सुन्दै मिठो र प्रिय लाग्ने “नव वर्ष”। आज त बिहानैको लालीसँगै “नव वर्ष २०७२” प्रत्येक नेपालीहरूको घर आँगनमा मुसुक्क मुुस्कुराउँदै प्रवेश गर्दैछ। अनि यही नव वर्षको स्वागत र “वृद्ध वर्ष २०७१” को बिदाइको लागि आ-आफ्नो गच्छेअनुसार अधिकांश युवकयुवती, कर्मचारी, साथीभाइ, बन्धुवान्धवहरू मिली विविध प्रकारका कार्यक्रमहरूको तयारी गर्दैछन्। अर्कोतिर, नयाँ वर्षमा अनेक थरी कार्यक्रम र खुसियालीका बीच मानिसहरूले केही नवीन खोज, अन्ाुुसन्धान, यात्रा प्रारम्भ वा नव निर्माणका सिलसिला सुरु गर्ने प्रतिज्ञा पनि गर्नेछन्।
विविध कारणले धेरै दिनदेखि दुःखी रहेका नेपालीहरूको मनलाई शान्त पार्न सक्ने बनाउन, अधनग्न रहेका मानिसहरूको अवस्थालाई सुदृढ बनाउनको लागि विशेष व्यवस्था गर्न, सुत्केरी हुन नसकेर ज्यानै जाने अवस्था आउन नदिनको लागि हरेक गाउँहरूमा तालिमप्राप्त महिला दिदी बहिनीहरूको दस्ता तयार पार्न नव वर्षले प्रेरणा दिन सके कति जाती हुँदो हो – अझ नारीमाथि भैरहेको ज्यादति निरोध हुने, नारीका लागि पुरुषहरूको भित्री मनदेखि नै सम्मान उब्जिने मनोविज्ञान विकास गर्न, मानव मानवबीच छुवाछूतको कुत्सित् वातावरणमा निमिट्यान्न पार्न पनि यस नव वर्षले उत्साह र हौसला थपिदिए हुन्थ्यो।
नयाँ वर्षको पूर्व सन्ध्यादेखि नै हामीले अपवित्र शब्दहरू सुन्न नपरोस्, हामी हामीबीच वैमनस्यताको संकीण्ा सोच हटुन्, यस्तै कामनाले मन भरिएको छ। आपसमा भाइचाराको विश्वव्यापी मान्यताले हुकने अवसर प्राप्त गरोस्, हाम्रा हरेक बिहानीको पूर्व सन्ध्यामा चिरविर गर्ने चरीहरूले जसरी आफ्नो योजना हामीलाई सुनाउँछन् त्यसरी नै आफ्ना योजना सफल भएको अरूलाई सुनाउन पाइयोस्। देश अनिकाल, खडेरी, बन्द हडताल, गोला बारुदजस्ता अप्रिय र अशुभ नियतिको फन्दामा नपरोस्। मानिसको जीवन आफै प्रकृतिको सर्वश्रेष्ठ उपहार हो। यो उपहारमा अलिकति पनि खोट हुनु भनेको प्रकृतिमाथिको ज्यादति हो। त्यस प्रकारको नमिठा व्यवहार हामीले कहिल्यै कसैमाथि पनि गर्न नपरोस्। राम राज्यको एउटा बलियो उदाहरण यहाँ प्रस्तुत हुन पाउने वातावरण सिर्जना होस्।
उदाउँदो सूर्यले हजारौं प्रकारका भाइरसहरूको क्षेदन गर्छ, मानवीय आलस्यको हटाउँछ, रातमा हुने हरेक प्रकारका अमर्यादित विकारहरूलाई पर हुत्याइ दिन्छ, मानवहरूलाई हाँस्न सिकाउँछ, चेतनाको विकास गराउँछ अनि आज केही गर्नुपर्छ भन्ने बेजोड आवाज प्रस्तुत गर्छ। ऊ न्यानो छ, ऊ तातो छ, र प्रिय पनि छ। रातमा एक छिन हामीबाट पर भैदिन्छ तर पनि ऊ कति लोकप्रिय छ भने ऊबिना हाम्रो जीवन सम्भव नै छैन। अनि हामी सबै कुरा उसैबाट प्राप्त गछौ भने तछाडमछाड् र आपसमा बाझबाझ किन – नव प्रभातमा हामीले सूर्यबाट दैनिक रुपमा ऊर्जा प्राप्त गर्छ। नव वर्षको दिन पनि त्यसरी नै वर्षभरिका लागि ऊर्जा पाउने दिन हो। नयाँ वर्षको सुरुवातसँगै हामीले एकातिर प्रेम, सम्मान र सद्भाव प्रस्तुत गर्नुुपर्ने छ भने अर्कोतिर लगनशील, परिश्रमी र उद्यमी बनेर नेपाल आमाको छातीलाई भरिभराउ बनाउनुपर्ने छ। हाम्रो देशको अथाह प्रकृतिको भण्डारलाई हाम्रै सीप र कलाको प्रयोग गरी विश्वलाई चकित तुल्याउनुपर्ने छ। अनि विगतका वर्षहरूदेखि नै विकराल बनिरहेको परनिर्भरताको प्रतिशतलाई जसरी भए पनि घटाउने र हटाउने प्रतिबद्धता गर्नुपर्ने छ। असक्षम राजनीतिक संस्कारका कारण देशले भोगिरहेको कष्टकर अवस्थाबाट पार पाउनको लागि राष्ट्रिय एकताको अपरिहार्य आवश्यकता एकातिर छँदैछ भने अर्कातिर अन्यत्रबाट आयातित अमार्यादित चलखेललाई पनि रोक्नुपर्ने उत्तिकै आवश्यक छ। विश्वसामु खरबौं मानिसहरूका अगाडि “अविकास र पछौंटेपनजस्ता” शब्दले हामीलाई सधै चसक्क घोचिरहेको छ। यसको न्यूनीकरण र निराकरण गर्नको लागि पनि हामी लागिपर्नुपर्ने देखिन्छ। हाम्रो देशमा विद्यमान् शिक्षा, स्वास्थ्य, औद्योगिक, परराष्ट्र आदि लगायत थुप्रै नीतिहरूमा प्रभावकारी प्रणाली अवलम्बन नगरेको अवस्था छ। तिनीहरूलाई सुधार गरी समय सापेक्ष बनाउनुको साथै अग्रगामी सोच र अपनत्व बढाउनुपर्ने देखिन्छ।
नव वर्षको आगमनसँगै हर्षले विभोर भएका हामी नेपालीहरूले यस पावन अवसरमा केही नयाँ र राम्रा कुराहरूको अनुसरण पनि गर्न वाञ्छनीय छ। अनि आफ्ना वाचाहरूलाई जसरी भए पनि पूरा गर्नको लागि आ-आफ्नो ठाउँबाट सबै एकजुट हुनु अत्यावश्यक छ। विगतको वर्षमा हामीले थाँती राखेका र मिल्न नसकेका विषय र व्यवहारलाई जसरी भए पनि मिलाउने प्रतिवद्धता व्यक्त गर्नुपर्ने एकातिर छ भने विकास निर्माणका कार्यहरूमा धेरै हदसम्म ध्यान दिनु पनि त्यत्तिकै आवश्यक छ। एउटा नेपालीले अर्को नेपालीलाई विविध प्रकारका रङ्हरू लगाएर नेपाली नेपालीबीच चिरा पार्ने चलखेल विगतदेखि नै जसरी भइरहेको छ त्यसलाई असफल पार्न पनि सबै एक जुट हुन जरुरी छ।
अन्त्यमा २०७२ सालको शुभ बिहानीलाई जसरी हामी खुसियालीको साथ विविध रमाइला कार्यक्रम गरेर स्वागत गर्दैछौँ, त्यसै गरी यो वर्षभरि नै चाँदीजस्तो हिमाल हाँसेझै, हरियाली वनमा कोइलीको मिठो धुन गुञ्जायमान भएझै, तराईमा सुनौला धानका बाला लहलह झुलेझैँ खुसीका इन्द्रधनुषी रङहरूले नेपाली मनलाई न्यौछावर गरुन् भन्ने अपेक्षा व्यक्त गर्न चाहन्छु।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०