नेपालको शैक्षिक नीति

Avatar आशिष थापा
माघ २२, २०७५

चार्ल्स डार्बिनले धेरै अगाडि आफनो किताव Origin of Species मा भनेका थिए कि परिवर्तन जीवनको आधार हो, जीवनमा परिवर्तन मात्रै स्थिर रहन्छ अरु सबै अस्थिर छन्। वास्तवमा ध्यान पूर्वक  नियालेर हेर्दा उनको कुरा किताबमा मात्र सिमित नभई व्यवहारिक जीवनमा समेत लागु हुने देखिन्छ। भागदौड र विलासिताले जकडेको आजभोलिको जीवनशैलीले कुनै नेता, उद्योगी, व्यापारी, कर्मचारीलाई मात्रै नभई विद्यार्थीलाई समेत यसले नराम्रोसंग रंग्याएको छ। प्रविधिको परिवर्तनसंगै आएको छिटो, छरितो र कम खर्चिलो बन्ने धराणाले पौराणिक शिक्षा नीतिलाई ओझेलमा पारेको छ।  आधुनिकताको नाममा विना गुरु पढने शिक्षाले  साच्चैनै समस्या निम्ताएको छ।

विद्यार्थीलाई  शिक्षकले किताबको ज्ञान मात्र नभइ  नैतिक शिक्षा समेत सिकाउनु पर्छ ।  शिक्षकको  पढाउने शैली, शिक्षक (विद्यार्थीको गुरु शिष्य सम्बन्ध  इत्यादि जुन कुराले  उक्त बिषयको  पाठ्यक्रमसंग कुनै  सम्बन्ध त राख्दैन । तै पनि यस्ता कुराहरुले उक्त पाठ्यक्रमको विषयवस्तु अध्ययन तथा अध्यापन गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ तर बिडम्बना छिटो र छोटो समयमा अध्ययन गर्ने नाममा विद्यार्थीहरुले गाइड तथा गेस  पपेरको साहारा लिने र शिक्षक आफु पनि विद्यार्थीलाई आधिकारिक र उत्कृष्ट लेखकका किताबहरु सिफारिस नगरी निम्न स्तरका किताब पढन उक्साउनाले समस्त शिक्षा क्षेत्रलाई नै धराशायी बनाएको छ।

कक्षा १२ सम्मको शिक्षामा अनिवार्य तोकिएको किताबहरु पढ्नुपर्ने हुदा त्यहाँ केही गुणस्तरीयता समालिएको अवस्था छ भने विश्व विद्यालयमा पुग्दा तिनै विद्यार्थीहरु साच्चै नै रनभुल्लमा देखिन्छन्। एउटा निश्चित गोरेटोमा हिँडेका विद्यार्थी विश्वविद्यालय स्तरीय शिक्षा लिन विभिन्न कलेज तथा क्याम्पसमा जाँदा त्यो अवस्थाको सामना गर्दछन। जसले गर्दा अध्ययनशील र जेहेन्दार विद्यार्थीको जमात कम हुदै गएको छ र विभिन्न विश्वविद्यालय, कलेज र क्याम्पस एउटा डिग्री बेच्ने थलो मात्रै बन्न पुगेको छ।

विकसित राष्ट्रहरुमा कुनै विश्वविद्यालय कलेज तथा क्याम्पस टप गर्ने गोल्डमेडलिस्ट विद्यार्थीहरुलाई कुनै खोज, अनुसन्धान तथा अध्यापनमा लगाउने परिपाटी छ।  जसले गर्दा ती सीप र कला भएका विद्यार्थी आफनो  क्षमताको कदर गर्दै त्यसै क्षेत्रमा लाग्छन् र जसको कारणले राष्ट्रले विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार जस्तै नोबेल पुरस्कारसम्म प्राप्त गर्दछ।  शैक्षिक संस्थामा  विज्ञताको प्रवेश गराउने यो उत्कृष्ट माध्यम हो। यो सबै कुराको ज्ञात हुदा पनि नेपालका विश्वविद्यालयहरुमा यो बिचारलाई आत्मसात गरेको देखिँदैन।  विद्यार्थीहरुले पनि आफनै दक्षता भएको क्षेत्र भन्दा पनि आम्दानी हुने क्षेत्रमा जान चाहने र शैक्षिक स्थाले पनि विद्यार्थीलाई पर्याप्त परामर्श दिन नसक्नु समस्त शिक्षा क्षेत्रका लागि ग्रहण लग्नु जस्तै भएको छ।

अवस्था  अझ नाजुक हुन्छ जब तिनै विद्यार्थीहरु उच्च शिक्षाका नाममा विभिन्न विकसित राष्ट्र  गइ न्यून ज्यालादारीमा श्रम गर्दछन। आफनो दक्षता भन्दा बाहिरको काममा लाग्दछन। न त त्यो विद्यार्थीले त्यो क्षेत्रमा राम्रो गर्न सक्छ न त उ सन्तुष्ट नै हुन्छ। वास्तवमा त्यो समयमा राष्ट्रले एउटा हिरा गुमाएको हुन्छ। जसको कारण उत्कृष्ट विद्यार्थी विदेश नै जानु पर्छ भन्ने अवधारणाको सुरुवात भएको छ। कति अवस्था मा  त तिनै विद्यार्थी विदेशबाट घरमा आउदा न त धन नै हुने न त विद्या नै हुने स्थिति छ ।  सामाजिक संजालमा देखिने विदेशिएका विद्यार्थीहरुको चाख लाग्दो र लोभ लाग्दा तस्विरहरु पनि केही हदसम्म दोषी छन्।ती तस्विर पछाडि लुकेको विरहको प्रकरण नसुन्नु र नदेखनु पनि ठुलो कमजोरी हो। मरुभूमिमा कुनै जनवारले पानीको स्रोत देखेर दौडे जस्तै हाम्रा विद्यार्थीहरु पनि विदेश दौडेको देखिन्छ। निष्पक्ष तथा तटस्थ रुपमा बसेर भन्नुपर्दा यस्तो अवस्था आउनुमा देशमा भएको शैक्षिक संस्था मात्र नभई विद्यार्थी पनि दोषी देखिन्छन्। विद्यार्थी आफुलाई थाहा हुनुपर्ने आफनो क्षमता र कमजोरीको बिषयमा जसले गर्दा उसले आफनो क्षमतालाई बढावा दिन पाओस र कमजोरीलाई आफनो क्षमतामा रुपान्तरण गर्न सकोस। पाठ्यक्रममा शिक्षकले सिकाउनु पनेर्कुराहरु परीक्षामा लेखेर उत्कृष्ट अंक ल्याउनलाई  मात्र नभई व्यवहारिक जीवनमा समेत प्रयोग गरेर जीवनको परीक्षामा समेत उत्कृष्ट अंक ल्याउनु नै सफल विद्यार्थी हो।

यी  यावत कुराहरु एक तर्फ राखेर समस्त शिक्षा क्षेत्रलाई  गहिरो नजर लगाउदा स्कूल, कलेज र विश्वविद्यालय एउटा राजनीति गर्ने थलोको रुपमा पनि हुर्कदै गएको गलत धारणालाई शिशु अवस्थामा परिवर्तन ल्याउन सक्ने कुरालाई समस्त शिक्षक, विद्यार्थी र अभिभावकले बुझ्न जरूरी छ। आफना छोरा-छोरीलाई स्कूल कलेज, क्याम्पस पढाउनु मात्रै उपलब्धि हैन, उनीहरुले उक्त सरस्वतीको मन्दिरमा गएर के सिके, के जाने, त्यहाँ पढाई भएको छ या छैन, यस्ता कुराहरु पनि बुझ्न जरूरी हुन्छ। किनकि उक्त उमेर र समयमा सिकेका कुराहरु पछि गएर मूर्तरुप लिनेछन् जसका कारण कोही अल्बेर्ट आइन्स्टाइन जस्ता भएर उदाउँछन् त कोही हिटलर जस्तो तानाशाही भएर। उक्त बिकराल रुप प्रष्ट हुनु भन्दा पहिले नै जिम्मेवार भएर सोच्ने बेला भएको छ।  यदि सही समयमा विद्यार्थीलाई शैक्षिक संस्थाबाट पर्याप्त परामर्श र जीवन उपयोगी शिक्षा दिएको भए अहिले शिक्षा क्षेत्र सुधारको लागि भन्दै डाक्टर गोविन्द के सी बार बार अनशन  बस्नु पदैर्न थियो होला। देशको आधिकारिक स्थानमा पुगेका व्यक्तिले सहजै ती समस्या बुझ्ने थिए।

राज्य स्तरबाट सहजै समधान गर्न सकिने समस्याको लागि अनशन बस्नु लगभग बाध्यता जस्तो भएको छ। जसको परिणाम स्वरूप समस्या पर्दा अनशन बस्नु नै पहिलो विकल्प हो भन्ने गलत नजीर नबस्ला भन्न सकिँदैन। यथार्थमा, अनशन बस्नु भनेको आफनो प्राण दाउमा लगाएर पनि उक्त माग पूरा गराउनु हो। अनशन एक हिसाबले भन्नु पर्दा एक सूक्ष्म क्षेप्यास्त्र जस्तो हो जसको गलत प्रयोगले राज्यलाई दिशाहीन बनाउछ। के साच्चै नै राज्यले शैक्षिक सस्थामा एउटा सुधार अभियान नै चलाएर ती खाली पानामा स्वस्थ प्रतिस्पर्धा, पारदर्शी राजनीति, जिम्मेवार व्यक्ति उत्पादन गर्न सक्दैन र ? अन्ततः यसरी उत्पादन भएको विद्यार्थी पछि कुनै पनि क्षेत्रमा गएर एक नैतिकवान, स्वच्छ, पारदर्शी र उत्कृष्ट व्यक्ति  बन्न सक्छन।  जसले गर्दा राज्यको उच्च निकायमा यस्ता सक्षम र दक्ष जनशक्तिको प्रवेश गराउन सकिनेछ र असल चरित्र भएका नैतिकवान, विद्वान र इमानले भरिएका नेता, प्रशासक, व्यापारी तथा विद्यार्थी उत्पादन गर्न सकिनेछ।  यस कुरालाई समयमा नै ह्दयंगम गर्ने भने देशले केही वर्षपछि आर्थिक फड्को समेत मार्न सक्नेछ र शिक्षण संस्थाबाट उत्पादित ती विद्यार्थीहरु पनि आफनो अध्ययन गरेकै क्षेत्रमा लागेर देशको समस्त क्षेत्रको विकासमा टेवा पु¥याउने छन्। यस कुरालाई समयमै सोच्ने कि ?

लेखक पोखरा विश्वविद्यालयका उप–प्राध्यापक हुन्।सं.

Related News

सम्बन्धित समाचार

    • कांग्रेस नेतृत्वमा सर्वदलीय सरकार

      युवराज खनाल युवराज खनाल वैशाख २४, २०७८
      कोभिडको माहामारी विकराल बन्दै छ । संक्रमितको दर कहाली ाग्दो रुपले बढेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि…
    • आमाबासँगका रैथाने ज्ञान

      सुरेन्द्र थापामगर सुरेन्द्र थापामगर वैशाख २४, २०७८
      आमा ! यो शब्द नै काफी छ सम्मानका लागि संसारमा एउटामात्र सत्य यो छ कि मानवमात्रको होइन, सबै जीवजन्तुहरुको सबैभन्दा…
    • नेपाली संस्कृति, वाङ्मय र रवीन्द्र

      पद्मराज ढकाल पद्मराज ढकाल वैशाख २०, २०७८
      संस्कृति भन्नाले हाम्रो रहन, सहन, बानी, व्यवहार, लवाइ, खवाइ, हिँडाइ, बोलाइ, धर्म, संस्कार विभिन्न चाड पर्वहरु मनाउने प्रचलन र समग्रमा…
    • बिक्री र खुबीका कुरा

      शेषराज भट्टराई शेषराज भट्टराई वैशाख १८, २०७८
      हातको मैला सुनको थैला के गर्नु धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित…
    • ऐना

      इन्दु सुवेदी पौडेल इन्दु सुवेदी पौडेल वैशाख ११, २०७८
      उठेर बसेको सानो निधार । बांगिएको नाकको डाँडी । कालो र खस्रो छाला । साना चिमरिएका आँखा । घर छाडेर…

    hero news full width

    sanil ads

    wordlink ads