हामीभित्रको जीवशक्तिको अर्थात् कुण्डलिनी शक्तिको अस्तित्वको रहस्य तथा यसका ज्ञान, विकास र प्रबन्धहरू ती आधारशिला हुन्, जसमाथि हाम्रा सारा योगपद्धति निर्मित भएका हुन्छन्। अतः यी सारा पद्धतिहरू परिपूरक हुन्छन् र तिनले हाम्रो व्यक्तित्वको छिटै उत्तरोत्तर उन्नति हाम्रो कल्याण गर्ने उद्देश्य लिएका हुन्छन्।
हाम्रो समाजको यौगिक परम्परानुसार हामीले हामी प्रत्येकभित्रको जीवनशक्ति अर्थात् चेतनालाई बायाँपट्ट पिंगलाको रूपमा र केन्द्रमा सुषुम्नाको रूपमा पहिचान गर्न सक्छौं। नमस्ते मुद्रामा हृदयअगाडि दायाँ-बायाँ हातहरू जोडेर हामीले त्यही पद्धतिको प्रतिनिधित्व गर्दछौं र चैतन्यसित एकत्वको उन्मत्त भावना सिर्जना गर्दछौं। यसले त्यस प्रक्रियालाई सघाउँछ, जुन प्रक्रिया ज्ञानको विष्फोटनपछि तथा सारा बन्धनबाट आत्माको मुक्तिपछि पूर्ण भएर टुंगिन्छ।
योग एक अनुशासित जीवन पद्धति हो, जसले प्रत्येक अलग अलग आत्माहरूलाई अन्तमा सवोर्च्च आत्मासात् हुन मद्दत गर्दछ। यो आन्तरिक विकास हो, अतः यो व्यवहारमुखी छ। नमस्तेले योग भावनाको प्रवर्द्धन गराउनमा मद्दत पुर्याउँछ। यसले हामीलाई जड र जीवमा हाम्रो व्यक्तित्व अन्तर्बद्ध पार्न र अध्यात्मसित आत्मसात् हुन मद्दत गर्छ।
हाम्रा सहजीवीहरूसितको हाम्रो सम्बन्धसित संगतमुक्त एक प्रकारको अभिवादनको रूपमा नमस्ते हाम्रो जीवनमा अत्रबैद्ध भएको हुँदा, नमस्ते अरु पद्धतिहरूभन्दा प्रभावकारी छ। नमस्तेको अभ्यासबाट पाइने लाभहरू र विभिन्न योग पद्धतिबाट पाइने लाभहरू उही हुन्। अतः नमस्ते आफैमा एक योग हो।
यसको अभ्यासमा गुहृय रहस्य पनि छ। जब हामी नमस्तेलाई स्वयम् एउटा योग मानी अभ्यास गर्दछौं, तब हाम्रो एकाग्र चिन्तनले हाम्रो मनलाई चेतनाका सबै सातवटा अवस्थाको पहिचान गर्न निर्देशन दिन्छ, जुन हाम्रो कुण्डलिनी योग पद्धतिमा मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध, अज्ञ, सहस्रार भनी जानिन्छन्। अनि यो एकाग्रतालाई सहस्रारबाट बाहिर ल्याएर ब्रह्माण्डको सारा पिण्डहरूको वरिपरि चक्कर लगाउन लाइन्छ र त्यसपछि यो मूलधारमा पुनः प्रवेश गर्छ र यहाँबाट यो एकाग्रतालाई उल्टाएर फेरि त्यही पहिलेकै स्थानमा फर्काइन्छ। अवधारणा निर्माणको यो विधिलाई विस्तारै विनाकुनै धपेडी प्रत्येक चक्रबाट दोहोर्याउन सकिन्छ र त्यसबाट प्रकाश संकलन गरेर अन्धकार शक्तिहरूलाई हटाउन सकिन्छ। कुनै इच्छा नराखिकन गर्दा यस अभ्यासले हाम्रो मन तथा दृष्टिकोणलाई फराकिलो पारिदिन्छ र फेरि अर्को पटकमा यस्तो क्रोध, काम, लोभजस्ता नकारात्मक गुणहरूको उन्मूलन गर्न हाम्रो मानसिक प्रणालीमा शुद्धता बढाइदिन्छ। यसले हामीमा धैर्य, प्रेम आदिजस्ता सकारात्मक गुणहरू हुर्काइदिन्छ। यस्तै विशाल मानसिकताको अवस्थामा मात्र निम्न मनको उच्च मनमा परिवर्तित हुने सम्भावना हुन्छ। हामीले यसको अवधारणा वृत्ताकार रूपमा बनाउनुपर्छ, कारण वृत्त एउटा आदि अन्तहीन पूर्णप्रतीक हो।
हामी प्रत्येकको लागि यो संसारको अस्तित्व एउटा निरन्तर प्रक्रिया हो। स्थिति तथा संहारको जुन सिद्धान्तअन्तर्गत यो संसार सञ्चालित भइरहेछ सो सिद्धान्त हामी सबैको लागि पनि एकै हो। त्यसकारण यस आदि-अन्तरहित वृत्त नै हाम्रो मानसिक व्यायामको लागि सवोर्त्तम आकार हो, जसले हाम्रो मानसिक संसारको विस्तार गराएर हामीलाई यसको सच्चा स्वभाव थाहा पाउन समर्थ तुल्याउँछ। यही नै हाम्रा उपनिषद्मा प्रतिपादित नेति -यो होइन, यो हाइन) सिद्धान्तअनुरुप छ। धेरै योगाभ्यासीहरूमा हुने मानसिक गडबडी तथा असन्तुलनका कारण यस्ता मानिसहरू देखिन सक्छन, जसले त्यस सर्वव्यापी ब्रह्माण्डस्वरूप परमेश्वरलाई संकुचित मनले जान्न बल गर्छन्। हामीले अध्यात्मिकतामा शुद्ध र स्थिर भएर विस्तारै हुर्कनुपर्छ। इश्वरसितको सम्बन्धमा हामीले कहिल्यै पनि छललाई आश्रय दिनुहुँदैन हामीले हाम्रो आफ्नै चेतनलाई छल्नु हुँदैन। जब हामी त्यसो गर्न खोज्छौं, तब त्यसको नतिजा हुन्छ मानसिक असन्तुलन वा गडबडीलाई कुनै पनि योग प्रणालीको अभ्यासमा हुने खतरा यही एक मात्र हो। सत्यको सच्चा खोजीकर्ताको अगाडि त्यस असीम शक्ति तथा ब्रह्माण्डीय प्रेम अर्थात्र् इश्वर नै सदा विराजमान होइबक्सिन्छ।
जसरी हामी औंसको गिलासभित्र एक ग्यालन पान पाउन सक्तैनांै, त्यस्तै एक संकुचित मानिसले कहिल्यै पनि त्यस विश्वव्यापी ब्रह्माण्डस्वरूपको गौरवलाई देख्न सक्तैन। अर्जुनजस्तो वीर साहसी योद्धा त श्रीकृष्ण भगवान्को विश्वव्यापी ब्रह्माण्ड रूप हेर्दा तर्सेका थिए र यस्तो महावीर योद्धाले प्रभुलाई उहाँको सामान्य स्वरूपको दर्शन दिन अनुरोध गर्नुपरेको थियो। तर यस विश्वभन्दा पनि व्यापक मानिस भएको मानिसले यो सजिलैसित गर्न सक्छ। हाम्रो संस्कृतिमा धर्म, अर्थ, काम, मोक्ष अर्थात् ४ पुरुषार्थ भनि कहलिने हाम्रो व्यक्तिगत प्रयासले मात्र हामीलाई यस योगस्वरूपी नमस्तेको अभ्यासबाट विशाल मानिस बनाउन सक्छ।
आध्यात्मिक अभ्यासका धेरै नयाँ नयाँ विधिहरू आधुनिक महात्मा तथा योगीहरूद्धारा आविष्कृत भएर तीव्ररुपले प्रचारित गरिएका छन्। तर माथि उल्लेखित मानसिक अध्यास कुनै प्रकारले पनि नयाँ तरिका होइन। नमस्ते मुद्रामा रहेको मानसिक अभ्यासले मात्र हामीलाई विशाल मन भएको बनाउन सक्छ। एसियामा गुरुकुलबास भनी चिनिने प्राचीन शैक्षिक पद्धतिअन्तर्गत विद्यार्थीहरूले हासिल गरेको कुरो पनि ठीक यही नै हो। आफ्नो अध्ययन पूर्ण भएपछि तिनीहरूलाई आफूले आर्जन गरेको विद्या आफ्नो जीवनमा परीक्षण गरी हेर्न सक्ने र विभिन्न परिस्थिति तथा परिवेशमा मिली बस्न सक्ने तुल्याउनेको लागि कसैको भर नपरी लामो यात्रामा जान तिनीहरूलाई भनिन्थ्यो। हामीले विस्तृत यात्रा गरेका मानिसलाई आफ्नै गाउँबाट पनि बाहिर नआएको मानिससित दाँजेर हेर्दा हामीले विस्तृत यात्रा गरेको मासिसमा सारा समस्याहरूप्रति जुध्न सक्ने उदार मनका दुष्टिकोण भएको सजिलैसित देख्न सक्छौं। यही विशान मानसिकता यस विधिको अभ्यास गर्ने मानिसले विस्तारै स्थिर रूपमा उपार्जन गर्दछ। आफ्नो पालामा यसले उसलाई उसको ध्यानाभ्यासमा मद्दत गर्छन, कारण यही नै सारा ध्यान पद्धतिको साझा आवश्यकता हो।
जब कि हामी हाम्रो मुलुकमा योगको क्षेत्रमा सच्चा नमस्ते भावले मानवताप्रति गजब राम्रो सेवा गरिरहेको धेरै योगी तथा महात्मा देख्छौं, तब हामी यस क्षेत्रमा नमस्तेको भावनालाई उपेक्षा गर्दै दाम, नाम तथा यशको लोभमा दास बन्दै काम गरिरहेका तथाकथित योगी तथा महात्माहरू पनि देख्छौं। अतः नमस्ते भावनाको अभ्यास नै स्वयम्मा एक योग हो, किनभने यो एक जीवनमा हुर्काउन सक्छौं। उच्च चेतन अर्थात् महाचैतन्यको बारेमा कुरा गर्ने मानिसहरू धेरै नै छन्, तर जब हामी तिनीहरूका कार्यहरूको विश्लेषण गछौं तब एउटा साधारण मानिसले पनि तिनीहरूलाई निम्न चेतनको स्तरभन्दा धेरै तल रहेको पाउन सक्नेछ। यसले सिद्धान्त र व्यवहारमा भिन्नता हुन्छ भन्ने कुरो दर्शाउँछ र धेरै वा थोरै सबैजना यही सीमाभित्र काम गरिहेका हुन्छन्। नमस्तेले सिद्धान्त र व्यवहारबीचको यो दूरी घटाउन हामीलाई मद्दत गर्दछ र हाम्रा मन, वचन र कर्ममा हामीलाई असीम बनउँछ।
तन्त्रहरूमा वणिर्त कुण्डलिनी शक्ति उत्थान विधिको उदाहरण नमस्ते मुद्राले देखाउँछ। यस योगमा मेरुदण्डको दक्षिण तथा वाम भागस्थ इडा-पिंगला मार्गबाट काम गरिरहने शक्तिको संकलन गरेर सुषुम्ना कहलिने मध्यमार्गबाट खिचेर चेतनाशक्तिको विष्फोटन गराइन्छ।
नमस्तेमा दाहिने हत्केलासित देब्रे हत्केला संयुक्त गरिन्छ र हाम्रो अस्तित्वको पछाडि रहेको त्यस महान् शक्तिको एकत्वको विचारको पोषण हृदयमा गरिन्छ। यसले आत्माको स्थूलीकरण तथा व्यक्तित्वको सकृद्धीकरण गराउँछ। यसको उदाहरणस्वरूप एउटा बिजुली बत्तीको कार्यविधिलाई उल्लेख गर्न सकिन्छ। यहाँ बत्तीबाट विद्युतधारा प्रवाहित गराउन र प्रकाश सिर्जना गरेर अन्धकार हटाउनलाई ऋणात्मक तथा धनात्मक दुवै छेउहरू चाहिने हुन्छ।
ठोस तथा तरलरूपको खाद्यपदार्थको उपभोगलाई नियन्त्रित गरेर उचित तथा पर्याप्त व्यायाम तथा आराम गरेर एउटा स्वस्थ भौतिक शरीरको विकास गर्नु नै यस अभ्यास सोपानको पहिलो खुड्किलो हो। यदि हामीसँग अस्वस्थ शरीर छैन भने हामीले यसलाई प्राप्त गर्न सक्छौ, विज्ञान भैरवमा विभिन्न ध्यान विधिहरू उल्लेखित छन्। तर संकृचित मनमा यी कुनै विधिको पनि सफलतापूर्वक प्रयास गर्न सकिन्न। मनलाई व्यापक तथा विशाल बनाउनुपर्छ। हामी सामान्यतया एकाग्रताको मार्गलाई ध्यानमार्ग सम्झने भूल गछौं। हामीमा कुनै इच्छित ध्यानविधिको विकास गर्ने आधार आत्मविलय हो। अन्तबोर्ध भनेको विशुद्ध विषयगत हुन्छ र हाम्रो भित्री संसारमा हाम्रो ध्यानमा जुन कुरो विकसित हुन्छ त्यही नै अन्तबोर्ध हो। यहाँ मेरो प्रविधि वा तेरो प्रविधि भन्ने प्रश्न उठ्दैन, तर हाम्रो प्रविधि, जुन सबैमा साझा छ , हामीभित्र गतिशील नभएसम्म विकसित भइरहन्छ। विशुद्धताको कुनै रूपले पनि हामीलाई हाम्रो अन्तबोर्धको अवस्थाबाट तल झार्छ र यसकारण मनको पूर्ण शुद्धता नै ध्यानमा प्रगति गर्नको लागि चाहिने पूर्वावश्यकता हो। हाम्रो दैनिक जीवनमा नमस्तेको अभ्यासबाट यी सबै पूर्वावश्यकताहरू हामीभित्र विकसित हुन्छन्।
यस संसारको सदा परिवर्तनशील प्रकृतिलाई अवलोकन गर्ने हाम्रो अन्तर्निमीत शक्तिको निर्माण गर्नु नै योगाभ्यासको उद्देश्य हो। जुन ग्रहमा हामी बाँचिरहेको छौं’। सो ग्रह अत्यन्तै छिटो अन्तहीन तरिकाले चलिरहेको कुरा एउटा तथ्य नै हो। अतः यो बिल्कुल स्वाभाविक छ, यो कहिल्यै नथामिने यो चालले प्रत्येक क्षण संसारमा परिवर्तनहरू अवश्यै उत्पन्न गर्नुपर्छ। यो चल धेरै नै छिटो हुन्छ। जस्तो हामी अति छिटो घुमिरहने पंखाको पत्र देख्न सक्तैनौं, त्यस्तै मामिला यस संसराको यो सँधै बदलिरहने घटनाहरूको बोधको सम्बन्धमा हामीलाई पर्दछ, तर चलिरहने जुनसुकै वस्तुलाई पनि हेर्न भने सम्भव छ। यो जसले हेर्दछ उसले मात्र यो गर्न सक्तछ। यस्तो अवलोकन क्षमता तथा ताकत वा गतिमान् आन्तरिक ज्ञान हामीलाई योगको अभ्यासबाट प्राप्त हुन्छ र नमस्तेले यस दिशामा हामीलाई मद्दत गर्दछ। हाम्रा पुरातन ऋषिमुनिहरू तथा हाल बाँचिरहेका धेरै महात्माहरूले अभ्यास, आविष्कार तथा अनुभव गरे झैं योगको घटनाहरू वा संसारलाई यससित आफूलाई आत्मसात् नगरीकनै अवलोकन गर्न सक्षम हुनेछौं। यस ताकतको स्रोत हामीभित्रै छ। हामीभित्र यस्तो केही कुरो छ जसको बारेमा हामीसँग अपर्याप्त वा बिल्कुल शून्य ज्ञान छ भन्ने कुरो हामी सबैले स्वीकार्नु परेको छ। अतः हामीभित्र त्यस्तो के छ जसले हाम्रा जन्म, विकास तथा मृत्युको सम्बन्धमा हामीभित्र घटिरहेका परिवर्तनहरूसँगै हामीलाई गतिशील तुल्याइराख्छ, सो कुरो हामीले पत्ता लगाउनु छ। अवधूतमा ज्ञानको अन्तिम उद्देश्यको सारांश यसरी दिइएको छ – “अद्वैतवाद (एकत्व) को इच्छा बुद्धिमान् मानिसहरूको मनमा इश्वरको अनुग्रहले पैदा गरिन्छ, जुन अनुग्रह सर्वभय नाशिनी औषधि हो।” हाम्रो दैनिक जीवनमा योगाभ्यास गर्दा हामीले ताक्ने लक्ष्य यही नै हो। नमस्तेरूपी अभिवादनमा राखिएको पनि यही नै हो।हाम्रा अध्यात्मिक तथा यौगिक परम्पराहरूमा वा विभिन्न वैचारिक कुलहरूमा गुरु शक्ति वा परमात्मा शक्ति वा शिवशक्ति वा विष्णुशक्ति वा ब्रहृमशक्ति वा रामशक्ति वा कृष्णशक्ति वा जुनसुकै रूपमा मानिएको तथा गौरवान्वित गरिएको किन नहोस् कुण्डलिनी शक्ति नै सारा योगिक अभ्यासहरूको आधार हो। अहिले साधारणतया जीवन ऊर्जा भनी चिनिने यो शक्ति अर्थात् कार्यकारिणी शक्ति नै हाम्रो शरीरको एक मात्र कारणको रुपमा आगत भएको हो। यो जगत् जहाँ हामीले हाम्रो अस्तितवको लागि स्वतन्त्रतापूर्वक हावाबाट अक्सिजन, पृथ्वीबाट पानी र सूर्यबाट प्रकाशको उपभोग गछौं त्यस जगत्को एक मात्र आधार यही शक्ति वा मूल प्रकृति भएको कारण हामी छौं। हामी हाम्रै अस्तित्वबाट यस शक्तिको अस्तित्वको तर्कना गछौं। यस क्षेत्रमा धेरै अभ्यासीहरूको प्रयोग तथा प्रत्यक्ष अनुभवबाट धेरै विधिहरू तथा मतहरू हाम्रो जीवन पद्धतिमा प्रवेश गराइएका छन्। यस पृथ्वीमा जतिजना मानिसहरू छन् यी पनि त्यति नै वटा हुन सक्छन्।
चेतना स्वभावैले विकासवादी हुने हुँदा यसको स्तर अर्थात् शक्तिको अस्तित्वको ज्ञान मानिसैपिच्छे फरक हुन्छ, तर हामी सबैले नमस्तेको अभिवादनबाट अनेकतामा एकता पत्ता लगाउन सक्छौं।
हामीले हामीभित्रको जीव ऊर्जा वा शक्तिको बोध वा हाम्रा चैतन्यको स्तरबाट विचार गर्न र कार्य गर्न सक्छौं। कुण्डलिनी शक्ति वा आत्मा शक्तिले एउटा व्यापारी भित्र उसको व्यापारमा सफलता प्राप्त गर्नको लागि, एउटा परोपकारीभित्र अभावग्रस्तलाई दान दिई सहायता गर्नको लागि एउटा हत्यारभित्र एक निदोर्ष शिकारको हत्या गर्नुको लागि र एउटा योगीभित्र उसको मनमा रहेको प्रधान इच्छा प्राप्त गर्नको लागि काम गर्छ। यस शक्तिले व्यावसायिक प्रगतितर्फको हाम्रो विकासमा एक महत्वपूर्ण भूमिका निभाउँछ। एउटा यौन विकृतमा यो शक्ति यौन इच्छाको स्तरसम्म मात्र आउँछ। यसै कारणले गर्दा धेरै वर्षसम्म योगाभ्यास गरिसकेपछि पनि कुनै कुनै योगीहरू अशिष्त ढंगले कामुकताको शिकार बन्न पुग्दछन्। यस विश्वमा रहेका प्रत्येक वस्तुको स्रोत सरोबर अर्थात् यस महान् शक्तिलाई आफ्नो धन, आध्यात्मिक शक्ति, नाम तथा ख्यातिसित समीकरण गर्ने योगीहरू पनि हामीकहाँ छन्। जब हामी यी योगीहरूलाई परासक्ति वा मूल प्रकृतिको गौरबमय कार्यकारितासित दाँज्छौं, तब यी योगीहरू कति तुच्छ देखिन्छन्। के कसैलाई आत्पगौरवान्वित उपलब्धिदेखि रमाउने कुनै ठाउँ हुन्छ – हामी एक क्षण रोकौं र हामीले नै यसको निक्यौर्ल गरौं’। यसो गर्दा हामी हाम्रो नमस्तेरूपी अभिवादनमै यसको उपचार रहेको पाउँछौं।
हाम्रो योग पद्धतिमा प्रारम्भिक चरणमा भक्तिपूर्ण अभ्यास तथा निःस्वार्थ कर्मद्वारा र हाम्रा धार्मिक ग्रन्थहरूमा रहेका तथा हाम्रा चेतनामा लुकेर बसेका ज्ञानहरूको अध्ययन मनन गरेर शरीर तथा मनको शुद्धीकरणको प्रयास गरिन्छ। जुनसुकै योग पद्धतिअन्तर्गत पनि आध्यात्मिक साधना पन्छ्याउने सबैले यस्तो प्रयास सधैं नै हाम्रो तन तथ मनमा रहेको अशुद्धिबाट प्रभावित हुनेहुँदा हामीले योगाभ्यासमा आफूलाई नै शुद्ध पार्नुपर्दछ।
हाम्रा अवचेतन मनमा रहेका छापहरू सधैं क्रोध, काम, लोभ, दम्भ, पाखण्ड, घृणा, मोह, चातुर्य, वक्रता, दौत्य, हिंसाका दृष्टिमा आधारित हुन्छन् र यी छापहरू दैनिक जीवनमा उच्चाइ तथा नम्रता साथ नमस्ते गरिरहने मानिसहरूको मनबाट विस्तारै बिलाएर जान्छन्। यसरी नमस्तेरूपी अभिवादनबाट आध्यात्मिक विकासको गति तीव्र पारिन्छ।
हाम्रो अवचेतन मनको अशुद्धताले हामीलाई वायुमण्डलीय चाप र घनत्वको घट-बढअनुसार उठ्न-र्झन बाध्य हुने बादललाई झैं यताउति फेकिदिन्छ। यसैकारण हामी कहिलेकांही हाम्रो मानसिक जगत्मा उन्नत हुन्छौ त कहिलेकाही आन्दोलित।
जब हाम्रो विचार फैलिएर सूर्यको प्रकाशले तातेको पानीको शुद्ध वाफजस्तै चल्न थाल्छ तब यो विचार हाम्रो अवचेतन मनभित्रको आधारभूत इच्छासित संलग्न हुन गएर धरतीतर्फ नै खिंचिएर जान्छ र यसले हाम्रो क्रियाकलापलाई गरिरहने सामान्य मानिसको के कुरा गरौं, पूरा समय अभ्यासमा लाग्ने योगीहरूको पनि मानिसलको बुद्धिलाई विस्तारै भ्रष्ट पार्न सक्छ, तर सबै मानिसले सच्चा भावले नमस्तेको अभ्यास गरेर मात्र आफूलाई शुद्ध पार्न सक्छन्।
के कसैले अर्को मानिसलाई शारीरिक तथा मानसिक तवरले शुद्ध पार्न सक्छ- सकिन्छ, तर कुनै हदसम्म मात्र यसो गर्न सकिन्छ। एउटा सच्चा गुरु, जो आफै पनि एक सिद्ध पुरुष हो, त्यसले त्यस्तै मतको अर्को अनुयायी पुरुषलाई आफ्नो साधनाको स्तरसम्म मात्र सहायता गर्न सक्छ। जस्तै आमाले नुहाइदिइसकेपछि पनि एउटा बालक खेल्दाखेल्दै फेरि फोहोरी बन्न जान्छ, त्यस्तै एउटा शिष्यले आफ्नै अशुद्धताको स्तरमा फर्केर आफूलाई मानसिक तथा शारीरिक तवरले फोहोर पार्न सक्छ। त्यसकारण योगका साधारण शिक्षकहरूले शिक्षा दिन मात्र सक्छन् । तिनीहरूलाई हाम्रो नमस्ते परम्पराअनुरूप वास्तविक गुरुको मुद्रा रच्ने कुनै अधिकार हुँदैन।
यसै कारणले गर्दा योगको क्षेत्रमा पनि आफ्नै स्तरको विकासअनुसार प्रत्येक पुरुषको आत्म प्रयास अर्थात् पुरुषार्थलाई नमस्ते अभ्यासको परम्परामा यतिको महत्व दिइएको हो। यसकारण हामी महात्माहरू, ज्येष्ठहरू, शिक्षकहरू तथा पूजास्थानका विभिन्न देवताहरूलाई नमस्ते गर्दछौं।
मौद्रिक लाभमाथि आँखा राख्ने भएको गुरु जसले आफ्नो अशुद्ध बानीको उपेक्षा गरी अनुयायीहरूलाई आध्यात्मिक उन्नतिको आश्वासन दिन्छ, त्यसले आफ्ना अबोध बलिहरूउपर चटकको अभ्यास गरेर मूल्य असुल गर्दछ। ऊ देखि सावधान ∕ हाम्रो आफ्नै अनुभवले हामीलाई यस अवस्थाबारे बढीभन्दा बढी मतका धार्मिक ग्रन्थहरूमा शुद्धतासित सम्बन्धित गरिएका हुन्छन्। उन्नति गर्न भनी अन्य व्यवसायमा लागरे समय र शक्ति खेर पठाउनुभन्दा यिनै दृष्टिकोणबाट विचार गर्नु सँधै उत्तर हुनेछ। सच्चा भावबाट नमस्तेको अभ्यास गरेर यस्तो स्वस्थ्य धारणालाई हुर्काउन सकिन्छ, प्राप्त गर्न सकिन्छ। यस अवस्थामा उन्नतिको गति भने स्वाभाविक, विकासको तालअनुरूप मन्द हुनसक्छ, तर हाम्रा स्वाभाविक इच्छाहरूको परिपूर्तिभित्र यो उन्नति दिनानुदिन स्थिर र प्रगतिशील भएर जान्छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०