निजी विद्यालय, तिनीहरूको स्तरीयता र बच्चा तानातान

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७२

सरकारीस्तरबाट सञ्चालन भएका अधिकांश स्कुलमा स्वयं सरकारी रवैया र राजनीतिक दलहरूले शिक्षकहरूलाई पुञ्छर बनाएको कारणबाट तिनीहरूको अवस्था ध्वस्त भइरहेको परिप्रेक्ष्यमा एकमात्र विकल्प भनेको निजीस्तरबाट खोलिएका बोर्डिङ स्कुलहरूको योगदानलाई कुनै पनि हालतमा नकार्न सकिँदैन। निजीस्तरबाट सञ्चालन भएका अधिकांश विद्यालयको उत्तीर्ण प्रतिशत सुरुवात देखि नै राम्रो हुनु, अझै राम्रो बनाउनको लागि विद्यार्थीलाई अनुशासनको दायराभित्र राख्नु, सम्बन्धित विषयका कोर्ष्ाहरू दोहोर्‍याइ, तेहेर्‍याइ पढाउनु, बालबालिकाको व्यक्तिगत सरसफाइ र सुरक्षामा नियमित रूपमा ध्यान दिनु, गृहकार्यको लागि एक विद्यार्थी एक डायरीको व्यवस्था गर्नु, नियमित रूपमा घर दैलो कार्यक्रम सञ्चालन गर्नु … आदि जस्ता अत्यन्त्य राम्रा पक्षहरू हुन् जसले निजी विद्यालयका अभिभावकको मन जित्न अपार सहयोग भइरहेको छ।

साँच्चै भन्ने हो भने निजीस्तरबाट खोलिएका विद्यालयहरूले गर्दा नै अन्तर्राष्ट्रिय स्तरमा नेपालको लाज बचेको छ भने सरकारले उनीहरूलाई नाममात्रको सुविधा उपलब्ध गराएर प्रत्येक वर्ष आफ्नो नाक उँचा राख्ने अवसर प्राप्त गरिरहेको छ। यस्ौ परिप्रेक्ष्यमा के भन्न सकिन्छ भने सरकारी विद्यालयमा कार्यरत शिक्षकहरूले प्राप्त गर्ने तालिम लगायतका सुविधाको केही प्रतिशतमात्र भने पनि निजी क्षेत्रमा कार्यरत शिक्षकहरूलाई प्रदान गर्ने सुअवसर जुट्ने हो भने यो क्षेत्रको सरकारसँग झनै सामीप्यता बढ्नुको साथै उनीहरूले फुरेर काम गर्नको लागि थप प्रेरणा प्राप्त भएको महसुस गर्ने थिए। नेपालको शिक्षा जगतलाई हालको अवस्थामा ल्याउन निजी क्षेत्रले खेलेको भूमिका र त्यसमा सहभागी हुनेहरूको योगदान वास्तवमै राष्ट्रको लागि अमापनीय छ। यसको वास्तविकतालाई प्रष्ट पार्नको लागि एउटा सानो उदाहरण प्रस्तुत गर्न सकिन्छ। जस्तो शैक्षिक-सत्र २०७१ को भर्ना रेर्कर्ड अनुसार भिमादजस्तो सानो क्षेत्रमा पनि सरकारी स्कुलहरूमा पढ्ने विद्यार्थीको सङ्ख्या केवल १,२२३ थियो भने निजी स्तरबाट सञ्चालन भएका विद्यालयमा २४९४।

सरकारी विद्यालयमा भएको विविध मनोमानीको कारणले निजी विद्यालयहरूको मनोबल उच्च हुनु स्वाभाविकै हो। तथापि उनीहरूलाई सरकारले उच्च मूल्याङ्कन नगरेको, हरेक वर्ष सौतेनी व्यवहार तथा द्वैध चरित्र देखाएको, विविध समयमा गरिएका सहमतीहरूको कार्यान्वयन गर्न आनाकानी गरेको, दर्ता एवं नविकरण, अनुमति, अपग्रेडिङ् आदिलगायतका कार्यहरूमा स्पष्ट नीति अवलम्बन हुन नसकेको जस्ता समस्याहरूले गर्दा निजी क्षेत्र प्रताडित अवस्थामा रहेको तितो यथार्थ सबैका सामु घामजस्तै र्छल· छ। सरकारले जानेर वा नजानेर, राष्ट्रको स्रोत र साधनले दिन सक्ने सुविधामा असमर्थता जनाएर वा निजी क्षेत्रलाई सुविधा उपलब्ध गराउन आवश्यक नठानेर सुविधा उपलब्ध नगराएको एकातिर छँदैछ भने त्यस्तो सुविधा उपभोग गर्नको लागि सरकारको  नजरमा हामी आफै कति इमानदारी र नैतिकवान छौं, समाजले हाम्रो मूल्याङ्कन कसरी गरिरहेको छ यी आदि पक्षहरू पनि अहम् छन्।  वास्तवमा निजीस्तरबाट सञ्चालन भएका स्कुलहरूको मनसाय आर्थिक सङ्कलन कि सेवामूलक अभ्रि्राय – शैक्षिक धरातललाई उँच्च गराउने हाम्रो मनसाय कि सामाजिक बडप्पन – कतिपय अवस्थामा सरकारले अगुवाइ गरेको नीति निर्देशनको खिल्ली कि मनोमानी ढंगले चल्ने धम्की ? प्रत्येक वर्ष फीलगायत अन्य शुल्कहरूमा वृद्धिको असन्तुलित र अवैज्ञानिक प्रश्रयले समाज विखण्डन र कंगालीकरण को सलुशन कि सुरुवात ? यी आदि लगायत अन्य थुप्र्रै विषयवस्तुमा विज्ञहरूको स्वच्छ एवं दिगो वहस हुनु अनिवार्य छ।

वर्तमान् परिप्रेक्ष्यमा निजीस्तरबाट सञ्चालित भएका बोर्डिङ भन्नाले ढुङ्गा, गिटी, बालुवा, सिमेण्ट र रड थुपारेर निर्माण गरिएका भव्य महलहरू वा बिल्डिङहरूको भौतिक पक्षसँग हामी आशक्त छौं कि शिक्षाको स्तरसँगको सामीप्यतालाई अझ मजबुत बनाउने शक्तिसँग हामी प्रतिबद्ध छौं ? स्मरण रहोस्, भौतिक निर्माणको आर्श्चर्य र रहरलाग्दो थुप्रो शैक्षिक क्रियाकलाप र सिकाइको केही अंश पूरा गर्ने एउटा झिनो तत्वमात्र हो। शैक्षिक क्रियाकलापक र सिकाइका रहरलाग्दा अवयववहरूको परिपूर्ति भन्दा पनि बडप्पन, स्वार्थ चरित्र र असामाजिक हरकतको बिजारोपण हालको हाम्रो असान्दर्भिक प्रवृत्तिले चित्रण गरिरहेको छ। हाम्रो शैक्षिक आधारको पहिलो र मजबुत कसी भनेको त्यै असामान्य प्रकारको बाहिरि आडम्बर र खोक्रो आवरण हुन सक्छ। तर वास्तवमा, हामीले नजानी नहुने र नहेरी नहुने यसको अनिवार्य पक्ष भनेको सम्बन्धित संस्थाको आन्तरिक व्यवस्थापन र त्यसमा हरदम सकारात्मक तवरले खटिइरहने सक्षम, अनुभवी र जिम्मेवारि पूरा गर्न सक्ने कुशल शिक्षकको विनोद प्रिय व्यवहारहरू हुन्। कम्प्युटरको बाहिरी आवरण जतिसुकै मूल्यवान किन नहोस् त्यसको वास्तविक र अक्षुण आन्तरिक अस्तित्व उसको भित्री सफ्टवयरसँगको उपयुक्त कम्बिनेशनसँग निर्धारण हुन्छ। त्यस्तै तपाइँसँग भएको मोबाइल जतिसुकै सामान्य किन नहोस् यदि त्यसको आन्तरिक सफ्टवयर ठीक छ भने लाखौं पर्ने मोबाइलले जत्तिकै त्यसले पनि समाचार सम्प्रेषण गर्न सक्छ। अन्य कुराहरू भनेको व्यक्तिको व्यक्तिगत शोखको विषय हो। म अझै स्पष्ट पार्न चाहन्छु कि हाम्रो समाज र सिङ्गो राष्ट्रले शैक्षिक क्षेत्रमा हामीसँग अपेक्षा गरेको सुनौला उद्देश्यहरू भनेको शिक्षाको गुणात्मक पहिचान हो जो अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धी बन्न सकोस्। अतः भौतिक पिण्डको भीमकाय थुप्रो तर खोक्रोसँगको सामीप्यताले अटोम्याटिक रूपमा बालबालिकाको उज्ज्वल भविश्यको मार्ग प्रशस्त गर्छ भन्ने अट्टाहास्ले हाम्रा फूलजस्ता कोमल बाबु नानीहरूको अभिभावकहरू बत्तिको तापमा किराहरू ओइरो लागेझैं ओइरो नलागून्। हामीले कलिला बालबालिकाको सम्बेगात्मक, नैतिक, सामाजिक, शारीरिक आदि पहलुहरूलाई जसरी पनि उकाास्न सक्ने र उनीहरूलाई हरेक क्षेत्रमा प्रतिस्पर्धीयोग्य बनाउन चाहिरहेका छौं भने सम्बन्धित निकायले समाजमा प्रदर्शन गरेको सामाजिक वातावरणको पनि मूल्याङ्कन गर्नु अत्यावश्यक छ। सामाजिक वातावरणमा एक प्रकारको नकारात्मक त्रास फैलाई, बालबालिकामा आफ्नो दभ्य प्रदर्शन गरी, अन्यको छविमाथि लाञ्छना लगाई, आर्थिक रासको प्रलोभनमा फसाइ, अग्रिम भुक्तानी र सबैलाई सबैथोक निशुःल्क गर्ने जस्ता बकमफुसे एवं गैर जिम्मेबार प्रतिबद्धताले अन्ततोगत्त्वा जोगी बन्ने अभ्रि्राय : बाहेक के हुन सक्छ ? हाम्रोजस्तो स्थापित साथै मूल्य मान्यता भएको समाजलाई शिक्षाको चहकिलो प्रकाशले, दिगो विकास, शान्ति र स्वस्थ चरित्रको अन्तर्राष्ट्रिय मानवीय मापनमानसँगै अगाडि बढाउने चेष्टा गर्ने सोच हुनुपर्ने होइन र ? हाम्रो प्रतिबद्धता वा कटाक्ष कतै वा कसैका लागि भन्दा पनि अधिकांशका बुझक्कड, शिक्षित र स्वतन्त्र अभिभावकका लागि हाँस्यासपद् बन्न गयो भने हामी शिक्षित वर्ग भनिएका, मानवीय सम्वेदनशील पक्षका अध्ययन गर्ने नामले चिनिएकाहरूले समाजको अगाडि कुन मुख लिएर प्रवेश गर्ने –

यो कुरा सबैले बुझ्न जरूरी छ कि आंशिक भौतिक पक्षको उपस्थित आवरणको कारण शैक्षिक प्ाक्षका अन्य अवयवहरूको महत्त्वपूर्ण उपलब्धिहरू स्वतः परिपूर्ति हुन्छ भन्नु केवल दिवासपना र अदुरदर्शी दृष्टिकोणको परिणाम हो। अर्कोतिर सबैलाई सधैँको लागि सबै कुराहरू बाँड्छु र अरुलाई पर्छार्छु भन्नु कालान्तरमा आफै बल्ढाङ् खानु हो। त्यसैले निजीस्तरमा खोलिएका ठूलाठूला कम्पनीका मालिकले तँछाड मछाडको  चर्को युद्ध गर्नभन्दा आपस-आपसमा मिलेर आ-आफ्नो व्यवसायप्रति निष्ठावान रही स्वस्थ्य प्रतिस्पर्धा गर्नु सर्वथा सभ्यर र उचित उपाय हुने छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width