नेपालमा खाद्य प्रविधि र यसको महत्त्व

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७०

नेपाल कृषि प्रधान देश भनेर चिनिन्छ जहाँ करिब ६५% जनसंख्या कृषिमा आधारित छन् तर पनि यति ठूलो समुदायले उत्पादन गरेको खाद्यान्नले लगभग पौने तीन करोड जनसंख्यालाई खान पुगेको छैन। हाल, नेपालको कुल ग्राहस्थ उत्पादनको ३४% हिस्सा मात्र कृषि लगायतका उत्पादनले योगदान गरेको छ। नेपाल कृषिमा आधारित भएर पनि अधिकाँश जिल्लाहरु खाद्यान्न अभाव हुने भनेर चिनिएका छन्। तराईका खाद्यान्न भण्डारण भनेर चिनिने जिल्लाहरु मोरङ सुनसरी, झापालगायतका जिल्ला पनि अबबाट खाद्य अपुग भनेर चिनिन लागेका छन्। जुन दुःख लाग्दो कुरा हो।

कृषि विज्ञहरुले उत्पादन बढाउनको लागि विभिन्न वैज्ञानिक पद्धतिबाट उत्पादकत्व बढाउने काम गर्छन् भने खाद्य प्राविधिकहरुले उत्पादित वस्तुहरुको उचित प्रशोधन, भण्डारण, प्याकेजि· र वितरणको काम गर्छन् जसबाट खाद्यान्नलाई कमभन्दा कम गुणस्तरमा परिर्वतन हुने गरी व्यवस्थापन गरिन्छ। उत्पादित वस्तु प्रसस्त हुँदा हुँदै पनि नेपालका कतिपय पहाडी र हिमाली क्षेत्रमा खाद्यान्न अपुग भइरहेको छ। जसको मुख्य कारण अन्न भण्डार भनेर चिनिने स्थनबाट ती क्षेत्रमा सजिलै पुर्‍याउन नसकिने पूवको सुनसरी जिल्ला स्थिति धरानको भौगोलिक अवस्थाका कारण हो। नेपालमा वि.सं. २०२९ साल देखिनै डिप्लोमा तहको खाद्य प्रविधि पर्ढाई सुरुवात भए पनि वि.सं. २०३६ सालबाट स्नातक तहको पठनपाठन हुँदै आएको छ। २०५८ सालबाट भने स्नातकोत्तर तह र विद्यावारिधीसम्मको अध्ययन अध्यापन भइरहेको छ।

नेपालमा उत्पादित खाद्य प्राविधिकहरु अन्तर्राष्ट्रिय बजारमा सजिलै बिक्री भइरहेको कुरा ती देशमा काम गर्ने प्राविधिकहरुबाट नै पुष्टि हुन्छ। अफ्रिकादेखि युरोपसम्म अमेरिका, क्यानडा साथै खाडी मुलुकमा पनि नेपाली प्राविधिकहरु अब्बल देखिएका छन्। अहिले एउटा प्रख्यात उखान नै  बनिसकेको छ जापानीज प्रविधि, चाइनिज उपकरण र नेपाली प्राविधिक जुनसुकै देशमा पनि सजिलै टिक्न सक्छन्।

नेपालको परिप्रेक्षमा भन्ने हो भने नेपाल कृषि प्रधान व्यवसायिकमुखी भन्दा पनि निर्वाहमुखी भएका कारण यहाँ उत्पादित कृषि उपजले ठूला उद्योग सञ्चालनको लागि आवश्यक कच्चा पदार्थ पूर्ति गर्न सकिरहेको छैन। त्यसैले भारतलगायतका अन्य मुलुकहरुबाट कच्चा पदार्थ आयात गर्नु परेको छ। वर्तमान समयमा देशको कुल बजेटभन्दा व्यापार घाटा बढी हुन लागेको छ। सन् २०१२ मा मात्र चामल लगायतका खाद्यान्न आयात गर्न आठ अर्ब रुपैयाँ भन्दा बढी रकम विदेशिएको छ।

हाल विश्वको जनसंख्यण ७ विलियन नाघिसकेको छ। जुन दिनानुदिन बढ्दै गइरहेको छ। तर खेतीयोग्य जमिन कुनै न कुनै कारण साँघुरिदै गइरहेको छ जसको प्रत्यक्ष असर विश्वका जनताले भोकमरी, कुपोषण जस्ता समस्याबाट गुज्रिनु पर्ने देखिन्छ। त्यसका लागि कृषि उत्पादकत्वमा ध्यान दिई उत्पादित वस्तुको गुणमा परिर्वतन आउन नदिई खाद्य परिकारको विस्तार, उचित वातावरणमा भण्डारण र वस्तु अनुसारको प्याकेजि· गर्नुपर्ने देखिन्छ। जुन खाद्य प्राविधिकहरुको लागि चुनौति पनि हो। हाल अफ्रिकाका अधिकाँश मुलुक र एसिया महादेशका पनि केही देशहरु खाद्य अधिकारबाट बञ्चित छन्। मुख्य गरी गर्भवती महिला र बालबालिकाहरु पोषिलो खाने कुरा अभावका कारण प्रभावित छन् उनीहरुबाट जन्मने बच्चाहरु पनि (होचा, पुड्का) तथा मानसिक रुपमा ग्रसित छन्। यसले सिर्जित गर्ने समस्या भनेको देशको ठूलो अर्थतन्त्र उनीहरुको स्वास्थ्यका बारेमा खर्च भई देश विकासमासमेत असर पर्न जान्छ।

नेपालको सन्दर्भमा उत्पादित वस्तुको उचित भण्डारण, वितरण, प्रशोधन नहुँदा उत्पादित खाद्यान्नको गुणस्तरमा ह्रास आइरहेको छ। सन् २०१२ को विश्व स्वास्थ्य संगठनले गरेको अधययन अनुसार नेपालका करिब ४९% बालबालिका कुपोषणका कारण शारीरिक तथा मानसिक रुपमा ग्रसित छन्। यसको समाधानका लागि कृषि विज्ञहरुले उत्पादनमा वृद्धि गरेको खाद्यान्नलाई उचित व्यवस्थापनका कारण खाद्यान्नको गुणस्तरलाई लामो अवधिसम्म टिकाई राख्न भण्डारणका समयमा हुन सक्ने चुहावट, मुसा, किरा, चराबाट हुने सक्ने परिणाममा कमी जस्ता समस्यालाई उचित व्यवस्थापन गर्नका लागि र खाद्य प्रशोधन गर्दा ती वस्तुको मूल्यमा वृद्धि गर्नका लागि खाद्य प्राविधिकहरुको भूमिका देखिन्छ।

नेपालमा कृषि मन्त्रालय अन्तर्गत राखिएको खाद्य तथा गुण नियन्त्रण विभागलाई एउटा छुट्टै मन्त्रालय बनाउन नसकिएका कारण पनि यो विभाग कतै न कतै अपा· जस्तो बनेको छ। यसले गर्न सक्ने कामकाजमा अंकुश लगाउने काम पनि भएको छ। नेपाल सन् २००४ बाट विश्व व्यापार संगठनको सदस्य राष्ट्र बनेको छ। जसको मुख्य उद्देश्य भनेको सदस्य राष्ट्रमा बनेको खाद्य तथा अन्य वस्तु सदस्य राष्ट्रमा बिक्री वितरणमा रोक नलाग्नु हो। तर ती वस्तुहरुको गुणस्तरमा भने ध्यान दिइन्छ। नेपालमा उत्पादित वस्तु तथा सेवाहरु अन्य विकसित मुलुकका तुलनामा कमसल हुने भएका कारण ती देशमा सजिलै निर्यात हुन नसक्नु तर ती देशहरुमा बनेको वस्तुहरु सजिलै नेपालमा भित्रिने भएका कारण विश्व व्यापार संगठनको सदस्यता नेपालका लागि व्यापार घाटा बढाउनका लागि मात्र हो कि भन्ने देखिएको छ। तर पनि भूपरिवेष्ठित देशले भोग्दै आएका पारवहनका सन्धी सम्झौताका लागि भने एउटा पेचिलो साधन बनेको छ। विश्व व्यापार संगठनका सदस्य राष्ट्रले नजिकको सामुन्द्रिक बन्दरगाहहरुबाट निर्वाध र अखण्डित रुपमा पारवहन सुविधा पाउने गर्छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खाद्य प्राविधिकले खेल्न सक्ने भूमिका भनेको स्वच्छ तथा सन्तुलित खाद्य वस्तु उत्पादन, देशको नीति तथा नियम निर्माण जसले खाद्य अधिकार तथा पिछडिएका वर्गको उचित पोषणमा जोड र अन्त्यमा एक सबल र सक्षम मानव निर्माण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा केही योगदान गर्न सक्ने मान शक्ति निर्माणका लागि पनि खाद्य प्राविधिकको महत्त्व सान्दर्भिक छ।

(लेखक : खाद्य वैज्ञानिक तथा रिजनल कलेज अफ साइन्स एण्ड टेक्नोलोजीका क्याम्पस प्रमुख हुन्। सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width