हामी प्रकृत्रि्रेमी हौं। प्रकृतिमा भएका हिमाल, पहाड, नदीनाला र प्रकृतिमा पाइने बर, पिपल, तुलसी जस्ता रुख विरुवाहरूलाई पनि हामीहरूले पूजा गर्दछौं। त्यतिमात्र होइन कुकुर, गाई, गोरु, भैसी जस्ता घलेलु जनावरहरूलाई पनि हामी पूजा गर्दै आएका छौ। हाम्रो संस्कृति अनुसार नागपञ्चमीको दिन नाग अर्थात् सर्पको पनि पूजा हामी हिन्दूहरूले ऐतिहासिक काल-खण्ड देखिनै गर्दै आएका छौं। हिन्दू धर्म चराचर जगतलाई साक्षात इश्वर ठान्ने सनातन धर्मको रूपमा रहिआएको छ। त्यसैले पनि हिन्दू धर्मग्रन्थहरूमा प्रकृतिका अनेक जीव वनस्पतिलाई इश्वरको प्रतिकको रूपमा व्याख्या गरिएको पाइन्छ। हिन्दू धर्ममा सर्पलाई नाग देवताको रूपमा पूजा गर्ने प्रचलन छ। नागपञ्चमीमा अष्ट नागको पूजा गर्ने, भगवान विष्णुको एक अवतारको रूपमा शिवको मुकुटको रूपमा नागको पूजा गर्ने चलन छ। शेष नागले सम्पूर्ण विश्व ब्रम्हाण्ड थामेको धार्मिक मान्यता समेत रहिआएको छ। तर इसाइ धर्ममा सर्पलाई सैतानको रूपमा व्याख्या गरिएको पाइन्छ। चिनियाँ पात्रो अनुसार विभिन्न प्राणीको नाममा वर्षको नामाकरण गर्ने क्रममा सर्प वर्ष समेत रहेको पाइन्छ। मिश्रको सभ्यता अन्तरगत प्राचिन मिश्र बासीहरूले समेत सर्पलाई इश्वरको रूपमा पूजा गर्ने गर्दथे। प्राचिन ग्रिकवासीहरूले समेत सर्पको सामर्थ्यलाई लिएर धेरै किम्बदन्तीहरू तयार पारेको पाइन्छ। प्रकृतिका हरेक जीवजन्तु र वनस्पति आपसमा अन्तर सम्बन्धित छन्। वातावरणका जैविक र अजैविक पदार्थहरूबीचको क्रिया प्रतिक्रिया र लेनदेनबाट नै पर्यावरणको सनातन चक्र सन्तुलित भएर चलिरहन्छ। यसकारण पनि कुनै पनि जीवलाई यो चक्रबाट निकालिदिने हो भने समग्र प्रणालीमा खलल पुग्न जान्छ। सर्प पनि प्रकृतिको खाद्य श्रृखंलाको मांसाहारी उपभोक्ताको रूपमा रहेको हुन्छ। सर्पले भ्यागतो, छेपारो, मुसा आदिको शिकार गर्छ। जबकी सर्पलाई गरुड, चिललगायतका ठूला पंक्षीहरूले खाने गर्छन। यसकारण यदि सर्प लाप हुने हो भने एकातिर मुसा, छेपारो लगायतका जीवको संख्या अत्यधिक बढ्न जान्छ भने आहारको लागि सर्पमा निर्भर रहेका उल्लेखित पंक्षीहरू समेत खानाको अभावमा लोप हुन्छन्। त्यसकारण सबै प्रकारका जीवको संख्या र क्षमतालाई नियन्त्रणमा राख्दै प्रकृतिको खाद्य श्रृखलालाई सन्तुलित पार्नको लागि पनि सर्प धेरै महत्वपूर्ण मानिन्छ। यतिमात्र होइन हाम्रो बालीनालीको मुख्य सत्रुको रूपमा रहेको मुसाको मुख्य सत्रु सर्प भएकाले पनि यो हाम्रो लागि अति नै उपयोगी रहेको छ। तथापि न्याउरी मुसाले सर्पलाई नै आक्रमण गर्ने गर्छ। जे होस केही सर्प हाम्रा लागि अति नै खतरनाक भएपनि समग्रमा सर्पहरू प्रकृतिका अभिभाज्य अ· हुन्।
अज्ञानतावश डरको कारण र यसको टोकाइबाट जोगिन सर्पलाई देख्नासाथ मारिहाल्ने चलन छ भने अर्कातर्फ व्यापारिक प्रयोजनका लागि सर्पलाई मार्ने गरिएको छ। खासगरी सर्पको छालाबाट धेरै प्रकारका उपयोगी सामाग्रीहरू निर्माण गरिने भएकाले पनि यसको चोरी शिकारी हुने गरेको छ। सर्पको विषबाट एन्टिभेनोम औषधी बनाउन सकिन्छ जुन सर्प लगायतका विषालु जीवको डसाइमा उपचारको लागि प्रयोग गरिन्छ। विश्वका केही भागमा मासुको लागि समेत सर्पलाई मार्ने गरिएको पाइन्छ। सर्पलाई मनोरन्जनको साधनको रूपमा समेत उपयोग गर्ने गरिएको छ। समग्रमा सर्प हाम्रो लागि जति हानिकारण छ त्यसको कैयौ गुणा सर्प लाभदायक छ। प्राचिन नेपाली संस्कृतिमा शिवले सर्पलाई आफ्नो घाँटीमा राखेर र विष्णुले शेष-शयन गरेर नागको महत्वलाई दर्शाएको पाइन्छ। देवता-दैत्यद्वारा गरिएको समु्द्र मन्थनमा साधनको रूप बनेर बासुकी नागले जनहितका लागि निकै ठूलो काम गरेका थिए। श्रीकृष्णले यमुनालाई काली नागबाट मुक्त र शुद्ध गरेका थिए।
नाग एक विशेष प्रकारको सर्प हो। हिन्दू परम्पराअनुसार नागलाई भगवान शिवसँग जोडेर हेरिन्छ। भगवान शिवले नागलाई आफ्नो घाटीमा राख्ने हुनाले पनि हिन्दूहरू श्रद्धाले नागलाई पूजा गर्दछन। प्राचीन कालदेखि नै नागपूजा हुँदै आएको छ। नागपञ्चमी पर्व परम्परागत श्रद्धा एवं विश्वासका साथ मनाइन्छ। नागदेवतालाई दूध एवं खीर चढाइन्छ। यो दिन नागको दर्शन हुनु शुभ मानिन्छ। हिन्दूहरूले नाग पञ्चमीको दिनमा कुनै न कुनै धार्मिक अनुष्ठानबाट नागको पूजा गर्ने प्रचलन छ। परम्परादेखि चलिआएका धार्मिक विश्वास र आस्थाका कारण पनि नाग पूजाको परम्परा आजसम्म चलिरहेको छ। हाम्रो समाजमा हिन्दूहरूले कुनै न कुनै रूपमा भगवान शिवको पूजा गर्दछन। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाइन्छ। घरको ढोकामा नागको चित्र टाँसी पूजा गरे चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास छ। नागपञ्चमीमा नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चर्ढाई धूपदीप गरिन्छ।
पछिल्लो समय नाग अर्थात् सर्पको बारेमा धेरै अध्ययन अनुसार भएको छ। वैज्ञानिक अध्ययन अनुसार सर्प २९ सय प्रजातिको भेटिएको छ। जमिनमा घस्रनेदेखि लिएर उड्ने समेत सर्पहरू हुन्छन्। तर सबै प्रजातिका सर्पहरू विषालु भने हुँदैनन्। नेपालमा अहिलेसम्मको अध्ययन अनुसार ८० देखि ९० सम्मका प्रजातिका सर्पहरू पाइने गरेको छ। संसारमा पाइने २ हजार ९ सय प्रजातिका सर्पहरू मध्ये ७ सय ५० मात्र विषालु हुन्छन। तर नेपालमा भने २ सय ५० प्रजातिका सर्पहरू मात्र मानिसहरूका लागी खतरा मानिएको छ। जीवशास्त्रीको भनाई अनुसार नेपालमा पाइने सर्पहरूमा २० % मात्र विषालु हुने कुरा बताएका छन्। त्यसमा पनि कोब्रा, करेत वाइपरजस्ता प्रजातिका सर्प विषालु मानिन्छन्। धेरै मानिसहरू सर्प देख्नासाथ डराउछन्। सर्प देख्ना साथ डराउन पर्दैन, तर सर्तर्क भने हुनु पर्दछ।
नेपालमा सर्पको टोकाईबाट प्रत्यक वर्ष मानिसहरू मर्ने गर्दछन्। सर्पले टोक्नासाथ धेरै मानिसहरू अस्पतालमा उपचारको लागि आउन नसक्नाले सर्पको टोकाईबाट मृत्यु हुने गरेको छ। विशेष गरी गर्मीको समयमा अर्थात् वर्षाको समयमा तराईका जिल्लामा सर्पको विगविगी हुने गर्दछ। गर्मीको समयमा सर्प प्वालबाट बाहिर निस्कने र आहाराको खोजिमा हिँड्ने हुँदा सर्पले मानिसलाई टोक्ने गर्दछ। सर्पले टोकेपछि गाँउघरमा अझै पनि फुक्ने अथवा झार्ने अन्धविश्वासको प्रचलन छ। विषालु सर्पले टोकेपछि फुकेर, झारेर अथवा चुसेर सन्चो हुँदैन। यसरी सन्चो हुने भनेको विष नभएको सर्पले टोकेको भए मात्र सन्चो हुने हो।
सर्पको बारेमा मानिसहरूलाई धेरैकुरा भ्रामक ज्ञान रहेको छ। कहीँ कतै सर्प जोडिएर बटारिएको देखियो भने धेरै मानिसले सर्पको यौनजन्य क्रियाकलाप भन्ने गर्दछन्। तर त्यो क्रियाकलापको दृष्य त्यस्तो होइन। त्यो भाले सर्पको लर्डाई मात्र हो। सर्पमा आफ्नो एरियामा जसको जीत हुन्छ उ मात्र बस्न रुचाउँछ। कमजोर अर्थात निधो सर्पलाई ठूलो सर्पले लखेट्छ। सर्पको कान हुँदैन धेरैलाई भ्रम छ, सर्प नचाउने सपेराले वेनको धुनमा सर्प नचाउँछ। सर्पले धुन सुनेर हैन वेन घुमेको देखेरमात्र सर्पले झुल्ने गरेको हो। सर्पको कान नभए पनि जमिनको कम्पन भने चाल पाउँछ। यसैको आधारमा सर्पले बाटो पैलाउने गर्दछ। सर्पको जीव्रो अति संवेदनशील हुन्छ। जीव्रोको सहायताले उसले गन्ध थाहा पाउँछ। सर्पको जीव्रोले स्वाद लिने होइन जीव्रोबाट गन्ध थाहा पाएपछि शिकारको खोजिमात्र गर्ने हो। सर्पको आँखामा क्यामरा हुन्छ, यसले आफ्नो शत्रुको फोटो अरु सर्पलाई बाँड्छ भन्ने कुरा पनि सत्य होइन। सर्पको आँखाले बरु अन्य जीवले भन्दा अँध्यारोमा पनि आँखा देख्न सक्दछ।
विषालु सर्पको दाह्राजस्तै दाँत हुन्छ। यसले जीवहरूलाई टोक्दा यही दाँतको सहायताले आफ्नो विष जीवको रक्तसञ्चारमा पुर्याउँछ। जसले गर्दा रक्तसञ्चारबाट शरीरको सबै भागमा पुगी जीवहरूको मृत्यु हुने गर्दछ। सर्पले टोक्नकै लागि मानिसहरू खोज्दै हिँड्दैन। सामान्यता मानिसहरूले सर्पलाई लखेटदा, उसलाई चलाउदा, वा घाइते बनाउदा मात्र सर्पले मानिसहरूलाई टोक्ने गर्दछ। हालसम्मको अध्यन अनुसार सबै भन्दा ठूला मानिने सर्प अजिंगर हो। त्यसै गरी संसारभरको सबैभन्दा विषालु मानिने सर्प राजगोमन हो। अजिंगर ६-७ मिटर लामो र करिव एक क्वीन्टलसम्मको तौलमा भेटिएको छ। त्यसैगरी संसारकै सवैभन्दा सानो सर्प तेलिया सर्प हो। यो सर्प हेर्दा गड्यौला जस्तो आकारमा देखिन्छ। गोमन सर्पको विष, काचुली, छाला र वोसो परम्परागत औषधी बनाउन प्रयोगमा ल्याइएको छ। सपेराहरूले यो सर्पलाई मनोरन्जन दिलाउन विभिन्न क्रियाकलाप पनि गराउने गर्दछन्। धेरै प्रजातिमा सर्प पाइने भए पनि वैज्ञानिकहरूले पनि सर्पको बारेमा अनुसन्धान गर्नु परे गोमन सर्प प्रयोग गर्दछन्। यो विषालु भएको कारणले मानिसहरूले देख्ने वित्तिकै मार्ने गर्दछन्। अन्तर्राष्ट्रिय बजारमा गोमन सर्पको विष, छाला,, काँचुली र बोसोको माग भै रहने हुँदा सर्प तस्करहरूबाट पनि गोमन सर्पलाई मार्ने गरिन्छ। जसले गर्दा आज संसार भरी नै यसको संख्यामा कमी आएको छ।
गोमन सर्प भन्दा पनि विषालु सर्प उड्ने सर्प हो। धेरैलाई अचम्म लाग्न सक्दछ, उड्ने सर्प पनि हुन्छ भन्दा। दक्षिण अफ्रिकाको जंगलमा पाइने युरोपेलटाइडी नामको यो सर्प ३ फिटसम्म लामो हुन्छ। भोक मेटाउन यो सर्प ग्लाइडर उडेझैं आकासमा उड्छ। यसरी उड्दा यो सर्पले आकाशमा उडिरहेका चराहरू खाने गर्दछ। जंगलमा पाइने ब्ल्याक डाइमण्ड प्रजातिको सर्पले आफ्नो वासस्थान पनि चराले गुँड बनाए जस्तै रुखमा बनाउँछ। यो जातिको सर्प प्रतिघण्टा ४० कि.मी. को गतिमा उड्न सक्दछ। साइवेरियामा पाइने उड्ने सर्प रातो, हरियो, खैरो र पहेलो रंगमा देखिन्छन्। यस्ता प्रजातिका सर्पहरू जमिनदेखि झण्डै ३०० फिटमाथि सम्मको उँचाइमा उड्न सक्दछन्। एशियामा पाइने उड्ने सर्प फरक-फरक गुण र प्रजातिमा भेटिने गरेको छ। श्रीलंकामा पाइने उड्ने जातको सर्पमा विष हुँदैन। स्पेनको जंगलमा पाइने उड्ने सर्प डरलाग्दो देखिन्छ। १५-२० फिट लम्वाइमा देखिने यो सर्पको मोटाइ पनि ठूलो हुन्छ। यो सर्प जमिनमा पनि घ्रि्रने र जतिबेला पनि उड्न सक्दछ। यो सर्पसँग जंगली जनावरसमेत डराउने गर्दछन्।
दक्षिण एशियामा पाइने उड्ने सर्प रातमा देखिन्छन्। त्यसैले यसले आफ्नो शिकार लाटोकोसेरो, चमेरो र गौंथलीलाई बनाउँछ। अहिलेसम्मको अध्ययनले नेपालमा भने यस्ता उड्ने प्रजातिका सर्पहरू नभएको सर्पको बारेमा अनुसन्धान गर्ने जीवशास्त्रीहरू बताउँछन्। तर पनि तराइका घना जंगलमा भने स्थानीय भाषामा तीर भनिने सर्प एक रुखबाट अको रुखमा उफ्रेर चराहरूको खोजीमा रहने हुँदा कसैले यसलाई नै उड्ने सर्प पनि भन्ने गर्दछन्। सर्पको बारेमा धेरै कुरा थाहा नपाउँदा मानिसहरू आत्तिने, डराउने र सकेसम्म सर्पलाई नै मार्ने प्रचलन रहेको छ। यसरी सर्पलाई मार्नुभन्दा सर्पसँग बच्नको लागि आवश्यक सजगता अपनाउनु राम्रो मानिन्छ। सर्पलाई मनपर्ने खानामा मुसो पर्दछ। आफ्नो घर आगन सफा राख्ने, घरभित्रका सरसामान राख्ने कोठाहरूमा मुसा बस्ने वातावरण हुन नदिने मात्र गर्न सकेमा पनि मानिसको घर, आगनमा सर्प आउँदैन। नागपञ्मीका दिन नाग अर्थात् सर्पलाई पूजा गर्ने मात्र नभएर सर्पलाई संरक्षण गर्नेतर्फ पनि हामीले सोच्न जरुरी छ।
Related News
सम्बन्धित समाचार
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
रेमिटेन्स
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०