नेपाली चलचित्रमा कलाकारको लगानी

आदर्श समाज सम्वाददाता
माघ १०, २०७१

पछिल्लो समयमा आएर नेपाली चलचित्र उद्योग निकै फराकिलो हुँदै गइरहेको छ। वर्षमा एक दुर्इ चलचित्र निर्माण हुने यस चलचित्र उद्योगमा अहिले धेरै चलचित्रहरू निर्माण हुन थालेका छन्। चलचित्रको गुणस्तरमा उल्लेख्य सुधार नदेखिए पनि संख्यात्मक वृद्धिमार्फत नेपाली चलचित्र उद्योगले प्रगति गरेको मान्न सकिन्छ। चलचित्रको निर्माण पक्षलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ। अतः नेपाली चलचित्र उद्योगका महत्वपूर्ण धरोहर चलचित्रका निर्माताहरूलाई मानिन्छ।

नेपाली चलचित्र उद्योगमा विभिन्न व्यापारी र पेशाकर्मीहरूले लगानी गर्दै आएका छन्। राज्यले पनि एकताका यो उद्योगमा लगानी गरी चलचित्र निर्माण गरेको थियो। अहिले पछिल्लो समयमा आएर नेपाली चलचित्रका कलाकारहरूले नै चलचित्रमा लगानी गर्न पनि थालेका छन्। यो पनि नेपाली चलचित्र उद्योगको लागि सकारात्मक संकेत मान्न सकिन्छ। चलचित्रसम्बन्धी कुरा बुझेको व्यक्तिले चलचित्रमा लगानी गर्दा जोखिम कम हुन्छ। किनभने उसले निकै सावधानीपूर्वक चलचित्र बनाउने गर्दछ। निर्माण कार्य र प्रचारप्रसारमा मिहिनेतका साथ सोचीविचारी लागिपर्छ। कमसल कथामा हातै हाल्दैन।

नायकहरू राजेश हमाल र विराज भट्ट बाहेक नाम चलेका धेरैजसो कलाकारहरूले चलचित्रमा लगानी गरेका छन्। पछिल्लो समयमा कलाकारहरूले निर्माण गरेका धेरैजसो चलचित्रहरू नाफामा नै चलेका छन्। मह जोडीले निर्माण गरेको चलचित्र बलिदानसँगै कलाकारहरूले चलचित्र निर्माणमा हात हाल्ने क्रम बढेर गएको हो। नायकहरू निखिल उपे्रती, दिलिप रायमाझी, गजित विष्ट, नायिकाहरू मौसमी मल्ल, रेखा थापा आदिले नेपाली चलचित्र उद्योगमा लगानी गरेका छन्। यीमध्ये कतिपयले एक मात्र चलचित्रको निर्माणमा हात हालेर अनि विश्राम लिएका छन् भने केही अन्य कलाकारहरूले निरन्तर चलचित्र बनाउने क्रम जारी राखेका छन्।

चलचित्र उद्योगमा सक्रिय कलाकारमा नायिका रेखा थापाको नाम अग्र पंक्तिमा आउँछ। पछिल्लो समयमा थापाले निर्माण गरेका चलचित्रहरू एकपछि अको हिट हुँदै गइरहेका छन्। पहिले अरूले निर्माण गर्ने चलचित्रमा अभिनय गर्दै आएकी थापाले पछिल्लो समयमा आफूले नै चलचित्र निर्माण गर्दै आइरहेकी छन्। चलचित्र हिम्मत अत्यधिक चलेपछि उनलाई अन्य चलचित्रहरूमा लगानी गर्न उत्साह जागेको हुन सक्छ। उनको पछिल्लो चलचित्र तथास्तु हो। हुन त उनका पूर्व श्रीमान छविराज ओझा कलाकार नै नभए पनि नेपाली चलचित्र क्षेत्रलाई धेरै माया गर्ने निर्माता भनेर चिनिन्छन्। उनी पनि रेखा थापाभन्दा कम चलचित्र बनाउने निर्माता भने होइनन्। हाल उनको पछिल्लो चलचित्र हवल्दार सुन्तली प्रदर्शनको तयारीमा रहेको छ। त्यसैगरी नेपाली चलचित्र निर्माण गर्ने अर्की नायिका हुन् झरना थापा। उनले निर्माण गरेका चलचित्र ए मेरो हजुर र तकदिरले राम्रै नाफा दिएपछि उनले अरू चलचित्र पनि निर्माण गर्ने बताएकी थिइन्।

नेपाली चलचित्रका कलाकारहरूले एकपछि अको गर्दै चलचित्र निर्माण गर्न लागेको यो भिडमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको पनि नाम आउँछ। २०६६ सालकै सर्वाधिक चर्चित र सफल चलचित्र कहाँ भेटिएलाले नेपाली चलचित्रका दर्शकहरूको मन जित्न सफल भएको थियो। यसको सफलताबाट उनले अको चलचित्र कोहिनुर बनाएका थिए। दुःखको कुरा, फिल्म रिलिज भएको दिनमा नै उनको दुःखद निधनले फिल्म क्षेत्रलाई नै स्तब्ध बनायो। यद्यपि २०७१ सालमा उनको चलचित्र सर्वाधिक व्यापार गर्न सफल भयो। त्यसो त नायक भुवन केसीले त अरूले निर्माण गर्ने चलचित्रमा अभिनय नगर्ने र वर्षमा एउटा नेपाली चलचित्र बनाउने घोषणा गरेका थिए। उनले बनाएका चलचित्रहरू पनि एकपछि अको हिट हुँदै आइरहेका छन्। उनको पछिल्लो चलचित्र साथी म त्रि्रो पछाडि अर्कार्र्े चलचित्रको निर्माण गर्ने बताएका थिए। त्यसैगरी कलाकार केशव भट्टराईले पनि एकपछि अको गर्दै चलचित्र निर्माणमा सक्रिय कलाकार हुन्।

नेपाली चलचित्र उद्योगमा कतिपय कलाकारहरूले आफूले मन परेको अभिनय गर्नको लागि आफ्नो रोल निकाल्न आफूले निर्माण गर्ने चलचित्रमा सजिलो हुने भएकोले चलचित्र निर्माणमा हात हालेको बताउँछन्। अनि कतिपय नयाँ कलाकारहरू आफ्नो ब्रेकको लागि लगानी गर्नुपर्ने बाध्यता चलचित्र उद्योगमा रहेको भित्री कथा सुनाउँछन्। नव नायक गोविन्द शाहीले निर्माण तथा अभिनय गरेको चलचित्र कहाँ छौ कहाँ केही वर्ष अगाडि रिलिज भएको थियो भने नायक नवल खड्काको महत्वाकांक्षी चलचित्र दंशगजा लगायत अन्य चलचित्र प्रदर्शन भइसकेका छन्। त्यसै गरी विरेन शाक्यका दुर्इ चलचित्र प्रदर्शन भएपछि अन्य चलचित्रमा उनको लगानी देख्न पाइएको छैन। हास्य कलाकार दिपकराज गिरीले अभिनय गरेको हास्य चलचित्र सुन्दर मेरो नामको सफलताको कारणले उनले छ एकान छ चलचित्र बनाए। उक्त चलचित्रको सफलतापूर्वक प्रदर्शन भइसकेको छ भने उनको आगामी चलचित्र वडा नम्बर छ प्रदर्शनको तयारीमा छ।

केही वर्ष अगाडि नायिका ऋचा घिमिरेले आफ्ना पतिलाई निर्देशक बनाएर तुलसी नामक चलचित्रमा मुख्य कलाकारको रूपमा अभिनय गरेकी थिइन्। नेपाली चलचित्र उद्योगमा सबैभन्दा पहिला चलचित्र निर्माण गर्ने नायिका भनेर करिश्मा मानन्धरलाई चिन्न सकिन्छ। उनले निर्माण गरेको चलचित्र सोचे जसरी नचलेपछि उनी विदेश पलायन भएकी थिइन्। हाल आएर उनले पनि छविराज ओझाको प्रोडक्सनमा अभिनय गरेकी नायिका शिल्पा पोखरेललाई लिएर पुनः चलचित्र बनाउने घोषणा गरेकी छन्।

यस प्रकार अभिनयमा दक्ष कलाकारले चलचित्र उद्योगमा लगानी गर्नु सुखद कुरा हो। तर यो व्यावसायिक हिसावले नै आएको हुनुपर्छ। पैसाको बलमा कलाकार बन्ने प्रयासलाई भने प्रवर्द्धन गरिनु हुँदैन। अनि मात्र आगामी दिनमा राम्रा नेपाली चलचित्रको उत्पादनमा कलाकारको लगानीले सकारात्मक योगदान दिनेछ भन्ने अपेक्षा गर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

मुख्य समाचार

आजदेखि छठ पर्व  सुरु

रासस कार्तिक २०, २०८१