नेपालमा २०५२ सालदेखि एच.आई.भी. यौन तथा अनिश्चित गर्भ रहनबाट बचाउनका लागि हरेक वर्षको विजया दशमीको पूणिर्मा पछिको पहिलो शनिबार मनाउन सुरु गरिएको राष्ट्रिय कण्डम दिवस अहिले २० औं वर्षमा प्रवेश गरेको छ। तथापि हाम्रो समाजमा अझै पनि कण्डमको बारेमा कुरा गर्नेलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन सकिरहेको छैन। काठमाडौं, पोखराजस्ता सहरी क्षेत्रका सामाजिक अगुवाहरू समेत कण्डमको सवालमा सकारात्मक हुन नसकिरहेको अवस्थामा गाउँ गाउँमा यौन स्वास्थ्य तथा कण्डमको बारेमा आम मानिसको सोचाइ तथा व्यवहारमा परिवर्तन ल्याउनको लागि सरकारी गैरसरकारी तथा निजी क्षेत्रको सहयोग सहकार्य आजको आवश्यकता हो। कण्डमको सर्वसुलभ उपलब्धता तथा सहज पहुँच बढाउने अभियानमा सबैको ऐक्यबद्घता, प्रतिबद्घता तथा सहयोग अपरिहार्य छ।
यसै सर्न्दर्भमा शनिबार पोखरामा जिल्ला एड्स समन्वय समिति कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की तथा पश्चिम क्षेत्र एच.आई.भी. र एड्स सञ्जाल कास्कीको आयोजनामा बिहान ८ बजे मानवअधिकार चोक चिप्लेढु·ाबाट पृथ्वीचोकसम्म र्याली तथा विभिन्न सन्देशमूलक प्रतियोगिता तथा शिक्षा सूचना सामग्री वितरण तथा सही कण्डमको प्रयोगको बारेमा जानकारी दिनको लागि सूचना डेस्क तथा कण्डमका भेराइटीको प्रदर्शनी गरिँदैछ। साथै हेमजामा पनि शिक्षा सूचना सामग्री वितरण तथा सही कण्डमको प्रयोगको बारेमा जानकारी दिनको लागि सूचना डेस्क राखिने छ।
नेपालको अवस्था :
पहिलो एड्स रोगी सन् १९८८ मा देखा परेको हो।
राष्ट्रिय यौनरोग तथा एड्स नियन्त्रण केन्द्रले निकालेको १५ जुलाई २०१३ को तथ्याड्ढ अनुसार २२९९४ जनालाई एच.आई.भी. को सङ्क्रमण भइसकेको छ।
हाल ७५००० भन्दा बढी व्यक्तिहरूलाई एच.आई.भी. को सङ्क्रमण भएको अनुमान गरिएको छ।
एच.आई.भी. सङ्क्रमण भएकामध्ये झण्डै आधाभन्दा बढी ३० वर्ष मुनिका छन्।
कण्डम :- यौन सर्म्पर्कको बेला प्रयोग गरिने पातलो रबरले बनेको खोल कण्डम हो। हाल बजारमा आधुनिक तथा सुगन्धित काँडे, बासनादार, हर्वल विभिन्न भेराइटिका १०० भन्दा बढी थरिका कण्डम उपलब्ध छन्। रु. ५ देखि रु. ५०० पर्ने सम्मका कण्डम बजारमा पाईन्छ।
कण्डमको प्रवर्द्धन किन आवश्यक छ ?
दैनिक नेपाली १५००० भन्दा बढी युवा रोजगारीको सिलसिलामा विदेशिएको अवस्था छ र धेरै युवा सङ्क्रमित भई फर्केर परिवारलाई समेत प्रभावित गरेको हुँदा एच.आई.भी./एड्स को सङ्क्रमण दर दिनानुदिन बढ्दै गइरहेको वर्तमान अवस्थामा एच.आई.भी./एड्स नियन्त्रण गर्न मुख्य भूमिका खेल्ने कण्डम भएको कारण अनिच्छित गर्भधारण, यौन रोग तथा एच.आई.भी./एड्सबाट बच्नका लागि कण्डमको प्रवर्धन आजको राष्ट्रिय आवश्यकता रहेको छ।
कण्डम कहाँ पाइन्छ :
सबै पसल पसलमा कण्डम पाइन्छ। किराना पसल, डिपार्टमेन्टल स्टोर्स, पान पसल फेन्सी पसल होटल, रेष्टुरेण्ट मेडीकल आदि सवै ठाउँमा पाइन्छ।
उल्लेखित दोहोरो सुरक्षाको लागि कण्डमको पहुँच घरघरमा पुर्याउनको लागि सबै टोलटोलमा सामाजिक अगुवा सबै वर्ग क्षेत्रका मानिसको सकारात्मक सहयोग सहकार्यका साथ अगाडि बढेमा सरकारले लिएको राष्ट्रिय लक्ष्य प्राप्त गर्न सकिन्छ।
बजारमा डटेट कण्डमको नाममा अस्वाभाविक काँडेदार बनाएका कण्डमहरू पाइन्छ जुन कण्डमको बनेको मिति प्रयोग गर्ने अवधि नलेखिएको समेत पाइन्छ त्यस्ता कण्डम प्रयोग नगर्नु राम्रो हुन्छ।
केही व्यक्तिहरूमा कण्डमले मजा दिँदैन भन्ने धारणा व्याप्त छ तर चिकित्सक तथा विज्ञहरूका अनुसार कण्डमको सही प्रयोगले यौन आनन्द बढाउँछ दुवै यौन साथीको चरमोत्कर्षको समय बढाउँछ रोग नसर्ने गर्भ नरहने कारण मानसिक रूपमा ढुक्क रहन पाइने हुँदा अझ बढी आनन्द प्राप्त गर्न सकिन्छ। सावधानीपूर्वक विर्य स्खलनपछि लि· खुम्चिनु अगाडि नै कण्डम निकाल्नुपर्दछ।
कस्तो कण्डम प्रयोग गर्ने ?
कण्डम किन्दा म्याद गुज्रेको छ, छैन हेरेर मात्र किन्नुपर्छ। ठीकसँग राखेको छ भने बनेको मितिदेखि ५ वर्षसम्म कण्डमलाई प्रयोग गर्न सकिन्छ।
कण्डमको खोल छाम्दा च्याप-च्याप लाग्ने भएमा त्यो कण्डम ब्रि्रेको हुन सक्छ। त्यस्तो कण्डमको प्रयोग गर्नुहुँदैन।
प्वाल परेको कण्डम प्रयोग गर्नुहुँदैन। हुन त कण्डममा प्वाल परेको देखिन गाह्रो हुन्छ, तैपनि प्वाल भएको आफूलाई शड्ढा लागेमा त्यस्तो कण्डम प्रयोग गर्नुहँदैन।
कण्डम चर्को घाम वा तातो ठाउँमा राख्नुहुँदैन।
कण्डम साथमै लिएर हिँड्नुपर्छ तर पछाडिपट्टकिो गोजीमा धेरै समयसम्म राख्दा च्यातिएर वा घस्रिएर ब्रि्रन सक्छ।
कण्डम कसरी प्रयोग गर्ने ?
कण्डमको पुरिया खोल्दा करौंती जस्तो किनाराबाट च्यात्नुपर्छ। कण्डम नच्यातिने गरी विस्तारै खोल्नुपर्छ। नङ लागेमा कण्डम च्यातिने डर हुन्छ। त्यसैले कण्डमलाई औंलाले मात्र समात्नुपर्छ।
कण्डमको टुप्पामा दुर्इ औंलाले च्याप्प समातेर हावा बाहिर निकाली उत्तेजित लि·मा विस्तारै लगाउनुपर्छ।
कण्डमलाई उत्तेजित लि·को फेदसम्म विस्तारै लगाउनुपर्छ।
सधैँ सम्भोग गर्नुभन्दा अगाडि नै कण्डम लगाउनुपर्छ। कण्डम प्रयोग गर्दा फुटेमा तुरुन्तै नयाँ कण्डम लगाउनुपर्छ।
विर्य स्खलनपछि लि· शिथिल नहुँदै कण्डम नफुस्कने गरी राम्ररी समातेर योनीबाट बाहिर निकाल्नुपर्छ। यसरी चाँडै बाहिर ननिकालेमा कण्डममा भएको विर्य योनीमा पोखिन सक्छ।
विर्य नपोखिने गरी विस्तारै कण्डमलाई लि·बाट निकाल्नुपर्छ।
कण्डमको फेदमा गाँठो पारी फोहोर फाल्ने भाँडोमा फाल्नुपर्छ।
प्रयोगपछि कण्डमलाई जलाइदिने वा गाडी दिने गर्नुपर्छ।
कण्डमको सही प्रयोगले व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ। यसको सही प्रयोग तथा फाइदाका बारेमा व्यापक प्रचार-प्रसार गरी सरकारले लिएको लक्ष्य प्राप्त गर्न सकिने हुँदा कण्डमको बजारीकरणलाई गाउँगाउँ तथा यौनजन्य क्रियाकलाप हुने क्षेत्रमा पुर्याई बढ्दो एच.आईंभी नियन्त्रण गर्न सामाजिक सचेतना सँगसँगै कण्डम बजारीकरणको विस्तार आजको आवश्यकता रहेको छ। निजी सरकारी सहभागितामूलक कार्यक्रम गर्दा समुदायमा सचेतनाको प्रभाव अरु बढ्ने भएको हुँदा सबै क्षेत्रबाट सहयोग तथा सहकार्य आवश्यक छ।
(लेखक विगत १३ वर्षदेखि कण्डम बजारीकरणमा संलग्न छन्।सं.)
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
असाेज ४, २०८१प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
असाेज ४, २०८१सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१