देशको अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता नै अहिलेको आवश्यकता !

bbshrestha वी.वी.श्रेष्ठ
जेठ १५, २०७७

देश को भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्तामा समेत एक हुन नसक्ने नेपालका राजनैतिक दलका नेता र नेतृत्वहरु कसका लागि राजनीति गरिरहेका छन् ? सोच्न विवश वनाएको छ । विगतका कमी कमजोरीलाई औल्याएर देशको सीमा रक्षाका लागि लड्ने कि भारतको गुलाम गरिरहने ? अव सीमित नेताका कमजोरीमा आम जनता देशका सीमा मिचिदाँ पनि नवोलिरहन सक्दैनन् ।

देश स्वतन्त्र भएता पनि लामो समयसम्म छिमेकी देश भारत र चीनको वलमिच्याईमा फसिरहयो । कमजोर देशमा शक्तिशाली देश हावी भईरहनु सामान्य रुपमा लिईदा यसले देशलाई नै धेरै नै क्षति भएको छ । सहयोगका नाममा भूगोलमा ठूलो देशले सानो देशलाई गरिने सहयोगमा स्वार्थ मिश्रित वनिदियो । नेपालको गौरवमय ईतिहासमा छिमेकी मुलुक भारत र चीनको फुटाउ र राज गर प्रवृत्तिलाई नेपालका राजनैतिक दलका नेतागणहरुले समयमा वुझन नसक्दा र स्वार्थ प्रेरित भावनामा अंकुश लगाउन नसक्दा देश नै गुलामी गर्न वाध्य वनिदियो ।

नेपालको आन्तरिक राजनीतिमा छिमेकी देशहरुको प्रभाव सधै परिरह्यो । देशका आन्तरिक समस्या समाधानमा समेत आफनो निर्णय गर्न नसक्ने अवस्थामा पुग्ने अवस्था अरु कसैले होईन अहिलेका नेताहरुका विगतको भूमिका नै प्रधान वनिदियो । ईतिहास आफैमा विलिन हुदैन, विलिन वनाउने प्रयत्न मात्र हुन्छ । ईतिहासलाई नजिकवाट नेपालको राजनीतिलाई नियाल्ने हो भने नेपालका आन्तरिक हस्तक्षेपमा चीनको भन्दा भारतको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पाउन सकिन्छ । यसैको प्रभाव विश्व राजनैतिक सन्दर्भमा र एक्काईसौ शताव्दीमा समेत नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप रहिआएको छ ।

राजाको शासनकालमा राजनैतिक दलको भूमिका कमजोर भएता पनि राणाकाल र राजतन्त्रको अन्त्य सँगै राजनैतिक दलको भूमिका नै प्रधान भएपछि पनि यसले आकार ग्रहण गर्न सकेन । आफनै देशका जनताको जीवनस्तर उकास्न भन्दा पनि नेपालमाथि हस्तक्षेप वढाएर राष्ट्रवादी वन्न चाहने भारतीय शासकको तप्का ठूलो रहेको छ । त्यसै पनि भारतको छिमेक नीति विश्व सामु हेपाहा र मिचाहा रहेको छ । यो सन्दर्भमा नेपालमाथिको सीमा मिचाई भारतका लागि समान्य वनिदियो, त्यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ, जवसम्म नेपालको नेता र जनताहरु देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रतामा एक वन्न सक्दैनन्, तवसम्म छिमेकले नेपालमाथि गर्ने ज्यादती कम हुदैन ।

जनीति देश र जनताका लागि केन्द्रीत हुनुपर्दछ, जनताको जीवनस्तर उकास्ने माध्यम वन्नुपर्दछ । देशको समृद्ध र विकासका लागि राजनीति हुनुपर्दछ । तर यो भन्दा वाहिर नेपालको राजनीति प्रधान वनिदियो । देश र जनताका लागि भन्दा पनि स्वार्थ केन्द्रीत र सत्ताका लागि राजनीति मुख्य वनिदियो । देशको आन्तरिक विषयमा फरक मत स्वाभाविक हुन सक्दछन् । विषयका उठान र देश परिवर्तनका लागि योजनाहरु भिन्न हुन सक्दछन् तर नेपालका राजनीति आन्तरिक विषयमा पनि परनिर्भरतामा विश्वास गरिदियो । देश र जनतालाई केन्द्रविन्दु भन्दा सत्ता र शक्ति मात्र राजनीति हो भन्ने भावनाले ग्रसित वनिदियो, त्यसैको कमजोरीमा टेकेर भारतले सधै नेपालमाथि आधिपत्य जमाईरहयो, त्यसैको परिश्रृङ्खला हो, सीमा विवाद, नाकावन्दी र प्रत्यक्ष हस्तक्षेप । देशका भौगोलिक अखण्डतामा समेत एक हुन नसकेका नेपालका राजनीतिक दलहरु नेपाललाई वन्धक वनाएर सत्ता हत्याउने दाउपेचमा लागिदिए । जसको श्रृंखला भारतले सीमा नाकामा आफनो विस्तार वढाईरहयो । सीमा अतिक्रमण कालापानी, लिपुलेक र लिम्पियाधुरामात्र होईन विभिन्न सीमानामा अतिक्रमण भईरहेको छ । जुन नेताहरु सवैलाई थाहा छ तर वोल्ने हिम्मत छैन, किनकि यिनीहरुसँग यसवारेमा वोल्ने नैतिक आधार छैन, उनीहरु विकाउ वनिसकेका छन् । स्वार्थताका लागि चेतना नै विकाईसकेका छन् । नेपालको राजनैतिक आन्दोलनमा मुख्य भूमिका रहेका गिरिजाप्रसाद, मनमोहन, मदन भण्डारी, सुशिल कोईराला लगायतका नेताहरु अहिले धर्तिमा नभएता पनि त्यसपछिका नेताहरु जीवित नै छन् जसले भारतका खातिरीदार गरिरहेका छन्, किनकी यिनिहरु कुनै न कुनै मुद्दामा भारत सँग विकिसकेका छन ।

देशको अस्तित्वमाथि नै भारतले धावा वोलिरहदाँ पनि भारतको दानापानी खाएर नेपालमा राजनीति गर्नेहरुलाई अव जनताले कुनै पनि वहानामा छुट दिनुहुदैन । किनकी धर्तिमातालाई वेचेरे स्वर्गमा वस्नुछैन, आम नेपालीलाई । देशको भूगोल सानो ठूलो हुनसक्दछ, तर सार्वभौमसत्ता र स्वतन्त्रता वरावर हुन्छ । त्यहि वरावरी र स्वतन्त्रता नेपाली जनताले खोजेका हुन् ।

सोच उहि, चेतना उहि र क्षमता उहि, नेतृत्व उहि, त्यहि कमजोर नेतृत्वमा नेपालको राजनीति चलिरहेको छ । अनि परिणाम अलग खोज्नु मुर्खता शिवाय केहि हुन सक्दैन । राजनैतिक जीवनमा देश र जनता परिवर्तनका लागि नेतृत्वगणमा कमजोरी अवश्य भयो होला, तर त्यो कमजोरी सच्याएर अगाडी वढ्नु भन्दा फेरि पनि सत्ता र शक्तिका लागि थप गल्ती गर्नु महाभंयकर शिवाय अन्य हुन सक्दैन, अव सीमित नेताका कमजोरीमा आम जनता देशका सीमा मिचिदाँ पनि नवोलिरहन सक्दैन र सक्नुहुदैन । कमजोरी हुन सक्दछ, कमजोरी सच्चाएर अगाडी वढ्ने नै नेतृत्वको महानता हो, महानता प्रकट गर्न कमैले भूमिका खेलोस् ।

नेपालको संविधान निर्माणमा भारतको सहमति वेगर जारी गरिएको विषयलाई लिएर भारतले नाकावन्दी गरेपछि साँच्चै नेताहरु सच्चिएलान् र जनभावनाको कदर गरि काम गर्लान् भन्ने सोच नौ दिन पछि विर्सियो भने जनताहरु भारतको त्यो लामो नाकावन्दी पनि सामाजिक संजालमा क्रान्तिकारी वन्नु शिवाय अन्य वन्न सकेन । भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि केहि समय क्रान्तिकारी वनेर भाषण गरेका नेता र जनताहरु पनि विलाएर गए, त्यो केवल सत्ता र शक्तिका लागि गोटी मात्र वनिदियो । हालै पनि भारतले एकतर्फी रुपमा नेपालको जमिनमा वनाएको वाटोले केहि समय राजनीति गर्माएको भएता पनि यो पनि नौ दिनपछि नौलो वन्नेमा कुनै शंका छैन । किनकि हामी आम जनताले पटक पटक छामेका छौ नेताहरुको नाडी ।

भारतको त्यो अधिनायकवाद शैलीलाई वर्तमान सरकारले जसरी पनि सच्चाउने र नेपालको भूभाग फिर्ता ल्याउने मन्त्री परिषद वैठकवाट पारित गरिसकेको छ । अहिलेको ओली सरकारले नै यो काम गर्ने कुरामा आम जनता विश्वस्त भएता पनि नेपालका अन्य राजनैतिक दलहरुको नेता र नेतृत्वको भारतपरस्त अभिव्यक्तिले आम जनतालाई चिन्तित वनाएको छ । गुलामीको पनि हद हुन्छ, सत्ता र शक्तिका लागि धर्तिमाता कदापी वेच्न सकिदैन भन्ने समेत सोच्न नसक्ने नेताहरुलाई जवसम्म जनताले ढोक्रेठयाक लगाउन सक्दैनन्, तवसम्म भारतले आफनो अधिनायकत्व लादिरहन्छ ।

देश को स्वतन्त्रता र सार्वभौमसत्तामा समेत एक हुन नसक्ने नेपालका राजनैतिक दलका नेता र नेतृत्वहरु कसका लागि राजनीति गरिरहेका छन् ? सोच्न विवश वनाएको छ । विगतका कमी कमजोरीलाई औल्याएर देशको सीमा रक्षाका लागि लड्ने कि भारतको गुलाम गरिरहने ? देशको भूगोल सानो ठूलो हुनसक्दछ, तर सार्वभौमसत्ता र स्वतन्त्रता वरावर हुन्छ । त्यहि वरावरी र स्वतन्त्रताको हिसा नेपालले चाहन्छ । जसले देशका सार्वभौमसत्ता र स्वतन्त्रतामाथि धाँवा वोलेका छन्, उनीहरुको अव नेपाली जनताले हिसाव किताव गर्ने दिन आईसकेका छ । उनीहरु देश र जनताका लागि गुलामी गरेका हैन, व्यक्तिगत स्वार्थताका लागि मात्र गुलामी गरेका छन् भन्ने वुझ्न अव ढिला गर्नु हुदैन । देशको अस्तित्वमाथि नै भारतले धावा वोलिरहदाँ पनि भारतको दानापानी खाएर नेपालमा राजनीति गर्नेहरुलाई अव जनताले कुनै पनि वहानामा छुट दिनुहुदैन । किनकी धर्तिमातालाई वेचेरे स्वर्गमा वस्नुछैन, आम नेपाली जनतालाई । किनकि समयले देश र जनतालाई निश्चित समयसम्म मात्र साथ दिन्छन् नकि सधैभरि । जसरी समय कसैका दास वन्दैन, आम नेपाली जनताहरु पनि कसैको दास वन्नु कदापी हुदैन । सरकारले गरेको अहिलेको निर्णयलाई अक्षरस पालना गरेर देशको अस्मितामाथि धाँवा वोल्नेलाई जरैदेखि उखालेर फाल्नु नै अहिले देश र जनताका लागि आवश्यक हो । नकि राष्ट्रियता जस्तो विषयमा राजनीति गर्नु ।

Related News

सम्बन्धित समाचार

    • आमसञ्चार विधेयक र जनचासोको सवाल

      अधिवक्ता गिरधारी सुवेदी अधिवक्ता गिरधारी सुवेदी चैत्र ३०, २०७७
      गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ प्रदेश मन्त्रिपरिषदबाट पारित गरी…
    • अर्घौं–कालिका मन्दिर दिगो संरक्षण र व्यवस्थापन

      Avatar सूर्यप्रसाद भण्डारी चैत्र २३, २०७७
      गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालीका वडा नं. २८ मा अवस्थित कालिका मन्दिर क्षेत्रले समेटेको ऐतिहासिक महत्वको पोखरीसमेतको संरक्षण गरी…
    • सहकारीलाई र छायाँ बैकिंङ

      कृष्णमणि भुर्त्याल कृष्णमणि भुर्त्याल चैत्र २१, २०७७
      ‘बैंक’ भन्नाले रुपैयाँ पैसा जम्मा गर्ने, मागेको बेला भुक्तानी र सापटी दिने सरकारी वा गैह्र सरकारी संस्था बुझिन्छ । यही…
    • मैले देखेको फल्याङकोट

      क्या. हर्कबहादुर गोदार क्या. हर्कबहादुर गोदार चैत्र १४, २०७७
      फल्याङकोट कास्कीकोट राज्य अथवा २४ राज्यको १ किल्ला (फौजी पोस्ट) भएको इतिहास बताउँछ । यो सन् १७०० वा विसं १७५६…
    • पोखरामा नगर प्रहरीको नालीबेली

      वसन्तप्रसाद चालिसे वसन्तप्रसाद चालिसे चैत्र १३, २०७७
      वर्तमान अवस्थाका स्थानीय तह पूर्वीय दर्शनको युनानी राज्यको परिकल्पनाबाट विस्तार हुँदै आएको हो । नेपालको सन्दर्भमा स्थानीय तह जनताको सबैभन्दा…

    hero news full width

    sanil ads

    wordlink ads