नेपाल स्वास्थ्यकर्मी सङ्घ छैंटौं महाधिवेशनसम्म आइपुग्दा धेरै ठूला आरोह अवरोह यो सङ्घमाथि आइपरेका छन्। भिन्न विचार र आस्था राख्ने मान्छेहरूका गिद्धे दृष्टि पनि पछि सङ्घमाथि पर्दछन्, कहिलेकाहीँ घरभित्रै ठूलै मतभेद र टकराव पनि यसको आफैभित्र को चुनौती हो। नेपाल ट्रेड युनियनसँग आबद्ध २४ वटा सङ्घमध्ये यो पनि एउटा सङ्घ हो। वर्तमान अवस्थामा ट्रेड भनेको व्यापार र युनियनको अर्थ सा·ठनिक स्वरुप हो। नेपाली काङ्ग्रेसले अबलम्बन गर्दै आएको प्रजातन्त्र र समाजवादको मूल मन्त्रलाई अङ्गीकार गरी यो युनियनले काङ्ग्रेसलाई शुभेक्षासहित समर्थन गरेको हो कि जस्तो लाग्छ, त्यसैले यो काङ्ग्रेसको वर्गीय सङ्गठन नभएर शुभेछुक संस्था हो। यसमा काङ्ग्रेसका हरेक क्रियाकलाप जस्ताको तस्तै हुने गरी लागू नहुन सक्छन्। प्रजातान्त्रिक विचारधारासँग मेल खाने शक्ति भएकै कारण धेरै कुरा मिल्न सक्छ। सँगसँगैका बाटा तय हुन सक्छन्। यसो भनिरहँदा अब काङ्ग्रेसले श्रमजीवीलाई हेर्ने दृष्टिकोणमा पनि अब परिमार्जन गर्न जरूरी छ।
नेपाल स्वास्थ्यकर्मी सङ्घमा पनि अब दुर्इ खाले स्वास्थ्यकर्मी भनेर देखा पर्ने परिस्थितिको सृजना भएको छ। यो राज्यले नै स्वास्थ्यकर्मीका बीचमा फाटो ल्याउनकै लागि पनि ठूलो भूमिका खेलेको अनुभूत हुन्छ। नेपाल सरकारको मातहतमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी करिब ३० हजारको हाराहारीमा होलान्, तर त्योभन्दा बाहिर रहेर काम गर्ने स्वास्थ्यकर्मी करिब एक लाख ४० हजारको सङ्ख्यामा छन्। यति ठूलो जमातलाई नेपाल सरकारको हालसालै स·ठित अध्यादेशले सम्बोधन गर्न सकेन, बरु यसले त स्वास्थ्यकर्मीका बीचमा विभाजनको रेखा कोर्ने बटमलाइनको काम गरेको देखिन्छ। धु्रवीकरणको मानसिकता बोकेर केही साथीहरू स्वास्थ्यकर्मी सङ्घको भूगोल साँघुरो बनाउन अग्रसर देखिन्छन्। अबको स·ठनको दायरा फराकिलो बनाउने हो। आकाश ठूलो बनाउने हो, के सरकारी के गैरसरकारी सबैलाई समेटेर स्वास्थ्यकर्मी सङ्घको छाताभित्र ओत लाग्नु जरूरी छ। यो स्वास्थ्यकर्मी, यो गैर स्वास्थ्यकर्मी भनेर नामाकरण गरिनु सान्दर्भिक नहोला, यो स·ठनको सा·ठनिक स्वरुप डाक्टरदेखि निम्नस्तरको स्वास्थ्य संस्थामा काम गरेका सबै कर्मचारीको बनोट हो।
निजामती कर्मचारी युनियनको फुटसँगै यसमा पनि केही काला बादलहरू मडारिन थालेका छन्, निजामती युनियनका साथीहरू जो फुटेर गए तिनीहरू पनि यो सङ्घमाथि गिद्धे दृष्टि लगाइरहेका छन्। जो निजामती युनियनमै रहेका साथीहरू छन्, उनीहरू पनि नेपाल स्वास्थ्यकर्मी सङ्घमा आफ्नो वर्चस्व कामय राखिराख्न चाहन्छन्। निजामतीका साथीहरूले बिर्से होलान्, नेपाल स्वास्थ्यकर्मी सङ्घ सिङ्गै महासङ्घ बन्न हैसियत राख्ने निर्भिक स·ठन हो। यसलाई कसैले काखी च्याँप्न र पाखा फाल्ने दुश्साहस गर्न जरूरी छैन। यो आफैमा स्वतन्त्र स·ठन हो यसमा कुनै सङ्घ र युनियनको प्रभाव पर्दैन र देखा पर्ने छायाँहरू पनि यसलाई सह्य हुँदैन। यो कुरा निजामती सेवामा कार्यरत साथीहरूले राम्ररी बुझे हुन्छ। नेपाल स्वास्थ्यकर्मी सङ्घ सरकारी तथा गैर सरकारी, सामुदायिक, निजी नर्सिङ होम, मेडिकल कलेजमा कार्यरत प्रजातान्त्रिक विचारधारामा लागेका सम्पूर्ण स्वास्थ्यकर्मीको विशाल भूगोल हो। त्यसैले हामी भन्दैछौं नेपाल स्वास्थ्यकर्मी सङ्घ आफैमा महासङ्घ बन्न सक्ने हैसियत राख्दछ। अबकै छैटौं महाधिवेशनले यसको पनि छिनोफानो गर्न जरूरी छ। त्यसैले हामी विनम्रतापूर्वक भन्दैछौं, निजामती सङ्घ र युनियनतिर खुराक नपुगेर फुटेका साथीहरू हाम्रो स्वास्थ्यकर्मी सङ्घमा गिद्धे दृष्टि नलगाउनुस्, हामीले मिलेर बस्न बाँडेर खान जानेका छौं। साथीहरूलाई हेक्का होला आकाशमाथि र्फकेर थुक्दै गर्दा आफ्नै अनुहारमा आइपुग्छ। सुवर्ण्र्ााशम्शेरको उदारता, बीपीको विचार, गणेशमानको निडरता, कृष्णप्रसाद भट्टराईको राष्ट्रियता, अनि गिरिजाप्रसादको पछिल्लो समयको सहनशीलताबाट प्रेरित ठूलो जमात छ, हाम्रो सङ्थठनमा। खुराक नपुगेको झोँकमा टुक्रिँदै जाने हो भेन हामी ७/८ टुक्रा हुन्थ्यौं। साथीहरू, बेलैमा चेतना भया। हाम्रो सङ्गठनमा निजामतीमा जस्तो संस्थापन र गैर संस्थापन भन्ने कुनै धार छैन। केवल यसमा एउटा घर छ, त्यो के भने गिरिजाप्रसाद कोइरालाले सुरु गरेको ट्रेड युनियन आन्दोलन जुन विराटनगरबाट सुरु भएको थियो। हामी त्यही घरमा निरन्तर आन्दोलित भइरहने प्रणका साथ लागिरहने छौं।
(लेखक नेपाल स्वास्थ्यर्मी सङ्घपश्चिमाञ्चल क्षेत्रीय उपाध्यक्ष हुन्।सं.)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०