नेपाललाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ ?

premadhikari प्रेम अधिकारी
जेठ २१, २०७७

१. तराईमा अन्नबाली उत्पादन केन्द्रको स्थापना

सबै नेपाली जनतालाई एक बर्षको लागि कति धान, मकै, कोदो, गहुँ, तोरि,दाल वा अन्य खाद्य पदार्थ चाहिन्छ सोको आकलना गरि त्यति खाद्य पदार्थ उत्पादन गर्न कति जमिन चाहिन्छ सोको व्यवस्था गरि तराईका विभिन्न ठाउँमा उत्पादन केन्द्रहरु बनाउने । त्यस्ता उत्पादन केन्द्रमा कम्तिमा पाचसय कृषि मजदुरलाई कामदिन सक्ने क्षमताको बनाउने । त्यहाँ काम गर्ने मजदुरहरुलाई सोही ठाउँमा एकीकृत बस्तीको व्यवस्था गर्ने । यस्ता बस्तीहरुमा खानेपानी बत्ती बाटोको उचित व्यवस्था गर्ने । बत्तिको लागि सौर्य उर्जा र इन्धनको लागि बायो ग्यासको व्यवस्था गर्ने । यस्ता बस्तीमा स्कुल कलेज स्वास्थ चौकी साझा पसल र आफुलाई चाहिने चिजहरुको सामुहिक खरिद व्यवस्था गर्ने । यस्ता उत्पादन केन्द्रहरुमा काम गर्ने मजदुर न्यून आय भएका र वैदेशिक रोजगारीबाट फर्किएकाहरु बाटलिने र यिनीहरुलाई न्युनतम मासिक तलब र उत्पादन तथा फाइदाको आधारमा प्रयाप्त बोनसको व्यवस्था गर्ने ।

२.शीत भण्डारको स्थापना

तराईका उत्पादन केन्द्रबाट उत्पादित कतिपय बस्तुहरु शीत भन्डार गरि राख्नु पर्ने भएकोले उत्पादन केन्द्र बाट हिमाल सम्म रोपवे को व्यवस्था गर्ने ताकी हिमालमा लगेर थन्क्याउदा शीत भन्डार गर्ने घर र चिस्यानको लागि बिजुलिको प्रयोग गर्न नपरोस् र सामान्य तारवार गरेर राख्न सकियोस । यस्ता शितभन्डारबाट प्रतिकुल मौसममा ती चिजहरु पाहाड र तराईका एकीकृत बस्ती र सहरका उपभोक्ताहरुलाई रोपवे मार्फतनै सहज ढङ्गले पुर्‍याउन रोपवेको व्यवस्था गर्ने ।

३. हिमालमा पशुपालन र फलफूल खेती

हिमाली खण्डमा ठूलाठूला खर्कहरुको स्थापना गरि प्राकृतिक रुपलेनै भेडा च्यांग्रा पालनको व्यवस्था गर्ने र हिमाली भेकमा हुने फलफूल उत्पादन केन्द्रहरुको स्थापना गर्ने, यी उत्पादन केन्द्र र तराईका उत्पादन केन्द्रहरुलाई रोपवे मार्फत जोड्ने काम गर्ने ।

मल प्रयाप्त भएपछि जमिन उर्वर हुन्छ र बिस्तारै उत्पादन समेत लिन सकिन्छ । अर्गानिक मल प्याकिजिङ गरि किसानहरुलाई बेच्न सकिन्छ । असाद्दै बिपन्न र जोखिम मोल्न नसक्नेहरुले पनि झारपात सेउला जम्मा गरेर बेचेर जीवन निर्वाह गर्न सक्छन् । सारै अशक्त जस्ले झारपात सेउला जम्मा गरेर बोकेर लान सक्दैन उस्ले पनि झारपात सेउला जम्मा गरेर डढाएर खरानी बिक्री गरि आफ्नो बृत्ति चलाउन सक्छ । यस्तो होस् कि कहि झार पलाए पनि मान्छेले त्यसमा पैसा देखोस् ।

४. श्रम शिविरहरुको स्थापना

अहिले भएका जेलहरुलाई तराईमा उत्पादन केन्द्रहरु स्थापना गरि त्यहाँ सार्ने र ती उत्पादन केन्द्रहरुमा बन्दिजीवन बिताइरहेका कैदीहरुलाई उत्पादन कार्यमा लगाइ खानबस्न र न्युनतम पारिश्रमिकको व्यवस्था गर्ने र जेल जीवन भुक्तानीको साथै उत्पादन कार्यमा पनि लगाउने ।

५. उपचार केन्द्रहरुको स्थापना

अहिले भैराखेका जेलहरुलाई आवसीय हस्पिटलको रुपमा र Care centre को रुपमा स्थापना गर्ने ।

६. माछा पालन

माछामा देशलाई आत्मनिर्भर बनाउन देशभरी माछा पोखरीको स्थापना गर्ने । सोको लागि खोला खास्ली जहाँ जेजसरी थुनेर पोखरी निर्माण गर्न सकिन्छ गर्ने । देशैं भरी व्यापक रुपमा माछा पोखरीको स्थापना गर्ने र समुहिक रुपले माछा पालन र उपभोगको जिम्मा सम्बन्धित ठाउँका जनतालाई दिने ।

७. जङ्गलको व्यवस्थापन

अहिले भैराखेका जङ्गलहरु जहाँ उपयोगी बिरुवाहरु छैनन् केवल हरियालीको लागि मात्र राखिएको छ त्यस्ता जङ्गलहरुलाई बिस्थापन गरि त्यहाँ हुन सक्ने उपयोगी बिरुवाहरु जस्तो आँप,कटहर,लप्सी,अमला,टिमुर आदि अन्य उपयोगी बिरुवाहरु लगाउने । कतिपय जङ्गलहरुमा प्राकृतिक रुपलेनै पालन गरि भैसे जङ्गल, बाख्रे जङ्गल, भेडे जङ्गल, मृगे जङ्गल, कालिज जङ्गलको रुपमा स्थापना गर्ने ।

८. ग्रामीण स्वाबलम्बन कार्यक्रम ।

नेपालका गाउहरुलाई आत्मनिर्भर बनाउन र स्वरोजगारको सृजना गर्नको लागि देहाय बमोजिमका कामहरु सन्चालन गर्नु पर्ने देखिन्छ । विशेष गरि पाहाडको लागि ।

१. उत्पादन केन्द्रहरुको स्थापनाः

पाहड्मा अन्नजन्य कुराहरु जस्तै धान कोदो मकै उत्पाद्न गरेर खासै फाइदा लिन नसक्ने भएकोले यस्तो ठाउँमा निम्न लिखित उत्पादन फर्महरुको स्थापना गर्ने ।

१.भैंसी पालन, २.गाइपालन, ३.बाख्रा, ४.कुखुरा, ५.टर्की, ६.बट्टाई, ७.हाँस, ८.माछा, ९.मौरी, १०.कालिज, ११.खरायो, १२.भेडा, १३.बङ्गुर

यी फर्महरु स्थापना गर्नको लागि उपयुक्त जमिनको पहिचान गरि गाउँपालिकाले सबै भौतिक पूर्वाधारहरुको स्थापना गर्ने र उल्लेखित चिजहरु पाल्न इच्छुक व्यक्तिहरुलाई दिने र उत्पादित बस्तुको बजारीकरण गाउँपालिकाले गरिदिने ।

यिनीहरुको आहार व्यवस्थापन कसरी गर्ने

१. गाई र भैंसीको लागिः

कम्तिमा एकठाउँमा दुइसय जति गाई भैंसीको लागि पुग्ने जमिनको व्यवस्था गरि त्यस्लाई तारवार गर्ने त्यहाँ भित्र जमिनलार्ई सातभागमा विभाजन गरि एकदिन एकठाउँमा र अर्कोदिन अर्को ठाउँमा चराउने व्यवस्था गर्ने, तेहि भित्र पिउने पानी र नुनको व्यवस्था गरि आवस्यक परे आफै नुन चाट्ने र पानी पिउने गराउने । भरिसक्य उनीहरु आफै चरेर बाचुन् भनेर प्रयाप्त चरनको व्यवस्था गर्ने । अशक्त, ब्याउने र दुधदिने बाहेक अरुलाई बाधेर नपाल्ने । आफै प्राकृतिक रुपले बाँच्न लगाउने ताकी मानव श्रम कम खर्च होस् । गाइभैसी छनोट गर्दा लोकल वा लोकलसँग क्रस भएको छनोट गर्ने । Creem seperetar को व्यवस्था गरि आवश्यकता अनुसर दुधबाट Creem छुट्याएर राख्ने । पशुपन्छी आहारको लागि fodder system को व्यवस्था गर्ने ।

२.बाख्रा भेडा र खरायोको लागिः

पाहारिलो जमिनको छनोट गरि तारवार लगाइ भेडा बाख्रा खरायो बाहिर जान नसक्ने र बाहिरी जनाबरले पनि उनीहरुलाई आक्रमण गर्न नसक्ने बनाउने । त्यो एरियालाई सातभागमा विभाजन गरि प्रतेकदिन एक एक ठाउँमा चराउने व्यवस्था गर्ने । घाँस प्रयाप्त मात्रमा लगाउने । नुन र पानी आवश्यकता अनुसार आफै खाने व्यवस्था गर्ने । अशक्त र ब्याउने बाहेक बाधेर नपाल्ने ताकी मानव श्रम कम खर्च होस् । जात छनोट गर्दा लोकल वा लोकलसँग क्रस गराएको छनोट गर्ने । बाख्रालार्ई मृग र भेडालाई च्याङ्रासँग क्रस गराउने।बाख्रा फर्म मा बाख्राको सङ्ख्या हेरि भाले मृग राख्ने ।

३. कुखुरा, बट्टाइ, टर्की, कालिजको लागिः

उपयुक्त जमिन छनोट गरि तारवार लगाई माथि समेत तार लगाएर उडेर अन्त जान नसक्ने बनाएर केज तयार पार्ने उक्त केज भित्र खाने पानी तथा घाँसको प्रयाप्त व्यवस्था गर्ने । मानवीय श्रम कम खर्च गरि प्राकृतिक रुपले नै बाच्न सिकाउने र आवश्यक चाहाराको व्यवस्था बाहिरबाट मिलाउने । कुखुरालाई जङ्गली कालिजसँग क्रस गराउने ।

४. बङ्गुर, हाँस र माछाको लागिः

यिनीहरुको व्यवस्थापन पानी प्रयाप्त भएको पाहारिलो भिरालो जमिनमा गर्ने । सबभन्दा माथि बङ्गुर तेसपछी माछा र हाँसको व्यवस्थापन गर्ने । बङ्गुर छनोट गर्दा लोकललाई प्राथमिकता दिने । बङुरको दिशा माछाको लागि खाना हुने हुनाले र हाँसले पोखरीको पानी चलाई राख्ने हुनाले सँगै व्यवस्थापन गर्ने ।

यसबाट पर्ने प्रभावः

धेरै रोजगारको सृजना हुन्छ । माछा मासु फ्रेस सप्लाई हुन नसक्ने अवस्थामा फ्रीजन गरेर राख्ने र सटेज भएको अवस्थामा सप्लाई गर्न सकिन्छ । ड्रायरहरुको व्यवस्था गरि ड्राइमिट सप्लाई गर्न सकिन्छ । यसरी उत्पादित मासुपूर्ण अर्गानिक हुनेहुनाले प्रयाप्त फाइदा लिन सकिन्छ ।

२.बोटबिरुवा तथा फलफूलका बिरुवा उत्पादनको लागि नर्सरीको स्थापना:

निम्नलिखित बिरुवाहरुको उत्पादनको लागि गाउँपालिकाले नर्सरीको स्थापना गरि व्यक्तिको इच्छा अनुसार बिरुवा उत्पादन गरि किसानहरुलाई लगाउन लगाउने
१.सालको बिरुवा, २.सल्लोको बिरुवा, ३.बाँस, ४.कागती, ५.निबुवा, ६.ओखर, ७.लब्सी, ८.अमला, ९.रुख कटहर, १०.आरु, ११.अम्बा, १२.मेवा, १३. भैकटहर, १४.आँप, १५.अनार, १६.सुन्तला, १७.मेकोडनिया, १८.एबोकार्डो, १९.ड्रागोन फ्रुट, २०.केरा, २१.लिची, २२.अङ्गुर, २३.क्युबी, २४.टिमुर

उपर्युक्त बिरुवाहरुको उत्पादन गर्ने र अनुकुल लगाउने स्थानको समेत पहिचान गरि किसानहरुलाई लगाउन लगाउने र उत्पादित चिजहरुको बजार व्यवस्थापन गाउँपालिकाले गरिदिने ।

यसबाट पर्ने प्रभाव

साल सल्लो बाँस जस्ता बिरुवाहरु खोलाखाल्सी सार्बजनिक जमिन र अन्य कुनै सम्भावना नभएका जमिनमा लगाई जमिनको सदुपयोग गर्न सकिने । अन्य फलफूलको हकमा फ्रेस सप्लाई हुन नसक्ने अवस्थामा जुस जाम अचार सुकुटी बनाई सप्लाई गर्न सकिन्छ र धेरै मान्छेलाई रोजगार दिन सकिन्छ ।

३. मसला जन्य बस्तुको उत्पादन

१.टिमुर, २.अलैची, ३.अदुवा, ४. बेसार, ५.खुर्सानी, ६.मरहटी, ७.जिरा, ८.धनिया, ९.करिपत्ता

आदि बस्तुहरुको उत्पादन घरघरमै गर्न लगाउने र उपयोग गर्न लगाउने । बढी भएकोलार्ई सङ्कलन गरि पिसेर प्याकेजिङ गरि बिक्री गर्ने ता कि सानो रुपमा भएपनि हाम्रो उत्पाद्न हरेकको भान्सामा प्रतेक दिन पुगोस् ।

४.मलखादको स्थापना

उत्पादनको लागि मलको आवश्यक पर्ने हुनाले अनुकुल ठाउँँ हेरि मलखादको स्थापना गर्ने र सोको लागि चाहिने चिज उचित मूल्यमा किसानहरु बाट खरिद गर्ने ।

कुनै पनि कुहिने चिज जस्तो
१.पातपतिङ्गर तथा सेउला
२.तितेपाती तथा सोत्तर
३.गाई भौसिको मल
४.गाई भैंसीको पिसाब
५.मान्छेको पिसाब
६.खरानी
७.कुखुरा बटाइको मल
८.कलिलो घाँस
९.मरेको जनाबर

यसबाट पर्ने प्रभावः

मल प्रयाप्त भएपछि जमिन उर्वर हुन्छ र बिस्तारै उत्पादन समेत लिन सकिन्छ । अर्गानिक मल प्याकिजिङ गरि किसानहरुलाई बेच्न सकिन्छ ।असाद्दै बिपन्न र जोखिम मोल्न नसक्नेहरुले पनि झारपात सेउला जम्मा गरेर बेचेर जीवन निर्वाह गर्न सक्छन् । सारै अशक्त जस्ले झारपात सेउला जम्मा गरेर बोकेर लान सक्दैन उस्ले पनि झारपात सेउला जम्मा गरेर डढाएर खरानी बिक्री गरि आफ्नो बृत्ति चलाउन सक्छ । यस्तो होस् कि कहि झार पलाए पनि मान्छेले त्यसमा पैसा देखोस् ।
५. कीट नासक विषादीको उत्पादन

वालिनालिमा विभिन्न किसिमका जीवाणुहरु लागि क्षति पुर्‍याउने भएकोले गाइको गहुत, तितेपाती, असुरो, निमको पात आदि स्थानीय रुपमा उपलब्ध सामाग्रीको प्रयोग गरि कीट नासक बिषादीको उत्पादन गरि बिक्रीवितरण गर्न स्थानीय कुनै इच्छुक ब्यक्तिलाई दिने । उसले बिषादी उत्पादन गरि बिक्रिवितरण गर्ने र सेवाशुल्क लिने ।

६.एकीकृत बस्तीको स्थापनाः

बस्तीको लागि उपयुक्त ठाउँको पहिचान जस्तो कि बाढिपहिरोको डर नभएको बाटो पानी बत्ति सजिलै पुर्‍याउन सकिने ठाउँको पहिचान गरि गाउँपालिकाले जग्गा अधिकरण गरि कम्तिमा एउटा बस्तीमा दुइसय घर परिबारका लागि घरहरुको निर्माण स्थानीय सामाग्री र ढुङ्गा काट्ने मेसिन राखी कटिङ्ग ढुङ्गाको प्रयोग गर्ने र घर आवश्यक पर्ने व्यक्तिलाई लगाइ घरहरुको निर्माण गर्ने ।

यस्तो एकीकृत बस्तीमा

१. सोलार जडान गरेर बत्तिमा आत्म निर्भर गराउने ।
२. बायोग्यासको स्थापना गरि इन्धनमा पनि आत्मनिर्भर गराउने ।
३. आधुनिक करेसाबारीको स्थापना गरि समयानुकुल तरकारीहरु लगाउन लगाइ तरकारीमा आत्मनिर्भर गराउने ।
४. दुइसय घरधुरिको बीचमा साझा पसलको स्थापना गरि एकजना इच्छुकलाई पसल गर्न लगाउने र आवश्यक पर्ने सामाग्री एकमुष्ट खरिद गर्ने व्यवस्था गर्ने
५. स्वास्थ चौकी स्कुल कलेज आदिको आवश्ष्यता हेरि स्थापना गर्ने ।
६. इन्टर्नेटको व्यवस्था साथै मठमन्दिर पार्क जिमहल आदिको स्थापना गर्ने
८. एकीकृत बस्तीबाट उत्पादन केन्द्र सम्म जाने बाटोघाटो सहज व्यवस्थापन गर्ने । यस्ता बाटो निर्माण गर्दा बाटोमा ढुङ्गा सोलिङ गरेर माथिबाट रोलरले पेल्ने । भरिसक्य सिमेट र अलकत्राको प्रयोग कम गर्ने ।
९. यस्ता बस्तीको स्थापना गर्दा आफ्नो जातजाती धर्म सँस्कृति मिल्ने गरि स्थापना गर्ने ।
१०. यस्ता बस्तीहरुमा होमस्टेको समेत व्यवस्था गर्ने ।

यस्तो गर्दा गाउँ प्रत्यक्ष रुपमा उत्पादनसँग जोडिने हुनाले जिविकोपार्जनको लागि समस्या पनि नहुने, गाउँ आत्मनिर्भर हुने हुनाले र बसाइ सराइ र विदेश जाने क्रम समेत रोकिने हुन्छ ।

७. केयर सेन्टर (ऋबचभ ऋभचलतभच) हरुको स्थापना

मानिसहरुलाई अशक्त अवस्थामा रेखदेख गर्नु पर्ने हुनाले र प्रतेक मान्छे म अशक्त अवस्थामा के गरुँला भनेर चिन्तित भैरहने हुनाले यमि बनभ कभअगचष्तथ को लागि अबचभ अभलतभच हरुको स्थापना गर्ने यस्ता अबचभ अभलतचभ भनेका आवसीय हस्पिटल जस्तै बनाउने । यस्ता अबचभ अभलतचभ हरुमा आवश्यक डाक्टर र नर्सको व्यवस्था गर्ने ।
यस्ता अबचभ अभलतचभ हुनाले मान्छेमा निम्न प्रभावहरु पर्न जान्छ ।
१. बुढेसकालमा आफुले दुख नपाउने कुराको ग्यारेन्टी भएपछि उस्ले सञ्चित कम गर्छ र बजारमा तरलताको अभाव हुदैन ।
२. बुढेसकालमा सन्ताननै चाहिन्छ भन्नेकुराको महसुस हुदैन र सन्तान उत्पादन कार्यमा पनि कमि आउँछ ।

यस्ता केन्द्रहरुको खर्च कसरी जुट्छ त ।

१. प्रतेक मान्छेलार्ई OACT (old age care tax) लगाउने
२.बृद्धा अवस्थामा अबचभ अभलतचभ मा बस्न जाने कतिपयसँग प्रसस्त सम्पति हुने हुनाले त्यस्ता बृद्धाहरुलाई खुसिपारी तिनीहरुबाट उक्त सम्पत्ति ऐच्छिक दान गराउन सकिने ।
३. ब्यस्त जीवनशैली भएकोले र बृद्धाहरुको रेखदेख गर्ने मान्छे पनि नहुने हुनाले र अधिकाङ्स बृद्धाहरुका सन्तान बिदेश भएकाले प्रयाप्त शुल्क लिन सकिने ।

९.खरिद केन्द्रहरुको स्थापना (बजार व्यवस्थापन)
उपभोग्य चिजहरु सामुहिक रुपले खरिद गर्ने व्यवस्था गर्ने । सोको लागि मासिक रुपले खरिद गर्नु पर्ने चिज जस्तो चामल तेल दाल आदि र दैनिक रुपले खरिद गर्नु पर्ने चिजहरु जस्तो हरियो तरकारी माछामासु दूधका खरिद केन्द्रहरु टोलटोलमा र गाउँगाउँमा स्थापना गर्ने र सो सन्चालनको लागि इच्छुक ब्यक्तिलाई दिने उस्ले उपभोक्तासँग माग सङ्कलन गरि आपुर्ति गर्ने । यसो गरे बापत उस्ले निस्चित प्रतिशत सेवाशुल्क पाउने । माग सङ्कलन फोन मार्फत गर्ने ब्य्बस्था गर्ने । माग गरिएको बस्तुको प्रकृतिहेरी कति समय पछि आपूर्ति गर्न सकिने हो सो को जानाकारी उपभोक्तालार्ई गराउने । यसो गर्दा माग अनुसार बस्तु आपूर्ति हुने र उत्पादित बस्तु खेर नजाने हुन्छ साथै उत्पादित चिज उत्पादक किसानको बाट प्रतक्ष उपभोक्ताकोमा पुग्ने हुनाले किसान र उपभोक्ता दुबै लाभान्बित हुने । अहिलेको जस्तो बिचौलियाको मारमा उपभोक्ता र उत्पादक पर्नु नपर्ने ।

अहिले नेपालका सबै गाउँहरुबाट मानिसहरु विस्तापित भएको र अब वैदेशिक रोजगारी पनि खोसिने अवस्था भएकोले यस्तो अवस्थामा कसरी आम नेपालीलाई नेपालमै आत्मनिर्भर गराउन सकिन्छ भनी यो मेरो निजी विचार हो यहाँहरु सबैको सल्लाह सुझाब अपेक्षित छ । सुझावको लागि ढडछटण्द्धद्दद्दद्धज्ञ मा फोन गर्न सक्नु हुन्छ ।

हाम्रो सुझाव