नारीले संसारको सबै क्षेत्रमा आधा भाग ढाकेका छन्। नारीहरु समाजका अर्थिक कृषि वातावरण स्वास्थ्य विज्ञानका खम्बामा विकाशका आयाम बनेका छन्। मानव सभ्यताले महिलाको योगदानको कदर गर्दै सह्रानीय काम गरेको छ। काममा निपूर्णता, शान्ति सामञ्जस्य कार्यप्रति गहनता तथा निष्ठावान, नैतिकता, इत्यादिका आधारमा नारी दिवस मनाईन्छ।
पछाडिका पानाहरु हेर्दा इतिहासमा अकल्पनीय महान नारीहरु पाइएका छन् फ्लोरेन्स नाइटिगेंल लडाइमा घाइतेहरुलाइ ठूलो उपचार गरेर, अंधकारमा मैनबत्तीको काम गर्नुभएको थियो। त्यस्तै म्यारी क्युरीले धेरै रेडियोएक्टिभ तत्व पत्ता लगाएर रसायन विज्ञानमा ठूलो योगदान दिनुभएको छ।
उहा जस्तो सुकै अवस्थामा पनि जोखीमपूर्ण रसायन प्रयोगशालामा काम गर्न छोडनु भएन। र्अिर्क आइरन लेडी भनेर बेलायती अर्थशास्त्रमा क्रान्ति ल्याउने सशक्त महिला नेत्री र्मागारेट थाचर सधै स्मरणीय हुनुहुन्छ। पासाँग ल्हामु शेर्पा सगरमाथा आरोही हिमालको लिजेन्डरीमा चिनिनुहुन्छ।
महिलालाई न्याय, समानता, स्वतन्त्रता तथा प्रेरणाका रुपमा नेपालमा बषेर्नी मार्च ८ तारिक मा अन्तरर्ाष्टिय नारी दिवस मनाइन्छ। शुरुमा इ. सं . १९०९ अमेरिकामा मनाइने तारिख रुसमा इ. सं .१९१७ मा परिर्माजित भएर यो तारिखमा मनाइने गरिएको छ।
नेपालमा नया सोचाई भएका नारी पनि छन् , उदाहरणका रुपमा प्रथम टेम्पो चालक लक्ष्मी र्शमा, सामाज सेवी अनुराधा कोईराला, माननीय प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, महान राजनीतिक महिला लडाकु माननीय हिशीला यमी भट्टराई, भेटिन्छन्।
हाम्रो नेपाल ऐतिहासिक कालदेखि नै नारीप्रधान देखिन्छ। सीता ,भृकुटी, तथा योगमायाहरुको उच्च श्रद्धा र अर्चना गर्दै वर्तमान नारीवर्गको प्रगति र समृद्धिको कामना गर्दछु।
Related News
सम्बन्धित समाचार
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता
hero news full width
मुख्य समाचार
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१