धरहरामा पापी पाइला

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७२

त्रिभुवन विश्वविद्यालयसम्बन्धी काम थियो, त्यसैले काठमाडौँ जानुपर्ने थियो। २०७२ बैशाख ११ गते शुक्रबार पोखराबाट हामी डिल्लीराम पौडेल, जीवन सुवेदी, सुनिल बराल र म मोटरसाइकलमा काठमाडौर्ँतर्पm लाग्यौँ। विश्व विद्यालयको कामबाहेक केही नयाँ ठाउँहरू घुम्ने अभिलाषा पनि थियो। त्यसैले रमाउँदै रमाउँदै हामीहरू बेलुका काठमाडौँ पुगेका थियौँ।

काठमाडौँ जाँदा प्रायः त्रि.वि. प्राध्यापक गेस्ट हाउसमा बस्ने हामी यस पटक भने घुम्ने ठाउँहरूको दुरी कम गर्न धरहरा नजिकैको एक गेस्ट हाउसमा बसेका थियौँ। बसाइलाई रमाइलो बनाउँदै मित्र डिल्लीरम पौडेलको भोलिपल्ट धरहरा चढ्ने प्रस्तावलाई केही अस्वीकार र केही स्वीकार गर्दै हामी अचेतन लोकमा पुग्यौँ। भोलिपल्ट बिहान चियाखाजा खाइसकेपछि टुँडिखेलतर्पm लागियो। बाबा रामदेव र आचार्य बालकृष्णले टुँडिखेलमा चलाएको योग शिविर हेर्न मन थियो। योगाभ्यास सकिए पनि आचार्य बालकृष्णले पतञ्जली योगपीठले नेपालमा गर्ने गतिविधिको जानकारी नेपाली भाषामा गराउँदै थिए। त्यसलाई रमाइलो मानेर सुन्यौँ र केही तस्विरहरू खिचेपछि हामी त्यहाँबाट निस्कियौँ। मित्र डिल्लीराम पौडेल धरहरा चढ्नमा बेलुकीदेखि नै जोड गरिरहेका थिए। सायद मैले एक पटक चढिसकेकाले पनि होला, उनको प्रस्तावलाई अस्वीकार गरेको थिएँ। मित्र जीवनले धरहरा नचढेकाले उनी उत्सुक थिए। तर अर्का मित्र सुनिल भने त्यति उत्सुक देखिएनन्। थाहा भएन किन हो, डिल्लीराम दोस्रो पटक धरहरा चढ्न त्यति उत्ताउला बनेका थिए। सुनिल केही सिँढी उक्लिसकेपछि फर्किएका थिए, तर हामीले उनलाई जोड गर्दै धरहरा उकाल्यौँ। आधारहीन उचाइसँग मलाई पनि सधैँ डर लागिरहन्थ्यो। त्यसैले भित्रभित्रै मैले पनि अप्ठ्यारो महसुस गरेको थिएँ, पहिलो पटक चढेको भन्दा धेरै नै। जीवन र डिल्लीराम भने रमाइरहेका देखिन्थे।

बिहान करिब नौ बजेतिर धरहराको बाल्कोनीबाट काठमाडौँ सहरलाई नियाल्यौँ। मैले पश्चिमतिरको भागलाई देखाउँदै जीवनसँग भनेको थिएँ, “हेर्नुस् त जीवनजी, यस्तो संरचनामा बनेका यी घरहरू झ् ६ रेक्टर स्केलको भूकम्प मात्रै आउने हो भने यिनको के अवस्था होला -” मित्रलेे अझ थपे, “६ होइन, ५.५ ले पनि यहाँ ठूलो समस्या सिर्जना गर्छ।” डिल्लीराम र सुनिल तस्विर लिइरहेका थिए। संयोगहरू पटकपटक आर्श्चर्यजनक रूपले जुटिरहेका थिए। अहिले सम्झmदा लाग्छ, जीवनले त्यस्तो किन भने होलान्। धरहराको नवौँ तलामा शिवलिङ्ग तथा शिवको तस्विर राखिएको रहेछ। आध्यात्मिक तथा अलि बढी धार्मिक स्वभावका मित्र डिल्लीरामले पहिले नै त्यहाँ भेटी चढाएर ओर्र्लिसकेका रहेछन्। केही समयपछि पुगेका जीवन त्यहाँ रहेको कुर्चीमा बस्दै हाँस्दै बोलेका थिए, “हे शिव झ् तिमीलाई कहाँ यस्तो एकान्तमा ल्याएर कैद गरेछन्। आपैm त यस्तो कैदबाट उम्कन सकेका छैनौ झ् तिमीले हामीलाई के मुक्त गराउला खै झ्” जीवनको ठट्यौलो स्वभावसँग परिचित म उनको यस वाणीसँगै हाँसिरहेको थिएँ। करिब ४०-४५ मिनेट धरहरामा बिताएपछि हामी ओर्र्लियौँ। काठमाडौँ र सिङ्गो नेपालको गौरव बढाउँदै उभिएको धरहरालाई बिदा गर्दै कवि सिद्धिचरणद्वारा लेखिएका कविता पङ्क्ति गुनगुनाउँदै हामी त्यहाँबाट टाढिएका थियौँ।

धरहराबाट टाढिएपछि हामी त्रि.वि. प्राध्यापक गेस्ट हाउस पुग्यौँ। खाना खाइसकेपछि मित्रहरू डिल्ली र सुनिलले गोदावरी घुम्न जाने प्रस्ताव राखे। यसलाई पनि अर्काे संयोग भनौँ वा के, जीवन पटक्कै हिँड्न मानेनन्। उनलाई त्यहाँबाट हिँडाउन १०-१५ मिनेटकै कसरत गर्नु परेको थियो। गोदावरीका लागि हिँडेका हामी हरिसिद्धिभन्दा केही माथि पुगेपछि मोटर साइकल चलाइरहेका जीवन असन्तुलित बने। उनलाई के भयो भनेर सोध्न नपाउँदै स्थानीयको कोकोहोलो सुनियो। एक्कासि किन यति चर्काे स्वरमा झगडा गरेका हुनन् यिनीहरू – तर जब नजिकैको पर्खाल र घरहरू गर्ल्यामगुलुम ढलेका देख्यौँ, बल्ल पो थाहा भयो भूकम्प आएको रहेछ झ्

हतारिएर खुल्ला ठाउँ खोज्न थाल्यौँ तर त्यहाँ त्यति खुला ठाउँ रहेनछ। जोगिन सकिने अवस्थासम्म केही सचेत हुँदै बिजुलीको पोल र पर्खालबाट बँच्दै सतर्क रहेर यताउति हेरिरहृयौँ। त्यही हतासमै घरको याद आयो। हामीभन्दा केही अघि रहेका मित्रहरूको चिन्ता लाग्यो।

लगभग चेतना शून्य, विचार शून्य जस्तो अवस्थाका केही सेकेन्डपछि विचारहरू, चिन्ताहरू सल्बलाउन थाले। अगाडि रहेका साथीहरूको चिन्ताले मोबाइल थिच्यौँ तर सर्म्पर्क हुन सकेन। महाविपत्ति नहोस्को कामनामा घरतिर फोन गर्‍यौँ, सर्म्पर्क हुन सकेन।

जमिन थर्किरहेको थियो, मान्छेहरू चिच्याइरहेका थिए। दुर्इ जना साहसी युवाले एक घाइतेलाई मोटर साइकलमा कुदाएको देख्यौँ, हामीलाई झन् झन् साथीहरूको चिन्ता लागिरहृयो। छिन छिनमा जमिन रोकिँदै थर्किँदै गरिरहेको थियो। अब त्यसै बस्न मन मानेन। जोखिम बीच नै हामीहरूले हिँड्ने निर्णय गर्‍यौँ। थोरै माथि नपुग्दै उस्तै हतासमा हामीलाई खोज्दै साथीहरू नै आए। हामीमा अलि साहस पलायो।

केही समयपछि अस्पष्ट नै भए पनि पोखरातिर खासै केही नभएको समाचार सुन्यौँ। त्यसले हामीलाई अलि सहज बनायो। अघिभन्दा अलि खुला ठाउँमा बसेका हामी त्यहीँ केही समय बस्न चाहिरहेका थियौँ तर मित्र डिल्लीराम भने अलि साहसी र सम्यक् देखिए। उनले केही माथितिर जान अनुरोध गरे। डर र हतासबीच पनि हामीहरू माथितिर लाग्यौँ।

बाटामा पुराना घरहरू जम्मै ढलेका थिए। तर बस्ती पातलो र मध्याह्नको समय भएकाले होला, मान्छेको हताहती भएको देखेनाँै। पक्की घरहरू केही भएका थिएनन्। तर एउटा स्कुलको होस्टेल भएको तीनतले घर पूरै धसिएको थियो। त्यहाँ एउटी केटी भन्दै थिइन्, “यहाँ चार जना थिए, एउटा त हाम फालेर बाँचेछन्, अरू तीन जना भित्रै छन्। अघिसम्म बचाउ भनेको आवाज सुनिएको थियो।” यसले हामीलाई नराम्रोसँग हल्लाएको थियो। घर भत्किएको छ, मान्छेहरू भित्र जीउँदै छन् तर हामी निरुपाय छौँ। केही गर्न सक्ने अवस्था छैन। केही समयपछि आएको डोजर पनि सम्भावना नदेखेर र्फकेपछि पीडाले हामीलाई गहिरो गरी डाम्यो। केही घन्टासम्म हरिसिद्धिदेखि गोदावरीसम्मका ठाउँहरूमा ओहोरदोहोर गर्दै बितायौँ। हामी त्यति नमाने पनि डिल्ली र जीवनका आग्रहले काठमाडौँतिर आउने निर्णय गर्‍यौँ। भूकम्प आउँदा रोकिएको ठाउँभन्दा केही मात्र तल आउँदा पो आङ् सिरिङ्ग भयो। बाटाको दुबै किनारका कच्ची घरहरू भत्किएर बाटै ढाकिएको थियो। हामी चक्रपथ हुँदै अगाडि बढ्यौँ। बानेश्वर हुँदै सुन्धारा क्षेत्रतिर लाग्दा पनि कच्ची घर बाहेक पक्की घरहरू सुरक्षित नै देख्यौँ। तर केही घन्टाअगाडि हामी चढेको गौरवशाली धरहरा भने अब धुलाम्य भइसकेको थियो। साथी डिल्लीरामले भने, “धरहराले हाम्रा पापी पाइला थेग्न सकेनछ झ्”

मोबाइलहरू स्िवच अफ, रेडियो छैन, बत्ती छैन, खबर छैन। यस्तो तनावमा बेलुका कीर्तिपुर प्राध्यापक गेस्ट हाउसमा फर्कियौँ। चाउचाउ र बिस्कुट खाइयो। सम्भावित धक्काको भयले बाहिर नै सुत्यौँ। त्यहाँ पोखराकै गेहेन्द्रमान उदासी तथा तुलसीराम खनाल सर पनि रहेछन्। बिहान उठ्दा कुसुमाकर सरले पनि त्यहीँ रात काटेको थाहा पायौँ।

भोलिपल्ट बिहान भयबीच नै पनि पोखरा र्फकने निर्णय गर्‍यौँ। सायद अहिले सोच्दा लाग्छ, हामी भाग्यौँ। लाग्छ, पहिला सुरक्षित हुन खोज्यौँ। लाग्छ, कायर भयौँ। लाग्छ, हामीले खाने केही चिज पीडितले खान पाए। खै के भयौँ थाहा छैन तर हामी पोखरा फर्कियौँ। घरमा आएर जब टेलिभिजनका पर्दामा काठमाडौँ र अन्य जिल्लाहरूका त्रासदी देखियो, बल्ल पो भूकम्पको महाविनाशको अनुभूति भयो।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width