नेपालको चिया र अज्ञानिकता

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७१

चिया नेपालको एक प्रमुख नगदेबाली हो। पूर्र्वी नेपालका केही जिल्लाका ग्रामिण किसानको प्रमुख आयस्रोत बनेको चिया खेतीले हजारौंलाई रोजगारी प्रदान गर्नुको साथै गरिव र विपन्न वर्गको जीवन स्तर उकास्नमा ठूलो टेवा पुयाएको छ।

नेपालमा चियाखेतीको सुरुवात वि.सं.१९२० बाट भएको हो। तत्कालीन बडाहाकिम गजराजसिंह थापाले इलाममा प्रथम पटक चियाखेती गरेपछि व्यवसायिक चियाखेतीको सुरुवात भएको हो। चियाखेती सुरु भएको करिव एक सय ५० वर्ष लामो इतिहास भए पनि विभिन्न जिल्ला र गाउँ-गाउँमा व्यवसायिक खेतीको रुपमा चिया विस्तार भएको धेरै भएको छैन। अर्थात्,  निकैअघि सुरुवात भए पनि धेरै समयसम्म यस्को विकास सुस्त गतिमा भएको देखिन्छ। पछिल्लो समयमा यसको विकासमा निकै तीव्रता आएको पाइन्छ। राज्यबाट वि.सं. २०३९ मा पाँच जिल्ला इलाम, झापा, पाँचथर, धनकुटा र तेहृथुमलाई चिया क्षेत्र घोषण भएको थियो भने हाल आएर नेपालका १२ जिल्लामा चिया उत्पादन भइरहेको छ। किसान स्तरमा विं सं.२०२८ सालबाट व्यवसायिक रुपमा सुरु भएको चियाखेतीको क्षेत्र विकास र व्यवस्थापनका लागि नेपाल सरकारबाट राष्ट्रिय चिया तथा कफी विकास वोर्ड ऐन २०४९ जारी भएको छ।

नेपाल कृषिप्रधान देश भएकाले ग्रामिण स्तरका किसानको अवस्था सदृढ गर्न चियाखेतीले ठूलो भूमिका निर्वाह गरिरहेको छ। हाल करिव १२ जिल्लामा मात्र चियाखेती सिमित रहे पनि १८ हजार बढी किसान चियाखेतीमा संलग्न रहेको र करिव एक लाख भन्दा बढीले यस क्षेत्रबाट रोजगारी पाएका छन्। नेपालमा उत्पादित चियाको आन्तरिक र बाहृय खपत बाढेकै करिव दुर्इ अर्ब ६० करोड भन्दा बढी विदेशी मुद्राआर्जन भइरहेको केन्द्रीय चिया सहकारी संघ लिमिटेडको तथ्याड्ढ छ। संघका अनुसार अक्सर चियाखेती गरिएका १० जिल्लाका ८६ चिया सहकारीहरू र पाँच चियाका जिल्ला संघसहित हालसम्म पाँच हजार चार सय भन्दा बढी घरपरिवार यसका सदस्य छन्।

नेपालका प्रायः उद्योग सहर केन्द्रीत भएको अवस्थामा चिया एक यस्तो उद्योग हो, जुन गँाउ केन्द्रीत हुन्छ। प्रशस्त मात्रमा उत्पादन, रोजगारी र आयस्तर उकास्न यसले योगदान दिएको पाइन्छ। चियामा संलग्न जनशक्तिमध्ये करिव ७० प्रतिशत महिला रहेको पाइएको छ। यसरी हेर्दा धेरै जसो क्षेत्रमा पुरुषको तुलनामा महिला सहभागिता कम हने गरेको अवस्थामा चिया क्षेत्र पुरुषको तुलनामा महिला सहभागिता बढी भएको क्षेत्र पनि हो। यसले महिलाको आयस्तर उकास्नमा उचित भूमिका खोलेको छ। तर चिया उत्पादनका क्षेत्रमा थुप्रै समस्या पनि रहेको जनगुनासो छ। हरियो चिया पत्तीको उचित मूल्य किसानले नपाउनु, उत्पादन लागतभन्दा कम मूल्यमा हरियो पत्ती बिक्री गर्नु पर्ने बाध्यता, चियाका लागि आवश्यक मल उचित समय र मूल्यमा खरिद गर्न नपाउनु, अन्य वालीमा जस्तो यसमा अनुदान प्राप्त नहुनु, उत्पादन भएको चिया प्रशोधन कारखानासम्म पुर्‍याउन ढुवानी सुविधा नहुनु, विमा नहुनु, दक्ष जनशक्ति, प्राविधिक सेवा एवं अनुसन्धान केन्द्रहरू व्यवस्थित नहुनु अदि चिया उत्पादन क्षेत्रका समस्या हुन। यी समस्याका बावजुद् पनि  चियाखेती विस्तार र विकास हुँदै जाँदा थुप्रै चिया सहकारीहरूको पनि स्थापना भएको छ। हाल एक सय भन्दा बढी चिया सहकारी स्थापना भई सञ्चालनमा छन्। ती सबै चिया सहकारीहरूको विषयगत केन्द्रीय संघको रुपमा केन्द्रीय चिया सहकारी संघ रहेको छ। समग्र चिया सहकारीहरूको  छाता संगठनको रुपमा रहेको केन्द्रीय चिया सहकारी संघले नेपाल सरकारलगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्थाहरूसँगको सहकार्यमा चिया खेतीको विकास र विस्तारका प्रयासहरू भइरहेका छन्।

चियामा अर्गानिकपन ल्याउनु अपरिहार्य भएको र यसबाट हाम्रो स्वास्थ्य र वातावरणमा अनुकूल प्रभाव पर्ने केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोबिन्द दाहालले बताए। चियाखेती आर्थिक उपार्जनको राम्रो माध्यम त हो नै यसका अतिरिक्त चियामा अर्गानिकता ल्याउन सके पर्यावरणीय संरक्षणमा पनि यसले ठूलो टेवा पुर्‍याउँछ। बढी मुनाफा कमाउने लोभमा अत्यधिक रासायनिक मल र किटनाशक औषधिको प्रयोग गरिनुले उपभोक्ताको स्वास्थ्यमा प्रश्नचिन्ह उठाइरहेको अवस्था एवं यसको सेवनबाट मानवीय स्वास्थ्यमा पनि असर पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। यदि सबै चिया उत्पादक किसानले अर्गानिकतामा ध्यान दिएर पूर्ण रुपमा अर्गानिक चिया उत्पादन गर्न सकेको खण्डमा हाल प्रचलित मूल्यभन्दा निकै बढी मूल्य प्राप्त गर्न सकिने स्थिति छ। यसबाट विदेशी माग अनुसार चिया निकासी गर्न पनि केही हदसम्म सहयोग पुग्ने र प्रशस्त विदेशी मुद्रा अर्जन गर्न सकिने कुरा एकातिर छ भने अकोर्तिर यसबाट स्वास्थ्य र वातावरणमा पनि सकारात्मक असर पुग्ने निश्चित छ।

इलामको चिया पर्यटकीय दृष्टिले पनि निकै परिचित र लोकप्रिय मानिन्छ। शितल एवं स्वच्छ इलामको वातावरणलाई विगत तीन वर्षदेखि इलाम नगरपालिकामा चलिरहेको हरितनगर अभियानले पनि ठूलो प्रोत्साहन गरेको छ। हरितनगर अवधारणाको एक महत्वपूर्ण पक्ष हरित वातावरण हो। सुख्खा र भिराला डाँडा, पाखामा पनि राम्ररी फस्टाउने हँुदा एक त बाँझो जमिनको सदुपयोगले आयस्तर उकास्न सहयोग मिल्छ भने सुख्खा स्थानमा पनि हरियो चियाले वातावरण अनुकूल बनाइराख्न मद्दत गर्दछ। अकोर्तिर चियावगानको सुन्दर दृष्यले पर्यटकको मन जित्न सफल भएको देखिन्छ। यिनै सकारात्मक पक्षहरूले गर्दा चियाखेती देशका अन्य क्षेत्रमा समेत विस्तार हुँदै गएको छ।

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width