नेपालीदेखि ‘नेपाङ्गे्रजी’ सम्म : एक भाषिक चर्चा

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७०

हामीले बोल्ने र लेख्ने नेपाली भाषामा एउटा यस्तो रूप देख्न सकिन्छ, जुन हामीहरूमध्ये धेरैलाई अनौठो र असहज लाग्न सक्छ। यो भाषिकरूपका औपचारिक न्वारन भइनसकेको हुँदा यसलाई जे-जसरी सम्बोधन गर्न या यसको जे-जस्तो नामकरण गर्न पनि सकिएला। तैपनि यसको विशिष्टस्वरूप हेर्दा यसलाई ‘नेपाङ्ग्रेजी’ (नेपाली±अङ्ग्रेजी) भाषा भनेर परिचय गराउन बढी उपयुक्त होला।

यो ‘नेपाङ्ग्रेजी’ भाषाको स्वरूप कस्तो हुन्छ र यसको प्रयोग कहाँ हुन्छ भन्नेबारे धेरैलाई खुल्दुली लाग्न सक्छ। यसका लागि एउटा ख्यात्रि्राप्त नेपाली राष्ट्रिय दैनिकबाट उद्धृत निम्नलिखित वाक्यांशहरू उदाहराणार्थ प्रस्तुत गर्न सकिन्छ :

१) सेल्रि्रेटीले गर्दा उत्पादनले माइलेज पाउँछ र गुणस्तर मेन्टेन हुन्छ।(नागरिकको कोलाज पाना २, २० माघ, २०६९)

२) उपभोक्तामा ब्राण्डकन्सस् बढ्नुले सेल्रि्रेटीको ब्राण्ड मूल्य बढेको हो। (नागरिकको कोलाज पाना २, २० माघ, २०६९)

३) योगप्रतिको क्रेज बढ्दैछ। यसले शरीरलाई डिटक्सिसफाइ गर्न मद्धत पुग्छ।  (नागरिक, २ कात्तिक, २०७०)

४) हतार-हतार फेसबुकको आफ्नो एकाउण्ट लग इन गरेर मलाई तथानाम भनेर स्टाटस अपडेट गर्न थाल्छन् तिनीहरू। ( नागरिक, ‘कथा’ नयनराज पाण्डे, २ कात्तिक, २०७० )

माथिका उदाहरणबाट प्रष्ट हुन्छ, यी वाक्यहरूमा प्रयुक्त भाषालाई नेपाली भाषा भन्न हिच्किचाउनै पर्ने हुन्छ। बरु यसलाई अङ्ग्रेजी मिश्रति नेपाली या नेपाली मिश्रति अङ्ग्रेजी जे भने पनि हुन्छ। यस किसिमको वाक्य अङ्ग्रेजी नजान्नेका लागि सुरु-सुरुमा असहज हुन सक्छ। तर प्रगोगमा आइसकेपछि केही फरक पर्दैन। उदाहरणका लागि एउटा अको वाक्य हेरौं-‘उसले कोट र पैन्ट लगाएर  आफ्नो फोटो खिचायो’। यो वाक्यमा रहेको अङ्ग्रेजी शब्द ‘कोट’,  ‘पैन्ट’ र ‘फोटो’ हाम्रा पूर्खाको कानमा पहिलो चोटी पर्दा यस्तै असहज भएको हुँदो हो।

आजभन्दा ३५(४० वर्षअघि नेपाली भाषाको अवस्था अहिलेको जस्तो थिएन। नेपाली भाषामा अङ्गे्रजी शब्दको मिश्रण न्यून थियो। बोलचालमा एक(दुर्इ ओटा अङ्गे्रजी शब्द मिसियो भने नेपाली भाषाका शुद्धतावादी अथवा समरूपता वादी गुरुहरूले आँखा तर्ने गर्थे। लेख्य भाषामा अहिलेजस्तो स्वतन्त्रता या लचकता थिएन। कथा, उपन्यासमा कुनै पात्र विशेषको बोली जस्तोको त्यस्तै प्रस्तुत गर्नका लागि मात्र अङ्ग्रेजी या हिन्दी भाषाको प्रयोग हुन्थ्यो, जस्तोकि अहिले पनि हुने गर्छ।

अङ्ग्रेजी भाषाको बढ्दो प्रयोग सम्बन्धमा एउटा अनौठो परिवर्तन संकेत पाटी (साइनबोर्ड) र विज्ञापन पाटी (होर्डिङबोर्ड) को लेखनमा देख्न सकिन्छ। पोखरा बजारकै कुरा गर्दा ३५(४० वर्षअघि अङ्ग्रेजी भाषामा लेखिएको या अङ्ग्रेजी शब्द प्रयोग गरिएको साइनबोर्ड देख्न बिरलै पाइन्थ्यो। तर अहिले हेरौँ बजारको लगभग सबै पसलहरूको अगाडि देखिने साइनबोर्डहरूमा अङ्ग्रेजी भाषा या अङ्ग्रेजी शब्दहरू प्रयोग गरिएका छन्। यसका उदाहरणहरू दिई साध्य छैन। पोखराको लेकसाइड (जहाँ विदेशी पर्यटकहरूको आवतजावत र बसोबास बढी हुन्छ) को त कुरै छाडौँ। पृथ्वीचोकदेखि न्यूरोड, चिप्लेढुङ्गा हुँदै हिड्ने हो भने अङ्ग्रेजी शब्द नभएको या अङ्ग्रेजीमा नलेखिएको साइनबोर्ड पाउन मुस्किलै पर्छ।  यी साइनबोर्डहरूको अको विशेषता के छ भने यीमध्ये धेरैजसोमा ‘नेपाङ्ग्रेजी’ नभएर विशुद्ध अङ्ग्रेजी शब्दहरूको मात्र प्रयोग भएको पाइन्छ।

यसरी नेपाली भाषामा अङ्ग्रेजी शब्दको ओइरो लाग्नु नेपाली भाषाको लागि ठूलो चुनौती हो भन्छन्, एकथरी मानिसहरू। उनीहरूको बुझाइमा यसले कालान्तरमा नेपाली भाषाको पहिचान नै मेट्न सक्छ अथवा यी दुर्इ भाषाको मिश्रणबाट एउटा छुट्टै वर्णाकर भाषा  या ‘पिजिन’ भाषाको जन्म हुन सक्छ। तसर्थ यस्तो सम्भावनाबाट नेपाली भाषा र यसको पहिचानलाई बचाइराख्न यस क्षेत्रका विज्ञले बेलैमा सोच्नु पर्दछ।

माथिका भनाइहरू ठिकै देखिए पनि वास्तविकता भने धेरै फरक छ  अथवा समस्या टड्कारो रूपमा देखिए पनि यसको समाधान भने असम्भव प्रायः छ। भाषा विज्ञानको सिद्धान्तअनुसार भाषालाई सधैँ एकैनास राख्न खोज्नु वा एक भाषालाई अन्य भाषाको प्रभाव र सर्म्पर्कबाट मुक्त राख्न खोज्नु भनेको भाषाको प्रकृति नबुझ्नु हो। भाषा स्वभावैले गतिशील हुन्छ, सरलताउन्मुख हुन्छ, परिवर्तनशील हुन्छ। यसलाई एउटैरूपमा बाँधिराख्न असम्भव छ। उदाहरणका लागि आज हामीले बोल्ने नेपाली भाषा पनि अघि यही रूपमा थिएन र भविष्यमा पनि यस्तै रहला भन्न सकिं’दैन। नेपाली भाषाको उत्पत्ति र विकासक्रम हेर्दा यो भाषा वैदिक संस्कृत, लौकिक संस्कृत  र यसको अपभ्रंश प्राकृत हुँदै विकासका विभिन्न चरण पार गर्ने क्रममा हिन्दी, अङ्ग्रेजी, अरबी आदि अन्य धेरै भाषाहरूबाट पनि शब्द सापटी लिँदै आजको यसरूपमा आइपुगेको छ। अन्य भाषाबाट सापटी लिने भाषाहरूमा अङ्ग्रेजी भाषा अग्रस्थानमा आउँछ। अङ्ग्रेजी भाषाको शब्दभण्डार मा आधा बढि शब्द आगन्तुक या विदेशी छन्। यो भाषाको प्राचीनस्वरूप र वर्तमानस्वरूपको तुलना गर्ने हो भने आकाश जमिनको अन्तर पाइन्छ।

भाषा परिवर्तनशील छ भन्ने कुरा सर्वमान्य सिद्धान्त हो। त्यस्तै अन्य भाषाको प्रभाव या मिश्रण भाषिक परिवर्तनको एउटा प्रमुख कारण हो भन्ने कुरा पनि सर्वमान्य सिद्धान्त हो। तर विरोधाभाष नै भन्नु पर्छ भाषिक परिवर्तन अपरिहार्य हुन्छ भनेर जान्दा-जान्दै पनि हामीहरूमध्ये कतिपय व्यक्तिहरू नेपाली भाषालाई अङ्ग्रेजीको प्रभावबाट मुक्त राखेर वा नेपाली भाषामा प्रयुक्त अङ्ग्रेजी शब्द हटाएर यसको अस्तित्व र पहिचान जोगाउन कम्मर कसेर लागिपरेका छौँ।

कुनै पनि भाषालाई नयाँ विचार सम्प्रेषण गर्न र नयाँ वस्तुको नामाकरण गर्न नयाँ शब्दको खाँचो पर्दछ। यसका लागि सम्बन्धित मातृभाषामा शब्द नभए या उपयुक्त नयाँ शब्द निर्माण गर्न असम्भव भए अन्य भाषाबाट शब्द सापटी लिनुपर्ने आवश्यकता पर्दछ। केही समयपछि उस्ता आगन्तुक शब्दहरू मातृभाषाका शब्दहरू सरह आमप्रयोगमा आउने गर्छन्। तसर्थ उपयुक्त प्रयोजनका लागि सापटी लिइएका अङ्ग्रेजी शब्दहरूबाट नेपाली भाषाको अस्तित्व र पहिचान मेटिन्छ भनेर आत्तिनुपर्ने कुनै कारण छैन।

यहाँनेर एउटा कुरा प्रष्ट पार्नुपर्ने देखिन्छ, कसै-कसैले नेपाली जनज्रि्रो या लोकभाषा हुँदै लोकगीतमा समेत लयबद्ध भइसकेका कतिपय अङ्ग्रेजी शब्दहरूको नेपाली रूपान्तर गरी प्रयोग गर्न लागेको पाइएको छ। तिनीहरूले नेपाली भाषामा घुलमिल भइसकेको अङ्ग्रेजी शब्द ‘रेल’लाई ‘डिब्बेगाडी’ र कसैले ‘लौहपथ गामिनी’ (फलामे बाटो हिंड्ने) भनेर प्रयोग गरेका छन्। त्यस्तै ‘मोबाइल फोन’ लाई ‘घुम्ती ध्वनीयन्त्र’, ‘मिसकल’ लाई ‘जनाउ घण्टी’, ‘टाइ’ लाई ‘कण्ठबन्धक’, ‘लिफ्ट’ लाई ‘विद्युतीय भर्‍याङ’ भन्ने नाम राखेका छन्। यस्तो अस्वाभाविक र धेरै अर्थ लाग्ने गरी गरिएको नेपालीकरणले सम्बन्धित अङ्ग्रेजी शब्दको शाब्दिक अर्थ, ‘भावना’ र सांकेतिक अर्थ -ऋयललयतबतष्यल) लाई समेट्न सकेको छैन।

यसरी सरल र छोटो अङ्ग्रेजी शब्दको उट्पट्याङ तरिकाले नेपालीकरण या नेपालीकरणको नाममा संस्कृतिकरण  गरेर झनै लामो र असजिलो गराउनुभन्दा प्रयोगमा आइसकेका अङ्ग्रेजी शब्दहरूलाई सहर्ष स्वीकार गरी नयाँ आगन्तुक शब्द तथा माथि उल्लेख भएअनुसारका ‘नेपाङ्गे्रजी’ वाक्यहरूप्रति भाषिक उदारता देखाएर नेपाली भाषालाई अझै धनि र स्रोतसम्पन्न बनाउनु आजको आवश्यकता हो।

अन्त्यमा, नेपाली भाषालाई माया गर्नु भनेको उसलाई विकासको गतिमा अघि बढ्न दिनु हो। आवश्यकताअनुसार अन्य राष्ट्रिय भाषा तथा अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजीबाट पनि शब्द सापटी लिएर शब्दभण्डार बनाउनु हो। आजको बदलिँदो विश्वमा देखिएका सम्पूर्ण नयाँ विचार, सिद्धान्त र अवधारणाको अभिव्यक्ति तथा आविस्कृत अत्याधुनिक वस्तुहरूको नामाकरण गर्न नेपाली भाषा सक्षम छ भन्न सकिँदैन। यस अर्थमा पनि नेपाली भाषामा अङ्ग्रेजी भाषाका शब्दहरूको मिश्रण हुनु अपरिहार्य देखिन्छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width