पछिल्लो समय राम बहादुर बमजनको नाम निकै चर्चामा छ। राम बहादुर बमजन बारा जिल्लाको रतनपुरी जंगलमा केही नखाईकन १० महिना लामो तपस्या गरेपछि उनले राष्ट्रिय मात्रै नभै अन्तराष्ट्रिय चर्चा परिचर्चा पाएका हुन्। उनलाई भगवान बुद्धको अर्को रुप भएको समेत प्रचार गरियो। भारत र नेपालका हजारौ दर्शकहरु उनको दर्शन गर्न र आर्शिवाद लिन उक्त जंगल पुगे। राम बहादुर बमजनको व्यापक प्रचार प्रसार गरियो। धेरै व्यक्तिहरु उनका अनुयायी बने भने कतिपय व्यक्तिहरु उनको वासस्थानको वरिपरि पण्डाल खडा गरेर बस्न थाले। ३५ जना अनुयायी बस्ने गरेकोमा हाल १४ मात्र बस्ने गरेको पत्रपत्रिकामा पढ्न पाईने गर्दछ।
बमजन बाराको जंगलमा बस्ने गरेकोमा सिन्धुपलान्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ बढे गाँउ स्थित जंगलमा उनको आश्रम रहेको छ। सो ठाउँमा बमजनकी श्रीमती पुष्पाका नाममा ३० रोपनी जग्गा किनेर आश्रम बनाएका छन् भने १०० रोपनी जग्गा उपभोग गर्दै आएका छन। तपस्वीले सरकारी वन हडप्ने घर टहरा बनाउने आफुलाई र आफ्ना अनुयायीहरुकालागि जंगल हडप्ने गर्दै आएका राम बहादुर वमजनका अनुयायीहरु मध्ये २०६९ साल देखि सुरेश आले मगर, संतलाल वाइवा फूलमाया रुमजा। चिनीमाया तामाङ पनि हराई वेपत्ता भएको खवर वाहिर आएको छ। उनीहरुको खोजीको निमित्त निजहरुका अभिभावकले प्रहरीमा निवेदन दिएका छन। प्रहरीद्वारा उनीहरुको खोजीकार्यको थालनी गरेको छ।
तपस्वी राम बहादुर वमजनको आश्रममा अनुयायीको हत्या प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ( सि.आई. वी ) प्रहरी कार्यालय नवलपुर, सिन्धुपलान्चोक प्रहरी कार्यालयले अनुसन्धानको क्रममा उत्खनन गर्दा आयोडिन नूनका प्याकेटमात्र फेला परेको सूचना बाहिर आएका छन्। वमजनका पूर्व अनुयायीहरुले अनुसन्धानलाई सघाईरहेका छन। बमजन अनुयायी इन्द्रबहादुर स्याङतान गिरफ्तार भएका छन्। सोनाम तामाङ र तप्तेन गुरुङसंग सोधपुछ गरिरहेको छ। बमजनका उपर यौन दुव्र्यवाहर हत्या हिंसा जस्ता जघन्य अपराध गरेको आरोप लाग्न सक्छ। आफ्नै पूर्व अनुयायीहरु र प्रहरीद्वारा उनी घेराबन्दीमा परेको देखिएको छ।
भारतका प्रसिद्ध योगी चन्द्रा स्वामी इन्दिरा गान्धीको चिना हेरेर निर्वाचन हार्ने जित्ने प्रधानमन्त्री बन्ने आदि भविष्यवाणी गर्ने गर्दथे। उनी कास्मिरमा बस्ने गर्दथे। उनका उपर पनि गम्भीर अपराध लागेको थियो। राधे राधे धर्म समूहका प्रणेता कृपालु जी महाराज पनि महिला गोपिनीसंग कृष्ण बनेर रासलीला गर्ने गर्दथे भन्ने आरोप लाग्ने गरेको थियो। कयौं महिलाहरुलाई लठ्याउने गरको आरोप पनि लाग्दै आएको छ।
प्रसिद्ध योगी राम रहिमका उपर यौन हिंसा हत्या आतंकको आरोपमा २० वर्ष कैद गर्ने अभियोग लागेर हाल जेलमा बन्द छन्। भारतका प्रसिद्ध धर्मगुरु आशाराम बापुका दर्जनौ आश्रम, क्याम्पस, घर जग्गा जमीन थियो। दर्जनौ अपराध गर्दा पनि उनलाई पक्राउ गरिँदैनथ्यो। उनकी श्रीमती, छोरी र छोरा नारायण साईले उनलाई यौन व्यवस्था गरिदिन्थे। अरवौंको सम्पत्ति जम्मा गरेर मोजमस्ती गरेका आशाराम बापुको सम्पूर्ण सम्पत्ति कांग्रेस आई को सरकारले जफत गरी सरकारी ढुकुटीमा मिसायो। भारतमा सयौं धर्मात्मा साधु सन्त अनैतिक कार्य गरेर फौज्दारी अभियोग लागेकोले जेल जीवन यापन गरिरहेका छन्।
नेपालको सन्र्दभमा हिन्दु धर्म अन्तर्गतका विभिन्न सम्प्रदाय, शाखा उपशाखा विद्यमान छन्। हिन्दु भन्दा ठूलो ओमकार परिवार अन्तर्गत अत्यधिक संस्थाहरु छन। ओकार परिवार अन्तर्गत हिन्दु धर्म, बौद्ध धर्म छन्। यिनका शाखामा किराँत धर्म, कृष्ण प्रणामी, शीख धर्म , राधे राधे , ओशो आदि पर्दछन।
भारतका धार्मिक आश्रमहरुमा अनैतिकतापूर्ण कार्य निकै हुनेगरेको देखिन्छ। नेपालका धार्मिक आश्राममा त्यति बढी अनैतिक कार्य भएको देखिँदैन। राम बहादुर बमजन सर्लाही, बारा र सिन्धुलीमा आश्रम बनाई भक्तजनहरुका साथमा बसी गत वर्ष सिन्धुपलाञ्चोक बेत्रावती नदी नजिकै आश्रम बनाइ भक्तजनहरुका साथमा बसेका हुन्। विगतका वर्षमा काठमाण्डौ जाँदा निकै स्वागत भएको थियो ललितपुरको शान्तिपूजामा उनले प्रवचन दिएका थिए। उनको प्रवचनमा बौद्धिकता नदेखिए पनि भक्तजन र अनुयायीहरुको घुइँचो लागेको थियो।
नेपालका धार्मिक आश्रमहरुमा अनैतिकतापूर्ण कार्य घटेका छन भनी व्यापक आरोप आएको छ तर अदृष्य रुपमा अनैतिकपूर्ण घटना घट्ने गरेका छन। तर पनि खुल्ला रुपमा घटना घटेको देखिँदैन। बुद्ध पछिका मैत्रेय भनेर चिनिने धर्म गुरु रामबहादुर बमजन अनेक अनैतिकता पूर्ण आपराधिक घटनामा जोडिनु आफैमा दुःखद घटना हो। ओंकार परिवार भित्रका तपस्वीलाई यस्तो दोष लाग्नु दुःखद कुरा हो। रामबहादुर बमजन दोषी अपराधी देखिए बेग्लै कुरा भयो, तथ्ययुक्त दोषी ठहर गर्ने प्रमाण नभएर स्वयं उनलाई अपराधी घोषित गरी सजाय भागी बनाउनु उचित हुँदैन। अनुसन्धानकर्ताले गम्भीर छानविन गरी निर्णय गर्नुपर्दछ। अस्तु
(लेखक वरिष्ठ अधिवक्ता हुन्। सं.)
Related News
सम्बन्धित समाचार
उच्च आशा, कमजोर परिणाम
‘हिमालतिर’ विचरण गर्दा
संघीयताको कोलमा निचोरिएका कर्मचारी
लय समात्दै प्रदेश
फागुन सात साथमै रहोस्
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७