नागरिक अभिनन्दन

tukaramlamichane टुकाराम लामिछाने
चैत्र ७, २०७५

लक्ष्मीनारायण मन्दिर नारायणस्थान पोखराका पीठाधीश्वर जगतगुरू महायोगी सिद्ध बाबा. श्रीवैष्णव डा. कृष्णदासजी महाराजलाई गण्डकी प्रदेशका धार्मिक,  सामाजिक संघ संस्थाहरू, साधक, भक्तजनहरू सहित संम्पूर्ण नागरिकहरूको तर्फबाट विन्दवासिनी मंन्दिरका पीठाधीश्वर श्री १००८ स्वामी निशेषानन्द महाराजको संरक्षकत्वमा गण्डकी प्रदेश स्तरीय नागरिक अभिनन्दन कार्यक्रम यही २०७५ चैत्र ९ गते पोखरामा सम्पन्न हुन गईरहेको छ।

नेपालकै इतिहासमा प्रथम पटक ऐतिहासिक रूपमा आयोजित श्रीरामतारक ब्रह्म महायज्ञको पावन अवसरमा चतुर्थ सम्प्रदायका विशिष्ठ साधुसन्त , महात्माहरू,  द्वारा आद्यजगतगुरू श्रीरामानन्दाचार्य पदमा प्रतिष्ठित होईबक्सेको उपलक्षमा पोखरामा नागरिक अभिनन्दन गर्न लागिएको हो।

नागरिक अभिनन्दन कार्यक्रमलाई सभ्य र भव्यरूपमा सम्पन्न गर्नको लागि समाज सेवी शुक्रराज शर्माको संयोजकत्वमा जगतगुरू महायोगी सिद्धबाबाको नागरिक अभिनन्दन १००१ सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ। नागरिक अभिनन्दन तयारीको लागि धार्मिक संघ संस्थाहरूको भेला गरी विभिन्न उपसमितिहरू गठन गरी कामको जिम्मेवारी दिईएको छ।

लक्ष्मीनारायण मंन्दिर नारायणस्थानमा बिहान ११ बजे गण्डकी प्रदेशका मुख्यमंन्त्री श्री पृथ्वी सुब्बा गुरूङको उपस्थितिमा पूजा अर्चना पछि शुरू हुने रथयात्रा नारायणस्थान मन्दिरबाट गण्डकी प्रदेशका धार्मिक संघ संस्थाहरू ,  आमा समूहहरू तथा विभिन्न समूहका झाँकी, व्यानर भजन कीर्तन,  पञ्चेबाजा सहित महेन्द्रपुल,  चिप्लेढुङ्गा,  सभागृह,  पृथ्वीचोक हुँदै प्रदर्शनी केन्द्रमा एक कार्यक्रमकाबीच मुख्यमंन्त्रीको बाहुलीबाट नागरिक अभिनन्दनपत्र चढाई श्रीराम तारकब्रह्म महायज्ञको प्रसाद वितरण र सदगुरूदेवको आशिर्वचन प्रदान हुने कार्यक्रम रहेको छ।

नेपालका धरती पुत्र जगतगुरू कृष्णदासजी महाराज नेपालको पूर्वी पहाडी जिल्ला सोलुखुम्बुको एक सदाचारी ब्राह्मण परिवारमा महायोगी सिद्धबाबाले स्थूल शरीर ग्रहण गर्नु भएको हो। जन्मजन्मान्तरमा संग्रहित पुण्यसंस्कारको प्रवल उदयकाकारण उत्पन्न वैराग्यले बाल्य अवस्थामै गृहत्याग गरी अध्यात्म पथमा समर्पित हुनुभएका महायोगी सिद्धबाबा अयोध्यास्थित श्री मणि रामदासजीको छाउनी पीठबाट आदि वैदिक,  सनातन रामानन्दीय श्रीसम्प्रदाय अन्तरगतको वैष्णव सन्यासबाट दीक्षित हुनुभयो।

आफ्नो उद्देश्य प्राप्तिको लागि अनेकौ कष्ट ,  पीडा र निरन्तरको संघर्षबाट विचलित नभई आफ्नो अध्ययन अनुसन्धानलाई निरन्तरता दिँदै भौतिक विज्ञान अन्तरगतको वनस्पतिशास्त्रमा विद्यावारिधि साथै आध्यात्मविज्ञानको अध्ययन,  आयुवेर्द,  खगोल विज्ञानको अन्वेषण र साधनामा समर्पित हुनुभयो। भनिन्छ मृत्युभन्दा सन्यासपथ कठिन हुन्छ तर पनि उहाँले त्यही कठिन पथको यात्रा सुरू गर्नुभयो।

उहाँ जाडो याममा हिमालय पर्वत,  उत्तरकाशी,  केदारनाथ,  वदरीनाथ,  मानसरोवर,  मुक्तिनाथ,  आदि क्षेत्रका गुफा ओडारमा तपस्यारत हुनुहुन्थ्यो। गर्मी याममा उष्ण प्रदेशमा झरेर पञ्चाग्निको सेवन गर्दै यान्त्रिक,  मान्त्रिक साधनाकासाथ हठयोग,  मन्त्रयोग,  लययोग र राजयोगको समष्टिगत स्वरूप पाशुपत सिद्धमहायोगको साधना गर्दै सिद्धि प्राप्त गर्नुभयो। जसको झलक समय समयमा सार्वजनिक भएका भूसमाधिबाट पनि प्रष्टिन्छ।

भारतमा प्राप्त गरेको ज्ञान,  सीप,  मान,  प्रतिष्ठालाई चटक्क छाडेर जन्मभूमिमा केही गर्नु पर्छ भन्ने सोच लिएर २०६३ सालमा नेपाल आई प्राचीन हरिद्वार वराहक्षेत्र चतराधाम सुनसरीमा जगतगुरू श्री रामानन्दाचार्य सेवापीठ स्थापना गरी लोक कल्याणमा समर्पित भई महायोग साधनामार्फत हरेक मानिसलाई “भित्र पसेर हेर,  माथि उठेर सोच“ भन्ने भनाइका साथ राष्ट्र,  राष्ट्रियता,  धर्म,  संस्कार र संस्कृतिको संरक्षण गरी शान्ति र समृद्धिको लागि हरित क्रान्तिको अभियानकासाथ अगाडि बढिरहनु भएको छ।

महायोगी सिद्धबाबा नाडीविज्ञान एवं खगोल विज्ञानका विषेशज्ञ हुनुहुन्छ। उहाँले प्राप्त गरेको अनुभव र सीपलाई स्वदेशमा परिमार्जन गरी हरित क्रान्तिबाट अन्न उत्पादन गरी आत्मनिर्भर हुने र लोप हुने अवस्थामा रहेका जडिबुटीहरूको खोज अनुसन्धान गरी व्यावसायिक रूपमा उत्पादन गरी विश्व मानव समुदायमा संस्कार,  स्वास्थ्य र रोजगारीको सिर्जना गरी आत्मनिर्भर हुने महान उद्देश्य रहेको छ। यो अभियान यस प्रदेशको सन्दर्भसंग जोडिएको हुँदा यस कार्यक्रममा सहभागी भई सदगुरूदेवबाट शुभ आशिर्वाद र प्रसाद ग्रहण गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

लेखक सिद्धमहायोग साधना केन्द्र पोखराका साधक हुन्।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

समय चक्र

तङ्ग्रिदै सामुदायिक विद्यालय

प्रेसविरोधी विधेयक खारेज गरिनुपर्छ

स्थानीय सरकारलाई चटारो

प्रमुख समाचार

जीप दुर्घटना ८ जना वेपत्ता

थप प्रमुख समाचार

मापदण्ड भित्रको पर्खाल भत्काइयो

राष्ट्रपति रनिङ शिल्ड टप्सलाई

सञ्चयकोषको सेवा विरौटाबाट सुरु