नेवारहरुले बर्षभरी विभिन्न पर्वहरु मनाउँदछन् । यी पर्व कुनै धार्मिक छन्, भने कुनै सांस्कृतिक छन् । धार्मिक पर्वमा कुनै देवी देवताका पुजा आराधना गर्दछन् भने सांस्कृतिक पर्वमा कुनै तिथि पारेर विभिन्न क्रियाकलाप गरेर मनाउँदछन् । गथांमुगः चह्रे अर्थात घण्टाकर्णयचतुर्दशी त्यस्तै एक सांस्कृतिक पर्व हो ।
यो पर्व कसरी र किन मनाइन्छ भन्दा एउटा किंवदन्ती कथा आउँछ । परापूर्व कालमा काठमाडौं उपत्यकामा एउटा राक्षस(भूत) बस्दथे । त्यस भूतले मानिसहरुलाई अनेक दुःख दिने गर्दथे र कहिले मानिसहरुलाई मार्ने र बच्चाहरुलाई खाने समेत गर्दथे । त्यस राक्षसलाई मार्न अनेक सोच विचार र योजना गरियो तर मार्न सकिएन । अन्तमा एकजना तान्त्रिकले उसलाई मार्ने जुक्ति निकाले । उसले आफ्नो तान्त्रिक शक्तिले भ्यागुतोको रुप धारण गरे अनि राक्षस आउने जाने दोबाटो चौबाटोमा बसेर गथांमुगः अर्थात् घण्टाकर्णयाई विभिन्न हावभाव गरेर जिस्क्याउन थाले । यो देखेर घण्टाकर्णयाई रिस उठेर त्यस भ्यागुतोलाई लखेट्दै जान्छ । भ्यागुतो उफ्रि उफ्रि एउटा दलदले हिलोले भरिएको खाल्टोमा गए पछि त्यस राक्षस पनि भ्यागुतोलाई मार्न दलदलमै हामफालेछ । भ्यागुतो सजिलै बाहिर निस्कन्छ तर त्यो राक्षस त्यही दलदलमा फसेर मर्छ । अनि सबै मिलेर त्यस राक्षसको दाहसंस्कार गर्छ र खुसियालीमा भोज खान्छन् । त्यही दिनको सम्झना स्वरुप गथांमुगः पर्व मनाउँदै आएको भन्ने विश्वास नेवार समूदायमा छ ।
अनि भ्यागुतोले मानिसहरुलाई ठूलो गुण लाएको भनेर जनै पूणिर्माको दिनमा खेतखेतमा गएर भ्यागुतोलाई पु्जा गरेर मिठो मिठो खान दिन्छन् । यो काम विशेष गरी नेवार किसान समूदायमा आजसम्म पनि प्रचलनमा छ ।
घण्टाकर्णयचतुर्दशी पर्व अर्थात् गथांमुगः चह्रे वर्षभरीमा पहिलो चाडको रुपमा लिइन्छ र यसलाई छोरा मान्छेको पर्व (केटाको पर्व)भन्ने पनि चलन छ । किनभने यसमा धेरै जसो केटाहरु बढी सक्रिय हुन्छन् । यही दिनदेखि अनेकौ बाजागाजा बजाउन सिक्ने र अभ्यास गर्ने कामको शुरुवात गर्ने नेवार समूदायमा चलन छ ।
यो चाड कसरी मनाइन्छ भन्दा बिहानै टोलको दोबाटो र चौबाटोमा हरियो हरियो कलिलो निगालोको बुटाहरु संकलन गरी ल्याउँछन् । वा हरिया हरिया रुखका हाँगाविँगाहरु ल्याउँछन् । त्यसबाट फेरी तीनवटा मुठाहरु बनाई त्रिखुट्टी बनाई बाँधेर एकवटा राक्षसको प्रतिक बनाउँछ । जसको माथि एउटा राक्षसको चित्र भएको कागजको मुकुण्डो वा नाङलो बाँधिएर राख्छ ।
त्यस्तै यसको मुन्तिर पुरुष यौना·को प्रतिक (मकैको खोस्टो वा मुला जस्तै) बनाएर झुण्ड्याइन्छ र छेउछेउमा सानो सानो पुतलीहरु बनाएर सजाउँछन् । त्यसपछि त्यस घण्टाकर्णयाई दाहसंस्कार गरि सेलाउन चन्दा उठाउनु थाल्छ ।
कोही घरघरमा गएर चन्दा उठाउँछन् । कोहि बाटो छेकेर बाटोमा हिँड्नेहरु र यातायातका साधन रोकी चन्दा उठाउँछन् । यस्तो बेलामा कसैले मिठो नारा पनि लगाउँछन् जस्तै ओम शान्ति १ जय नेपाल १ (यस पक्तिकार पनि सानो बेलामा यसरी नै कराएर चन्दा माग्न घरघर गएको सम्झना छ) ।
यस्तै करिब साँझमा सबै मिलेर एक गरिब केटा वा ब्यक्ति खोजेर घण्टाकर्णयो पुत्रको रुपमा घण्टाकर्णयो प्रारुपलाई ढालेर चिराग बाल्दै खोलाको तिरमा लगेर दाहसंस्कार गरेर घण्टाकर्णयाई सेलाउछन् ।
चन्दा उठाएकोमा मध्ये धरै जसो पैसा त्यही घण्टाकर्णयसेलाउन लैजाने एक गरिब मानिसलाई दिइन्छ । र जम्मा भएको रकमलाई सबै केटाहरुलाई भोज खुवाउन प्रयोग गरिन्छ । यसरी घण्टाकर्णयपर्व समापन गरिन्छ । कोहिले त्यही दिन आफ्ना बाजा गाजा निकाली पूजा आजा गरेर नाट्यश्वर (नासःद्यो) को पूजा गरेर भोज पनि खान्छन् ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०