नेपालीत्वको रक्षाको लागि एकमात्र विकल्प प्राचीन वैदिक सभ्यता

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७२

विश्व मानव विकासका विभिन्न सभ्यताहरू मिश्रको प्राचीन सभ्यता, सिन्धु घाँटीको सभ्यता, ग्रीसको सभ्यता, रोमन सभ्यतालगायत अति प्राचीन सभ्यतामा वैदिक (ऋग्वैदिक वा पूर्व वैदिककाल, उत्तर वैदिककाल) सभ्यताहरू पर्दछन्। यसै वैदिक सभ्यताअन्तर्गत हिमवत श्रृङ्खलमा अवस्थित मानव सभ्यता अन्य सभ्यता भन्दा प्राचीन सभ्यता हो। यस सभ्यताको सम्बन्ध प्राचीन ऋषिमुनिकालीन सभ्यतासँग जोडिएको पाइन्छ। जुन सभ्यताका निरन्तरताको कसी नै हाम्रा धार्मिक ग्रन्थहरू जस्तै वेद, उपनिषद्, पुराण, महाभारत, गीतामा विश्लेषण गरिएका नीति तथा वचनहरू साथसाथै त्यस सभ्यतासँग प्रत्यक्ष जोडिएका हाम्रो समाजका नाम, थर र गोत्रहरू हुन्। जसलाई वैदिक सनातन धर्म, संस्कृतिले पुकारिन्छ। मानव अस्तित्वको लागि प्राचीन वैदिक सभ्यता एक पूर्ण सभ्यता हो। यस सभ्यताको संस्कृति, संस्कार जस्तो कि खानपान, भेषभूषा, शिक्षा, स्वास्थ्य लगायत राजनीति, कूटनीति, आर्थिक, साँस्कृतिकलगायत प्राकृतिक वनस्पति, जीवजनावरको विशेष ज्ञानबाट पनि यो सभ्यता पूर्ण सभ्यताबाट परिचित छ। त्यतिबेलाको समाजमा लै·कि, भाषिक अर्थात् अन्य कुनै दृष्टिकोणले भेदभाव थिएन। अत्यन्त सभ्य संस्कारयुक्त समाज थियो। भेद रहित संस्कृतिभित्र विभिन्न भाषाभाषी, जातजाति, धर्म सम्प्रदाय अटेका थिए। मिलेर बसेका थिए। एक आपसमा सहिष्णुताको भावना रहेको प्राचीन ग्रन्थहरूको अध्ययनबाट पाइन्छ। जुन सभ्यता नै नेपालीत्वको रक्षा गर्ने एक मात्र सभ्यता मानिन्छ।

यसअन्तर्गत पर्ने जातजाति, भाषाभाषी, धार्मिक आस्थाहरू प्राचीनकालदेखि निरन्तर रूपमा वंश परम्परा अनुसार आफ्नो अस्तित्व बचाइरहेका छन्। कुनै एक जाति, भाषा, समूह, सम्प्रदायले अर्कोलाई उपेक्षा नगरी आपसमा बन्धुबान्धव, असल छिमेकीको सम्बन्ध राखी सहिष्णुताको व्यवहार गर्दै आएका थिए जुन आजसम्म पनि कायमै पाइन्छ। सुन्दर हिमश्रृङ्खलाको काखमा रही सामुन्द्रिक तटवत क्षेत्रसम्म फैलिएको एक स्वतन्त्र सार्वभौम राष्ट्र नेपालका बासिन्दाहरू आजसम्म कुनै अर्को राष्ट्रको उपनिवेषको रूपमा बस्नुपरेको छैन। आफ्नो अस्तित्व, भूगोल, धर्म, संस्कारको जगेर्ना, नेपालित्वको रक्षा गर्नका लागि बेलाबेलामा भएका बाहिरी दुश्मनहरूको आक्रमणबाट बच्न एकआपसमा अपनत्वको भावना लिई शत्रुलाई परास्त गरेको इतिहास साक्षी छ। वीर बहादुर नेपाली नामले विश्वभरि चिनिएको इतिहास हाम्रोसामु छिपेको छैन। विदेशी शक्ति कोहीकसैसँग कहिल्यै झुकेनन् हाम्रा वीर पुखाहरू। बरु प्राण आहुती गरी वीरगति प्राप्त गरे आत्मसमर्पण कहिल्यै गरेनन्। आन्तरिक रूपमा आफ्ना वंशज, जातजाति, धर्म सस्कृत्रि्रति कहिल्यै पनि तेरो मेरो भावना उत्पन्न भएन। कहिँकतै आपसमा मनमुटाव हुने खालका जातीय, धार्मिक युद्ध आजसम्म भएका छैनन्। हाल बढ्दै गएको हाम्रो परनिर्भरता, कर्मप्रति उदासीनता, शारीरिक सुख सुविधा एवं छोटो समयमा अकूत अर्थोपार्जन गर्ने लोभ लालसले सामान्य रूपमा सीमित व्यक्ति सम्पन्न भए तापनि समग्र रूपमा हाम्रो देश कङ्गालीकरणतर्फ, गरिबीता, दरिद्रता, मानसिकताको चंगुलमा फसेको छ।

वैदिक सनातन सभ्यताअन्तर्गत हिमालयदेखि सामुन्द्रिक तटवत क्षेत्रमा बसोवास गर्ने बासिन्दालाई हिन्दू नामले पुकारेकाले राजा महेन्द्रले नेपाल अधिराज्यको संविधान २०१९ मा नेपाल एक हिन्दू राष्ट्र भनी उल्लेख गरेको २०४६ सालको संविधानमा पनि यसरी नै संविधानमको प्रस्तावनामा नै हिन्दू राष्ट्र लेखिनुले अन्य सम्प्रदाय अन्य धर्म सम्प्रदायमा आँच आएको हुन सक्छ। तर नेपालमा बसोवास गर्ने सबै धर्म संस्कृतिहरू वैदिक सनातन धर्म संस्कृतिकै छत्रछायाँभित्र रहेको र एउटै नेपालीत्वको भावनाभित्र रहेकाले वैदिक सनातन धर्ममाथि कोहीकसैलाई आपत्ति हुँदैन। सबै भाषा,भाषी, धर्म संस्कारको संरक्षण गर्ने नै वैदिक सभ्यता हो। पञ्चायतकालमा पञ्चायती व्यवस्था टिकाउनका निम्ति हिन्दू भन्ने शब्द उल्लेख गरी संविधान जारी गरिएकोले हिन्दू धर्मको बढी चर्चा हुन पुग्यो हाम्रा पूर्वजहरूबाट नै वैदिक सभ्यतालाई हिन्दू धर्मको नाम दिएर ग्रन्थ शाश्वत नभएका नीति, नियम, संस्कारहरू उजागर गरी विभिन्न जातजातिको सिंढी खडा गरी अपभ्र्रमित बनाएका हुन्। महिलालाई दबाब दिने खालका दमनकारी कुसंस्कारहरूको सिर्जना गर्दै वैदिक सनातन धर्मलाई हिन्दू धर्मको नाउँबाट कलङ्कित बनाइएका हुन्। अर्थात् हिन्दू धर्म मान्छु भन्ने यसको संस्कारगत धारण नगर्ने हुँदा यसप्रतिको कट्टरता भावना नभई भित्रभित्र आफूखुसी, मनोमानी कार्यहरू गर्ने, बाहिर ठूला-ठूला आदर्श व्यक्त गर्दा यस धर्मप्रति नै ठूलो प्रश्न चिन्ह खडा गर्नेखालको स्थिति पैदा हुँदै गएको हो। गर्नुपर्ने कर्तव्य र मान्नुपर्ने मूल्य मान्यताहरू छोड्दै जाने तर बेद, पुराण, उपनिषद्मा हुँदै नभएका जातजातिमा -ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र), छुवाछूत, उँचनिच, सानोठूलो लगायत पानी बाराबार संस्कारको खडा गरी विविधता सिर्जना भयो। के कसरी कुन निकायबाट यस्ता विभेदका कुरीतिहरू घुसे जुन कार्यले वैदिक सभ्यतालाई आँच पुर्‍याउने सङ्केत आएको छ। यसरी धर्ममा भएका कमजोरीपनको मौका छोपी विदेशीहरूले क्रमिक रूपमा विभिन्न प्रलोभन देखाई हामीले अँगाल्दै आएका मूल्यमान्यता र संस्कार, संस्कृतिलाई तहसनहस बनाउने रणनीति अपनाएका छन्। सहयोगी गर्ने नाउँमा धर्म परिवर्तन गराएका छन्। आफ्ना मूल्यमान्यता बेची धर्म परिवर्तन गर्नेहरूको काँधमा चढी अर्बाैं विदेशी डलरको प्रभावमा परी सीमित व्यक्तित्वलगायत हाम्रा नेताहरू धर्म सापेक्ष, निरपेक्ष अर्थात् स्वतन्त्रता नाम दिई भित्रभित्र घूसपैठ गरिरहेका छन्। धार्मिक कार्यक्रममा उपस्थित हुँदा आस्तिक भजनकीतन भक्तिभाव राख्ने तर आफ्नो धर्म बाहिरका कार्यक्रममा जाँदा तिमीहरूको लागि नै हामीले धर्म निरपेक्षता गरेको भन्नेजस्ता द्वैध अभिव्यक्ति दिएका छन्। अब वैदेशिक हस्तक्षेप, भविष्यमा हुने धार्मिक द्वन्द्वबाट बच्न, नेपालको अस्तित्व कायम राखिराख्ने एक मात्र आधार सनातन वैदिक धर्म परम्पराको अक्षुण्णता हो। हिमालयन वैदिक सभ्यताको निरन्तरता नै नेपालीको पहिचान हो।

स्थानीय क्षेत्रका जल, जमिन, जङ्गल वनस्पति जडीबुटीहरू प्राचीन समयदेखि नै अस्तित्वमा रहीरहेका पशुपन्छी, घर पालुवा जनावरलगायत बिहान बेलुकीको दिनचर्या लागि उपभोग गरिने विभिन्न खाद्यान्न बालीहरू, पुनः उत्पादनका लागि बिउविजन जति पनि स्थानीयत्वमा पाइन्छन् यिनीहरूको अस्तित्वसँग नेपालीहरूको पनि अस्तित्व गासिएकोले यिनको उचित संरक्षण र वृद्धि विकास गर्नु आवश्यक छ।

खस्कदै गइरहेको अर्थतन्त्रलाई उजागर गर्ने, निर्यातमुखी भन्दा आयतमुखी अर्थतन्त्रलाई पूर्णरूपमा निरुत्साहित गरि, हर क्षेत्रमा विदेशी मुख ताक्नुपर्ने अवस्थामा, हाम्रो भूभागमा भएका प्राकृतिक सम्पदाको महत्त्व बुझी तिनीहरूलाई सही प्रयोगमा ल्याउनका निम्ति आवश्यक रणनीति अपनाउनुपर्ने, साना साना घरेलु उद्योग खोल्न बढावा दिने सोका लागि सरल सहज ऋण उपलब्ध गराई उद्योग धन्दा खोल्न प्रश्रय दिइनुपर्ने। स्वदेशका युवाहरूलाई स्थानीय प्राकृतिक सम्पदाहरूको उजागर गर्नेखालका शिक्षा सीपको विकास गरी उद्योगधन्दाको लागि चाहिने आवश्यक जनशक्ति उत्पादन गरी स्वरोजगार सिर्जना गर्नुपर्ने। वैदेशिक रोजगार र शिक्षाको लागि भनी विदेश अध्ययन गर्न जानेहरूलाई विदेश पलायनबाट रोकी आफ्नै मुलुकमा केही गरौं भन्ने संस्कार जगाउने वातावरण सिर्जना गर्नुपर्ने। यसरी स्वदेशी माटो, स्वदेशी उद्योग उर्जाशील जनशक्ति रोकथामको अभियान ल्याउन सकेमा हामीले हाम्रो प्राचीन सब्यता वैदिक सभ्यताको मर्मलाई आत्मसाथ गरेको ठानिन्थ्यो। आफ्नो भाषा, धर्म, सीप, जागर, बुद्धि, विवेक नेपालमै लगाउन सकेमा मात्र हामी खुला दिलले नेपाली हुँ भन्ने गर्भ गर्न लायक हुने थियौं। हरेक नेपाली नागरिकले यस्ता कुरामा बेलैमा सचेत भएनौं भने हामी सधैँ रोजीरोटीको लागि विदेशिने लालचमा हामीमा बढीमा विदेशीको चौकीदार बन्ने मात्र योग्यता प्राप्त हुनेछ। उनीहरूका औद्योगिक कम्पनीका लागि दासदासीको रूपमा बिक्रीयोग्य बनिनेछ। बहादुर नेपालीको साटो कान्छा कान्छीको रूपमा परिचित भइनेछ। बाँकी रहेका बुढाखाडा जनहरू सम्भ्रान्त मुलुकहरूले प्रथम प्रायोगिक प्रयोगशालाका रूपमा परीक्षण गरिने मुसा र भ्यागुता बन्न अभ्रि्रेरित गर्नेछन्। हाम्रो प्राचीन वैदिक संस्कार पूर्णरूपमा लोप भएर जानेछ।

अहिलेको प्राकृतिक विपत्तिले नेपाल आर्थिक सम्पन्नताको दृष्टिकोणले विश्वका अन्य विकासोन्मुख राष्ट्रका तुलनामा २० सौं वर्ष पछाडि धकेलिन पुगेको छ। यसमा राजनीतिक दल एवं सरकारी कृतिम घृणित कुकार्यले थप टेवा पुर्‍याएका छन्। भ्रष्टाचारमा मुछिएका, राजनीतिमा पछाडि परेका, तीव्र भोगविलासमा लालयित गोजीप्रेमी नेताहरूले करोडौं नेपालीहरूको बुद्धिको चाबी घुमाइरहेका छन्। नेपाली जनलाई जुधाई युद्ध मैदानमा होमिन उर्जा दिइरहेका छन्। देशको भूगोल, संस्कृति एवं संस्कार सुहाउँदोे वैज्ञानिक सोचबिना नै ‘मुतको न्यानोु भने जस्ता हुनै नसक्ने देशले पच्नै नसक्ने फाल्तु कुसंस्कारयुक्त विचारहरू बेला बेलामा तुरुप फालेका छन्। भोट बैंकर र आफ्नो शीघ्रातिशीघ्र आत्मालाभको दाउपेचका लागि लागिपरेका छन्। बक्सिस रूपमा पाएको अर्बौ डलर भित्र्याई नेपाललाई विश्वको दास उत्पादन गर्ने उद्योगको रूपमा रूपान्तरण गर्दैछन्। त्यसैले हरेक सच्चा देशप्रेमी नेपालीको रौं रौंबाट सोच्ने बेला आएको छ, हामी सधैँ अर्काको दास बन्ने कि आफ्नो राष्ट्रमा केही गरी मालिक बन्ने।

निरन्तर खस्कँदै गइरहेको अर्थतन्त्र, बढ्दो सामाजिक विषमता, धार्मिक स्खलन, संस्कार एवं संस्कृतिमा प्रदूषण, नीति र चरित्रबिनाको शिक्षा, मूल्य र मान्यताबिनाको व्यक्ति-व्यक्तित्व जस्ता प्रतिकूलतापूर्ण अवस्था र थोपरिएको धार्मिक परिभाषाले यतिबेला हाम्रो देश नेपाल नराम्रोसँग थिलथिलिएको मात्र नभइ आफ्नो मौलिक पहिचानबाट पृथक हुँदै गइरहेको छ। शान्त तलाउमा कहिले चन्द्र सूर्यको जस्तो अटल सौर्य र शान्त राष्ट्रको प्रतीकमा रहेको राष्ट्रिय झण्डा फेर्र्नुपर्ने बहस चलाइन्छ भने कहिले सर्वभावको धर्मलाई संकुचित गर्दै धर्म निरपेक्ष/स्वतन्त्रताको शब्दावलीको आवरणमा धार्मिक असहिष्णुताबाट धार्मिक उन्माद सिर्जना गरेर मुलुक नै विखण्डनको दिशातर्फ उन्मुख गराउने प्रयास भएको देखिँदैछ। ठीक यति नै बेला मुलुकको अस्तित्वको मूल दस्तावेज ‘संविधानु निमार्ण हुँदैछ जसद्वारा माथि उल्लेखित अवस्थालाई सम्बोधन गर्दै यो मुलुकको स्वरुप खडा गरेर हालसम्म एउटा स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्रको अस्तित्व कायम राखिराख्ने एकमात्र आधार सनातन वैदिक धर्म परम्पराको अक्षुण्णता समेतको स्पष्ट किटान हुने गरी मुलुकको दुर्इ तिहाई भन्दा बढीको जनमतलाई पूर्णरूपले अनुशरण गर्दै प्रस्तावित संविधानको प्रस्तावनामै राज्यको धर्म ‘वैदिक सनातन धर्म तथा संस्कार र संस्कृति अक्षुण्ण रहनेछु भन्ने स्पष्ट उल्लेख गरि नेपालीत्वको रक्षा गर्नु एक मात्र विकल्प रहनेछ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width