यहाँ थूप्रै प्याजहरु छन् अनि त्यस्का पत्रहरु छन्, जसका कारण सिमान्तकृतका वास्तविक समस्याले समाधानका उपायसम्म पहुँच स्थापित नै गर्न सक्दैनन्। त्यस्तै समाजमा सृजित समस्याका मुख्य कारकको सट्टा मानिसहरु उक्त समस्याबाट जो उत्पीडित बनेको छ, उसैलाई कारण मान्न पुगिरहेका पनि हुन्छन् भने पीडक यसै समाजमा आफ्ना अपराधको ढाकछोप गरी सम्मानित जीवन बिताइरहेका दृष्टान्त यसै समाजमा प्रशस्त देखिन्छन्।
यहाँ कुरा गर्न खोजिएको विषय लागुऔषधको दुरुपयोग र यसका कारण सृजित समस्याको हो। आज कलिला युवा युवतीका अभिवावकलाई उसको सन्तानको तर्फबाट आर्इपर्न सक्ने लागुऔषध प्रयोगको चिन्ता एकातर्फ देखिन्छ भने कलिला युवाजमात यस कुलतमा फस्न गइ उनीहरुको भविष्य बर्वाद हुने अवस्था विद्यमान छ। विद्यालयका शिक्षकहरुलाई आफ्ना विद्यार्थीमाथि रहेको यस जोखिमले हरदिन पिरलि नै रहेको छ।
तर हामीमध्ये कतिले चाहीँ यो सोचेका छौँ होला – यदि औषधिजन्य वा अन्यप्रकारका लागुऔषध दुरुपयोग भएको छ भने यसको दुरुपयोग गने मूलि को ? यसको दुरुपयोगको उत्पत्ति कहाँबाट र कसरी भयो ? के खुला सिमानामात्र एक कारण थियो वा यसै समाजमा तत्क्षेत्रमा त्यस्ता धमिराहरु थिए, जो यस देशको भविश्यलाई विस्तारै-विस्तारै चपाउँदै, जलाउँदै लुटिरहेका थिए। आनन्द लिइरहेका थिए।
लागुऔषध नियन्त्रणको सवाललाई लिएर प्रहरी प्रशासनलाई पनि त्यतिकै चिन्ता अवश्य छ भने समाजका अन्य तहतप्का तथा नागरिक समाजको पनि गहन सरोकारको विषय यो पक्कै हो। तर पनि किन त हामी यस एउटा समस्या निराकरणका लागि सामूहिक तथा एकबद्ध प्रयास गर्न सकिरहेका छैनौ ?
साधारणतया जो यसको लतको कारण दिनदिनै आफैँ समस्याग्रस्त बन्दै गइरहेको छ र एकप्रकारले जैविक रसायनको आदि बनेको छ उसैमाथि दोष थपिदिएर मात्र यस समस्याको निराकरण सम्भव छैन। अनिसँगै एक ब्यक्तिको जोखिमपूर्ण बानी ब्यवहारले उसका नजिकका परिधिभित्र रहेका अन्यलाई यस समस्यासँग परिचित गराउँदै क्रमिकरुपमा ऊजस्ता अन्यलाई लपेट्दै समस्यालाई बढाइरहेको हून्छ। यहीँनेर कालो बजारको घृणित र डरलाग्दो रणनीतिले काम गरिरहेको पनि सँगै नै हुन्छ।
कसलाई थाह छैन होला, यस लागुऔषधको मूल श्रोत कहाँ चैँ हो – तर सामान्यतया हेने हो भने यसका बहुसंख्यक प्रयोगकर्ताहरु नै कारबाहीमा परेको देखिन्छ भने रुखको कुरा गर्दा प्रायः उन्मुक्ति पाइरहेको अवस्था पनि देखिन्छ।
यस समस्या निराकरणका लागि प्रयास नभएका होइनन् तर यी प्रयास पर्याप्त छैनन् कारण सरकारका तर्फबाट लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ सबै जिल्लाहरुमा गठन गरिएको अवस्था छैन भने भएका इकाइहरुमा पर्याप्त जनशक्ति छैनन्। अकोर्तर्फ टोल, गाउँ, इकाइहरुमा स्थानीय निकायका कैयन त्यस्ता संरचनाका बाबजुद लागुऔषधको सवालमा काम गने कुनै एकाइ गठन नै हुन सकेका छैनन्। त्यस्तै विद्यालयहरुमा जोखिम समूहको निगरानी तथा ब्यवस्थापनका लागि ठोस काम हुन सकेको छैन।
अकोर्तर्फ यसको लतको छुटकाराका लागि उपचार त्यति सरल र सहज पनि देखा पदैन भने यस निम्ति सरकारले विशेष सम्बोधन गर्न पने आवश्यकता टड्कारो देखिन्छ। जसको लागि राजनैतिकरुपमा सम्बोधन अपरिहार्य छ। कारण एकातर्फ नया पिढी उच्चजोखिममा छ त अकोर्तर्फ उपचार पछि पुनःस्र्थापनाका लागि ठिक भएका समूह आफैँ वञ्चित भइरहेको अवस्था छ।
यस्तो अवस्थामा यस निम्ति लागीपरेका समूह जो आफैँ आफैँ संघर्ष गदै थोरै केही गरिरहेका छन् उनीहरु नै भेदभावको शिकार बनेका छन्। आफू पूवप्रयोगकर्ताका रुपमा नयाँ समस्याग्रस्त प्रयोगकर्तालाई अभिप्रेरित गर्न लागिपर्दा समाजले जानि नजानी उनीहरुलाई पश्चिम धकेलिरहेको अवस्था छ भने आफ्नो जीवनको स्वर्णीम समय बर्वाद हुन गइ केही गरौँ भनि लागिपनेका लागि आवश्यक ज्ञान, सीप र दक्षता अभाव छ। अनि समाजको अन्य क्षेत्रसँग अन्तरघुलनका लागि आवश्यक काम हुन सकेको छैन। यसै समाजमा ब्याप्त यस अवस्थामा यो समस्याको कारण र निराकरणको जिम्मेवारी चाहिँ कसले लिने – उत्तर त्यति सहज पनि देखिन्न। तर सत्य यो हो, यो समस्या यसै समाजको गर्भभित्रबाट जन्मिएको छ, हुर्किएको छ।
अब एकपटक विचार गरौँ देशका लाखौँ प्रयोगकर्ताहरुले एक दिनमा एक मात्रामात्र पनि लागुपदार्थ सेवन गरे भने कति ठूलो परिमाणमा रकम खर्च होला ? अनि त्यो रकम सटही भएर परिवर्त्य मुद्रा बाहिरिन जाँदा कत्रो घाटा देशले ब्योहोरिरहेको होला ? वाषिर्क अबौ अर्बको ब्यापार घाटा सन्तुलनमा यदि यो समस्याले छिमेकी राज्यलाई फाइदा पुगिरहेको छ भने उ हाम्रो लागि भनि आफैँ बोल्न आउला ? केवल अपराधको आँखा वा उपचारको दृष्टिले मात्र ठोस उपलब्धि हासिल हुन्छ भनि पत्याउने आधार भेटिन्न। यो समस्या अपराध हो वा स्वास्थ्यको सवाल हो ? भन्ने बहसमात्र काफी छैन। यसका अन्य सामाजिक, आर्थिक र अन्य थुप्रै कारण छन्। त्यस्तै बजारका आफ्नै नियम र सिद्धान्त पनि छन्। कालो बजारको नियन्त्रण बिना समस्या समाधान हुन्छ भन्नु गलत हुन जान्छ। यसले राष्ट्रिय सुरक्षामा पाने प्रभाव र भारुको सञ्चितीमा पाने प्रभाव पनि त्यति नै संवेदनशील पक्ष हो। यस अवस्थामा किन यसलाई राष्ट्रिय समस्या नमानिएको ? र, किन यस विषयलाई राजनीतिक सम्बोधन नगरिएको ? भनेर प्रश्न गर्न ढिला भइसकेको छ। नेपाली धर्तीमा परेको बाह्य राजनैतिक प्रभावसँगै यो समस्या पनि जोडिएको छैन भनि मान्नू र पर्खनू अब चाहिँ नागरिक मुखता बन्न जाने खतरानाक अवस्थातर्फ आँखा चिम्लन मिल्दैन।
आपराधीकरण गरिएर देशका युवा थप रित्तिदै जाने हो भने सुदूरभविश्य कस्तो बन्ला, यो देशको ? आज पीडित तस्करबाट त शोषित छन् नै सँगै प्रहरी प्रशासन, न्यायीक क्षेत्रबाट समेत थिचिएका छन्। स्वास्थ्य रक्षा र उपचारका लागि उपायबिहीन छन् अनि घरपरिवार त समाजबाट अपहेलित छन्। सिमान्तकृत भएका छन्। के उनीहरु यस देशका नागरिक होइनन् ? जवाफ कसले दिने ? प्रश्न छ, उत्तर छैन।
यति भैकन पनि फलामलाई फलामले काट्छ भनेजस्तो यस समस्या निवारणका लागि उनीहरुकै भूमिका उल्लेखनीय रहनेमा शंका गरिरहन जरुरी छैन। मात्र के हो भने उनीहरुलाई फुल्ने अवसर दिइनु पर्छ। जहाँ छन्, त्यहीँबाट उत्पादक बन्न अवसर दिइनु पर्छ।
आज देशभरिका विद्यालय तथा सहर गाउँका एकाइमा उनीहरुलाई परिचालन गर्न सकिन्छ। प्रहरी तथा नागरिक समाजसँगको समन्वयमा उनीहरुलाई प्रयोग गर्न सकिन्छ। त्यो तब हुन्छ, जब राज्यले यसलाई राष्ट्रिय समस्या स्वीकार गर्छ। राजनीतिक संगठन यस विषयमा बोल्छन्। के छिमेकी राज्य जान्दैन उसका कति यस्ता चीज कहाँ उत्पादन हुन्छन् कति बिक्री हुन्छ ? नभए त्यतिबेला सिमान्कृत यो समूह बोल्न सक्छ तीनका बैंक खाता कहाँ छन् ? तर यसका लागि सम्बन्धित नेतृत्वले ती अवाजलाई बोक्न जरुरी छ र बल दिन जरुरी छ। अस्तु।
(कोइराला रिकभरिङ नेपाल, पोखराका कार्यकारी सदस्य हुन्। – सं.)
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
आजदेखि छठ पर्व सुरु
गण्डकीमा कहाँकहाँ घुम्ने ?
कार्तिक १९, २०८१पोखरामा भाइटीका महोत्सव
कार्तिक १८, २०८१मनाइँदै भाइटीका
कार्तिक १८, २०८१आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
कार्तिक १८, २०८१लोप हुँदै मखमली फूल’
कार्तिक १८, २०८१