दैविक प्रकोप : पूर्वसतर्कता र पीडितको पुनस्र्थापना

आदर्श समाज सम्वाददाता
असार १६, २०७०

पूर्व अनुमान तथा जानकारी नभई अकस्मात् थाहा नै नभई प्राकृतिबाट हुने घटनालाई हामी दैविक प्रकोप भनेर बुझ्दछौ। यस्ता प्रकोप कहाँ, कतिबेला र कहिले हुन्छ भनेर भन्न सकिँदैन र विभिन्न तरिकाबाट यस्ता दुःखदायी घटना हुने गरेका छन्। कहि बाढी पहिरो, हिउँपहिरो, भूकम्प, नदि कटान, भूकम्प, हावाहुरी, ज्वारभाट, सामुद्रिक छाल, चट्याङ्, धर्ती फाट्ने, जमिन भासिने आदि माध्यमबाट दैविक प्रकोप हुने गरेको छ। यसरी दैविक प्रकोप हुँदा मानवीय क्षति हुँदा मानवसहित पशु तथा विकास निर्माणका कार्यहरू विनास हुन पुगेका छन्। यस्ता दैविक प्रकोप विगतका वर्षमा भन्दा आजभोलिका दिनमा झन् बढिरहेको छ। भविष्यमा अझ बढ्न सक्ने कुरा विकाससँगै हुने बेफाइदाका र हामी मानवले प्रकृतिमाथि गरेको जथाभावी अतिक्रमणको असरले पनि प्रभाव पार्ने देखिन्छ। हामी मानवहरूले जानीजानी आफ्नो स्वार्थ पूरा गर्नका लागि आयआर्जन गरी धन कमाउन तथा जीविकोपार्जन गर्न गरिने वन फँडानी, पहाडमा खानी सञ्चालन गरेर भू-वनोट नै बिग्रने र पहिरो जाने र नदी नाला, खोलामा ढु·ा, गिटी र बालुवा झिकेर नदीको वहावलाई स्वइच्छाचारी रूपमा वग्न सहजता हुने कार्य गरी नदीनाला गाउँवस्तीमा पसेको अवस्था छ। यसरी प्राकृतिक प्रकोपको वृद्धि हुँदै गएको छ। त्यसैगरी आफूलाई विकसित अनि सम्पन्नशाली ठान्ने देशहरूले एक आपसको होडबाजी र अहमताले गर्दा जलवायुमा नै असर पार्न सक्ने परमाणु बम अनि क्षेप्यास्त्रहरूको परीक्षण, ठूला-ठूला उद्योग अनि कारखानाहरूबाट निस्कने धुवा धुलो र प्रर्दुशण कारण जलवायुमा समेत परिवर्तन पर्ने विभिन्न प्राकृतिक प्रकोपहरू देखिँदै आएको यस अवस्थामा हामी सचेत मानवहरूले प्रकोप न्यूनीकरण र प्रकोपबाट हुने नोक्सानलाई कसरी व्यवस्थापन गर्न सकिएला एकपटक गम्भीर भएर सोच्नपर्ने बेला आएको छ भने अन्तर्राष्ट्रिय सङ्घसंस्था सबैले यसप्रति चासो बढाउन पर्ने देखिन्छ।

दैविक प्रकोप न्यूनीकरण गर्नका लागि हामीले विभिन्न कार्य अगाडि बढाउनपर्ने देखिन्छ। हामीले वन फँडानी कार्यलाई रोकी खाली जग्गामा वृक्षरोपण गर्ने भएको ज·ललाई उचित संरक्षण गर्न आवश्यक छ। विभिन्न ठाउँमा भूगोलविद्हरूको सुझाव र सल्लाहबिना सञ्चालनमा ल्याइएका पहिरोजान सक्ने जोखिम क्षेत्रमा सञ्चालित ढु·ा खानी लगायतका अन्य खानीहरू रोक्नपर्छ भने नदी किनारमा रहेका ढुङ्गा, गिट्टी र बालुवा निकाल्दा नदी बहलाई नियन्त्रण नभई आसपासका क्षेत्रमा रहेका वस्ती समेत कटानमा परी नोक्सान हुने भएको हुँदा यस्ता नदी तथा खोला नालामा क्रसर उद्योग सञ्चालन गर्न कति राम्रो हो या होइन सम्बन्धित निकायबाट सही विचार गर्न सक्नपर्छ भने उच्च जोखिम क्षेत्रलाई पहिचान गरी त्यहाँ रहेका वस्तीहरूलाई वर्षायाममा अन्यत्र बसोबासको व्यवस्था मिलाउनु पर्छ। नदीले काट्न सक्ने क्षेत्रहरूमा तटवन्धको योजना सञ्चालन गरी नदी नियनत्रण गर्नुपर्छ। त्यसैगरी धर्ती -धाँजा) फाट्ने ठाउँमा, जमिन भासिने क्षेत्रहरूमा बस्ती बस्न निषेध गर्नुपर्छ र भीर पहारामुनि विभिन्न उद्देश्य राखेर बनाइएका घर बस्तीहरूलाई समेत बेलैमा सचेत गराउनपर्दछ। यसरी दैविक प्रकोप हुनुपूर्व सतर्कता अपनाउनु सक्छौं।

दैविक प्रकोपपछि पीडितलाई पुनस्र्थापना पनि त्यतिकै महत्त्वपूर्ण कुरा हो भने यस आपतकालीन परिस्थितिमा सक्दो सहयोग गरेर पीडितलाई मलपट्ट लगाउने हाम्रो प्रमुख दायित्व हुन आउँछ। हामी उद्धारकर्ता तथा स्वयंसेवकले दैविक प्रकोप भएको ठाउँ पुगी त्यहाँको अवस्था बुझ्नपर्छ। कस्तो प्रकोप परेको छ। त्यस क्षेत्रमा कति घरपरिवार कति मानिस बसेका थिए। घर भन्दा बाहिर स्वदेश विदेशमा गएका कति छन् सबै जानकारी भएमा उद्धारकर्मीलाई खोजीनीति गर्न सजिलो हुन्छ। दैविक प्रकोप क्षेत्रमा जाने सडक मार्ग, पैदल मार्ग कहाँबाट छ। यी मार्ग अवरुद्ध छन् कि छैनन् यदि छन् भने हेलिकोप्टर बस्ने ठाउँ कहाँ छ सम्भव असम्भव र त्यस अवस्थाको मौसम समेत बुझ्नपर्छ र प्रकोप कस्तोखालको हो पूर्ण जानकारी लिई नजिकको प्रहरी चौकी, स्वास्थ्य केन्द्र स्वयंसेवक रेडक्रस, स्काउट तथा स्थानीयवासीलाई यथासक्य घटनाको सूचना जानकारी गरी एफएम तथा सञ्चार केन्द्रमा जानकारी पठाउन सकेमा थप उद्धार टोली, घाइतेलाई चाहिने उपचार सामग्री गोताखोर, एम्बुलेन्स, उपचारकर्मीमार्फत् आवश्यक सामग्री लिएर आउन सजिलो हुन जान्छ र पीडितलाई यथासक्य प्राथमिक उपचार गर्न सकिन्छ पीडित पहिला, पुरुष, उमेर समूहको समेत थाहा हुन सकेमा प्रकोप क्षेत्रमा पठाएका लत्ताकपडाको साइज समेत मिल्ने हुँदा तुरुन्त उपयोगका ल्याउन सकिन्छ प्रकोप क्षेत्रमा भएको घटना विवरणले पीडितलाई आवश्यक हुने खाद्यन्न, लत्ताकपडा, भाँडावर्तन, त्रिपालजस्ता आवश्यक सामग्री लिएर जान सजिलो भई राहत तथा पुनस्र्थापन कार्यलाई प्रभावकारी बनाउन सकिन्छ। त्यस्तै हाम्रो समुदाय तथा क्षेत्रहरूमा यस्ता दैविक प्रकोपहरू भइरहने हुँदा प्रकोपपछि छटपटाउन भन्दा पहिले नै उद्धार तथा पीडितको पुनस्र्थापनाका लागि गाउँ-गाउँमा विपद व्यवस्थापन कोष जम्मा गरी राख्न सकेमा तत्कालीन समयमा नै घाइते तथा पीडितलाई मलमपट्टि तथा राहत उपलब्ध गराई पुनस्र्थापना गर्न सकिने छ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width