धर्म, संस्कार र परम्पराको जगमा समृद्धि

dbbishwakarma डी.बी. विश्वकर्मा
वैशाख २२, २०७७

यहाँ, अल्बर्ट आइन्स्टाईनको भनाई प्रस्तुत गर्नु उपयुक्त छ, ‘जुन सिद्धान्त र विचारले समस्या पैदा गर्दछ, त्यो समस्या समाधान गर्न सोही सिद्धान्त र विचार कामयाव हुँदैन, नयाँ सिद्धान्त र विचारको खोजी गर्नुपर्छ ।’

विश्व मानव सभ्यताको विकासक्रमलाई नियाल्दा धेरै घटनाक्रमहरु देख्न सकिन्छ । प्राकृतिक रुपमा घटने घटनाक्रमहरु र सामाजिक घटनाक्रमहरु । प्राकृतिक र सामाजिक दुबैमा घट्ने ९० प्रतिशत भन्दा बढी घटनाहरु षड्यन्त्रकारी प्रकृतिका हुने गरेको देखिन्छ । तिमध्ये सबैभन्दा बढी घटना आर्थिक सिद्धान्तमा आधारित छन् । किनभने, मानिसले सबैभन्दा महत्वपूर्ण आर्थिक पक्षलाई मानेको पाइन्छ । बाँकी, राजनैतिक, नैतिक, बैज्ञानिक र शैन्य सिद्धान्तमा मानिसहरु हुन्छन् । सबै सिद्धान्तहरु आर्थिकसँगै जोडिएको पाइन्छ ।

भनिन्छ, मानिस चेतनशील प्राणी हो । चेतनाको विकास साथै अन्य प्राणीहरु भन्दा भिन्न खाले गतिविधिहरु गर्दछ । उसको मानवीय आचरण स्वभावैले स्वार्थी छ । मानिसले हरेक गतिविधिहरुलाई आर्थिक पाटोसँग जोड्ने गरेको देखिन्छ । आर्थिक सम्पन्नतालाई आफ्नो इज्जत, प्रतिष्ठा र शक्ति ठान्दछ । त्यसैले, आ–आफ्नो राज्य वा क्षेत्रभित्र उस्तैखाले विचार, राजनीति, सामाजिक आर्थिक, सांस्कृतिक र सुरक्षा पद्धतिको लागु गर्दछ । अनि, त्यसैको अनुशरण गर्दै अघि बढ्दछ ।

हरेक समाजहरुमा आफ्नै नीति, नियम, रीतिरिवाज, चालचलनहरु स्थापित छन् । धर्म, संस्कार परम्पराहरुको अनुलंगनीय पद्धतिको विकास हुँदै आएको छ । सोही अनुरुप विकासको विस्तार र निरन्तरता हुँदै आएको छ । शासकहरु आफ्नै विधि विधान अनुरुप शासन सत्ता संचालन गर्ने गर्दछन् । उनीहरुको सासन संचानल गर्ने विधि र तौरतरिकाहरु फरक छन् । त्यो कुनै राज्यका जनताका लागि उचित भलाई गर्ने खालको हुन सक्छ । त्यहाँ जनताहरु सुखी र आनन्दित रहन सक्छन् । राज्य समृद्ध र जनता सुखी रहन्छन् । राजनीतिक, आर्थिक, सामाजिक, भौतिक, सांस्कृतिक रुपमा उल्लेख्य विकास गर्दछन् ।

तर, कतिपय राज्यका शासकहरुको आचरण र गतिविधिको कारण समाज हरेक दृष्टिकोणबाट पछाडि परेका यथार्थ हामीले देखेका छौं । शासकको स्वार्थी गतिविधिले जनताको हितमा कुनै असल कार्यहरु हुन सक्दैन । जसको कारण अहिलेको विश्व समाजलाई हेर्दा फरक प्रकृतिको अवस्था देख्न सकिन्छ । कोही विकासको उच्च स्थानमा छन् त कतै अति नै गरिवी छ । अन्याय, अत्याचार, भ्रष्टाचार, नातावाद, कृपावाद गरिवी, अशिक्षा, रोग, लुट, आतंक, हत्या, हिंसा, अमानवीयकरण जस्ता अपराधिक गतिविधिहरु व्यापक रुपमा हुने गरेको छ । जसको कारण कहिल्यै देश र जनता समृद्ध र सुखी बन्न सकेका छैनन् । यसमा धर्म, संस्कार र परम्पराको त्यत्तिकै प्रभाव पर्दछ । भगवानको पालामा पनि शोषण, दमन, विभेद हुने गरेको शास्त्रहरुमा उल्लेख गरिएको छ । धन सम्पत्तिको महत्व, लोभ, लालच, संचय गर्ने परम्पराबाट गुज्रँदै आएका कुराहरु इतिहासमा उल्लेख गरेको पाइन्छ । त्यस्तै, मानशिकताबाट राज्यका शासक र शासित वर्गहरु परिचालित हुँदै आएका छन् ।

नेपाल र भारतलाई आज पनि हिन्दुस्तान भनेर चिनिन्छ । जहाँ, हिन्दु धर्म संस्कार र परम्परालाई हेर्दा धेरै कुराहरुमा समानता रहेको पाइन्छ । समान खाले मान्यताबाट बिकसित हुँदै आएको देखिन्छ । जनतालाई अनुशासनमा बाँध्ने नीति शास्त्रहरु, शासन सत्ता संचालन गर्ने नियम कानूनहरु राजा महाराजाहरु, तिनका भारद्धारहरु, तिनका सहयोगी तथा समर्थकहरुको अनुकूलतामा बनाइएको देखिन्छ । किनभने, उनीहरुले देश र जनतालाई जतिसुकै अन्याय, अत्याचार, दमन, शोषण, उत्पीडन वैमनस्यता गराएपनि सर्वसाधारण जनता सहेर चुप लागेर बस्नुपर्ने अवस्था रह्यो ।

हुन त, मानिसले गरिवको मित्र बन्नु भन्दा धनीको चाकर हुनुमा गर्भ गर्ने गर्दछ । पुँजीलाई मानव समाजमा सम्पन्नताको मुल आधार मान्दै आएको छ । पूर्खाहरुबाट देखेर जानेको मूल्य मान्यताहरुको अनुशरण गर्दै आएको छ । आफ्नो अधिकार, बुद्धि, बिवेक र क्षमताले भ्याएसम्म अरुमाथि शोषण, दमन, षड्यन्त्र, चालबाजी, हत्या, हिंसा, आतंक, लुट अनि झुटको खेती गर्नमा लागि परेको छ । जसबाट उसलाई मनग्य फाइदा र उसको स्वार्थ पूरा होस् ।

जुन यथार्थ आज हामीले हाम्रो देशको हरेक तह, तप्काहरुमा समेत देख्न सक्छौं । समाजको संचालन गर्ने राजनेता, राजनीतिज्ञ, कार्यकर्ताहरु देश र जनताप्रतिको उत्तरदायित्व बोध भएको नाटक गर्दछन् । सुरुमा जनताको लागि आशा र भरोसाको आश्वासन बाँडेपनि विस्तारै उनीहरुको राजनीतिक लक्ष्यमा पुगेपछि ति बाँडिएका आश्वासनहरु चटक्कै भुल्छन् । यसलाई सदियौंदेखि चल्दै आएको कुसंस्कारको निरन्तरता मान्न सकिन्छ । यो अनुलंगनीय संकुचित मानसिकताकोे उपज मान्न सकिन्छ । राजनीतिक पार्टीका नेता कार्यकर्ता तथा राष्ट्रसेवक भनिने कर्मचारी जो समाज सेवामा इमान्दारिताका साथ समाज सेवा गर्ने बाचासहित जिम्मेवारीमा पुगेपछि सबै प्रतिबद्धताहरु भुल्ने बानी परेका छन् । आपूm, आफ्नो सन्ततीहरु, नातागोता र समर्थकहरुको स्वार्थमा तल्लिन रहन्छन् ।

हुन त, मानिसले गरिवको मित्र बन्नु भन्दा धनीको चाकर हुनुमा गर्भ गर्ने गर्दछ । पुँजीलाई मानव समाजमा सम्पन्नताको मुल आधार मान्दै आएको छ ।

देशका प्राकृतिक श्रोत साधनहरु आफ्नो निजी स्वार्थमा सिध्याउने काम भै रहेका छन् । सामाजिक विकासका कार्यहरु शिक्षा, स्वास्थ्य, बाटोघाटो, कृषि, वातावरण, उद्योग कलकारखाना लगायत हरेक क्षेत्रमा भ्रष्टचार, घुसखोरी, कमसल निर्माण, गुणस्तरहीन उत्पादन हुने गर्दछन् । जहाँ राजनीतिक पार्टी, सिद्धान्त, पहुँच र पदिय दायित्वको दुरुपयोग भएको छ । देशमा कर्मचारी तन्त्रको जालो फैलदों छ । त्यसैले, देशले परिवर्तन पाउन सकेको छैन ।

स्वदेशमा जनताको लागि अवसरहरु खुल्न सकेको छैन । गरिवी र पछौटेपनको अवस्था छ । युवा जोश, जाँगर देश र समाजप्रति माया नभए झैं विदेशिन बाध्य छन् । स्वदेश छाडेर युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, कोरिया, मलेसिया लगायत खाडी मुलुकहरुको सपना बुन्दै आफ्नो श्रम, पसिना बेच्नुपरेको छ । जुन नेपालीहरुको श्रम पसिनाले विदेशी भूमीको विकासमा कायापलट गराएको छ । त्यहाँका ठूलाठूला महलहरु, चिल्ला बाटाहरु, उद्योग कलकारखानाहरु, कृषि, पशुपालन सबै क्षेत्रका विकासलाई चुलीमा पुर्‍याएका छन् ।

वास्तवमा, सरकारको काम कर्तव्य भनेको नीति, नियम, कानूनको तर्जुमा गर्नु हो । तिनलाई जनताको हितमा प्रभावकारी रुपमा व्यवहारमा लागु गर्नु हो । सबैखाले भ्रष्टचार, घुसखोरी, नातावाद, कृपाबाद, विभेद, कमसल, गुणस्तर हिनतालाई रोकथाम गर्नु हो । सरकारका जिम्मेवार निकायहरु, कर्मचारी, बद्धिजीवी, नागरिक समाज र नेपाली जनता स्वयंले आफ्नो निजी स्वार्थभन्दा माथि उठ्नु जरुरी छ । जनताको हितमा समर्पित भई इमान्दारिताका साथ काम ग¥यौं भने हामी देशलाई अन्य विकसित राष्ट्रहरु भन्दा सम्पन्न बनाउन सक्छौं । हाम्रा पढे लेखेका, सक्षम, सीपयुक्त, जोश, जाँगर भएका युवाशक्तिहरु विदेसिनु पर्नेछैन ।

नेपाल आफैमा प्राकृतिक श्रोत र साधनले भरिपूर्ण छ । जलश्रोत, वनजंगल, जडीबुटी, प्राकृतिक सम्पदा, साथै सांस्कृतिक विविधताहरु रहेका छन् । हिमाल, पहाड, तराई मिलेर बनेको भू–बनोटमा फरक उत्पादनहरुको सम्भावना छन् । त्यसैले, अव मानवीय सोंच बदल्नु जरुरी छ । समस्याको पैदा गर्ने खालको संस्कार र परम्परालाई जगेर्ना गर्नुको औचित्य रहँदैन । त्यसले समाजलाई उन्नतिमा होइन, अधोगतिमा धकेल्छ । कसैको पनि उन्नति प्रगति हुन सक्दैन । बेलैमा सही र गलत के हो ? भनि छुट्याउनु सक्नुपर्दछ ।

यहाँ, अल्बर्ट आइन्स्टाईनको भनाई प्रस्तुत गर्नु उपयुक्त छ, ‘जुन सिद्धान्त र विचारले समस्या पैदा गर्दछ, त्यो समस्या समाधान गर्न सोही सिद्धान्त र विचार कामयाव हुँदैन, नयाँ सिद्धान्त र विचारको खोजी गर्नुपर्छ ।’

मानिसले अहिलेसम्मको संस्कार र परम्परालाई समय अनुकुल बदल्दै अघि बढ्नु आवश्यक छ । जसले अबको पुस्तालाई सही मार्ग निर्देश गरोस् । जहाँ, नयाँ समृद्ध नेपाल सुखी नेपालीको संभव छ ।

हाम्रो सुझाव