी खोर्इ – आमा दिदी खोइ – दिदी जाने भनेर सताउने गरेको उनले भनिन्।
त्यस्तै बारपाककै मनबहादुर घले (३७) ले सानुआमा टोलमाया घले (७१) लाई गुमाए। आफन्त र छिमेकी गुम्दाको पिडा सहृय नभएर होला उनी भावुक भए। उनलाई परिवारजन गुम्दाको पिडा भन्दा पनि भोली यो समाज विस्थापित हुन्छ कि भन्ने पिडाले सताएको छ। मिलेर बसेको समाज, छुट्टै पहिचान बोकेको समाजलाई यो घटनाले तिन पुस्ता अगाडीको समयमा धकेलेको उनको विश्लेषण छ।
यी त केही गोर्खा जिल्लाको बारपाक गाविसका केही पात्रहरू मात्र हुन्, भुकम्पमा जति पनि परिवारका सदस्यले ज्यान गुमाएका छन्। उनीहरू सवैको पिडा यस्तै उस्तै छ।
परिवारै गुमाएका भुकम्प पिडितहरूले न शोकमा मन फुकिन्जेल रुन पाएका छन्। न त केही काम गर्ने मेलोमेसो पाएका छन्। न कुनै सहयोग र राहत पाएका छन् मात्र उनीहरूले अहिलेसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय सहानुभुति पाएका छन्। यो महा विपतीको बेलामा व्यक्ति र संघसंस्था मात्र जुटेर हुँदैन। राज्य संवेदनशिल भएर विदेशी राष्ट्रबाट प्राप्त सहयोगलाई व्यवस्थापन गर्दै अन्य विभिन्न संघसस्थासँग समन्वय गरेर काम गर्नुपर्ने देखिन्छ।
Related News
सम्बन्धित समाचार
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
रेमिटेन्स
सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०