आज २०७३ साल श्रावण शुक्ल पक्ष २३ गते आइतबार नागपञ्चमी (नाग टाँस्ने) दिन भएकाले सनातन धर्मावलम्बीले आ-आफ्नो घरको मूल ढोकामा नाग टाँस्छन्। नागपञ्चमीमा दीप, कलश र गणेश पूजा गरी गाईको गोबरको नाग बनाई नागको मानचित्रमा गाईको दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, रङ्गीविरङ्गी फूल, फलफूल, प्रसाद आदि चढाएर पूजा गरी ढोकामा टास्नाले सर्पको भय हुँदैन भन्ने विश्वासमा नागको पूजा गरिन्छ। पुराणमा कश्यपकी पत्नी कद्रुका सन्तान मानिएका वासुकी, तक्षक, कुलिक, कर्काेटक, पद्य, शङ्खचुड, महापद्य र धनञ्जय नामका आठ नाग छन्। साउन महिनाको पञ्चमी तिथि नागहरूको पूजा गरिने र कागजमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँसिने दिन श्रावण शुक्ल पञ्चमीको दिन आज नागपञ्चमी हो। घस्रेर हिँड्ने लम्बाकार विषालु कीरो, सर्पलाई नाग पनि भनिन्छ। श्रावण महिना नागको मालाधारी भगवान् शिवको पूजा गरिने महिना हो। यो महिनामा पर्ने सोमबार बोलबम नारासहित भगवान शिवको पूजा गरिन्छ।
पौराणिक परम्परा अनुसार नागले बास गर्ने जलाशय नाग बस्ने दहलाई नागदह भनिन्छ। काठमाडौँको चोभारमा रहेको प्रसिद्ध ऐतिहासिक दह, प्रागैतिहासिक कालमा हाल काठमाडौँ उपत्यका भएको ठाउँको एक विशाल जलाशयलाई नागदह भनिन्थ्यो। मञ्जुश्रीले चोभारमा काटेर यो जलाशयको पानी फालेपछि काठमडौँ उपत्यका बनेको हो भन्ने ऐतिहासिक कथन छ। यस्ता नागदह नेपालका विभिन्न ठाउँमा छन्। पोखरा उप-महानगरपालिका वडा नं. १३, बुडुवाफाँटमा रहेको कमल पोखरीलाई पनि नागपोखरी नागदह भनिन्छ। यो तालको बीचमा चापापानी आमा समूहले नागको प्रतिमा निर्माण गरेको छ। यो ताल सेतो कमलले ढाकिएको छ। आज श्रद्धालु भक्तजन पोखरा उपत्यकामा रहेका नौ तालमा स्नान गर्छन्। अन्तिम स्नान यही नागदहमा गरेर यहाँबाट कमलको फल, पात लगेर घरमा नागको पूजा गर्छन्। घरको मूलढोकामा नाग टाँस्छन्। नाग टास्नाले सर्पको भय हुँदैन भन्ने आम विश्वास छ।
अष्ट नाग शेषनाग शैयाधारी विष्णु भगवान्
नागपञ्चमीमा नागको पूजा गर्दा पाठ गरिने नाग स्तोत्र यस प्रकार छ :
अगस्त्यश्य पुलरत्यश्च वैशम्पायन एव च
सुमन्तुज मिनिश्चैव पञ्चैते बज्रवारकाः
मुने कल्ल्याणमित्रस्य जैमिनेश्यापि कीतनात्
विद्युदग्निभयं नास्ति लिखित गृहमण्डले
अनन्तो वासकि, पद्मेत्महापद्मश्य तक्षक
कुलीरः कर्कटः शङ्खश्चाष्टो नागाः प्रकीर्तित
मत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वर
भ·ो भवति बज्रस्ये तत्र शूलस्यका कथा।।
भावार्थ : अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी यी पाँच जना बज्रावारक (बज्रबाट रक्षा गर्ने) मुनिहरू हुन्। कल्ल्याणभित्र र जैमिनी ऋषिको किर्तन भजन गर्नाले र घरको ढोकामा आदिमा नाग टाँसिनाले चट्याङ र आगोको भय हुँदैन। अनन्त, वासुकी, पद्म, महापद्म तक्षक, कुलिर, कर्कट र शङ्ख यी आठ नागहरूको स्तुति गर्दा लाभ हुन्छ। जहाँ नागराजा शयन गर्नु भएको विष्णु भगवान् विराजमान हुनुहुन्छ त्यहाँ बज्र टुटफुट हुन्छ, शूल-सबै प्रकारका रोगव्याधिहरू नष्ट हुन्छन्।
नागमाताको स्तुति
आस्तीकस्य मुनेर्माता जगदानन्दकारिणी
सहयेति मनसादेवि नागमातर्नमो˜स्तुते।
भावार्थ : जगत्लाई आनन्द दिने, आस्तिक मुनि र नागका माता हे मनसादेवी ! स्व्ाागत छ, स्वागत छ, हजुरलाई नमस्कार छ।
नाग भुइँमा घस्रेर हिँड्ने खुट्टा नदेखिने प्राणी हो। नागलाई सर्प पनि भनिन्छ। सर्प धेरै प्रकारका हुन्छन्। क्रयट कोब्रा (गोमन साप) अत्यन्त विषालु हुन्छन्। हरियो झाडीमा बस्ने हरियो रङका सपलाई हरेउ भनिन्छ। यो पनि विशालु हुन्छ। सप पानी र जमिन दुवै ठाउँमा बस्छन्। जमिनमा बस्ने सर्प प्रायः दुलोमा बस्छन्। र्सप विषालु र विषरहित हुन्छन्। सर्पले टोक्यो भने मानिस मर्न सक्छ। तसर्थ सर्वप्रथम सर्पको टोकाइबाट बच्नुपर्छ। कथम् टोकिहाल्यो भने तत्काल स्वास्थ्य संस्था गएर उपचार गरिहाल्नु पर्छ।
नागबाट फाइदा पनि हुन्छ, बेफाइदा पनि हुन्छ। बेफाइदा विषालु सर्पले टोक्यो भने उपचार नभएमा ज्यान जान्छ। त्यसैले हामी सर्पको टोकाइबाट बच्नुपर्छ। सर्पबाट हुने फाइदा भनेको यसले अन्न बालीमा लागेर नोक्सान गर्ने मुसा, कीरा, फट्याङ्ग्रा आदिलाई खान्छ। भगवान् विष्णुको शैय्याका रूपमा परिकल्पना गरिएका सहस्र फरायुक्त नागराजः अनन्त हुन्। देवता र दानवहरूले समुद्र मथन गर्दा निस्केको साह्रै कडा विष हलहलले सर्वनास गर्ने स्थिति आएकाले यो विषलाई भगवान शिवले निलेर आफ्नो कण्ठमा राखे जसले गर्दा उनको नाम नीलकण्ठ रहन गयो। यो अत्यन्त कडा विष हो। यसको जलनलाई समर गर्ने नाग नै सर्मर्थवान् भएकाले भगवान् शिवले नागको माला लगाउनु भयो। नागको शरीर ठण्डा हुने हुनाले यो चिसोले विषको ज्वलनलाई नियन्त्रण गर्ने हुनाले भगवान शिवले नागको माला पैह्रनु भएको हो।
सर्पहरू गृष्म ऋतुमा जमिनबाहिर र शीत ऋतु जाडोमा जमिनमित्र दुलोमा बस्दछन्। सर्प अक्सर दुलोमा बस्दछन्। सर्पलाई सधाएर, नाच्न लगाएर त्यसबाट आयआर्जन गरेर जीवननिर्वाह गर्ने चटकीहरू पनि छन्। नागबाट बहुमूल्य, अति दुर्लभ र उपयोगी नागमणि पाइन्छ भन्ने किंवदन्ती पनि छ। नागबाट बेफाइदाभन्दा फाइदा बढी हुनाले हामी सनातन धर्मावलम्बीले वर्षको एक दिन नागपञ्चमीमा नागलाई नागदेवताको रूपमा पूजा, आराधना गर्दछौँ। यो हाम्रो संस्कार, संस्कृति हो। यसको पालन गर्नु हाम्रो धर्म हो। त्यसैले आज हामीले सर्पको टोकाइबाट हुने अनिष्ट नहोस् भनी श्रद्धा भक्तिपूर्वक नागराजाको पूजा गरेका छौँ र गर्दै जाऊ यसैमा हाम्रो कल्याण छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०