नेपाल रेडक्रस सोसाइटीको ५० औं वर्ष

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७०

घाइतेको सहयोगका निमित्त अन्तर्राष्ट्रिय समितिको रूपमा स्थापना भएको अन्तर्राष्ट्रिय रेडक्रस अभियानको सहयात्री नेपाल रेडक्रस सोसाइटीको आफ्नो स्थापनाको ५०औं वर्षमा प्रवेश गरेको यस गौरवमय क्षणमा संस्थाको विस्तारित रूप, सक्रियता साथै सेवा, सहयोग र सहकार्यबाट धेरै राम्रा अनुभव, सिकाइलाई आत्मसात गर्दै चुनौतीलाई अवसरमा बदल्दै भविष्यका लागि उपयुक्त मार्गको पहिचान गरी अगाडि बढिरहेको छ। विश्व रेडक्रस अभियान सुरु भएको एक सय ५० वर्षको वाषिर्कोत्सवसँगै नेपाल रेडक्रसले पनि ‘समुदायसँग अझ नजिक’ ९ऋयिकभ धष्तज ऋommगलष्तथ० भन्ने मूल नाराका साथ स्वर्ण्जयन्ती वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा वर्षभरि नै मनाइरहेको अवसरमा कास्की रेडक्रसले पनि सप्ताहव्यापी कार्यक्रमका साथ विश्व रेडक्रस दिवस (मे ८) मनाउन लागिपरेको छ।

रेडक्रसको उच्च आदर्श, मूल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै अत्यन्त जोखिम र कष्टपूर्ण जीवन विताइरहेका वा मानवीय सड्ढटमा परेका वा पर्न सक्ने समुदायको सेवा र सहयोगका लागि जीवन रक्षा र सोचमा परिवर्तन ९क्बखष्लन ीष्खभक, ऋजबलनष्लन :ष्लमक० ल्याई मानवीय हितको कार्यलाई प्रभावकारी ढ·ले परिचालन गर्ने लक्ष्यका साथ रेडक्रका निकाय र रेडक्रसकर्मीहरू क्रियाशील छन्। धेरै गर्ने, राम्रो गर्ने र अगाडि बढ्ने ९म्यष्लन :यचभ, म्यष्लन द्यभततभच ७ च्भबअजष्लन ‘गचतजभच० दृष्टिकोणका साथ हिमालको टाकुरादेखि तराईको फा“टसम्म, पहाडको तरेलीदेखि चुरेको पठारसम्म नेपाल रेडक्रस एक तटस्थ र निष्पक्ष मानवीय संस्थाको रूपमा सतीशालझंै ठि· उभिएको छ।

नेपाल रेडक्रसले मानवीय सेवाको क्षेत्रमा अनेकौं उकाली ओराली पार गर्दै, अभावसँग सम्भावनाको खोजी गर्दै संस्थागत अनुभव बटुल्दै सेवाको ५०औं वर्षको प्रवेशका अवसरमा विश्व प्रसिद्ध कर्मयोगी, रेडक्रसका जन्मदाता जा हेनरी ड्यूना र रेडक्रसका अग्रज आदरणीय व्यक्तित्वहरू तथा स्वयंसेवी रेडक्रसकर्मीहरूको योगदानको उच्च मूल्याड्ढन गर्दै श्रद्धा भाव व्यक्त गर्नुका साथै यसको समृद्ध इतिहासको चर्चा परिचर्चा गर्नु सान्दर्भिक हुनेछ।

नेपाल रेडक्रस सोसाइटीका ७५ वटै जिल्ला शाखा, एक हजार चार सय १० वटा उपशाखा, पाँच हजार छ सयभन्दा बढी जुनियर/ युवा सर्कल, ११ लाख भन्दा बढी सदस्य र ९० हजारको हाराहारीमा रहेका प्रशिक्षित, कार्यकारिणी र कार्यक्रम स्वयंसेवकको संलग्नतामा यस वर्षमा देशभर झण्डै ४० लाख जनसमुदायलाई प्रत्यक्ष मानवीय सेवा र सहयोग पुर्‍याउन सकिएको व्यहोरा केन्द्रीय अध्यक्षको वाषिर्क प्रतिवेदनबाट प्रष्ट देखिन्छ। यस सर्न्दर्भमा आवश्यकता, क्षमता र श्रोतका आधारमा सेवाको विस्तार गर्दै हाल ६२ जिल्लाका ८६ केन्द्रबाट रक्तसञ्चार सेवा र ६७ जिल्लाबाट दुर्इ सय तीन वटा एम्बुलेन्समार्फत सेवा विस्तार गरिएको छ।विशेष गरी तत्काल हुन सक्ने विपतको अवस्थालाई ध्यानमा राख्दै देश भरिमा ३६ हजार परिवारका लागि गैर खाद्यन्न सामग्री भण्डारणका लागि विभिन्न क्षेत्रमा १२ वटा गोदाम घरको व्यवस्था गरिएको छ। साथै प्राथमिक उपचार सेवाको थप स्तरीकरण, संस्थागत रूपमा आ“खा उपचार केन्द्रको विस्तार, संस्थागत विकास, क्षमता अभिवृद्धिका लागि सहयोग र सहकार्य गर्नु, सड्ढटाभिमुख समुदायलाई राहत सामग्री वितरण गर्ने मात्र नभई समुदायको विकास, विपद् पूर्वतयारी एवं व्यवस्थापन साथै द्वन्द्वको समयमा र द्वन्द्वपश्चात् सेवा जस्ता विस्तारित सेवाहरू प्रदान गर्दै नेपाल सरकारको विश्वसनीय सहयोगी संस्थाको रूपमा स्थापित छ।

नेपाल रेडक्रसको तागत भनेकै स्वयंसेवीहरूको आधार र अभियानको रूपमा आकअतालाई सम्बोधन गर्न सक्ने क्षमता हो। नेपालको सर्न्दर्भमा पनि रेडक्रस अभियानका तीन अ· बिचको समन्वय उदाहरणीय छ। सहयोगी राष्ट्रिय सोसाइटीसहितको सशक्त समन्वय संयन्त्र र संरचनाहरूले गर्दा अभियानको तर्फबाट आवश्यकतालाई सम्बोधन गर्ने नीति रणनीतिका साथै राष्ट्रिय योजनासँग तालमेल मिलाउँदै आफ्नोदीर्घकालीन विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ। नेपाल रेडक्रसले मानवीय सेवाको ५०औं वर्षमा पुगेको महत्त्वपूर्ण अवसरमा रेडक्रस अभियानको इतिहासमा नेपाल लगायत विश्वव्यापी रूपमा मानवीय सेवाका क्षेत्रमा एक सय ८७ राष्ट्रसँगै नेपाल रेडक्रसले प्रदान गर्दै आएको कार्यको समीक्षा गर्दै आगामी दिनका लागि नीतिगत र व्यवस्थापकीय क्षेत्रमा समेत ठोस कार्यका साथ अगाडि बढ्नु आजको आवश्यकता हो।

हामीले ५०औं वर्षको स्वर्ण्जयन्तीका अवसरमा रेडक्रसलाई संस्थागत रूपमा थप गतिशीलता र जिवन्तता दिनका लागि सबै तहमा जवाफदेहिताको अभिवृद्धि गरी रेडक्रस अभियानमा सवल संस्थाको रूपमा परिचित गराउनु प्रमुख जिम्मेवारी हो। बदलिँदो समय र परिस्थितिसँगै जिम्मेवार कार्यकारिणी, कुशल व्यवस्थापन, क्षमताको विकास लगायतका पक्षमा थप जोड दिनुपर्ने बेला आएको छ। हालको राष्ट्रिय परिवेश र नेपाल रेडक्रसले अपेक्षा गरेको लक्ष्य प्राप्तिका लागि वर्तमान अवस्थामा रहेका सवालहरू जस्तैः लै·कि तथा सामाजिक समावेशीकरण, युवाहरूको सहभागितामा वृद्धि, स·ठन र व्यवस्थापनको क्षेत्रमा गतिशीलता र प्रभावकारितामा वृद्धि, अन्तर्राष्ट्रिय रेडक्रस अभियानको लक्ष्यहरू एवं रणनीतिको कार्यान्वयनमा सक्रियता, कानुनी आधारको निर्माण आदि जस्ता क्षेत्रमा थप क्रियाशील हुनुपर्ने चुनौती रहेको छ।

आज नेपाल रेडक्रस सोसाइटीको संस्थागत उपस्थिति र सेवा कार्यले सर्वसाधारण नागरिक, साझेदार संस्थाहरूका साथै सरकारका माझमा समेत विश्वास र भरोसाको केन्द्र बनेको छ। यसैगरी महासङ्घको विगत र वर्तमानको रणनीतिद्वारा निर्धारित उद्देश्यप्रति पनि एक सशक्त राष्ट्रिय सोसाइटीको रूपमा भूमिका निर्वाह गरी उदाहरणीय बनेको छ। नेपालको एक दशकभन्दा लामो सशस्त्र द्वन्द्वको अवस्थामा पनि सामाजिक, आर्थिक र राजनीतिक वातावरणले हाम्रा जीवनमा थपेका चुनौतीहरूमा मानवताका लागि हातेमालो गर्दै, रेडक्रसका सात आधारभूत सिद्धान्तहरूलाई मार्गर्दर्शनका रूपमा पालना गर्दै संस्थामा आवद्ध स्यवंसेवकबाट पुर्‍याएको योगदान धेरै-धेरै महत्त्वपूर्ण रहेको छ।

(लेखक नेपाल रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री हुन्। सं.)

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width