नेपालको राजनीत्रि्रति जनताको सोच

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७२

हाम्रो प्राचीन इतिहास हेर्ने हो भने, दयनीय स्थितिमा गुज्रेको पाइन्छ। सानातिना राज्ाा, रजौटाले शासन गरेका थिए भन्ने हाम्रो इतिहासले भन्ने गर्छ। हो आज हामी नेपाली भन्ने गर्व गर्न पाउनु त्यस बेलाका शासक पृथ्वीनारायण शाहले कल्पना गरी ति साना साना राज्यलाई एकीकरण गर्नाले सम्भव भएको हो। यो महान कार्य थियो। यस्तो नेता अब के नेपालमा जन्मने छ – के जन्मेको छ – अब कसैले एक हात पनि जमिन नेपालमा जोड्न सक्छ – बरु घटाउन खोज्नेहरू कति कति जन्मन लागेका छन्। आज पृथ्वीनारायण शाहलाई गाली दिइन्छ, यो सरासर गलत कुरा हो। हो उनि शाह वंशका हुन्। हुन भन्दैमा उनको योगदान लाई पैतृक सम्बन्ध जोड्नु न्याय हुन सक्दैन। ‘सौताको रिसले पोर्इका काखमा …ु भनेजस्तै हो। वंश र जातले मान्छे राम्रो नराम्रो हुदैन, उसको कार्यले मात्र हुन्छ। यहा वंश या जातका आधारमा राम्रो नराम्रो छूट्याउने चलन छ। उनी पछिका पुर्खामध्ये कसैले राम्रो काम गरेनन्, जसको कारण देशको शासन व्यवस्था खस्कन पुग्यो। अहिले यो स्थितिमा जीर्ण बन्दै छ।

नेपाल देश गरिब थिएन, तर धनी देशलाई गरिब बनाइयो। भूगोलले पनि अलि साथ दिएन, भू-परिवेष्ठित् देश भयो। कतैबाट पनि आफ्नो सामुद्रिक मार्ग पाउन सकेन। फेरि पनि हामी सबै एक ढिक्का भएर बस्ने हो भने नेपाल गरिव छैन्। धनी देश छ र बन्न सक्छ, प्राकृतिक सम्पदा र संशाधनलाई मूल्याड्ढन गर्ने हो भने दक्षिण एसियामा नेपाल नम्बर एकमा धनी देश सावित हुन्छ। साथै आफ्नो अस्तित्वमा सधैँभरि महान रहने छ। प्राकृतिक आधारमा हेर्ने हो भने हिमाल, पहाड र तराई मिलेर बनेको देश छ। यति राम्रो वनोट र यस्तो किसिमको प्राकृतिक विरासत भएको देश प्रायः विश्वमा विरलै होलान्, गर्व गर्नुपर्छ नेपालीहरूले। हाम्रो भाग्य हो यस्तो विरासतमा जन्म लिन पाउनु, हामी भाग्यशाली छौं र आफ्नो भाग्य बनाउने जिम्मेवारी पनि हाम्रै छ। हामीलाई हिमाल चाहिएमा हिमाल, पहाड चाहे पहाड र मधेस चाहिएमा मधेस उपलब्ध छ। यसको अलग अस्तित्व छ। यि तीनै भू-भागले नेपाललाई सुन्दर र अपार प्राकृतिक संसाधन प्रदान गरेका छन्।

हिमालयले नेपाललाई संसारभरि परिचय दिएको छ। यहाँ विदेशीको ओइरो लाग्दछ। अनेकौँ यासाागुम्बालगायतका धेरै किसिमका बहुमूल्य जडीबुटी पाइन्छन्। नदीको उद्गम बिन्दु नै हिमालय पहाड हो। यो पहाड अमूल्य रत्नहरूको खानी हुन सक्ने वैज्ञानिकहरूको सुझाव छ। भनिन्छ, हिमालय पहाड भित्रभित्र हुँदै तेल भारतको आसाममा पुगेको छ, यो कुरा कहाँसम्म सत्य हो ? भविष्यमा हिमालयको पत्थर पनि विश्वको लागि अमूल्य रत्न हुने छ। यसैगरी पहाड भाग पनि एक अमूल्य रत्न हो। त्यहाँ अनेकौँ जडीबुटी, खेतीपाती योग्य भूमि, जंगली जनावर साथै अमूल्य धातुहरूको सम्भाव्यता छ। नदीहरूको उद्गम विन्दुका साथै चुना गिटी पत्थर आदिको भण्डारका रूपमा लिइन्छ। धेरै कृषियोग्य जमिन र पशुपालन क्षेत्रको सम्भाव्य जमिन यस क्षेत्रमा उपलब्ध छन्। विश्वका सुन्दर ठाउँमध्येका पर्यटकीय क्षेत्र यस ठाउँका विशेषता हुन्।

मधेस अर्थात तराई भाग नेपालको अनाज भण्डार हो। जंगल, जडीबुटी, वन्यजन्तुको पनि भण्डार यस प्रदेशमा छ। खनिजको धेरै सम्भावना छन्। नेपाल अधिराज्यलाई पाल्ने अनाजको भण्डार र नेपालभरिलाई आवश्यक पर्ने उच्चकोटीको काठ पात यहीँ उत्पादन गरिन्छ। चारकोसे झाडी यही मधेस र चुरे पहाडमा नै पर्छ। यसरी मधेसको अनाज, काठपात पहाड तथा हिमालमा बस्ने जनताका लागि आत्मनिर्भर रहन्छ। पहाडमा हुने ढुंगा, पत्थर, गिटी, बालुवा, नदीनाला मधेस हिमाल दुवैमा अति आवश्यक वस्तु हुन्। त्यस्तै हिमालय पहाडको सुन्दरता, जडीबुटी, ढुंगा आदि मधेस पहाडलाई नभई नहुने वस्तु हुन्। यसरी हिमाल, पहाड र तराई एक आपसमा अन्तरनिर्भर छन् र एक आपसमा नङ र मासुको जस्तो सम्बन्ध छ। अब यो सन्तुलन ब्रि्रने हो भने भन्नुहोस् कुन जनता सुखी या खुसी होलान् ? अबौपति, ठूला ठूला जमिन्दारी र नेताहरूलाई त विदेशमा बसेर नेपालमा शासन गरे पनि पुग्ला, तर ती गरिबको स्थिति के होला – गरिबीबाट आज पनि कुनै जात र समुदाय अछूतो छैन। तिनीहरूको के स्थिति हुने हो – जातिय, भाविष्य र धर्मका नाराले गरिबीको बोझ कम हुने छैन। दुर्इ-चार दिन सडक तताएर मात्र देश चल्नेवाला छैन्। जबसम्म नेताहरूको सत्बुद्धि आउँदैन देश संकटको बाटो समाती दुर्दशातिर अगाडि लम्किरहने छ। हामी जनताले सोच्नुपर्ने कुरा छ।

कस्तो बिडम्बना पहाडको भू-भागले मधेसलाई छुन नहुने, मधेसको भू-भागले पहाडलाई छुन नहुने रे ∕ कस्ता नेताहरू जन्मिएका छन् नेपालमा ? कुनै एउटा जाति या धर्मलाई लिएर वकालत गर्दैछन् नेता ∕ अचम्म छ त्यही प्रदेशमा बस्ने अरु समुदायको लागि को जिम्मेवार होला ? भोली केन्द्रमा मुख्य मन्त्री या अरु पद पनि तिनीहरूलाई नै चाहिन्छ। अब के त्यस्ता व्यक्ति देशका नेता कहलाउन सक्षम हुन् ? एक जात, धर्म या समुदायको पुच्छरमा झुण्डिएर हिँडेका छन्। हे जनसमुदाय हो निर्णय कसले गर्ने हो ? हामी किन सोँच्न सकेका छैनौ ?

नेता, जनता, राष्ट्र्र, या प्रदेश भनेको के हो ?

राष्ट्र भनेको एक सार्वभौम सत्ता सम्पन्न, विशेष निर्धारित क्षेत्र जहाँ जन समुदायहरू बसोबास गरेका हुन्छन्, जहाँ कुनै कुशल नेता या शासकले सर्वमान्य सम्प्रभु शासन व्यवस्था गरेको हुन्छ।

जनता भनेको कुनै सार्वभौम तथा सम्प्रभु राष्ट्र या क्षेत्रभित्र बसोबास गर्दै आएका, मिलेर बसेका तमाम समुदाय जसको मानव अधिकार सुरक्षित भई स्वच्छ शासन पद्धतिमा अनुशासित भई समानताको आधारमा बाँचेका हुन्छन्।

नेता भनेको निश्चित क्षेत्र या राज्यमा सम्पूर्ण नेतृत्व गुणले युक्त महान आत्मा भएको, अलग अलग समुदायलाई एक सूत्रमा बाँधी स्वच्छ शासन पद्धतिद्वारा सबै समुदायमाथि समानताको आधारमा शासन गर्ने व्यक्ति हो।

तर हाम्रो माझमा यस्ता मान्छेलाई पनि नेता भनिँदैछ, मधेसको लागि चुरे पहाड चाहियो तर पहाड मिलाउनुहुँदैन भन्नुको आशय के हो – यो जनताको माग हुन सक्दैन, नेता भनाउँदाहरूलेे उल्झन गरेको मात्र हो, यहाँ नेता शब्द सबै नेतालाई भनिएको छैन केवल स्वार्थमा डुबेर राजनीति गर्नेलाई अंकित गरिएको छ। देशको यो हिस्सा मलाई त्यो तँलाई भन्नु स्वार्थको सिकार भइसकेको छ देश। देशभरिका कुनै पनि जाति, धर्म र समुदायभित्र पर्ने गरिबी, बेरोजगारी, अशिक्षालाई निर्मूल पार्नु सरकारको मुख्य दायित्व हो र यसलाई अभियानको रूपमा अगाडि बढाउनु जरूरी छ। त्यो दायित्व वहन गरेर देशका सबै जनतालाई एक धारामा अगाडि बढायौँ भने देशमा प्रगति हुनेछ। यस्तो प्रकारको राजनीति मात्र यो देशमा मौलाउन सक्छ। कुनै एक धर्म जाति समुदायलाई उदंगो पारेर नारा जुलुस गरी दुर्इ दिन सडक तताएर देशको विकास कदापि हुन सक्दैन बरु गरिबीको दिशातिर लैजाने छ। सिंगो देशलाई प्रगति पथमा लैजान आवश्यक छ।

देश प्रदेशको विभाजन बुद्धिमानीपूर्वक गर्नु जरूरी छ। दूरदर्शिताको आधारमा सीमा निर्धारण गर्नुपर्छ। हाम्रो जस्तो भूपरिवेष्ठित् देश त्यसमा पनि नेताहरूको स्वार्थी आकाङ्क्षालाई साथ दियौं भने हामी जनता पनि चुक्नेछौं, भोलीको पिंढीले हामीलाई गाली सिवाय केही दिने छैन्। सङ्घीय राज्य भनेको त्यो राज्य हो जसको आफ्नो निर्धारित क्षेत्रभित्र एक सरकार गठन गर्छ, त्यो सरकारले राज्यभित्र हुने सबै किसिमका सरकारी निकायहरूको गठन गर्छ। सबै संरचनाको निर्माण गर्छ, त्यस क्षेत्रभित्र पर्ने सम्पूर्ण प्राकृतिक तथा कृत्रिम संशाधनमाथि आफ्नो नियन्त्रण गर्दै त्यसबाट उत्पादित वस्तुमाथि कर निर्धारण गर्छ र त्यसबाट नै प्रान्त सञ्चालन हुन्छ। त्यो सञ्चालनमा लाग्ने कर सम्पूर्ण जनताको पसिना भने पनि हुन्छ।

अब भनौं त्यो सङ्घ या प्रान्त चलाउन चाहिने खर्च त्यसै क्षेत्रभित्रबाट सड्ढलन गर्नुपर्ने हुँदा जनतालाई करको बोझ कति पर्ला ? बुद्धिमानी पूर्वक बाँडफाँट नगर्दा भोलीका दिनमा अझै कति संकट होला, अड्कल गर्नु मुस्किल छ। अहिलेको बाँडफाँट अनुसार सारा मधेस एकलौटी मधेसको क्षेत्र भएपछि त्यसका पछि हुन सक्ने सम्भाव्यता निम्न अनुसार छन्। खेतीयोग्य तमाम भूमि मधेस र चुरे पहाड समेत अहिले मधेसमा गाभिएको छ। त्यसको प्रत्यक्ष असर पहाड र हिमाली क्षेत्रमा बस्ने बासिन्दालाई अवश्य हुनेछ। मधेसको उत्पादन कुन प्रदेशमा या कसलाई बेच्ने भन्ने प्रान्तीय सरकारको निर्णयअनुरुप हुनेछ। पहिलो कुरा त यसमा प्रान्तको कर लाग्नेछ। अनि आयात/निर्यात वस्तु जतिवटा प्रान्त हुँदै लैजानु या ल्याउनुपर्छ, त्यति नै प्रदेशको कर तिर्दै ल्याउने हो। अब भनौ हिमाली क्षेत्रसम्म आइपुग्दा कति महंगो होला ? कुनै पनि चिजको कर असुली नगर्ने हो भने राज्य सरकार कसरी चल्ने ? कर प्रणाली लागु गर्नैपर्छ। अब पहाडमा भोकमरीको अवस्था नहोला भन्न सकिँदैन। चुरे पहाड पनि मधेसको हो भन्नुको अर्थ उत्पादित भूमि सबै र चारकोसे झाडी सबै मधेसमा जान्छ। घर बनाउनेदेखि लिएर सम्पूर्ण काठपात, जंगली जनावर, जडीबुटी, गिटी, पत्थर, बालुवा, चुना पत्थर, खनिज पदार्थ सम्भावना, पूर्व पश्चिम राजमार्ग, नेपालको रेलवे सेवा, मुख्य मुख्य नाकाहरू, चिनी, जुट, सिमेन्ट लगायत तमाम उद्योग मधेस प्रदेशमा पर्नेछन्। त्यतीमात्र नभई भारतबाट आयात गर्ने सम्पूर्ण नाकाहरू पहाडको लागी बन्द हुन सक्नेछन्। ग्यास, तेल, नून तथा अन्य आवश्यक सरसमान भारत बाट सीधै पहाड पुग्न सक्ने छैनन्। भोलीका दिनमा मधेसमा शान्ति रहिरहला भन्नु कठिीन छ। त्यहाँ पनि आपसी फुट हुदैछ। जसको कारण कुनै एक प्रान्तमा आज जस्तै गरी एक महिनाभरि बन्द हडताल हुने हो भने पहाडी जीवन कष्टकरको अलावा अरु केही हुने छैन्। त्यसैले यस्ता विषयको अध्ययन नै नगरी नेताले आफ्नो पाकेटबाट निकालेर दिएजस्तो भाग बण्डाले सिंगो नेपाली दुःखी अवश्य हुनेछ। दुर्इ तीन प्रदेशको कर तिर्दै जाने वस्तुको मूल्य कहाँ पुग्ला ? यो मूल्य वृद्धि भार सबै पहाड र हिमाली क्षेत्रले धान्नुपर्छ। त्यस्तै पहाड तथा हिमाली वस्तुहरू, नदीनाला मधेसलाई पनि जरूरी विषय हुन्। जसको नकारात्मक असर मधेसी जनतालाई पनि पर्नेछ।

हामी प्राकृतिक साधनले धनी देश छौँ भने तापनि सन्तुलन मिलेन भने गरिबी बन्नु पनि धेरै टाढाको कुरा छैन्। यो विषयलाई सबैले सोँच्न आवश्यक छ। हामी सम्पूर्ण जनता तथा नेताहरू एक स्टेप माथि चढेर यस विषयमा सोचौँ। त्यस्तै सबै नेपालीलाई आवश्यक पर्ने ताल तलैया, नदी नाला, रमणीय स्थल, मठ मन्दिर, गुम्बा चर्च, बिजुली पावर हाउस, राजमार्ग, विमानस्थल, उच्च टाकुरा, कलकारखाना, रेलवे लाईन आदि धेरै चिजको पनि त्यति नै महत्त्व रहन्छ। यी कुरालाई ध्यान दिई सबै मानवतावादी बनेर एक आपसमा विरोधावास त्यागी बुद्धिमतापूर्ण नेपालको बचाउ गर्न सके मात्र तमाम नेपाली सुखी र खुसी रहनेछन्। नेताहरू तथा जनता सबैको भलो हुनेछ, स्वच्छ नेपालको निर्माण हुनेछ।

राजा काललाई सबैले दोष दिन्छन् र दिँदै आएका छौँ, तर पाँच विकास क्षेत्रको विभाजनमा धेरै बुद्धिमता ढंगबाट गरिएको थियो। प्रत्येक विकास क्षेत्रको उत्तरी र दक्षिणी नाका खुला थियो। तर आज विभाजन धाक धम्की र स्वार्थको आधारमा भेडा थुन्ने खोर जस्तो भएको छ। के विभाजित प्रान्तहरू सबैले जनताका दैनिक उपभोग्य वस्तुहरूको भार र त्यहाँको शासन सञ्चालनको भार बोक्न सक्लान् ? यस विषयमा सबै नेता तथा जनताले गहिरोसँग सोच्नु नितान्त आवश्यक विषय छ, साथै सारा नेपालीको भलाई छ।

देशभित्र जनता भाँडिए भने के हुन्छ भन्ने पाठ हामीले सिरिया, रुवान्डा, हैटी द. अप्रिmकाजस्ता देशबाट सिक्न जरूरी छ र जनता आपसमा मिलेका छन् भने कस्तो स्थितिमा पुग्न सकिन्छ भन्ने पाठ अमेरिका, अष्ट्रेलिया, चीन, जापान, स्वीजरलैण्ड जस्तै अरु धेरै राष्ट्रको विकासबाट प्रत्यक्ष बुझ्न सकिन्छ। अब हामी कुन बाटो लाग्ने हो जनता आफैले सोच्नुपर्ने आवश्यक छ। एकै साथ जिउने बस्ने एक आपसमा काँध मिलाएर दुःखसुख बाँड्ने त हामी नै हो। नेताहरूले त आज काँध चढाउँछन् भोली पछारिदिन्छन् अनि आफै पाखा लाउँछन्। भोलिको हाम्रा पुस्ता पुस्तासम्मको लागि अमृत रोप्ने या विष रोप्ने हामी जनताकै क्रियाकलापबाट नै हो। त्यसैले आज सोच्ने दिन आएको छ। समाजको वातावरण धमिल्याउने प्रयासलाई विफल पार्नु हाम्रो ठूलो जिम्मेवारी छ। हर कसैलाई आफ्नो भविष्य र पुर्खाहरूको भविष्य खुसी र सुखी रहोस् भन्ने आस जरूरी हुन्छ, आफ्नो सम्पत्तिको माया र त्यसबाट सुखी जीवन व्यतित गर्ने चाहना गरिब, धनी सबैलाई हुन्छ नै। त्योबाट बञ्चित हुने वातावरणको सृजना गर्ने नगर्ने जिम्मेवारी हाम्रो काँधमा छ। त्यसैले तपाइँ हाम्रो सकारात्मक सोचको खाँचो पनि त्यति नै छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width