नयाँ वर्ष २०७१ को शुभकामना

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७०

नयाँ वर्ष केवल पात्रो परिवर्तनको खेल होर्इन। यो एउटा विशिष्ट विन्दु हो जहाँबाट हरेक मनुष्यले उन्नति, प्रगति एवम् सुस्वास्थ्य जीवनको अभियान शुरु गर्ने अठोट लिएको हुन्छ। कुरा व्यक्तिको मात्र होर्इन। समाज हुँदै सिङ्गो राष्ट्र र अन्तराष्ट्रिय समुदायमा समेत नयाँ वर्षको उत्साह र उमंग मुखरित भएको हुन्छ।

पुरानालाई बिर्सिएर नयाँको परिकल्पना गर्न सकिदैन। वास्तवमा एउटा परिवेशको अन्त्यले मात्र नयाँ परिवेशलाई जन्माउँछ। नयाँ वर्ष वास्तवमा मनुष्यको जीवनमा विगत, वर्तमान र भविष्य जोडिएर आएको त्रिवेणी हो। जसले विगतको सम्झना दिलाउँछ, वर्तमानको समीक्षा गर्छ र भविष्यप्रति आशावादी हुन अभिप्रेरित गर्दछ। नेपाल र नेपालीको लागि वर्ष २०७१ निकै महत्वपूर्ण हुने निश्चित छ। राजनीतिक तहमा चालु अन्यौलताले यो वर्ष सकारात्मक सन्देश सहितको नतिजा दिनै पर्ने अपरिहार्यता भएको छ। संविधान लेखन कार्यलाई देश  र जनताको अपेक्षा र आवश्यकतामा केन्द्रीत रहेर मूर्त रुप दिनु छ। किनकि उल्लेखित विषयहरुले समग्र नेपाल र नेपालीको भविष्यप्रति दूरगामी प्रभाव पार्नेछन्। यसका साथै गैर आवासीय नेपालीहरुका लागि पनि नेपालको वर्तमान राजनीतिक तरलता सुखद् विषय बन्न सकेको छैन। उनीहरुले गर्ने भनिएको सामुहिक लगानिको वातावरण निर्माण गर्ने भनिएकोनै नेपालमा शान्ति, संविधान, राजनीतिक स्थिरता र नेपाल सरकारको गैर आवासीय नेपालीप्रतिको दृष्टिकोणमा स्पष्टता हुनु हो। वर्ष २०७० ले नेपाल र नेपालीका लागि आशातित सकारात्मक सन्देश दिन नसके पनि नयाँ वर्ष प्रति आशावादी हुनुको विकल्प हामीसँग छैन। सबै किसिमका अभाव र अराजक एवम् अन्यौल पूर्ण स्थितिबाट मुक्ति पाई सवल, सक्षम र सम्वृद्ध नेपाल अनि स्वास्थ्य एवम् सम्वृद्धशाली नेपाली बन्नका खातिर नयाँ वर्षले सबैलाई प्रेरणा देओस्।

नयाँ वर्ष २०७१ को हार्दिक शुभकामना।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width