नारीको महत्त्व

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७०

२०७० फागुन २४ इ.सं. २०१४ मार्च ८ तारेखका दिन आज नारी दिबस मनाइदै छ। आधा भन्दा बढी आकाश ढाकेर बसेका नारीहरूको महत्त्व न हाम्रो घरपरिवार न समाज न नेपाल सरकारले बुझेको छ नबुझने प्रयास नै गरेको छ। यी सबैले नारीहरूलाई पुरुषहरूका व्यक्तिगत सम्पत्तीको रूपमा सोचिरहेका छन् र सोही अनुसार व्यवहार गर्दै आएका छन्। नारी दिबस मनाउने नाउंमा अथाह धनरासी खर्च गरी नक्कली भाषण गरेर नारीहरूलाई धोका दिइरहेका छन्। दैनिक लुटींदै गरेको नारी अस्मिता प्रति कसैको पनि ध्यान गएको देखिएको छैन। यो ज्यादै चिन्ताको कुरा भएको छ।

हाम्रा बैद्विक पौराणिक साहित्यहरू रामायण महाभारत एवं १८ पुराणहरूमा नारीको स्थान उच्चकोटीको पाईन्छ। नारीलाई सृष्टिको सर्जक मानिन्छ। नारी सौर्न्दर्यकी प्रतिमूर्ति, ममताकी खानी, भावनाकी भण्डार मानिन्छिन्। नारीको स्वभाव हसिलो, फरासिलो र रसिलो देखिन्छ। नारी जातिको भिजन भनेकै अरुलाई खुशी राख्नु र आंफु खुशी रहनु नै हो। नारी भौतिक संसारका फुलवारीको माली मानिन्छिन्। नारी बिनाको समाज कल्पना मात्र पनि गर्न सकिदैन। नारीको अभावमा संसार अपुरो, अधुरो र निरस हुन्छ। पुरुष सम्यता हो भने नारी संस्कृती हो। हाम्रो वैदिक सनातन धर्ममा नारीलाई धर्मपत्नीको स्थान प्राप्त आएको छ। नारीलाई इन्द्रलक्ष्मी, राज्यलक्ष्मी, गृहलक्ष्मी शव्दले सम्बोधन  गरिन्छ। नारीलाई दया र क्षमाकी खानी भनिन्छ। यिनी पृथ्वी समान क्षमाशील छिन। नारी मानवीय संसारकी जननी हुन्। नारीको स्थान देव दानव, मनुश्य समाजमा अग्रपंतीमा रहेको पाईन्छ। कुनैपनि सभा समारोहमा प्रथम संवोधन यिनैको हुन्छ। जस्तो जेडिज एण्ड जेन्टल म्यान भनी सम्बोधन हुन्छ। देवी, देवता सीता राम, राधाकृष्ण गौरीशंकर उमा-महेश्वर प्रकृति पुरुष माया इश्वर लक्ष्मी नारायण, यसरी युगल शब्दावलीद्वारा सम्बोधन गरिन्छ। यसमा पनि नारी स्थान प्रथम छ। हामी हाम्रो भाषालाई मातृ भाषा भन्दछौं। पितृ भाषा भन्दैनौं। भाषामा भावनामा, मनमा, मष्तिष्कमा, स्वभावमा, नारिको प्रभाव अत्यान्त प्रभावकारी हुन्छ। नारी प्रेयसी पनि हुन् उनको मुखाकृतिमा आकर्षक मुस्कान हुन्छ। नारी शक्ति पुञ्ज हुन। यिनीलाई ब्रम्हकी माया संग तुलना गर्दा अत्यिूक्ति नहोला। नारी परिस्थिती अनुसार वन्दुक बोकेर शत्रुसंग लड्न तयार हुन्छिन्। यस्तै साहस र हिम्मतले उनी विर·ना कहन्छिन् भने आ“फु अवला भएको अवस्थामा पनि हिम्मतका साथ आ“फु बाँचेर अरुलाई बचाउने काम गर्दछिन् नारीको सम्मानित अको नाउं महाशक्ति हो। उनको स्थान हिमालय सरह उच्च मानिएको छ। नारिको लगनशिलताको वर्णय गरी साध्य नै छैन। हाम्रा गृहणीहरू विहान ३ घडी रात बांकि हुंदा उठेर दैलो-पोतो, पानी-पदेरो, चुलो-चौको, बालवालिकाको संरक्षण, बस्तुभाउको हेरविचार, वृद्व-वृद्वाहरूको स्याहार संभार आदि सवैको काम गर्दछन्। यी सबै काम नारीहरू कै हो भन्ने हाम्रो समाजको धारण रहेको छ। यो कति उचित कति अनुचित छ पाठक आ“फैले विचार गर्ने विषय हो। नारी दिनमा १७/१८ घण्टा परिश्रम गर्दछिन्। उनले विश्राम गर्ने समय केवल ५/६ घण्टा मात्र हो। यहि समयमा पनि श्रीमान्को आसय पुरा गर्न बाध्य   छन्। तैपनि उनी खुसी नै देखिन्छिन्। उनको परिश्रम, लगनसिलता र सहन शिलताको कुनै लेखा-जोखा र मुल्य छैन। उनको गती अविर नदीको जस्तै देखिन्छ।

नारी सगरमाथा जत्तिकै अटल र उच्च छन्। पहाड जस्तो भए पनि पत्थर जस्तो कडा र दुर्लभ भने छैनन्। नारीको हृदय भेग नपाई सक्नु समुन्द्र जस्तो गहिरो हुन्छ भनिएको छ तर नुनिलो पन भने पटक्कै हुंदैन।

हामीलाई वेदले दिएको प्रथम शिक्षा “मातृदेवो भव पितृदेवो भव, आचार्य देबो भव” त्यस्तै “त्वभेव माता च पिता त्वभेव” यि दुवै आदर्श वाक्यले मातृशान्तिलाई प्रथम स्थान दिएकी छ। नारी गुरुको पनि, पिताको पनि आमा नै हुन्। हामीले दैनिक जय गर्ने गायत्री मन्त्रलाई छन्तमाता भन्दछौं। गायत्री माताको हामी सबैले दैनिक आराधना गर्दछौं। हाम्रो धर्मशास्त्र अनुसार तिर्थस्थलमा स्थान गर्दा यज्ञयज्ञादी गर्दा पति पत्नि दुवै सम्मिलित भएर गर्न पर्दछ भन्ने मान्यता छ। पत्नि रहित भएर गरेका धार्मिक कर्मको फल मिल्दैन भनिएको छ। यसबाट पनि नारीको महत्त्व थाहा हुन्छ। नारीको सम्मानजनक विषयमा भनुजी भन्नु हुन्छ “यत्रनायस्तु पुज्यन्ते रमन्ते तत्र देवता” जुन घरमा अथवा परिवारमा नारीको सम्मान हुन्छ। त्यो घर स्र्वर्ग तुल्य हुने भएकोले देवताहरू आउने जाने गर्दछन् र घर परिवारको रक्षा हुन्छ भन्ने विश्वास छ।

वैद्विक नारिहरूको त्यस बेलाको महत्त्व कस्तो थियो र उनिहरू को थिए भन्ने विषयमा केहिको नाम र उनीहरूको विचार उल्लेख  गर्ने अनुमती चाहन्छ। मैत्रेयी ऋषि यज्ञवल्क्यकी पत्नि हुन् उनले आफ्ना पतिस“ग अमर पद प्राप्त गर्ने वर मागिन र ब्रम्हज्ञानी बनिन्। सीता सीरध्वज-जनककी छोरी हुन्। यिनी दिव्य गुणले परिपूर्ण हुंदा ज्यादै अनुकरणीय भइन। सावित्री राजा अस्वपतिकी छोरी हुन्। पति ब्रताको शक्तिले यमराजलाई खुशीपारी आफ्ना पतिको मृत्यु माथी विजय प्राप्त गरेकी थिईन्।

गान्धारी राजा धृतराष्ट्रकी  पत्नी हुन्। यिनी सत्य र धर्मको हिमाइती थिइन। पाण्डुकी धर्मपत्नी कुन्ती हुन। कुन्ती भक्ति संसारकी श्रोत मानिएकी छन्। श्रीकृष्ण संग उनी यस्तो प्रार्थना गर्दछिन् कि “हे भगवान मेरा जीवनका हरेक पाहिला पाहिलामा दःखै दुःख पाईपरुन” उनको आसय दूःखमा इश्वरको दर्शन हुन्छ भन्ने बुझिन्छ। इश्वरको दर्शनमा सबैकुरा प्रँप्त हुन्छ भन्ने विश्वास भएको पाईन्छ। हिन्दू दर्शनमा यस्ता आदर्शनारीहरू प्रशस्त छन् र उनीहरूको स्थान उच्चकोटीको पाइन्छ। जस्तै गार्गी, दमयन्ती अनुसुदा सवरी, मन्दोदरी, सत्यवती, द्रोपदी आदि। नारी नारी विश्व व्रम्हाण्डकी माता हुन्। जगत जननी हुन्। नारी माता दुर्गेको शव्दले पुकारिन्छिन्। नारी हाम्रो समाजको हिरा नै हुन्। मोति नै हुन्। नारीको मूल्य हिरा मोतिको भन्दा कम छैन। माल पाएपछि चाल पनि पाउनुपर्दछ भन्ने कुरा यो पुरुष प्रधान समाजले बुझ्न सकेन।

नारी जातीको योगदान हाम्रो समाजमा कति रहेको भन्ने कुराको लेखा जोखा गर्ने विवेक उ संग भएन। ऐले हाम्रो समाजमा नारी (महिला) हिंसाको विकराल रूप देखिएको छ। नारीहरू भयङ्कर डर लाग्दो अवस्थामा यात्रा गरिरहेका छन्। उनीहरूको कहिं कतै सुरक्षाको ग्यारेन्टी छैन।

बोक्सीको आरोपमा मूल मुत्र खुलाउने, गाउँ निकाला गर्ने, शरिरमा पेट्रोल खन्याई जीउदै जलाउने यस्ता अनेकौं जघन्य अपराध भैरहेका छन्। बाँचुन्जेल पिडा भोगी रहनुपर्ने बलात्कारका घटनाको लेखाजोखा नै छैनन्। हजुर बाउले नातिनीलाई बलात्कार, नातीले हजुर आमा बलात्कार शिक्षकले छात्रा बलात्कार, गुडीरहेको बसमा किसोरीको बलात्कार समाचारमा दैनिक आईरहेका छन्। भने घरेलु हिंसाको घटनाको लेखाजोखा नै छैन। यस्तो अवस्थामा नारीहरू आफ्नो हृदय जलाउंदै असैय पीडामा जीवन यात्रा गरी रहेका छन् भने यिनै सृष्टिकी सर्जक नारीको कोखबाट जन्म लिएका पुरुषहरू नरपशु जस्तै बनेर नारीहरूलाई नै दुःख दिइरहेका छन्। आफ्नो मर्यादाको ख्यालै नराखी स्खलित   हुंदैछन्। गिरदैछन्। गिरी रहेका छन्। एकातर्फ नारीहरूलाई असैह्य दुःख दिईरहेका छन् भने अकोर्तर्फ पुरुक्ष जातीको मर्यादामा कलंक लगाईरहेका छन्। यो ज्यादै दुःखको कुरा हो। यस्तो अवस्थाबाट मुक्ति पाउन घर परिवार टोल छिमेक राष्ट्र सचेत हुनु अति जरुरी छ।

न घरलाई घर कहिन्छ

नारी नै घरवार हो।

एकमात्र धर्म साधन

नारी घरको द्वार हो।

– शुक्रराज शास्त्री

अस्तु

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width

trending post

ट्रेन्डिङ्ग