८ वर्षको उराठलाग्दो पर्खार्इपछि नेपाली काङ्ग्रेस, एमाले, एकिकृत नेकपा -माओवादी) र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गरी प्रमुख ४ दलका नेताहरूले संविधान बनाउने कोसे ढुङ्गाको रूपमा जेठ २५ गते गरिएको स्रोह बुँदे सम्झौतामा पहिलो पटक दलहरूले एकमत भई ठोस काम गरेको भन्ने विश्वास जनमानसमा परेको छ। यसले गर्दा जनतामा ‘अब त देशले जनताको नयाँ संविधान पाउने भए’ भन्ने घाँटी मात्र रसाउने भए पनि एक घुँट पानी मुखमा हाल्न पाएको अनुभव गरेको छ। यसै क्रममा प्रस्तावित मस्यौदा संविधानमा जनताको विचार र सुझाव सड्ढलन गर्न देशभरि नै श्रावण ४ र ५ गते आ-आफ्नो चुनाव क्षेत्रमा गई जनताको सुझाव सड्ढलन गर्ने काम र सरकारले हुलाक, इमेल, एसएमएस आदि सञ्चार माध्यमद्वारा थप सुझाव लिने प्रक्रिया पनि पूरा गरेको छ। यसमा जनताले लाखौँ सुझावहरू दिएको तथ्य पनि सार्वजनिक भएको छ। त्यस्ता सुझावहरू मध्ये एउटा हो मस्यौदामा लेखिएको ‘नेपाललाई धर्म निरपेक्ष राज्य’ को सट्टा ‘हिन्दू राज्य वा राष्ट्र’ भनी लेखिनुपर्छ भन्ने सुझाव। उक्त सुझावमा नेपाललाई हिन्दू राष्ट्र र, कसैले त हिन्दू अधिराज्य भनी संविधानमा लेख्नुपर्छ पनि भने। त्यस्तो भन्नेहरूमा परम्परावादी एक धर्म र एकल जातिका आडम्बरी संस्कार, अमानवीय वर्णव्यवस्था र अन्धविश्वासी संस्कृतिका पक्षधर र राणाकालदेखि हैकम जमाइरहेका संभ्रान्त पुखाहरूका तन्नेरी नेता तथा उनीहरूको छायाँमा बसेका अवसरवादी अनुयायीहरू थिए। उनिहरूले तथाकथित दलिल दिएअनुसार ८०-९० प्रतिशत, अझै कोहिले त अगाडि बढेर अतिसयोक्ति गरी ९५ प्रतिशत हिन्दू भएको देश भएको र हिन्दुस्तानका हिन्दू पुरोहित पण्डितहरूले विकास गरेको हिन्दूधर्मको गौरव गरिमा गाउँदै संसारमा एक मात्र हिन्दू राज्य नेपाल बनाउनुपर्छ भनेर, ‘मामाको घोडा मेरो हिहि’ भनेजस्तै नाक फुलाएर मस्यौदा सुझाव सड्ढलन सार्वजनिक सुनुवाइमा कुर्लेको दृश्य श्रावण ४ र ५ गतेको दिन पोखरामा देखियो। यिनीहरूको माग थियो ‘संविधानमा धर्म निरपेक्ष हटाउनैपर्छ, कसैले पनि धर्म परिवर्तन गर्न पाइँदैन, हिन्दू राज्य हुनैपर्छ’। यी तन्नेरीहरूले हिन्दू धर्मको यथार्थवादी शाश्वत दर्शनलाई उजार गर्ने सोचसम्म पनि नगरेको, बरु धर्मको नाममा विभेदकारी वर्णव्यवस्था, छुवाछूत, पितृ सतात्मक हैकम आदि आडम्बरलाई नै प्रचार प्रसारण गरेको नारा लगाएको देखियो र हिन्दू अधिराज्यको नाम लिएर ‘धर्मनिरपेक्ष राज्य’ भन्नेहरू देशद्रोही हो भनेको निरङ्कुश पञ्चायती पाराको नारा पनि हिजोआज सुनियो। मैले पनि त्यस सार्वजनिक सुनुवाइमा आफ्नो अभिमतहरू कुनै बोलेर र कुनै लेखेर माननीय संसदज्यूहरूलाई दिएको थिएँ। धर्म निरपेक्षता र हिन्दू राष्ट्रको सर्न्दर्भमा मेरो विचार वा सुझावहरू यस्ता थिए।
१)धार्मिक स्वतन्त्रता मानव अधिकार भएको हुनाले बच्चादेखि नै बानी पारेको धर्मलाई ठूलो वा वयस्क नागरिक भएपछि आफ्नो इच्छा र बौद्धिक चेतनाले अर्को धर्म ग्रहण गर्ने वा केटाकेटीदेखि मानिरहेको धर्मलाई नै अपनाइरहन पाउने धार्मिक स्वतन्त्रता हुनुपर्छ, पाउनुपर्छ।यो कुरालाई संयुक्त राष्ट्रले मान्यता पनि दिइसकेको छ।तर लोभलालचमा लागेर वा जबर्जस्तीमा परेर धर्म परिवर्तन गर्ने स्वतन्त्रता भने हुनुहुँदैन। त्यसरी धर्म परिवर्तन गर्ने र गराउने व्यक्ति समेत सजायँको भागी हुनुपर्छ।
२)र्धर्मका प्रवर्तकहरूले प्राकृतिक र सामाजिक यथार्थतामा आधारित गरेर सुस·तमय धर्मलाई प्रादुर्भाव गरेका थिए। तर पछिका धर्म प्रचारकहरूले आ-आफ्ना धर्ममा अन्धविश्वासी, विभेदकारी धेरै विस·तिहरू आफ्ना स्वार्थ पूरा गर्न भित्र्याएका छन्। राज्यले कुनै एक धर्मलाई च्यापेको कारणले गर्दा साना-ठूला धेरै धार्मिक युद्ध भएको छ भने राज्यले जुन धर्मलाई च्याँपेको छ, त्यसका धर्माधिकारीहरू निरङ्कुश बनेका छन्। त्यसैले धर्मप्रति चाख नराख्नेहरूको सङ्ख्या पनि बढिरहेछ। तिनिहरूको लागि पनि संविधानमा ठाउँ दिनुपर्छ। अर्थात् कुनै पनि धर्म नमान्ने अधिकार पनि नागरिकलाई हुनुपर्छ। कुनै पनि धर्मलाई बच्चाले गर्भमा रहँदादेखि नै शारीरिक पहिचानजस्तै गरेर लिएर आएको होइन। बच्चाले जन्मिसकेपछि, आफू हुकने क्रममा धर्मलाई आफ्नो परिवार, समाज, समुदायबाट सिकेको र अभ्यस्त बनाएको हो। अर्को कुरा आजका राष्ट्रिय र अन्तर्राष्ट्रिय धार्मिक सम्प्रदायमा प्राकृतिक र सामाजिक यथार्थबाट विमुख भएका अप्राकृतिक, असामाजिक, अलौकिक, अन्धविश्वास र आडम्बरी संस्कार-सांस्कृतिको जीवनशैलीले राज गरिरहेछन्, जसले गर्दा मानव समाज र प्राकृतिक सन्तुलनमा अशान्ति मच्चिइरहेछ। त्यसकारणले आज समाजमा त्यस्ता व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै छ, जसले कुनै धर्म मान्दैन। प्रकृति वा प्राकृतिक नियमभन्दा अन्य अलौकिक शक्ति र अस्तित्वलाई उनीहरू मान्दैन। मानव संस्कार र संस्कृति अपनाएर शान्तिपूर्ण बौद्धिक जीवन बिताउन चाहन्छन्। त्यस्ताहरूलाई सम्मान गर्ने, घृणा नगर्ने र भेदभाव नराख्ने प्राबधान पनि संविधानमा हुनुपर्छ।
३)धार्मिक स्वतन्त्रता भने पनि धर्म निरपेक्ष राज्य भने पनि एउटै अर्थ वा अभ्रि्राय हुन आउँछ। धर्म निरपेक्ष राज्यले, व्यक्तिले अपनाइने धर्मलाई निषेध गरेको हुँदैन। तर नेपाललाई हिन्दूराज्य (राष्ट्र) बनाउनुपर्छ भन्नेहरूले जनमानसमा गलत अर्थ बुझाएर ‘धर्म निरपक्ष राज्यले धर्म मान्न दिँदैन’ भनी प्रचार गरेको हुँदा समस्या निस्केको हो। उनीहरूको कुरालाई अन्जान जनताले कुरै नबुझेर मान्दछन्। उनीहरू ‘लाटो देशमा गाँडो तन्नेरी’ भएर अयथार्थ अर्थ लगाएको मात्र हो। यस कुरालाई हो वा होइन भनी बुझ्न सजिलो उदाहरण हो ‘आजसम्म कसैले हिन्दूहरूलाई हिन्दू धर्म मान्न पाइँदैन भनेको छ र ? मान्यो भनेर राज्यले कसैलाई सजायँ दिएको छ र ? वास्तवमा त्यस्तो भनेको पनि छैन सजायँ दिएको पनि छैन।
धर्म निरपेक्ष राज्यले सबै धर्मलाई राज्यद्वारा सम्मान गर्छ, तर कुनै एक धर्मलाई आश्रय र प्रश्रय दिँदैन। कसैले आफ्नो आस्था अनुसारको धार्मिक क्रियाकलाप गर्दा अरु कसैले खलल पुर्यायो भने त्यसलाई सजायँ दिन्छ। यसरी सबै धर्ममा मित्रता र शान्ति कायम राख्न धर्मनिरपेक्ष नेपाल वा धार्मिक स्वतन्त्रताले वातावरण बनाउँछ। अन्य धर्मको आलोचना नगरी आ-आफ्नो धर्म प्रचार गर्न राज्यले सबै धर्मलाई संरक्षण दिन्छ। तर यो तथ्यलाई लुकाएर जनतालाई लाटो बनाउनेहरू गाँडो तन्नेरी भएको होइन र -? त्यसरी नै धर्म निरपेक्ष राष्ट्र वा धार्मिक स्वतन्त्रता विश्वमा धर्महरूको बीचमा सद्भाव र विश्व शान्तिको बाटो फराकिलो गर्न ठूलो महत्त्व राख्छ, योगदान दिन्छ। त्यसकारण ‘नेपाल एक मात्र हिन्दू राष्ट्र’ भनेर नाक फुलाउनु क्लाउनको नाकमा प्लाष्टिकको रातो नाक राखेर नाच्ने र केटाकेटीलाई रमाइलो दिने नाच मात्र हो। ‘धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्ष नेपाल’ भन्ने विश्वमा नेपालको गौरव राख्ने कोसेढु·ा हो। ड्रग सेवनको विरुद्ध कार्यक्रम गरेर आफ्नो समाज र देशमा ड्रग-एडिक्टहरूलार्ई सुधार्ने र निर्मूल पारेर मानव वंशलाई परिष्कृत गर्ने अभियान जस्तै ‘धर्मनिरपेक्ष राष्ट्र नेपाल’ले हरेक धर्ममा भएको धार्मिक अन्धवादलाई हटाएर मानव र जीव जगतमा शाश्वत शान्ति र सद्भावना बढाउने काम रुखको हाँगा समात्नुको सट्टा फेद नै समात्ने बुद्धिमानी अभियान हो। यसलाई जानजान नदेख्नु अहङ्कार हो, स्वाभिमान होइन-गौरव होइन। रुखको फेद समातेर कुरा गर्नु पूर्ण मानव जीवन हो कि एउटा हाँगा समातेर कुरा गर्नु पूर्णजीवन हो ? त्यसमा पनि स्वस्थ्य स्वादिष्ट फलको चर्चा गर्नु, महान् हो कि काँचो अमिलो फलको कुरा गर्नु, कुनचाहिँ महान हो ? बुज्रुकहरूले विचार गनैपर्छ।
वास्तवमा नेपाल एकजाति र एक धर्मको हैकम स्थल हुँदै आएको छ। यसैमा आधारित अयथार्थ, आडम्बरी, अमानवीय वर्णव्यवस्था, अलौकिक आख्यानलाई नेपालको राष्ट्रियता भनिएको छ। नेपालको राष्ट्रियता त धेरै धर्म, जाति तथा भाषा, संस्कृति र इतिहास आदि फूलका थु·ाहरूको, अनेकतामा एकता भएको एउटै माला हो, देश हो। यही नै नेपालको मौलिक राष्ट्रियता हो। यो यथार्थलाई ओझेलमा पारेर एकधर्म र एकजातिको राष्ट्र भन्नु न्यायोचित छ र ? के यस्तो भावना र व्यवहारले कलझगडा र द्वन्द्व बढाउँदैन र ?राणाकालमा जस्तै नेपाललाई विश्वबाट अलग राख्ने प्रतिगामी चाल होइन र ? यी कुराहरूमा मानवीय सोच र पूर्वाग्रहरहित दिमागले गम्भीरतासाथ मूल्याड्ढन गर्नुस्।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
यसरी रित्तियो बक्राङ
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
मंसिर २२, २०८०पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०