नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक कुशल लिडर अर्थात् नेतृत्व गर्ने पोलिटिकल लिडरको आवश्यकता पर्दछ । राजनीतिमा लागेकाले राजनीतिक दलमा अथवा स्वतन्त्र भएर राजनीति गर्नु राम्रो कुरा हो । तर दिन रात केवल राजनीति जपेर हिन्नु राम्रो अवश्य हैन । विकसित देशमा राजनीति गर्नेहरूले चुनावको बेलामात्र को राम्रो छ ? कसले राम्रो काम गर्न सक्छ भनी मूल्यांकन गरेर भोट दिने र चुनाव जितेकाले कानुनअनुसार काम गर्ने हुन्छ ।
यहाँ चुनाव नभए पनि बाह्रै महिना नेता र भोट दिने सबैलाई चुनावमा जस्तै राजनीति लागिरहेको हामी देख्दछौं । के यो बढी भएन र ? समयको सदुपयोगबाट मात्र विकास सम्भव हुन्छ भन्ने कुरा विकसित देशबाट हामीले सिक्नुपर्छ । टाइम इज मनी अर्थात समय नै पैसा हो भन्दा फरक नपर्ला । एउटा व्यक्तिको घरमा, सडकमा, काममा आदि सबै ठाउँमा राजनीतिले समय बर्बाद गरेमा काम कुन दिमागले गर्ने त ? अत: चुनावको केही समयअघि देखि मात्र राजनीतिमा चासो दिने हो कि ? बाँकी महत्वपूर्ण समयमा आफ्नै पेसासम्बन्धी काम गरेर देश विकासमा टेवा दिने हो भने हाम्रो देश नेपालको विकास हुन धेरै समय लाग्दैन । मेरो विदेशको आफ्नै अनुभवले पनि नेपालमा राजनीतिक नेतृत्वले बाहेक सबैले राजनीति वर्षैभरि गरिरहन पर्दैन भन्ने मेरो बुझाइ छ । राजनीति गर्ने ठाउँभन्दा अरु ठाउँमा राजनीति गर्न आवश्यक छैन ।
अब के गर्दा देश विकासको बाटोमा अघि बढ्छ त ? भन्ने प्रश्न को जवाफको लागि निम्नानुसार गर्न उपयुक्त देखिन्छ ।
राजनीतिमा लागेकाले स्वतन्त्र भएर राजनीति गर्नु राम्रो कुरा हो । तर दिन रात राजनीति जपेर हिँड्नु राम्रो अवश्य हैन
हाल भएका विश्वविद्यालयलगायत सबै शैक्षिक संस्था राजनीतिबाट मुक्त गरी पढ्ने र पढाउने वातावरणको विकास गर्नुपर्दछ । सरकारी कार्यालयमा भएका ट्रेड युनियनका सबै संरचनाको खारेजी हुनुपर्दछ । राजनीति धेरै हुँदा र काम गर्ने समय कम हुँदा हालै त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र विदेशी विश्वविद्यालयको कपी पेस्ट गरेको हामीले समाचारमा पढेको कुरा हो । एउटा प्रश्नपत्र तयार गर्ने गुरुको समय नभएर त होला भनी सहजै अनुमान लगाउन सकिन्छ । नेपालमा भएका धेरै नागरिक समाजले शैक्षिक संस्थाका कुनै पनि तहमा र सरकारी तहमा पनि राजनीतिक सांगठनिक संरचना खारेजीको माग गरेकाले पनि हाम्रो देशमा राजनीति गर्ने अलि बढी भएकै देखिन्छ । नागरिक समाजहरूले भने जस्तै राजनीतिलाई कमाएर खाने स्थल नबनाइकन देश सेवाको भावनाले काम गरेमा र राजनीति गर्न पर्नेले मात्र गरेमा बाँकी धेरैको समय बचत भएर देश विकासका विभिन्न कामको लागि लाग्न फुर्सत हुने देखिन्छ ।
नागरिक समाजहरूले भने जस्तै अरु दलहरूले पनि यस किसिमको सोचलाई आत्मसात् गरी देश विकासमा लाग्ने समयको बचतमा ध्यान दिने बेला भएको महसुस सबै नेपालीले गरेका छन् । राजनीति गर्ने र चुनावमा जितेर सम्बन्धित ठाउँमा पुगेका बाहेक सबैले आफ्ना कामहरू गरेर देश विकासमा टेवा दिने समय आयो । समय खेर नफालौं । विकसित देशमा हामीभन्दा धेरै मेहनत र समय लगाएर काम गरेर मात्र आजको ठाउँमा आएका हुन् । हामी नेपाली पछि पर्नुमा समय खेर फाल्नु पनि प्रमुख कारणमध्ये एक हो । समयको बचत गरी देश विकासको लागि आफ्नो स्किलअनुसारको काममा लागौं, यसबाट नै देश र हामी नेपालीको कल्याण हुने देखिन्छ । राजनीतिक संगठनमा लागेकाहरूले समेत दुरदर्शी भएर नेतृत्व गर्न राम्रो हुन्छ । धेरै भातृसंगठन बनाएर आफ्नो पार्टीको फाइदा हुने सोचबाट देशको विकास हुँदैन भन्ने कुरा हामी सबैले महसुस गरेको कुरा हो । हाल प्रचलित व्यस्थापनको टुलमा PEST अर्थात् Political, Economic, Social / Technology को विकास गरेर देशको विकास हुने मान्यता पनि छ । तर political कुरा मात्रले देश विकास हँुदैन भन्ने प्रमाणित भएको छ । अत: साँच्चिकै देश विकास गर्ने हो भने पोलिटिकल केही सीमित व्यक्ति हरूले गरेर बाँकी सबै देशको आर्थिक विकास, सामाजिक विकास र प्राविधिक विकासमा केन्द्रित हुनुपर्ने नेपालको आजको आवश्यकता हो । हामी सबै नेपालीले राजनीतिको समय बचत गरी देश विकासमा लगाउने कि ? चिनी धेरै खाएमा तितो हुने छ भन्ने नेपाली उखानलाई आधार मान्ने हो भने पनि नेपालको विकास नहुनुमा राजनीति सबै ठाउँमा बढी नै भएर हो कि भन्ने प्रश्नको उत्तर हामीले खोज्ने बेला आएको देखिन्छ ।
Related News
सम्बन्धित समाचार
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
रेमिटेन्स
सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०