परतन्त्र राम्रो हुँदैन

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७१

पृथ्वीको कुल सतहमध्ये ६ खण्डको १ खण्ड भू-भाग क्षेत्रफल ओगेटेको देश सोभियत रुस हो। जसलाई यु.एस.एस. आर पनि भनिन्थ्यो। सोभियत सङ्घको उत्तर आर्टिक समुन्द्र दक्षिणमा उच्च पर्वत क्यासपियन र कालो समुन्द्रले घेरिएको छ भने वालटिक समुन्द्रदेखि पश्चिममा युरोप, एसियादेखि पूर्वमा प्यासीफिक उत्तर अमेरिकाको पूर्र्वी किनारबाट केवल ६० माईल मात्र फरक अलास्काबाट छुट्टयाएको छ।

सोभियत सङ्घमा अधिकांश समतल मैदानी भाग पर्दछ। सोभियत सङ्घ धेरै ठूलो भएकोले उष्ण प्रदेशीय हावापानीबाहेक विभिन्नखाले हावापानी भएको देश हो।

सोभियत सङ्घ भनेको विभिन्न जातजातिको मातृभूमि हो। सोभियत सङ्घको आधा जनसङ्ख्या युरोपीय भागमा बसोवास गर्दछन्। तिनीहरू धेरैजसो स्लाभ जातिका मानिसहरू हुन्, जसले रसियन भाषा र स्लाभ भाषा वोल्दछन्। सोभियत सङ्घको एशिया प्रदेशमा १७० भन्दा बढी भाषा बोलिन्छ। रसियन भाषा बोल्नेको सङ्ख्या ठूलो छ। साथै शैक्षिक प्रतिष्ठानमा पनि रसियन भाषा नै सिकाइन्छ।

सन् १९१४ मा प्रथम विश्व युद्ध प्रारम्भ भयो। रसियाले अस्िटया र जर्मनीमाथि युद्धको घोषणा गर्‍यो। सुरु-सुरुमा रसियाले विजय हासिल गरेको थियो तर पछिल्ला दिनमा रसियाले आफ्नो सेना नराम्रोस“ग गुमाउनुपरेकोले रसियाको अर्थतन्त्रमा नराम्रो असर पर्न गयो। रसियनको धेरै सहरमा युद्धको ठूलो असर पर्नाले अस्तव्यस्तताको कारण सहरहरूमा नराम्रोस“ग खाद्यान्नको अभाव हुन थाल्यो। त्यस बेलाको राजधानी पिर्टसर्वर्गका मजदुरहरू हडतालमा उत्रे। सेनालाई हडतालीहरूमाथि गोली हान्ने आदेश हुँदा पनि नटेरेकोले सोभियत सङ्घमा क्रान्ति सुरु भयो। सरकारी कर्मचारीहरूलाई पदबाट वर्खास्त गरियो। जारका शासनकालका कतिपय कर्मचारीहरूलाई मृत्युदण्ड दिइयो। अपदस्त जारको परिवारलाई थुनुवामा राखियो। केही समयपश्चात् क्रान्तिकारीहरूले जारका परिवारलाई पनि गोली हानी मृत्युदण्ड दिए।

रुसमा जारको शासन समाप्त भएको अवस्थामा रुसलाई गणतन्त्र घोषणा गरियो। त्यस बेला एलेक्सजेन्डर केरेनस्की गणतान्त्रिक सरकारको प्रमुख बने, तर रुसको गणतन्त्रात्मक सरकार धेरै टिकाउ भएन। सन् १९१७ मा गणतान्त्रिक सरकारलाई अपदस्त गरियो। रसियन नागरिकहरू ध्वाम्सकारी युद्धदेखि वाक्क भएका थिए। आफ्नो हारको कारण रसियाले जर्मनीस“ग शान्ति सम्झौता गर्‍यो। त्यही बेला रुसले चार भागमा एक भाग भूमि त्याग्नुपर्‍यो साथै धेरै जसो कोइलाखानी र फलामखानी गुमाउनुपरेको थियो।

किसान, मजदुर र सेना मिलेर सोभियत अर्थात सङ्घको निर्माण गरेर सरकार चलाउन थाले। सोभियत शक्तिशाली बन्यो। आखिरमा क्रान्तिकारी भि.आई. लेनिन सरकार प्रमुख बने। लेनिनका समर्थकलाई वोल्सेभिक भनिन्थ्यो। वोल्सेभिकहरूले धनीहरूको सम्पत्ति कब्जामा लिए। सम्भ्रान्तहरूलाई सम्पत्तिबाट नाङ्गो बनाए। साथै तिनीहरूको भूमि किसानमा वितरण गरियो। कती सम्भ्रान्त अर्थात कुलिनहरूलाई गोली हानी मारियो। कतिलाई जेल हालियो भने कतीलाई विकट साईवेरिया पठाइयो। कोही देशबाट बाहिर भागेर प्राण बचाए। कालो समुन्द्रको किनारमा सोभियत गणतन्त्र युक्रेन पर्दथ्यो। यसको राजधानी केइभ हो। जुन डेनीपर नदीको किनारमा अवस्थित छ। सिमानाको देश भएकोले युक्रेन भनिएको हो। सीमा क्षेत्रमा परेकोले टारटारस र र्टुकहरूबाट जोगाउनको लागि युक्रेनियन घोड चढीहरूबाट रसियन बोर्डरको सुरक्षा गरिन्थ्यो।

रुसमा क्रान्ति चलिरहेको बेला केही समयको लागि युक्रेन स्वतन्त्र छोडिएको थियो। तर सन् १९२३ मा युक्रेन पुनः सोभियत सङ्घको गणतान्त्रिक राज्य वन्यो।

उत्पादनको हिसाबले युक्रेनलाई रोटीको टोकरी भन्दछन्। युक्रेनको धेरै भूमि उर्वरा भएकोले कृषि उत्पादनमा धनी मानिन्छ। युक्रेनलाई चिनीको बोटुका पनि भन्दछन्। युक्रेन कोइला र फलाम खानीको भण्डार हो। युक्रेन सोभियत सङ्घको लागि चाहिने कोइला उत्पादक हुनुको साथै स्टील र मेशिनरी उत्पादनमा ख्यात्रि्राप्त गणराज्य हो। सोभियत सङ्घको औद्योगिक प्रतिष्ठान स्थापनामा अग्रणी भूमिका निर्वाह गरेको रुसको तत्कालीन गणराज्य हो।

युक्रेनको जनसङ्ख्याको दोस्रो ठूलो समूह भनेको स्लाभ हो। मास्कोवासीले बोल्ने भाषा र स्लाभहरूको भाषामा विल्कुल फरक छ।

युक्रेनको विचोविचबाट डेनीपर नदी बगेको छ। युक्रेनहरू डेनीपरनदीलाई पिता डेनीपर भनेर सम्बोधन गर्दछन्। डेनीपर नदी युरोपको तेस्रो ठूलो नदी हो। सोभियत सङ्घले डेनीपर नदीमा ठूला-ठूला बाँधहरूको निर्माण गरेको थियो। रसियनहरूले बाँधहरूबाट उत्पादन गरिएको ठूलो परिमाणको विद्युतीय शक्तिलाई ठूला लामवद्ध उद्योगहरूमा प्रयोग गरिएको थियो। दोस्रो विश्व युद्धको बेला जब जर्मिनीले रुसमाथि हमला गर्‍यो त्यति नै बेला रुस आफैले बाँध उडाइदियो ताकी जर्मनले प्रयोग गर्न नसकोस् भन्ने थियो।

डेनीपर नदी किनारमा अवस्थित केइभ सहर युक्रेनको राजधानी भएकोले यहा“का सुन्दर पार्कहरू, बगैचा, साग सब्जीका बगैचा, चीनी प्रशोधन कारखाना, केभ सहरलाई ऊखु खेतीबाट घेरिएको सुन्दर नगरीलाई दोस्रो विश्व युद्धमा जर्मनहरूको बमले ध्वस्त पार्‍यो र खरानी भएको सहरको यक्रेनीयरूले पुनर्निर्माण गरी छाडे। कलकारखाना, खानीजन्य उद्योगहरू, कृषि उत्पादनमा उत्कृष्टता प्राप्त युक्रेन केही वर्ष पहिले स्वतन्त्र राष्ट्रको रूपमा घोषणा भएको सोभियत सङ्घका गणराज्यमध्ये एक हो।

रुस अहिले स्वतन्त्र राष्ट्रको हैसियत प्रदान गरेको युक्रेनको एक प्रान्त क्रिमियालाई रुसी महासङ्घमा पुनः विलय गरेको संयुक्त राष्ट्र सङ्घको विरोधको बाबजुत पनि सुनुवाइ भएको छैन। गणराज्य जर्जियास“गै सोभियत सङ्घबाट अलग भएको युक्रेनको क्रिमिया प्रान्तलाई बोलिने भाषाको आधारमा मानेर जनमतद्वारा रुसी महासङ्घमा गाभियो। भाषाको आधारलाई मात्र नभइ युक्रेनको वैभवता कारण पनि हुन सक्दछ। रुसले युक्रेनको सम्पूर्ण भूभाग आफ्नो सङ्घमा विलय गराउन पनि सकेको छैन।

नेपाल सानो राष्ट्र भए पनि बहुभाषी, बहुजाति तथा बहुसांस्कृतिक भएको हुनाले र ठूला मित्र राष्ट्रहरूको बीचमा प्रतिस्पर्धा गर्दै अगाडि बढिरहेको छ। नेपालमा सङ्घीयताको कुरा चलिरहेको छ कति प्रदेश बनाउने भन्ने निश्चित खाका कोर्न बा“की छ। तसर्थ, प्रदेशको यकिन नक्सा कोर्दा सबै जातजातिको प्रतिनिधित्व हुनेगरी उत्तरदेखि दक्षिण छिमेकी राष्ट्र भरात नेपाल सिमानासम्मको नक्सा कोर्नु जरूरी छ। यस मानेमा की रुसको व्यवहारबाट हामी चनाखो बन्नुपरेको छ। अर्को सबै भाषाको विकासमा हामीले जोड दिनु राम्रो देखिन्छ। किनभने सर्प, भ्यागुतो र विच्छीको बीचको सिद्धान्त प्रयोग भएको खण्डमा एकले अर्कोलाई हमला गर्न साहस हुँदैन। देशभित्र बोलिने सबै भाषाको विकास भएमा यो भाषा, ऊ भाषा भन्ने विचार आउँदैन र देशको बाहिरी हस्तक्षेपमा सन्तुलन कायम हुन्छ। क्रिमियाको जस्तो स्थिति आउन पाउँदैन।राजनीतिक विचारधारा दृढ हुनुपर्छ।

(लेखक सराङकोट गाविसको निवर्तमान अध्यक्ष हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width