नेपालको ±२ शिक्षामा अहिलेसम्म गरिएका मूल्याड्ढनका अभ्यासहरु

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७२

नेपालमा वि.सं. २०४९ सालबाट ±२ शिक्षा लागू गरियो। यो शिक्षालाई सार्क राष्ट्रहरुको शिक्षासँग समतुल्य गर्न, विश्व बजारमा प्रतिस्पर्धी बनाउन प्रारम्भदेखि नै विद्यार्थी मूल्याड्ढनलाई पहिलो प्राथमिकता दिई अगाडि बढाइएको छ। अहिलेसम्म ±२ शिक्षाको दुर्इ दशक अर्थात बीस वर्ष भइसकेको छ। यो शिक्षाले मूल्याड्ढनका प्रायः समपूर्ण अभ्यासलाई प्रयोग गर्दै आइरहेको छ। मूल्याड्ढनको समपूर्ण अभिभारा उच्च माध्यमिक शिक्षा परिषद्ले लिँदै आएको छ। परिषद्ले वर्षेनी करिब नौ लाख विद्यार्थीको मूल्याड्ढन गरिरहन्छ जब कि त्रिभुवन विश्वविद्यालयले दुर्इ लाख र शिक्षा विभागले एसएलसीका करिब चार लाख विद्यार्थीको मात्र मूल्याड्ढन गर्दछ। ±२ शिक्षा हाल आएर गाउँ, सहर, लेक, वेशी सबै ठाउँमा उपलब्ध भएकाले विद्याथी सङ्ख्या वर्षेनी बढिरहेको छ जसले गर्दा मूल्याड्ढनमा विविध चुनौती थपिँदै गइरहेका छन्।

प्रत्येक कार्यक्रमको अन्त्यमा त्यस कार्यक्रमबाट प्राप्त उपलब्धिको मूल्याड्ढन गरिन्छ। मूल्याड्ढनले उपलब्धिको मात्र लेखा जोखा नगरी शिक्षण सिकाइ क्रियाकलापका अन्त्यमा शिक्षण कार्य प्रभावकारी भयो वा भएन, पाठका निर्धारित उद्देश्यहरु विद्यार्थीले प्राप्त गर्न सके वा सकेनन् भनेर लेखा जोखा गरिन्छ। मूल्याड्ढनका आधारबाट निर्धारित उद्देश्यहरु पूरा भए नभएको जानकारी मिल्नुका साथै सुधारात्मक शिक्षणको योजना बनाउन पनि ठूलो सहयोग मिल्दछ। मूल्याड्ढनले कुनै पनि कार्यक्रमको समपूर्ण पक्षको प्रभावकारिता र उपयुक्तताको परीक्षण गर्दछ। यसबाट कार्यक्रमका लागि पृष्ठपोषण प्राप्त हुन्छ। विद्यार्थीहरुमा भएको उपलब्धिको लेखाजोखा विद्यालय तथा शिक्षकद्वारा विभिन्न साधनको प्रयोगद्वारा गर्न सकिन्छ।

शिक्षण सिकाइबाट विद्यार्थीमा प्राप्त उपलब्धिहरु अपेक्षा गरिए अनुसार छन् वा छैनन् अथवा उद्देश्य पूर्र्ति हुन सक्यो वा सकेन भन्ने कुराका साथै शिक्षण सिकाइ क्रियाकलाप, शैक्षणिक सामग्री र उद्देश्यको उपयुक्तताको परीक्षण गर्ने आधार शैक्षणिक मूल्याड्ढनबाट प्राप्त हुने गर्दछ। यसरी शिक्षण सिकाइको क्रममा विद्यार्थीको प्रगतिको लेखा जोखा गरी त्यसका आधारमा शिक्षण सिकाइ कार्यमा निरन्तर सुधार गरिने भएकाले मूल्याड्ढनलाई शिक्षण सिकाइ प्रक्रियाकै एउटा अभिन्न अ·का रुपमा लिइन्छ। परीक्षा तथा अन्य साधनबाट प्राप्त नतिजाको बिष्लेषण गरी त्यसको व्याख्या गर्ने कार्य मूल्याड्ढबाट हुने गर्दछ। त्यसैले कुनैपनि कार्यक्रमको सबैथोक भनेको मूल्याड्ढन नै हो। उपलब्धिको लेखाजोखा गर्नु, समस्या पत्ता लगाउनु, पृष्ठपोषण प्रदान गर्नु, सिकाईप्रति उत्प्रेरित गर्नु, सेवा उपलब्ध गराउनु, प्रमाणपत्र प्रदान गर्नु, विद्यालय र समुदायबीच सम्बन्ध कायम गर्नु मूल्याड्ढनका प्रमुख उद्देश्य हुन्छन्।

सामान्यतः हाम्रो व्यवहारमा प्रारम्भिक मूल्याड्ढन निर्माणात्मक मूल्याड्ढ, निर्णनात्मक मूल्याड्ढन र निदानात्मक मूल्याड्ढन गरी चार प्रकारका मूल्याड्ढन विधि प्रयोगमा ल्याएको पाइन्छ। यिनीहरुमध्ये निदानात्मक मूल्याड्ढन, विद्यार्थी वर्गका लागि छोटो समयमा छिटो सुधार गर्न सकिने उपचारात्मक विधि वा प्रक्रिया हो। वास्तवमा विद्यार्थीका कठिनाइ पत्ता लगाउन सकेमात्र सुधारात्मक शिक्षणको योजना बनाउन सकिने हुदा निदानात्मक र सुधारात्मक कार्य एकपछि अर्को गर्दै सँगसँगै सञ्चालन गर्नुपर्दछ। निर्माणात्मक मूल्याड्ढनले सिकाइका साधारण समस्याको प्राथमिक उपचार प्रदान गर्दछ भने निदानात्मक मूल्याड्ढनले जटिल वा विशिष्ट सिकाइ समस्याका आधारभूत कारण खोजी त्यसको उपचार प्रदान गर्दछ। एउटा शिक्षकले विद्यार्थीका कठिनाइको निदान गर्न विभिन्न परीक्षण तथा अध्ययन गर्नुपर्दछ। त्यस्तो अधययन तथा परीक्षणलाई नै निदानात्मक कार्य भनिन्छ। यस्तो कार्यबाट देखा परेका कमीकमजोरीलाई हटाउने योजना वा कार्य सुधारात्मक कार्य हो विद्यार्थीका शारीरिक, सामाजिक, बौद्धिक, शिक्षणसम्बन्धी आदि विभिन्न समस्या वा कठिनाइमध्ये कुन कारणले समस्या उत्पन्न भएको हो सो पत्ता लगाउनु निदानात्मक कार्य हो। यस्तो कार्य सम्पन्न गर्नका लागि विद्यार्थीको व्यवहार अवलोकन, अन्तर्वार्ता व्यक्तिगत अध्ययन, मनोवैज्ञानिक परीक्षालगायत चिकित्सा सेवा समेत आवश्यक हुन सक्दछ।

±२ शिक्षाको दुर्इ दशकको दौरानमा उच्च माध्यमिक शिक्षा परिषद्ले मूल्याड्ढनका अभ्यासको रुपमा कक्षा ११ र १२ मा दुर्इवटा एकाइ परीक्षाको समपूर्ण जिम्मेवारी सम्बन्धित उच्च माविलाई दिएको पाईन्छ, त्यसै गरी कक्षा ११, १२ को वाषिर्क परीक्षा, प्रतिकक्षामा एक विषय लाग्ने विद्यार्थीको अवसर परीक्षा, कम्प्यूटर, ओ.एम.एस.पि.मासकम्युनिकेशन, टि.टी. जस्ता विषयको प्रयोगात्मक परीक्षा उच्च माध्यमिक शिक्षा परिषद्ले लिने गर्दछ भने प्राथमिक शिक्षा, बजार शास्त्र, समाज शास्त्र, पेडागोदी, टिचि· प्राक्टिसजस्ता विषयको प्रयोगात्मक मूल्याड्ढन गर्ने जिम्मा सम्बन्धित उच्च माविलाई दिएको छ। करिब नौ लाख विद्यार्थीको ठीक समयमा परीक्षा लिने र ठीक समयमा परीक्षाको नतिजा निकाल्ने काम जुन उच्च माध्यमिक शिक्षा परिषद्ले गर्दछ यो सह्रानीय कार्य हो। परिषद्ले त्रिभुवन विश्वविद्यालयको प्रथम वर्षको भर्नालाई कुनै अप्ठ्यारो नपर्ने गरी नतिजा प्रकाशन गर्दछ जसले गर्दा विद्यार्थीलाई माथिल्लो शिक्षा प्राप्त गर्न सहज र सरल भएको छ।

उच्च माध्यमिक शिक्षा परिषद्ले लिने परीक्षामा परीक्षा केन्द्रको व्यवस्था गर्दा एउटा केन्द्रमा कम्तीमा तीन सय विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको छ। जुन केन्द्रमा तीन सय विद्यार्थी उपलब्ध हुन्छन् त्यो उच्च माविले वा परीक्षा केन्द्रले हरेक वर्षको फागुन महिनामा केन्द्र प्राप्त गर्न उच्च माध्यमिक शिक्षा परिषद्मा सहमति र तथ्याड्ढसहितको निवेदन दिनुपर्दछ। परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्रको केन्द्राध्यक्ष सम्बन्धित केन्द्रको प्राचार्यलाई नियुक्त गरिन्छ। परीक्षा व्यवस्थित होस् भनेर उच्च माध्यमिक शिक्षा परिषद्ले प्रत्येक परीक्षा केन्द्रमा परीक्षार्थी वा विद्यार्थीको सङ्ख्या हेरी एक वा दुर्इवटा सम्म पर्यवेक्षक पनि नियुक्त गर्दछ। हाल आएर उच्च माध्यमिक शिक्षा परिषद्ले होम सेन्टरको व्यवस्था खारेज गरेको छ। कुनै कारणले होम सेन्टर दिन पर्‍यो भने सो सेन्टरमा केन्द्राध्यक्ष, पर्यवेक्षक र निरीक्षक बाहिरबाट नियुक्त गरिन्छ। समग्र परीक्षालाई निरीक्षण गर्न सुपरीवेक्षण गर्न, एवं अवलोकन गर्न विशुद्ध उच्च माविमा दश वर्ष शिक्षण गरेका, कर्मचारी भए उप सचिव र क्याम्पसका रिडरहरुलाई विशेष पर्यवेक्षक वा अनुगमनकर्ताको रुपमा उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र कक्षा १२ को परीक्षा भरीका लागि नियुक्त गर्दछ। यिनीहरुले समपूर्ण परीक्षाको अनुगमन गरि उच्च माध्यमिक शिक्षा परिषदमा परीक्षाको समपूर्ण विवरण वा प्रतिवेदन बुझाउँदछन्। परिषद्द्वारा लिने प्रयोगात्मक परीक्षामा बाह्य परीक्षकको रुपमा सम्बन्धित विषयमा लामो अनुभाव गरेका, पटक-पटक प्रयोगात्मक परीक्षा लिएका अनुभवी शिक्षकहरुलाई मात्र प्रयोगात्मक परीक्षा लिन खटाइन्छ। उच्च माध्यमिक शिक्षा परिषद्ले परीक्षाका साधनका रुपमा अति छोटा प्रश्न, छोटा प्रश्न र लामा प्रश्न गरी तीन प्रकारका साधनलाई प्रश्न पत्रमा समावेश गर्दछ र प्रयोगात्मकलाई पनि साधनको रुपमा प्रयोग गर्दै आएको छ।

परीक्षापश्चात् उत्तर पुस्तीका परीक्षण गर्न समबन्धित विषयमा तीन वर्ष अगाडि स्नातकोत्तर गरेका र नियमित शिक्षण गरिरहेका शिक्षकहरुलाई नियुक्त गरिन्छ। उत्तर पुस्तिकाको परीक्षण उच्च माध्यमिक शिक्षा परिषद्का आठवटा क्षेत्रीय कार्यालय भएका स्थानमा कडा सुरक्षाका साथ गरिन्छ भने संपरीक्षण उच्च माध्यमिक शिक्षा परिषद्को केन्द्रीय कार्यालय सानो ठीमि भक्तपुरमा मात्र गरिन्छ।

परीक्षाको नतिजा प्रकाशन पश्चात कुनै विषयमा कुनै विद्यार्थीलाई चित्त नजबुझेमा उच्च माध्यमिक शिक्षा परिषद्ले पुर्नपरीक्षण र पुनयोर्गको व्यवस्था गरेको छ। राम्रो उत्तर पुस्तिकालाई प्रकाशन गर्ने व्यवस्था पनि उच्च माध्यमिक शिक्षा परिषद्ले गरेको छ। लोकप्रिय ±२ शिक्षा र बढ्दो विद्यार्थी चापले गर्दा विद्यार्थी मूल्याड्ढनमा र समग्र ±२ शिक्षाको व्यवस्थापन गर्न दिन प्रतिदिन चुनौती थपिदै गएका छन्। परीक्षा संचालनमा एकरुपता हुन नसक्नु परीक्षामा केन्द्रीय नीति मात्रै लागु हुनु, अनुचित कार्य गर्नेलाई दण्ड सजायँको कमी हुनु, परीक्षाफल हतारमा प्रकाशित गर्नु पर्ने वाध्यता हुनु, दक्ष जनशक्तिको अभाव हुनु, पाठ्यक्रम र परीक्षा बीच तालमेल नहुनु र मूल्याड्ढका साधनको दुर्लभता हुनु आदि ±२ शिक्षाका प्रमुख समस्या वा चुनौती रहेका छन्। यस्ता समस्यालाई निदान गर्न सकिने धारणा शिक्षाविद्को रहेको छ। विशेष गरेर शिक्षकहरुलाई परीक्षा अवधि भरी अनिवार्य उपस्थित गराउने, नतिजा प्रकाशन क्षेत्रीय दहमा गर्नुपर्ने अभिभावकसँग वारम्वार अन्तरक्रिया हुनुपर्ने, पाठ्यक्रम र पाठ्यपुस्तकसंग परीक्षा प्रणाली तालमेल हुनुपर्ने, जनशक्ति निर्माण गरी व्यवस्थित रुपमा प्रयोग गर्नुपर्ने , मूल्याड्ढनका साधनहरुको निर्माण र सुचारु रुपले प्रयोग गर्नुपर्ने परिक्षामा हुने अनियमिततालाई निराकरण गर्न दण्ड सजायँको कडा व्यवस्था गर्नुपर्ने र मुल्याड्ढनमा विश्वसनियता कायम गर्नुपर्ने देखिन्छ। यसका अतिरिक्त परीक्षा सकिएपछि र नतिजा प्रकाशन पछि सम्बन्धित व्यक्तिहरुसँग उच्च माध्यमिक शिक्षा परिषद्ले अन्तरक्रिया गर्नुपर्ने वा सुझाव लिनुपर्ने पनि देखिन्छ।

बिडम्बनाको कुरा के हो भने उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र कक्षा १२ का करिब नौ लाख विद्यार्थीको मूल्याड्ढन गर्न अधिकांश शिक्षकलाई प्रयोग गर्दछ तर परिषद्का आफ्ना आधिकारिक शिक्षक छैनन्। उच्च माध्यमिक शिक्षा ऐन र नियमावलीमा पनि शिक्षकको कहीँ कतै व्यवस्था गरिएको छैन। कक्षा ११ र कक्षा १२ मा शिक्षण गर्ने आधिकारिक शिक्षक नभएको विश्वको एउटा मात्र देश कुन हो भनेर हाजिरीजवाफमा सोध्ने हो भने त्यसको ठीक उत्तर “नेपाल” हुन्छ।

कक्षा ११ र १२ को अन्तिम परिक्षामा परिक्षा केन्द्र प्रति जिल्ला औषतमा १५ देखि १८ वटा हुन्छन् यति धेरै परिक्षा केन्द्रका परिक्षालाई मर्यादीत वनाउन उच्च माध्यमिक शिक्षा परिषद्ले प्रत्येक जिल्लाको लागि परिक्षा अनुगमन टोली वनाई सवै विषयको परिक्षा निरीक्षण गर्ने र कही कतै अनियमीत भएको छ भने त्यसको वेलैमा वा सोही स्थानमा कारवाही गर्न पछि पर्नु हुदैन। जति धेरै अनुगमन र निरीक्षण हुन्छ परिक्षा त्यतिनै मर्यादित हुन्छ। तसर्थ गुणस्तरको एकमात्र औजार मूल्याड्ढन हो भन्ने कुरालाई सवै  सरोकारवालाहरुले बुझनु जरुरी छ। सवैभन्दा महत्वपूर्ण कुरा के हो भने परिक्षा अति नै मर्यादीत हुन्छ भन्ने कुराको पूर्व जानकारी विद्यार्थीर्वर्गलाई अवगत गराउन सकियो र सोही अनुसार उनीहरुलाई शैक्षिक सत्रको सुरु देखि अन्त्यसम्म शिक्षण प्रशिक्षण गर्न सकियो भने परिक्षा वस्तवमा परिक्षाको रुपमा वा जाँचको रुपमा रहेने छ।

(लेखक हिस्टानका केन्द्रीय सदस्य हुन। सं.)

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width