परदेशी भाइको चिठी दिदीलाई

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७१

पुज्यनीय दिदी सास्टा· सेवा ढोग ? आराम छु आरामताको कामना गर्दछु। खासै लेख्नै पर्ने नविन समाचार त केही पनि थिएन तर पनि दिदी किन किन त्रि्रो यादले यो मन छटपटाउन थाले पछि यो पत्र कोर्दैछु। दिदी मैले तपाइलाई तिमी नै भनेर सम्बोधन गर्न निकट ठाने। तपाइ भन्दा त निकै पर पुर्‍याए जस्तो लाग्यो ? त्यसैले तिमी नै भनेर सम्बोधन गर्दैछु अन्यथा नलिनु होला। दिदी नेपाली नारीहरूको महान पर्व हरितालिका तीज यति बेला घर आगनमा आइपुग्नै लागेछ तर के गर्नु दिदी तिम्लाई लिन आउने मेरो चाहाना यसपालि पनि पुरा नहुने भयो। सात समुन्द्र पारी रहे पनि किन किन दिदी आज त्रि्रो याद आइरहेछ, सायद तीज आएर होला ?

कति रमाइलो थियो है दिदी हाम्रो बाल्यकाल दुइ दिदीभाई हामी कम्ता त मिल्दैनथ्यौ र झगडा पनि उत्तिकै गर्थ्यौ , संगै भयो कि सानो सानो निहु झिकेर झगडा गरिहाल्नु पथ्यो हामीलाई ? तर फेरि एक छिन पनि छुटिएर बस्न सक्दैनथ्यौ। एउटा नहुदा अकोर्लाई छटपटाहट सुरु भइहाल्थ्यो। त्यही भएर बुवा आमाले भन्ने गर्नुहुन्थ्यो यिनीहरूका दिदीभाई संगै भए पनि मिल्दैनन् छुटिएर बस्न पनि सक्दैनन्। साँच्चै कि दिदी माया भनेकै त्यही रहेछ क्यारे ? आज धेरै वर्ष बितेछ तिमी घरबारे भएकी छौ, चाहेर पनि जन्म घरमा आउन पाउदिनौ र म पनि त्यस्तै त भएको छु नि दिदी। त्रि्रो बिहे भए पछि प्रदेश हिडेको आज सम्म घर फर्केको छैन।

वर्षेनी तीज आउँदा मुटु भक्कानो परेर आउँछ। तीजमा तिमीलाई लिन जाने र मीठो मीठो खाएर तीज मनाउने मेरो चाहना पूरा भएको छैन। त्रि्रो बिहेको दिनमा तिमीलाई डोली दिदै गर्दा अंगालो हालेर रुदै भन्दै थियौ मेरो भाई अब यो घरमा भोली देखि तिमी एक्लै हुने छौ मेरो अभावमा ? तीजमा त जसरी पनि लिन आउनु है। त्यो बेला मेरो मन एक तमासको भएको थियो, मैले केही बोल्न सकिरहेको थिइनँ टाउको मात्रै हल्लाएर तिमीलाई बिदाइ गरेको थिएँ। आज तीन चार वर्ष वितिसकेछ तिमीलाई तीजमा लिन जान पाउनु त परै जाओस देख्न सम्म पनि पाएको छैन। आमाले ठिक्क बनाइदिनुभएको अनदीको चामल, सेती भैंसीको घिउ र तीजलाई भनेर साँचेर राखेको काँक्रो बोकेर त्रि्रो घरसम्म पुग्ने र तिमीलाई तीजमा माइतीघर ल्याउने मेरो चाहना सपना मात्र भएको छ तर पनि मलाई लिन आएनस् भनेर माइत नजाउली नि दिदी फेरि ? तिमीलाई त थाहा छँदैछ नि बाबा आमा बुढाबुढी भइसके लिन आउँन सक्दैनन्। त्रि्रो अभागी भाइ क्याम्पस पढ्न जानुपर्ने बेलामा गरिबीले गर्दा साहुको ऋण तिर्न अर्काको देशमा कुकुरझै मरी मरी दुःख गर्दैछ। दिदी जसरी भए पनि यो तीजमा बाबा आमालाई भेट्न पुग ल।

हुन त दिदी तीजमा लिन आउन नसके पनि एक्काइसौ शताब्दीको जमाना छ फोन गर्न सक्थिस्, स्काइपमा पनि आउन सक्थिस् भन्नुहोला, तर किन किन यो मनले ती कृत्रिम बस्तुलाई आफ्नो ठान्दै ठानेन, फोनमा आउने आवाजलाई आफ्नै दिदीको आवाज हो जस्तै मानेन र स्काइपमा आउने त्रि्रो अनुहारमा प्राकृतिक रूपनै भेट्न सक्दिन जस्तो लाग्यो दिदी त्यसैलेे तिमीले नै लेख्न सिकाएका यी अक्षरहरूले तिमीलाई लिन आउदैछन अन्यथा नसोच है दिदी। त्यो बेला मैले पढ्न लेख्न नमान्दा तिमीले कान समाउदै मायाले गालामा थप्पड लगाउदै अक्षर लेेख्न सिकाएकी थियौ। आज तिनै अक्षर भाइ बनेर तिमीलाई लिन आउँदैछन्। त्यो बेला दिदी तिमीले कान समातेर गालामा चड्काउँदा मलाई कम्ता रिस उठेको थिएन , मैले लेख्दिन अब त आफै लेख, भन्दै तिमीलाई पिटेर उल्टै बुवा आमाको गाली खुवाउँदा पनि तिमीले मलाई लेख्न सिकाउन छाडेकी थिइनौ। त्यही त्रि्रो मेहनत आज तिमीलाई लिन आउँदैछन् त्रि्रो भाइ बनेर अक्षरको माध्यमबाट। त्यो बेला तिमीले मायाको थप्पड पो हानेकी रहेछौ आज बुझ्दै छु। आज त दिदी तपाइले दिएको थप्पडमा जस्तै माया भएका थप्पडको त कुरै छाडौ पराइका निर्माेही बचनरूपी थप्पड खाने बानी परेको छ। त्यही पनि चुपचाप सहनु बाहेक म सँग कुनै बिकल्प छैन न त बुवा आमालाई कुरा लगाउनै पाउँछु।

आज सात समुन्द्र पारी यो अर्काको भूमिमा बसेर पराइको गुलामी गर्दा आफ्ना आफन्त पनि बिरानो हुन लागिसके चाडबाड आए संगै यो मनमा भुइचालो जान थाल्छ, आँधी आउन थाल्छ तर पनि के गर्नु दिदी फर्केर आंउ भने साहुको ऋण तिर्नुछ। बुढा बाबा आमालाई एक्लै छाडेर यो परदेशी भूमिमा बस्न कस्लाई पो रहर हुन्छ र तर पनि के गर्नु बाध्यता सबै भन्दा ठूलो हुँदो रछ दिदी ? तीन वटा तिहार पनि तिमीले टोलाएर बितायौ होला तीज आए सँगै सवैका भाइहरू दिदी लिन आउदा तिमीलाई कस्तो भाको छ , त्यो म अनुमान गर्न त सक्छु तर के गर्नु दिदी चाहेर पनि तिमीलाई लिन आउन भने सक्दिन  ? यस्ता गन्थनहरू अब कति गरौ जति गरे पनि अधुरै हुन्छ।

अनि भिनाजुको खबर के छ नि दिदी, विदेश तिरै हुनुहुन्छ होला क्यारे, ? कहिले आउँछु भन्नु भएको छ – पहिले पहिले त स्काइपमा अक्कल झुक्कल भेट हुन्थ्यो आज भोली ब्यस्त भएर होला सर्म्पर्कमा हुनुहुन्न। अनि भाञ्जा पनि एक वर्षका भइसके कस्ता भएका छन् नि दिदी ? के गर्नु भान्जालाई देख्ने रहर पनि अझै अधुरै छ। समय मिलेछ भने यो पालीको दशैंसम्म स्वदेश र्फकन्छु होला। तीजमा तिमीलाई लिन आउन नपाए पनि तिहारमा त्रि्रो हातको टिका थाप्न पक्कै पाउनेछु र प्यारा भान्जालाई काखमा लिएर खेलाउने रहर पक्कै पुरा हुनेछ। तीजमा जसरी पनि माइती घरमा पुग है दिदी, हुन त एकल सरी मान्छे, सासु ससुरा बुढावुढी भइसके घरमा पालेका बाख्रा भैसी र खेतीपातीको झन्झट पनि छ होला, जे भए पनि मिलाएर दुुर्इ, तिन रातका लागि मात्र भए पनि माइतीघर पुग है नत्र बुवा आमाले नरमाइलो मान्नेछन्। गाउ छिमेकका सवै दिदी बहिनीसंग पनि पक्कै भेट हुनेछ। उनीहरूलाई पनि मेरो तर्फबाट लामो सम्झना सुनाइदेउ ल ? पल्लाघरे कमला दिदी तपाइकी मिल्ने साथी सुचना दिदी, माथि घरकी लक्ष्मी दिदी अनि मेरा साथीहरू सीता, आरती र कल्पनाहरू पनि पक्कै आउनेछन्। सबैलाई धेरै सम्झना भन्दिनु नि ? अनि चमेलीसंग पनि भेट भयो भने धेरै धेरै सम्झेको छ र प्राणभन्दा धेरै माया छ रे भन्दिनु ल ? दिदी तिमीले बुहारी बनाउछु भन्थ्यौनि तर के गर्नु दिदी अझै सम्म पनि चमेली त्रि्री बुहारी भएर त्यस घरमा आउन त पाएकी छैन तर पनि हाम्रो परिवारले उनलाई पहिल्यै बुहारी स्वीकारेको हो। अब आएपछि उनलाई बुहारी बनाएर भित्र्याउनु छ। दिदी अब कति गन्थन गरौ समयले साथ दिएछ भने नेपालीहरूको महान चाड वडा दशैमा हाम्रो भेट हुनेछ। तिहारमा त्रि्रो हातको सप्तरं·ी टीका र तिमीले उनेको कहिल्यै नओइलाउने मखमली फुलको माला यो पटक पक्कै लाउन पाउनेछु। ल त दिदी आजलाई यति नै अरु गन्थन भेटमा नै गरौला  ?

तिम्रो उही अभागी भाई सात समुन्द्र पारीबाट ‘

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width