नर्सिङको वर्तमान आयाम र अवस्था

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७२

हरेक वर्ष अङ्गे्रजी पात्रोको मे १२ का दिन अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ। आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटेङ्गेलको जन्मदिनको स्मृतिमा यो दिवस अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय नर्सिङ परिषद्को अगुवाइमा सन् १९६५ मे १२ देखि मानवीय स्वास्थ्यका लागि नर्सिङ सेवाको महत्व र नर्सको भूमिका उजागर गर्ने दिनको रुपमा यो दिवस मनाउन सुरु गरिएको हो।

यस वर्ष पनि अन्तर्राष्ट्रिय नर्सिङ परिषदले भन्ने नारा तय गरी यो दिवस मनाउदैँ छ। जसले स्वास्थ्य प्रणाली तथा स्वास्थ्य सेवाको प्रवाहमा नर्सिङ पेशाको क्षमता र उत्तरदायित्वलाई जोड दिइएको छ। वैज्ञानिक तथ्य तथा प्रमाणहरूको आधारमा रहेर, पेशागत ज्ञान, सीप र स्रोतको समायोजन गरी नर्सिङका मूल्य र मान्यता आत्मसाथ गर्दै सबैका लागि न्यूतम लागतमा स्वास्थ्य सेवा प्रदान गर्नु आजको आम आवश्यकता पूरा गर्न नर्सहरू मुख्य आधार हुन् भन्ने कुरा यहाँ रहेको छ। युनिभर्सल हेल्थ अवधारणामा प्रवर्धनात्मक, निरोधात्मक, उपचारात्मक, पुनर्स्र्थापनात्मक आदि जस्ता स्वास्थ्य सेवा प्राप्त गर्न आर्थिक कारण कोही पनि बञ्चित हुनु हुँदैन भन्ने कुरामा जोड दिइएको छ। युएचसीको यस नीति तथा कार्ययोजनाको सफलताका लागि नर्सहरू साझेदार भएका छन्।

स्वास्थ्य प्रदान गर्न मानवीय, भावनात्मक ,सामाजिक, व्यावहारिक आदि दृष्टिकोणबाट सेवाका लागि बाटो फराकिलो गर्ने प्रयास उनै फ्लोरेन्स नाइटिङगलबाट सुरु भयो। सन् १८५० को दशकमा क्रिमन युद्धमा घाइते भएका सिपाहीलाई सेवा र सुश्रुषा प्रदान गर्दै सेवाको स्वणिर्म संसारमा पाइला टेकेकी सुश्री फ्लोरेन्स नाइटिङगल आधुनिक नर्सिङकी जन्मदाताको रुपमा चिनिएकी छिन्। उनलाई ‘लेडी वीद द ल्याम्प’ भनेर पनि चिनिन्छ। सेवाको दौरानमा उपनाम पाएझैँ नर्सिङको बाटोमा पनि जीवन्त प्रकाश र्छन उनी सफल भइन्। नाइटिङगलको स्मृतिस्वरुप स्वास्थ्य सेवा प्रदान गर्नमा नर्सको भूमिका अनुभूत गराउन र नाइटिङगलको महत्वलाई र्छल· पार्ने अवसरको रुपमा यस दिनलाई लिन सकिन्छ।

यो क्षेत्र सामाजिक रुपमा स्थापित हुन उषा कालमा धेरै असहज परिस्थितको सामना गर्नुपर्‍यो। संकुचित सामाजिक दृष्टिकोणले यस  नर्सिङ पेशालाइ न्यून आकलन गरे पनि आजका दिनसम्म आइपुग्दा यसको महत्व आफैमा घनिभूत रहेको तथ्य र्छल· भएको छ।

सन् १८९९ मा स्विटजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय नर्सिङ परिषद्को स्थापना भयो। अन्तर्राष्ट्रिय नर्सिङ परिवेशको  पहिलो यस संस्थाले विश्वव्यापी रुपमा नर्सिङ पेशालाई मर्यादित बनाउने, आवश्यक नीति, नियम बनाइ लागू गराउने, पेशागत दक्षता अभिवृद्धि गर्न रचनात्मक पहल गर्दछ। नेपालमा नर्सिङ क्षेत्रका आधिकारिक संस्थाहरू नेपाल नर्सिङ संघ र नेपाल नर्सिङ परिषद रहेका छन्। सबैलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न नर्सिङ शिक्षा र नर्सिङ सेवालाई गुणस्तरीय बनाउन विभिन्न नयाँ सोध, खोज र अनुसन्धान गर्ने-गराउने,प ाठ्यक्रम निर्माण तथा समयानुकूल परिमार्जन गराउने, नर्स तथा मिडवाइफहरूलाई नियम अनुसार दर्ता गराउने जस्ता पहल गरी नर्सिङ पेशालाई समृद्घ गराउनु नै नेपाल नर्सिङ संघ र नर्सिङ परिषदको मुख्य कार्य हो।

वि.सं. २०१३ मा सुरेन्द्र भवन काठमाण्डौँबाट नेपालमा औपचारिक रुपमा नर्सिङ शिक्षाको सुरुवात भएको पाइन्छ। हालसम्म नेपालमा अनमी, स्टाफ नर्स तथा स्नातक तहसम्मको नर्सिङ अध्ययनको लागि थुप्रै शैक्षिक संस्था त्रिवि, सि.टि.इ.भि.टि., पोखरा तथा पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सञ्चालित छन्। स्नातकोत्तर तह नर्सिङ पनि नेपालमै चार वटा क्याम्पसमा अध्यापन भइरहेको छ। जसले नर्सिङ क्षेत्रमा शैक्षिक जनशक्तिको उत्पादन सकारात्मक रहेको कुरालाइ सङ्केत गर्दछ। २०१५ मार्चसम्म नेपाल नर्सिङ परिषदमा दर्ता भएका नर्सहरुको संख्या ३१ हजार नौ सय ४१ र अनमीको सङ्ख्या २३ हजार चार सय ७२ छ।

स्वास्थ्य सेवा प्रदान गर्न व्यवहारिक, भावनात्मक र मानवीय दृष्टिकोणबाट नर्स तथा मिडवाइफलाइ महत्वपूर्ण हिस्सा मानिन्छ। भनिन्छ ‘ब् त्तगष्अप ध्बrm Smष्भि ष्क mयचभ तजभचबउभगतष्अ तजबल ब मयकभ या mभमष्अष्लभ’ हुन पनि भावनात्मक दृष्टिले नर्सिङ सेवाको क्षितिज फराकिलो छ। गर्भको शिशु आमाको काखमा राखिदिने नर्स, स्वस्थ र सफल जीवनयापनका लागि स्वास्थ्य शिक्षा, स्वस्थ ब्यवहार र आचरणका सन्देश संम्प्रेषण गर्ने पनि नर्स। मानिसको जीवनको अन्तिम क्षणसम्म सेवामा दत्तचित्त हुने पनि उनै नर्स हुन्छन्। सहश्रब्दी विकास लक्ष्य प्राप्त गर्न, बाल तथा मातृ मृत्युदर घटाउन, पोषण कार्यक्रम, महामारी नियन्त्रणमा यिनीहरूको भूमिका महत्वपूर्ण छ। साथै, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा आदिमा भएको राष्ट्रिय प्रगतिका सहयात्री हुन नेपाली नर्सहरू। क्लिनिकल सेवा, सामुदायिक स्वास्थ्य, मातृ तथा बाल स्वास्थ्य, मानसिक स्वास्थ्य आदि क्षेत्रमा सेवा गरिरहेका नर्स तथा मिडवाइफ सेवाका पर्याय ठानिन्छन्।

हाम्रो देशमा अध्ययनपश्चात् नर्स तथा मिडवाइफका लागि रोजगारीका अवसरहरू अत्यन्त न्यून देखिएका छन्। हातमा र्सििर्फिकेट बोकेर भोलिन्टियर सेवा गर्न पर्खिनेको संख्या अधिक छ। महिनौँसम्म पनि जागिरको आशामा बेतलवी सेवा गर्नु पर्ने बाध्यता बनेको छ किनभने कतिपय अस्पतालले आवश्यक नर्सिङ जनशक्तिको दरबन्दी रित्त हुँदाहुदैँ पनि भोलिन्टियर नर्सबाट काम चलाइरहेका छन्। वर्षेनी उत्पादन हुने पाँच हजारभन्दा वढी नर्स भोलिन्टियर सेवामा पसिना बहाएका छन्। प्राविधिक दक्षता हासिल गर्दाको निरन्तर व्यक्तिगत, पारिवारिक तथा आर्थिक लगानीअनुरुपको प्रतिफल प्राप्त गर्न असफल भएको अनुभूतिले नर्सहरूलाई मनोसामाजिक असर पार्ने देखिन्छ। जागिरका अवसर पाए पनि अत्यन्त न्यून पारिश्रमिक, अधिक कार्यवोझ, अनिश्चितता, असहज वातावरण, अरु वढी अवसरको अभाव आदिले नेपाली नर्सहरूको मनोवल उच्च बन्न सकेको छैन।

अहिले राम्रो पारिश्रमिक, राम्रा अवसरहरूको उपलब्धता, सबल र सुदृढ व्यक्तिगत तथा पेशागत भविश्यको सिर्जना गर्न विदेसिने नर्सहरूको संख्या निकै बढेको छ। युरोपियन मुलुकहरू नेपाली नर्सका गन्तव्य बनेका छन्। यसरी परदेसिनुले नर्सको व्यक्तिगत सवालमा समृद्धिमूलक रहे पनि आफैमा सन्तोषजनक होइन। स्वास्थ्य सेवा प्रदान गर्ने दक्ष जनशक्तिमा कमीले स्वाभावैले स्वास्थ्य सेवाको सम्प्रेषणमा असर पर्दछ।

अब देशको नर्सिङ शिक्षा र सेवाको व्यावस्थापनमा देखिएका कमजोरीलाई गम्भीरतापूर्वक मनन् गरी सुदृढीकरणमा सम्बद्ध पक्षले चासो दिनु पर्छ। गुणात्मक स्वास्थ्य सेवा प्रदान गर्न नर्सहरूले पनि आफ्नो कर्तव्य बिर्सिनु हुँदैन्। वुद्धिजीवी, सामाजिक अभियन्ता, नर्सिङ परिषद् र नर्सिङ संघ, सरकारी तथा नीजि अस्पतालहरूले नर्सिङ क्षेत्रमा देखिएका यी समस्याको व्यवस्थापनका लागि आ-आफ्नो ठाउँबाट पहल गर्नु पर्छ। राज्यले प्रभावकारी नीति निर्माण र नीतिको कार्यान्वयन गराइ राज्य संयन्त्रको एक महत्वपूर्ण भाग स्वास्थ्य क्षेत्रका स्तम्भ्ा नर्सहरूको तथा समग्र नर्सिङ क्षेत्रका यी मननयोग्य बेथितिको समधानमा तत्परताका साथ लाग्नु पर्छ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post